Main Menu

कुखुरा फार्मबाट मनग्य आम्दानी

असोज ६, कञ्चनपुर

high-income-poultry-farmबैंकबाट कर्जा लिई कुखुरा फार्म सञ्चालन गरेका कृष्णपुर नगरपालिका–६ सिंहपुरका काठुराम रानाले मनग्य आम्दानी गर्दै आएका छन् ।

फार्ममा रानाले ब्वायलर कुुखुरापालन गर्दै आएका छन् । रु. ४ लाख ५० हजार बैंकबाट कर्जा लिई उनले कुखुरापालन गर्दै आएका छन् । रानाले डेढ वर्षको अवधिमै रु. ७ लाख ५० हजारभन्दा बढी आम्दानी गरेका छन् ।

उनले दाना र औषधि खर्च कटाएर प्रतिलटमा रु. १ लाख ५० हजार आम्दानी गर्दै आएका छन् । “कुखुरा फार्मको व्यवस्थापन गर्न सके आम्दानी चाहे जस्तै लिन सकिन्छ”, उनले भने । बैंकबाट लिएको कर्जा पहिलो वर्षमै चुक्ता गरी आम्दानीको बाँकी रकम परिचालन गरी कुखुरापालन गर्दैआएको रानाले बताए । स्थानीय बजारमै कुखुराको अधिक माग भएकाले फार्मबाटै कुखुरा बिक्री हुन्छ । “कुखुरा बिक्री गर्न बजार चाहार्दै हिँड्नु परेको छैन,” उनले भने ।

(Visited 105 times, 1 visits today)

टिप्पणी

comments