Main Menu

August, 2017

 

राष्ट्रिय फुटसल लिगको पहिलो दिन, ८ खेल सम्पन्न

भदौ १५, काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको राष्ट्रिय फुटसल लिगअन्तर्गत आज भएको खेलमा ८ खेल सम्पन्न भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना तथा एन्फा फुटसल कमिटीको व्यवस्थापनमा भएको उक्त प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले गरेका थिए । समूह ‘ए’ अन्तर्गत खेलमा धन्वन्तरि फुटसल खुमलटार युवा क्लबलाई ६–२ गोलअअन्तरले पराजित गर्दै विजयी भयो । त्यस्तै बिजी फुटसलले जि ब्रदर्सलाई ३–२ तथा स्वयम्भू रिक्रिएसनल सेन्टरले किक अफ फुटसललाई ३–२ ले हराए भने भने हरिसिद्धि फुटसल र खालीबारी फुटबल क्लबले ७–७ गोलको बराबरी खेल्दै अंक बाँडे । यस्तै समूह ‘बी’ अन्तर्गतको खेलमा चौर रिक्रिएसनल सेन्टर फुटसलपूरा पढ्नुहोस्


सांसद घिसिङको पदबाट राजीनामा

  भदौ १५, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद योगेन्द्र तामाङ घिसिङले सांसद पदबाट आज राजीनामा दिएका छन् । ललितपुरबाट समानुपातिकमा सांसद् भएका उनले आज आफू कुनै पार्टीमा आबद्ध नरहेको उल्लेख गर्दै सभामुखसमक्ष पद परित्याग गरिएको जनाउँदै आफ्नो राजीनामा दिएका हुन् । केन्द्रका प्रमुख सचेतक रेखा शर्माले संसदीय दलको कार्यालयमा पनि उनले बोधार्थ दिएको जानकारी आएको बताए । प्रमुख सचेतक शर्माले घिसिङले स्थानीय निर्वाचनमा पार्टीलाई अन्तरघात गरेका विषयमा पार्टीले कारवाही गरेको र संसद्मा पनि पटक-पटक ह्विप उलङ्घन गरेका विषयमा प्रश्न उठेपछि सांसदबाट पनि हटाउने तयारी भएका सन्दर्भमा उनको राजीनामा आएको हुन सक्ने बताए ।


राप्रपा (प्रजातान्त्रिक) सरकारमा सहभागी हुने

  भदौ १५, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) सरकारमा सहभागी हुने भएको छ । मुलुकमा विद्यमान राजनीतिक अस्थिरता तथा अन्योललाई न्यूनीकरण गर्ने उद्देश्यले पार्टी सरकारमा सहभागी हुन लागेको नेता राजाराम श्रेष्ठले जानकारी दिए । प्रत्यक्ष चुनाव जितेका नेतालाई प्राथमिकतामा राखिने पार्टीले जनाएको छ । राप्रपासँग वैचारिक असहमति राख्दै गत साउन २२ गते अलग भएको सो पार्टीले गत साता मात्र दल दर्ता गरेको थियो । उक्त पार्टीकातर्फबाट १८ सांसद छन् ।


पहिलो चरणमा ३२ र दोस्रो चरणमा ४५ जिल्लामा निर्वाचन हुने

  भदौ १५, काठमाडौँ । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पहिलो चरणमा ३२ र दोस्रो चरणमा ४५ जिल्लामा गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । भौगोलिक अनुकूलता समेतलाई विचार गरी पहिलो चरणमा आगामी मंसिर १० गते आइतबार हिमाली र उच्च पहाडी ३२ जिल्लामा तथा दोस्रो चरणमा मंसिर २१ गते बिहीबार पहाडी तथा तराईका ४५ जिल्लामा निर्वाचन सञ्चालन गर्ने निर्णय भएको प्रवक्ता नवराज ढकालले जानकारी दिए । सरकारले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन आगामी मंसिरमा दुई चरणमा एकसाथ गर्ने निर्णय यस अघि नै गरिसकेको थियो । आयोगले प्रदेश नं १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेशपूरा पढ्नुहोस्


अफ्गानिस्तानमा ११ हजार अमेरिकी सेना रहेको पेन्टागनको खुलासा, ४ हजार सेना थप्ने

भदौ १५, वाशिङ्टन । अफ्गानिस्तानमा हाल ११ हजार अमेरिकी सेना तैनाथ रहेको पेन्टागनले जनाएको छ । यो संख्या पछिल्लो पटक आंकलन गरिएको संख्याभन्दा निकै धेरै रहेको बिबिसीले जनाएको छ । पछिल्लोपटक पेन्टागनले अफ्गानिस्तानमा ८ हजार ४०० अमेरिकी सेना रहेको आंकलन गरेको थियो । अधिकारीहरुका अनुसार अहिलेको आंकलनमा नियमित सेनाका साथसाथै अस्थाई सेनाहरुको संख्या पनि जोडिएको छ । तालिबानलाई परास्त गर्न पेन्टागनले अफ्गानिस्तानमा थप ४ हजार सेना पठाउन तयारी गरिरहेको अवस्थामा यो आंकलन बाहिर ल्याइएको हो । सेनाको संख्याको आंकलन पारदर्शिता कायम गर्न गरिएको भनिए पनि पेन्टागनले इराक र सिरियामा कतिजना अमेरिकी सेना छन् भन्ने कुरा भने खुलाएको छैन । ‘योपूरा पढ्नुहोस्


म्याग्दीको विकासमा प्रभावकारी बन्दै सञ्चार माध्यमम्याग्दीको विकासमा प्रभावकारी बन्दै सञ्चार माध्यम

local-elections-beni-promises

भदौ १५, बेनी (म्याग्दी) । क्षेत्र नं. ४ अन्तर्गतको पहाडी जिल्ला म्याग्दीको समग्र विकास र जनचेतना विस्तारमा यहाँ सञ्चालित सञ्चार माध्यम प्रभावकारी र परिणाममुखी बन्दै गएका छन् ।  सञ्चार माध्यमको विकास र विस्तार सँगसँगै जिल्लामा विकास निर्माण, शिक्षा, स्वास्थ्य, पर्यटन र आर्थिक क्षेत्रका गतिविधिमा जनचासो र निगरानी बढ्दै जान थालेको छ । लैंगिक र जातीय विभेद, घरेलु हिंसा, भ्रष्टाचार, सामाजिक कुरीति र अन्धविश्वासजस्ता कुरा निरुत्साहित हुँदै गएका छन् । ग्रामीण क्षेत्रका कृषकले सञ्चार माध्यमबाट प्राप्त गरेका सूचना र समाचारबाट उत्प्रेरित भई व्यावसायिकरुपमा तरकारी, फलफूलखेती र पशुपालन गर्न थालेका कारण आयआर्जन गर्न पनि सफल भएका छन् । विसं २०६२/७३ सालअघिको तुलनामा म्याग्दीमापूरा पढ्नुहोस्


तनहुँ जलविद्युत् आयोजनालाई जग्गाको हदबन्दी छुट

भदौ १५, काठमाडौँ । सरकारले तनहुँ सेती जलविद्युत् आयोजनाका लागि आवश्यक पर्ने जग्गा प्राप्त गर्न लाग्दै आएको हदबन्दी छुट दिएको छ । भूमिसुधार मन्त्रालयको गत साउन ३१ गतेको निर्णयअनुसार आयोजनालाई १९ हजार ६०० रोपनी जग्गा लिन हदबन्दी छुट दिने निर्णय गरेको हो । कूल १४० मेगावाट क्षमताको सो आयोजना हाल ठेकेदार छनोटको प्रक्रियामा रहेको छ । जग्गा प्राप्ति ऐन, २०३४ अनुसार १५० रोपनीभन्दा बढी जग्गा राख्न र आवश्यक जग्गा लिन नपाइने व्यवस्था रहँदै आएको थियो । मन्त्रिपरिषदले थप १९ हजार ४५० रोपनी जग्गा खरिद गरी १९ हजार ६०० रोपनी जग्गाको हदबन्दी छुट दिइएको भूमिसुधार तथा व्यवस्था मन्त्रालयले जनाएको छ ।पूरा पढ्नुहोस्


टिपरले एम्बुलेन्सलाई ठक्कर दिँदा एकको मृत्यु, चार घाइते

  भदौ १५, कलैया । बाराको निजगढ नजिक पूर्वपश्चिम महेन्द्र राजमार्गमा टिपरले एम्बुलेन्सलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् । हेटौँडाबाट बिरामी बोकेर कोल्हवीतर्फ जाँदै गरेको ना ४ च १७७७ नम्बरको एम्बुलेन्सलाई निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना ३ ख ९२८० नम्बरको टिपरले बिहीबार निजगढ नजिक पर्ने उनासी पुलमा ठक्कर दिँदा सो दुर्घटना भएको हो । एम्बुलेन्समा सवार कोल्हवी नगरपालिका–२ की ६६ वर्षीया चन्द्रबन्दना मैनालीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ । दुर्घटनामा कोल्हवी नगरपालिका–२ का ६७ वर्षीय वासुदेव मैनाली, ३० वर्षीया कमला मैनाली, सिर्जना मैनाली र एम्बुलेन्स चालक हेटौँडा–५ कापूरा पढ्नुहोस्


प्रत्येक सामुदायिक विद्यालयमा ई–पुस्तकालय : राज्यमन्त्री अधिकारी

भदौ १५, काठमाडौँ । शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले प्रत्येक सामुदायिक विद्यालयमा ई–पुस्तकालय स्थापना गरिने बताउनुभएको छ । आज १० अौँ पुस्तकालय दिवसका अवसरमा शिक्षा मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उनले शिक्षाको गुणस्तरका लागि प्रत्येक विद्यालयमा चाँडो भन्दा चाँडो ई–पुस्तकालय स्थापना गर्ने बताएका हुन् । प्रत्येक विद्यालयमा पुस्तकालय हुनु आवश्यक भएकाले एक विद्यालय एक पुस्तकालयको अवधारणाअनुसार नै ई–पुस्तकालय बन्ने राज्यमन्त्री अधिकारीले जानकारी दिए । निमित्त शिक्षा सचिव डिल्ली रिमालले मन्त्रालयले चाँडै पुस्तकालय नीति ल्याइने र पुराना पुस्तकलाई बाहिर निकालेर पढ्ने ठाउँको खोजीमा आफूहरु रहेको बताए । कार्यक्रममा यस वर्षको उत्कृष्ट पुस्तकालय पुरस्कार,  ज्ञान विकास सामुदायिक पुस्तकालयलाई दिइएको छ । यसैगरी उत्कृष्ट पुस्तकालयपूरा पढ्नुहोस्


टेलिकमले बाढी प्रभावित जिल्लामा निःशुल्क प्रिपेड सिम दिने

  भदौ १५, काठमाडौँ । नेपाल टेलिकमले बाढी प्रभावित २३ वटा जिल्लामा निःशुल्क जिएसएम प्रिपेड सिम कार्ड वितरण गर्ने भएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावित क्षेत्रका ग्राहकका लागि यो सेवा उपलब्ध गराएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए । प्रभावित जिल्ला (झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) मा रु. ५० को ‘टक भ्यालु’ सहितको प्रिपेड सिम वितरण भइरहेको कम्पनीले जनाएको छ । टेलिकमकाअनुसार सिम कार्डबाट कम्पनीको नेटवर्कभित्र थप ५० मिनेट बराबरको निःशुल्क कल गर्ने सुविधासहितको सिम निःशुल्क वितरणपूरा पढ्नुहोस्