Main Menu

Saturday, August 5th, 2017

 

भरतपुरमा रेणु दाहालले बाजी मारिन्

साउन २१, भरतपुर (चितवन) । आखिर आएर भरतपुर महानगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) की रेणु दाहालले बाजी मारेकी छिन् । भर्खरै प्राप्त समाचार अनुसार उनले नेकपा (एमाले) बाट मेयरका उम्मेदवार देवी ज्ञवालीभन्दा २ सय ३५ मतान्तरले विजय प्राप्त गरेकी छिन् । औपचारिक घोषणा भने हुन बाँकी रहेको हाम्रा संवाददाताले बताए । गत बैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचनपछि मतगणना हुँदै गर्दा १९ नम्बरको वडाको पालामा मतपत्र च्यातिन पुग्दा उत्पन्न विवाद अदालतसम्म पुग्दा पुन: मतदानको फेसला भएबमोजिम हिजो साउन २० गते उक्त वडाको पुन: निर्वाचन सम्पन्न भएको हो । १९ वडाको मतगणना सकिँदासम्म थोरै मतले पछाडि परेका माओवादी केन्द्रकीपूरा पढ्नुहोस्


स्वास्थ्यमन्त्रीको नयाँपन र संचेतना अभियान

साउन २१, काठमाडौं । मन्त्रालयमा कार्यभार सम्हाल्न जाँदा परम्परागत शैली तोडी ‘सचिवले ल्याएको फाइल अध्ययन नगरी हस्ताक्षर नगर्ने’ बताई नयाँपन सुरु गरेका स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेलले आज अर्को नौलोपन देखाएका छन् । आज शनिवार मन्त्रालयलगायत सरकारी कार्यालयहरु सबै बन्द थिए । तर, स्वास्थ्य मन्त्रालयमा भने मान्छेहरुको भिडभाड नै लाग्यो मानौं कि त्यहाँ बिदा थिएन । भिडभाड अफिसियल कामका लागि नभई भेटघाटका लागि थियो । जो कोही मन्त्री बन्दा पनि बधाइ दिन आउने इष्टमित्र, पार्टीका मान्छेहरु र सम्बन्धित व्यवसायी एवं कर्मचारीहरुको भिड लाग्नु स्वभाविक हो । सामान्यतः मन्त्रीहरुले कार्यालय समयमा नै त्यस्ता भेटघाट गर्ने गर्छन् । तर, मन्त्रालय सम्हालेको पहिलो दिनदेखि नैपूरा पढ्नुहोस्


भरतपुरमा रेणुले लिइन् अग्रता, १३ सय मत गन्न बाँकी

  साउन २१, चितवन । भरतपुर महानगरपालिकाको मतगणनाको शुरुवातदेखि नै पछाडि परेकी नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) गठबन्धनकी उम्मेदवार रेणु दाहालले गणनाको अन्त्यतिर पुग्दा अग्रता लिएकी छन् । मतगणनाका क्रममा वडा नं ६ मा झिनो मतले अग्रता लिएपनि पुनः पछाडि परेकी दाहाल महानगरको अन्तिममा गणना गरिएको वडा नं २० मा आएर अग्रता लिएकी हुन् । २८ वडाको गणना सम्पन्न गरेर २० नं वडाको २ हजार मतगणना गर्दा दाहाल ५७ मतले अगाडी छिन् । रेणुले हालसम्म ४२ हजार ५८९ मत प्राप्त गरेकी छिन् भने नेकपा (एमाले) का देवीप्रसाद ज्ञवालीले ४२ हजार ५३२ मत प्राप्त गरेका छन् । त्यसैगरी, राष्ट्रिय प्रजातन्त्रपूरा पढ्नुहोस्


‘किसुनजी अध्ययन केन्द्र’ स्थापना

  साउन २१, काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाममा ‘किसुनजी अध्ययन केन्द्र’ स्थापना भएको छ । स्वर्गीय भट्टराईले नेपाली राजनीतिमा गरेको त्याग र संघर्षलाई आम जनतामाझ पुर्याउने उद्देश्यका साथ उक्त अध्ययन केन्द्र स्थापना भएको हो । केन्द्रको आज यहाँ उद्घाटन गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले किसुनजीको राजनीतिक जीवनबाट काँग्रेसले धेरै सिक्नुपर्ने बताए । “किसुनजीको आदर्श अहिलेको समयमा पनि उत्तिकै सान्दर्भिक छ,” पौडेलले भने, “उनले किसुनजीको निष्ठा, त्याग र योगदान भावी पुस्ताले अध्ययन गर्नुपर्नेमा जोड दिए ।” नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले किसुनजीले नेपाली राजनीतिमा गरेका योगदानलाई यो अध्ययन केन्द्रले खोजेर नयाँ पुस्तासम्मपूरा पढ्नुहोस्


‘नवीकरणीय ऊर्जाबाट ऊर्जाको अभाव पूरा गरिने’

  साउन २१, काठमाडौंँ । जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरीले नवीकरणीय ऊर्जाको प्रवर्द्धन गरी मुलुकको ऊर्जा संकटलाई कम गर्न पहल गर्ने बताएका छन् । उनको सम्मानमा वैकल्पिक ऊर्जाका विभिन्न एशोसिएशनहरुको साझा संगठन नवीकरणीय ऊर्जा परिसंघ नेपालले आज यहाँ आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री चौधरीले नेपालमा नवीकरणीय ऊर्जाको विकासमा निजी क्षेत्रले गरेको योगदान प्रसंशनीय रहेको बताउँदै सरकार निजी क्षेत्रसँग सहकार्य गरी जनतालाई स्वच्छ ऊर्जाको पहुँच विस्तार गर्न आफू तयार रहेको बताए । पूर्व मन्त्री गणेश साहले हरेक व्यक्तिले ऊर्जामा लगानी, उत्पादन र वचत गर्न सक्ने भएकाले उनीहरुको क्षमता विकास र बैंकमा पहुँच पुर्याउन जरुरी रहेको बताए । सो अवसरमा जनसंख्यापूरा पढ्नुहोस्


प्रथम कीर्तिपुर ब्याडमिन्टन कप सुरु

  साउन २१, काठमाडौँ । कीर्तिपुर ब्याडमिन्टन क्लबको आयोजनामा प्रथम कीर्तिपुर ब्याडमिन्टन कप–२०७४ आजदेखि सुरु भएको छ । कीर्तिपुर ब्याडमिन्टन क्लबको खेल मैदानमा सुरु भएको खेलमा काठमाडौँ, भक्तपुर, ललितपुर र धादिङका ६४ टोलीको सहभागिता रहेको छ । खेलको उद्घाटन गर्दै कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले क्लबले विभिन्न जिल्लाका खेलाडीलाई जम्मा गरेर राष्ट्रिय स्तरको प्रतियोगिता गरेको भन्दै आयोजक क्लबलाई धन्यवाद दिए । उनले खेलकुदले व्यक्तिको शारीरिक रुपलाई तन्दुरुस्त राख्न मद्धत गर्ने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता खेलकुदको आयोजना गर्न क्लबलाई आग्रह गरे । “खेलकुद क्षेत्रको विकासका लागि नगरपालिका सहयोग गर्न तयार छ,” प्रमुख महर्जनले भने । क्लबका अध्यक्ष राजु महर्जनलेपूरा पढ्नुहोस्


समुदायले सञ्चालन गरेपछि नमूना बन्यो गोकर्ण मा. वि.

साउन २१, गोकर्णेश्वर (काठमाडौँ) । सामुदायिक विद्यालय भइकन पनि नमूना बन्न सफल भूकम्पले क्षति पुगेको गोकर्ण माध्यमिक विद्यालयको भवन पुनःनिर्माण सम्पन्न भई उद्घाटन गरिएको छ । अष्ट्रेलियन एड र प्लान इन्टरनेशनलको रु. १ करोड ७ लाख सहयोगमा म्याग्निच्युड ९ सम्मको भूकम्पले ५० वर्षसम्म नभत्कने गरी ३ तले ६ कोठे सो विद्यालय भवन पुनःनिर्माण गरिएको हो । विद्यालयमा प्रयोगशाला, पुस्तकालय, निःशुल्क वाइफाइसहितको सुविधा सञ्चालनका लागि जनशक्तिलाई तालीमसमेत दिइएको जनाइएको छ । वि.सं. २०६२ मा ६५ जना विद्यार्थीमा सीमित रहेको गोकर्ण माध्यमिक विद्यालयलाई समुदायले लिएपछि नमूना विद्यालयका रुपमा स्थापित भएको व्यवस्थापन समितिका अध्यक्ष रामदास श्रेष्ठले बताए । ६५ जना विद्यार्थी भएको विद्यालयलाईपूरा पढ्नुहोस्


नेकपा (एमाले) बाट निर्वाचित

नगरपालिका वडाका सबै पदाधिकारी स्पष्टिकरणमा

साउन २१,  जाजरकोट । यहाँको त्रिवेणी नलगाड नगरपालिका– ११ का सबै जनप्रतिनिधि स्पष्टीकरणमा परेका छन् । त्रिवेणी नलगाड नगरपालिका– ११ का वडा अध्यक्षसहित चारजना वडा सदस्यले कामै नभएको कामको पनि काम भएको भनि रकम भुक्तानीका लागि सिफारिस गरेपछि उनीहरु स्पष्टीकरणमा परेका हुन् । नगरपालिकाको ११ चौखादेखि वडा नं– १० रजिकसम्म जोड्ने चौखा रजिक बानियाँ गाउँ, सर्मी, डोल्पा सडकको कामै नगरेको सडकमा काम गरेको भनी जनप्रतिनिधिले सिफारिस गरेपछि जिल्ला समन्वय समितिले रु २३ लाख भुक्तानी गरेको थियो । कामै नगरी रु २३ लाख रकम भुक्तानी गरेको भन्दै असार २३ मा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि जिल्ला समन्वय समितिले छानबिन गरेको थियोपूरा पढ्नुहोस्


बिम्स्टेक मन्त्रीस्तरीय बैठक आगामी बिहीबार, तयारी अन्तिम चरणमा

साउन २१, काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयोग (बिम्स्टेक)को १५ औँ मन्त्रीस्तरीय बैठक यही साउन २६ र २७ गते काठमाडौँमा हुने भएको छ । बैठकको तयारी अन्तिम चरणमा पुगेको र सबै सदस्य मुलुकका विदेश मन्त्रीले त्यसमा भाग लिने सुनिश्चित गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ । बिम्स्टेकको अध्यक्ष मुलुक नेपालले पहिलोपटक उक्त बैठक आयोजना गर्न लागेको हो । भारत, भुटान, बंगलादेश, थाइल्याण्ड, म्यान्मा र श्रीलंका सदस्य रहेको उक्त उपक्षेत्रीय संगठनको चौथो शिखर सम्मेलन काठमाडौँमा आयोजना गर्ने निर्णय मन्त्रीस्तरीय बैठकले गर्ने सम्भावना छ । बैठकमा भाग लिन भारतका विदेश मन्त्री सुष्मा स्वराज, श्रीलंकाका विदेश मन्त्री रवि करुणनायके,पूरा पढ्नुहोस्


वार्षिक ३० अर्बको सुन आयात

साउन २१, काठमाडौँ । नेपालमा हाल सुनचाँदीको कारोबारबाट राष्ट्रिय आयमा वार्षिक रु. ९ अर्बको योगदान पुगेको छ । मुलुकमा वार्षिक ३० अर्बको सुन आयात हुने गरेको काठमाडौँ सुनचाँदी व्यवसायी संघले जनाएको छ । आज यहाँ आयोजित संघको पन्ध्रौँ वार्षिक साधारणसभामा सो जानकारी दिइएको हो । सभामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले परम्परागत रुपमा सञ्चालन हुँदै आएको सुनचाँदी व्यवसायलाई अझ बढी व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्ने बताउँदै यस व्यवसायको विकास र विस्तारका लागि कामपाले सक्दो सहयोग गर्ने विश्वास व्यक्त गरे । सुनचाँदी व्यवसायमा ज्याला, जर्ति र टलेरेन्स सामान्य विषय हो भन्दै उनले सुनचाँदीको काम गर्ने कालीगढलाई तालीम दिएर दक्षता वृद्धि गर्नुपर्नेमा जोडपूरा पढ्नुहोस्