Main Menu

Wednesday, August 9th, 2017

 

स्वाइनफ्लुबाट हालसम्म १० को मृत्यु

साउन २५, काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले मौसमी रुघाखोकी (स्वाइनपफ्लु) का कारण हालसम्म ३८१ बिरामी देखापरेका र तीमध्ये १० जनाको मृत्यु भएको जानकारी दिएका छन् । उनले एकजना चिकित्सकलाई सो रोग लागी निको समेत भएको जनाउँदै फ्लुले महामारी रुप भने नलिएको तथा रोकथामका लागि मन्त्रालय प्रतिबद्ध भएको बताए । मन्त्री पोखरेलले देशका सबै स्वास्थ्य संस्थामा रुघाखोकीको निःशुल्क उपचारको व्यवस्था मिलाइएको जनाउँदै आवश्यक सचेतना र नियन्त्रणका लागि सांसद, सञ्चारकर्मी र सबै सरोकारवाला पक्षमा आग्रह गरे । बैठकमा सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठले सो विधेयक तयार गर्दा  हस्तक्षेप नगर्न कार्यपालिकालाई आग्रह गरे । उनले संसद्को प्रक्रियापूरा पढ्नुहोस्


संविधानमा अपांगता विषय समेटिएका छन् – स्वास्थ्यमन्त्री

साउन २५, काठमाडौँ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले संविधानमा अपांगता भएका व्यक्तिका विषयमा धेरै कुरा समेटिएको बताएका छन् । कुष्ठरोग नियन्त्रण महाशाखाको समन्वयमा आज आयोजित ‘अपांगतासम्बन्धी प्रथम राष्ट्रिय समीक्षा तथा योजना तर्जुमा गोष्ठी’मा संविधान निर्माणका समयमा अपांगताका विषय समेट्न यस क्षेत्रमा कार्यरत व्यक्तिले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले उल्लेख गरे । मन्त्री पोखरेलले अपांगता भएका व्यक्तिको शिक्षा र स्वास्थ्यका विषयमा ऐन नियम बनाउनुअघि गम्भीर र फरक तरिकाले सोच्नैपर्छ, अझै पनि अपांगतासम्बन्धी सोच पुरानै छ, परिवर्तन गरिनुपर्छ, काम गर्ने तौरतरिका रचनात्मक र नयाँ संरचना अनुसारको हुुुनुपर्छ भने । स्वास्थ्य सचिव डा. किरण रेग्मीले अपांग हुनु विशेष परिस्थिति भएकाले यसलाई विशेषरुपमा हेर्नुपर्ने आवश्यकतापूरा पढ्नुहोस्


लामाचौरमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने

साउन २५, पोखरा । नवआदर्श सामुदायिक विकास समाजले पोखरा–लेखनाथ महानगरपालिका–१९ लामाचौरमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता गर्ने भएको छ । हरितालिका तीजको अवसरमा आगामी भदौ ६ देखि ८ गते हुने सो प्रतियोगितामा ६ टिमको सहभागिता रहने प्रतियोगिता आयोजक समितिका संयोजक सुशीलकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा न्यू डायमण्ड एकेडेमी, सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनाका विभागीय टिम, जाउलाखेल भलिबल प्रशिक्षण र पश्चिमाञ्चल क्षेत्रीय भलिबल टिमको सहभागिता रहनेछ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुने टिमले क्रमशः रु. ७५ हजार १०१, रु. ५० हजार १०१, रु. २० हजार र रु. १५ हजार ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै सोहीपूरा पढ्नुहोस्


मातृ र बाल स्वास्थ्य सुरक्षाका लागि मोबाइल स्वाथ्य सेवा

साउन २५, कञ्चनपुर । मातृ तथा बाल स्वास्थ्य सुरक्षा समन्वयका लागि जिल्लामा मोबाइल स्वास्थ सेवा कार्यक्रम सञ्चालनमा ल्याइएको छ । मेडिकल मोबाइल नेपाल नामक संस्थाको सहयोगमा जिल्ला जनस्वास्थ्य कार्यालमार्फत कार्यक्रम सञ्चालनमा ल्याइएको हो । यहाँका ९ वटै स्थानीय तहमा मोबाइल स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत ८१७ महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल सहित तालिम प्रदान गरिने मेडिकल मोबाइल परियोजनाका वरिष्ठ प्रबन्धक मनोज खड्काले बताए । महिला स्वाथ्य स्वयंसेविकाले मोबाइलमार्फत आउने सन्देश (एसएमएस) अध्ययन गरेर हरेक गर्भवती महिलाले चार पटक गर्भ जाँच(पूर्ण गर्भ जाँच) गरे नगरेको र स्वास्थ्य संस्थामा नै प्रसूति गरेको सुनिश्चितता भए नभएको निगरानी गर्ने उनले बताए। गर्भवती महिलाको नाम दर्ता गरी त्यसकोपूरा पढ्नुहोस्


नागासाकीमा बम आक्रमणको ७२ बर्ष स्मरण

साउन २५,  टोक्यो । सन् १९४५ मा जापानको नागासाकीमा अमेरिकाले एटम बम खसाली दशौँ हजार नागरिकको ज्यान लिएको आज ७२ बर्ष पुगेको दुःखद स्मरण गरिएको छ । जापानको नागासाकीमा सन् १९४५ को अगष्ट ९ मा एटमिक बमको आक्रमणबाट भएको नरसंहारको बुधबार सो नगरमा विशेष समारोहको आयोजना गरी स्मरण गरिएको समाचारमा जनाइएको छ । यसअघि गत आइतबार अर्थात् अगष्ट ६ मा हिरोसीमा नगरमा पनि जम्मा भएका दशौँ हजारको सङ्ख्याका नागरिकले सो आक्रमणको स्मरणगर्दै त्यस नरसंहारमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । दोस्रो विश्व युद्धका समयमा अमेरिकाबाट हिरोसिमामा भएको त्यस हमलामा परी कम्तीमा पनि एक लाख ४० हजार नागरिकको ज्यान गएकोपूरा पढ्नुहोस्


“एमाले बहुमतमा भएको भए देश समृद्ध भइसक्थ्यो” – अध्यक्ष ओली

साउन २५, बनियानी (झापा) । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले बहुमतमा भएको भए देेेेश समृद्ध भइसक्ने धारणा राखेका छन् । नेकपा (एमाले) भद्रपुर नगर कमिटीले आज यहाँ आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) देश र जनताको पक्षमा नरहेको दाबी गर्दै अध्यक्ष ओलीले भने, “एमाले बहुमतमा भएको भए मुलुकले अहिलेसम्म आर्थिक समृद्धि हासिल गरिसक्थ्यो ।”  नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले तीनवटै तहको निर्वाचन सम्पन्न गरेर मुलुकलाई शान्ति, समृद्धि र स्थायित्वको बाटोमा अघि बढाउनुपर्ने बताएका छन् ।  पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले संविधान कार्यान्वयन र प्राप्त उपलब्धिलाई संस्थागत गर्न निर्वाचन निर्धारित समयमै हुनुपर्ने बताएपूरा पढ्नुहोस्


घुम्तीचोक र बतासेका १५ घर पहिरोको उच्च जोखिममा

साउन २५, तेह्रथुम । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका– ६, मोराहाङस्थित घुम्तीचोक र बतासे बस्तीका करिब १५ घर पहिरोको उच्च जोखिममा परेका छन् । सातायता यो क्षेत्रमा परेको भारी वर्षाका कारण यी गाउँका १५ घर पहिरोको जोखिममा परेका हुन् । नजिकको ताङमाया खोलाले निर्माणाधीन जिरीखिम्ती–मोराहाङ सडक खण्डमाथिबाट पहिरो तान्न थालेको छ । खहरेखोलामा समेत पानीको बहाव बढेको छ । बस्तीको आडको रुपमा रहेको जमिन लच्किएका कारण घुम्तीचोक र बतासेका बासिन्दाको २ दिनदेखि निद्रा हराएको छ । ४ परिवार भने घर छाडेर छिमेकीको घरमा बसिरहेका स्थानीयवासी नरेन्द्र खापुङले जानकारी दिए । ‘पहिरोले घर बगाउने डर भएपछि घुम्तीचोकका ४ परिवारले घर छाडेका छन्,’ उनलेपूरा पढ्नुहोस्


रुपन्देहीमा बढ्यो सवारी दुर्घटना

साउन २५, लुम्बिनी । ट्राफिक सचेतनाका लागि निरन्तर अभियान संचालन हुदैं आए पनि रुपन्देहीमा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या भने बढ्दै गएको छ । दुर्घटना न्यूनिकरणका लागि सवारी जाँचमा कडाइ र कारबाहीको प्रक्रिया अघि बढाए पनि दुर्घटना कम हुनुको साटो झन बढ्दै गएको छ । जिल्लामा आर्थिक वर्ष २०७१/७२ मा १२० वटा सवारी दुर्घटनामा ८३ जनाको मृत्युका साथै ११७ जना घाइते भएका थिए । यसैगरी आव २०७२/७३ मा १८४ वटा सवारी साधान दुर्घटनामा १११ जनाको मृत्यु र २४९ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै, आव २०७३/७४ मा २४८ वटा सवारी दुर्घटनामा १२५ जनाको मृत्यु रपूरा पढ्नुहोस्


चौध वर्षदेखि फरार महिला पक्राउ

साउन २५, उर्लाबारी (मोरङ) । लागू औषध गाँजा मुद्दामा १४ वर्षदेखि फरार एक महिलालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर – १५ की ५५ वर्षीय धनेश्वरी साह सुडी रहेकी छिन् । उनलाई आज जिल्ला अदालत मोरङमा बुझाइएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोस निरौलाले जानकारी दि‍ए । अदालतले साहलाई सजाय भुक्तानका लागि कारागार चलान गरेको छ । अदालतले लागु औषध मुद्दामा २०६० साल कात्तिक १९ गते साहलाई ११ महिना १९ दिन कैद र रु.५ हजार जरिवानाको फैसला सुनाएको थियो । 


द्वन्द्वपीडितको निःशुल्क उपचार सेवा बन्द

साउन २५, खजुरा (बाँके) । नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालले २०७३ पुसदेखि उपलब्ध गराउँदै आएको सशस्त्र द्वन्द्वका घाइतेको निःशुल्क उपचार तथा मनोपरामर्श सेवा वन्द भएको छ । उपचार सेवा बन्द भएपछि उपचार गराउन आएका घाइतेलाई समस्या भएको छ । शान्ति मन्त्रालयले अस्पताललाई उपलब्ध गराउँदै आएको अनुदान २०७४ साउन १ गतेदेखि मन्त्रालयले अख्तियारी नदिएको शान्ति कोष मार्फत जानकारी प्राप्त भएकाले एकवर्ष नपुग्दै सेवा बन्द भएको भेरी अञ्चल अस्पतालको सेवा केन्द्रका इन्चार्ज डा प्रकाश थापाले जानकारी दिए । भेरी अञ्चल अस्पतालले गतबर्ष पुसदेखि सञ्चालन गरेको निःशुल्क उपचार सेवाअन्तर्गत द्वन्द्वपीडितले शरीरमा रहेका गोलीका टुक्रा, छर्रा निकाल्ने, राम्रो उपचार नपाएका कारण हातखुट्टा तथा नशासम्बन्धी समस्यापूरा पढ्नुहोस्