Main Menu

Saturday, August 26th, 2017

 

‘सरकार घर बनाउन हामी दलितलाई पनि अनुदान देऊ’

  रमेश गिरी भदौ १०, भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित द्यौला बस्तीका बासिन्दाले भूकम्पले भत्किएको घर बनाउन सरकारसँग अनुदान माग गरेका छन् । भूकम्पबाट दलित द्यौला (पोडे) बस्तीको ५२ घर पूर्णरुपमा क्षति भएपनि अझै ४२ घरले कुनैपनि राहत एवं अनुदान नपाएको भन्दै उनीहरुले घर बनाउन अनुदान दिन माग गरेका छन् । स्थानीय कुमारी क्लबका अध्यक्ष चरण द्यौला सयौँ वर्षदेखि स्ववासीका रुपमा रहँदै आएका यहाँका ८२ घरपरिवारले अझै लालपूर्जा नपाएको बताउँछन् । लालपूर्जा नभएकै कारण ४२ घर परिवार भूकम्पपीडितले अनुदान पाउन नसकेको उनको गुनासो छ । भूकम्पले ५२ घर भत्किए पनि १० घरले मात्र अनुदान र राहत पाए पनि अरुले पाउनपूरा पढ्नुहोस्


नारायण गोपाल चोक–गोंगबु नयाँ बसपार्क सडक किनारका अतिक्रमण भत्काइए

congress-leader-aryal-construct-20-houses

  भदौ १०, काठमाडौँ । चक्रपथ सफाइको २० औँ हप्तामा आज चक्रपथको नारायण गोपाल चोकदेखि गोंगबु नयाँबसपार्कसम्मको मूल सडकका दायाँ बायाँ बनाइएका टहरा भत्काइएको छ । यो क्षेत्रको दायाँ-बायाँ बालुवा, गिटी, ढुंगा, रडलगायत निर्माण सामग्री थुपारिएको थियो । टहरा भत्काउन महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख सर्वेन्द्रनाथ खनाल, पूर्व श्रम तथा यातायात मन्त्री रबिन्द्र खनाल, काठमाडौँ महानगरपालिका–३ का अध्यक्ष दीपक केसी, संयुक्त राष्ट्र संघका लागि पूर्व नेपाली स्थायी प्रतिनिधि डा. जयराज आचार्य, चक्रपथ सफाइ अभियानका संयोजक लोकबहादुर टण्डन लगायत ८०० भन्दा बढी अभियन्ताको सहभागिता थियो । चक्रपथ क्षेत्रको आजको सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइ कार्यक्रममा पूर्व प्रधानमन्त्रीपूरा पढ्नुहोस्


रक्सौल–परवानीपुर प्रसारण लाइन उद्घाटनपछि उद्योगी उत्साहित

वीरेन्द्र कर्ण भदौ १०, वीरगञ्ज । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले रक्सौल–परवानीपुर र कुशहा कटैया अन्तरदेशीय प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन गरेपछि विद्युत् कटौतीको भार खेपिरहेका वीरगञ्ज–परवानीपुर औद्योगिक करिडोरका उद्योगी व्यवसायी उत्साहित भएका छन् । वीरगञ्ज औद्योगिक करिडोरलाई पूर्णरुपमा विद्युत्भार कटौती गर्ने लक्ष्यका साथ प्रसारण लाइन सञ्चालन भएपछि उद्योगको उत्पादन पुनःसञ्चालन भएको उद्योगी व्यापारी बताउँछन् । विद्युत् अभावका कारण लामो समयदेखि वीरगञ्ज-परवानीपुर औद्योगिक करिडोरमा रहेका करिब ७०० उद्योगको उत्पादन प्रभावित हुँदै आएकामा उक्त प्रसारण लाइन उद्घाटनलगत्तै सञ्चालनमा आएका छन् । प्रधानमन्त्री देउवाको सो कदमको स्वागत गर्दै उद्योगीले अब आर्थिक भारबाट मुक्त हुनेपूरा पढ्नुहोस्


आक्रमणबाट गम्भीर वडा अध्यक्षको निधन

भदौ १०, बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ का वडाध्यक्ष राजन कोइरालाको गएराति निधन भएको छ । गाउँमा दूध बिक्री गरेर घर फर्कंदै गरेको अवस्थामा कोइरालामाथि भदौ ४ गते घर नजिकै आक्रमण भएको थियो । आक्रमणबाट गम्भीर घाइते भएका कोइरालाको ६ दिनदेखि अचेत अवस्थामा नै नर्भिक अस्पताल, काठमाडौँमा उपचार भइरहेको अवस्थामा निधन भएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलले जनाएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको थियो । कोइराला धुलिखेल नगरपालिका–२ रविओपीमा अचेत अवस्थामा फेला परेका थिए । नेकपा एमालेबाट निर्वाचित कोइरालाका एक श्रीमती, तीन छोरा र बुबा, आमासमेत छन् । उनी जिल्लामा सामाजिक अभियन्ताको रुपमा समेत परिचित थिए । जिल्ला प्रहरीपूरा पढ्नुहोस्


सम्पूर्ण राज्यशक्तिको ध्यान प्रदेश नं २ को निर्वाचनमा

भदौ १०,  काठमाडौँ । नेपाल सरकार, राजनीतिक दल र निर्वाचन आयोगलगायत सम्पूर्ण राज्यशक्तिको ध्यान अहिले प्रदेश नं २ को स्थानीय तहको निर्वाचनमा केन्द्रित रहेको छ । नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा तेस्रो चरणमा १ सय ३६ स्थानीय तहमा आगामी असोज २ मा निर्वाचन हुन लागेको हो । प्रदेश नं २ का आठ जिल्लामा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १ सय ३६ स्थानीय तह कायम भएका छन् । मुलुकमा हाल ७ सय ५३ स्थानीय तह कायम रहेकोमा त्यसमध्ये महानगरपालिका ६, उपमहानगरपालिका ११, नगरपालिका २ सय ७६  र गाउँपालिकाको संख्या ४६० रहेको छ । उक्त निर्वाचनमा २६पूरा पढ्नुहोस्


प्रजातन्त्र

हरिगोविन्द लुइँटेल हाम्रो देश नेपाल हो यहाँ प्रजातन्त्र आएको छ ! सात सालमा पनि आएको थियो अहिले पनि आएको छ । यसरी यहाँ  ट्याम्ट्याम्मा प्रजातन्त्र आउने गरेको छ । हाम्रो देश नेपाल हो यहाँ प्रजातन्त्र आएको छ ! प्रजातन्त्र एउटा असल कुरा हो यसमा सवैलाई सवै कुराको समान हक हुन्छ त्यसैले गरीवहरु हो ! तिमीहरुलाई पनि यो समान हक छ, अव तिमीहरु पनि फुटपाथमा माग्न नबस सडकमै कार चढेर हिँड किनभने कार किन्ने समान हक तिमीहरुलाई पनि छ । भोकै नबस बजारमा खचाखच खानेकुराहरु छन् किनेर खाओ आफूलाई जरुरी कुराहरु किन्नका लागि तिमीहरुलाई संविधान, कानून, नियम केहीले पनि छेक्दैन ।पूरा पढ्नुहोस्


दुई मृत्यु

(अलेकसान्द्र सेराफिमोभिच (सन् १८६३–१९४९) एकजना प्रशिद्ध रुसी लेखक हुन् । ‘लौह प्रवाह’ नामको चर्चित उपन्यासका लेखक हुन् उनी । यहाँ उनको चर्चित कथा ‘दुई मृत्यु’ प्रस्तुत गरिएको छ । यो कथामा रुसमा सन् १९१७ मा भएको महान क्रान्तिताका क्रान्तिकारी काममा भाग लिने एउटी युवतीको बयान गरिएको छ । रुसी क्रान्ति न्याय र समानताको लागि भएको ठूलो अभियान थियो । ती युवतीले यो अभियानलाई प्राणभन्दा पनि ठूलो महत्व दिएकी छिन्। – सम्पादक ।) अलेकसान्द्र सेराफिमोभिच मास्को सोभियतको कार्यालयमा कैला आँखा भएकी एक युवती आई । उसले रुमालले कपाल छोपिराखेकी थिई । अक्टोबर महिनाको आकाश भयावह थियो । चिसा र भिजेका छानाहरुमापूरा पढ्नुहोस्


दक्षिण कोरियामा नेपालीको आत्महत्याका घटना बढ्दो

भदौ १०,  काठमाडौँ । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान युवाहरुको आकर्षण बढेपनि त्यहाँ गएका नेपालीले आत्महत्या गर्ने घटना बढ्दै गएको छ । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखा तथा अंकुर नेपालको संयुक्त आयोजनामा हिजो राजधानीमा आयोजित ‘गणतन्त्र कोरियामा नेपालीको आत्महत्याको कारण र समाधान’ विषयको कार्यशाला गोष्ठीका सहभागीहरुले पछिल्लो दिनमा कोरियामा आत्महत्याका घटना बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले कोरियामा नेपालीको आत्महत्याका घटना बढ्नु संवेदनशील भएको भन्दै यसलाई घटाउन नेपाल सरकारले आवश्यक पहल गर्ने बताए । कार्यक्रममा कोरियाको मानव संशाधन विभागका निर्देशक किम कि उक्ज्युले कोरियामा नेपालीको आत्महत्या दर बढ्दो रहेको स्वीकारपूरा पढ्नुहोस्


नारी आन्दोलनमा समर्पित समाजवादी लेखिका – जेलेनिक 

ध्रुवराज कार्की विश्व मानव समुदायमाझ आफ्नो कला र साहित्यमार्फत् प्रभाव जमाउँदै सन् २००४ को विश्वप्रतिष्ठित नोवेल साहित्य पुरस्कार पाउन सफल व्यक्तित्व हुन् – एल्फ्रेड जेलेनिक (Elfriede Jelinek) । नारी समानता र समाजवादी शासन व्यवस्था स्थापनाको लागि अनवरत रुपमा संघर्ष गर्दै आएकी अथक योद्धाको रुपमा आफ्नो पहिचान बनाउन सफल नारी हुन् – जेलेनिक । समाजमा दबिएर बसेका शक्तिहरुलाई उजागर गर्न उपन्यासमा उनले प्रयोग गरेको असाधारण शैली र आवाज तथा प्रतिआवाजको प्रयोगको लागि उनलाई यस पुरस्कारबाट सम्मानित गरिएको नोबेल पुरस्कार निर्णायक कमिटीले जनाएको छ । आफ्नो सृजनात्मक क्षमतालाई नवीन रुपमा मानव समुदायको हितमा प्रयोग गर्न रुचाउने जेलेनिकको जन्म सन् १९४६ को अक्टोबरपूरा पढ्नुहोस्


बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा

भदौ १०,  काठमाडौं । साफ पन्ध्र वर्षमुनिको च्याम्पियनसिपअन्तर्गत हिजो भएको पहिलो सेमिफाइलन खेलमा नेपाल बंगलादेशलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको सेमिफाइनल खेलमा ४–२ गोलअन्तरले हराउँदै नेपालले फाइनल यात्रा तय गरेको हो । नेपालले उपाधिका लागि भारतसँग आइतबार खेल्नेछ । नेपालले खेलको पहिलो हाफमा २–० को अग्रता लिएको थियो । नेपालका लागि दुवै गोल आकाश नेपालीले गरे । उनले खेलको छैटौंँ मिनेटमा पहिलो तथा ३० औं मिनेटमा दोस्रो गोल गरे । रन्दीप पौडेलको क्रसमा आकाशले सिक्स यार्ड बक्स बाहिरबाट पहिलो गोल गरेका थिए । दोस्रो गोल भने दर्शन गुरुङले मैदानमा दिएको बल दीपक भन्डाराले हेड गरेपूरा पढ्नुहोस्