Main Menu

Sunday, August 20th, 2017

 

कमलादीमा पत्रकार महासंघको २५ औं महाधिवेशन सुरु

भदौ ४, काठमाडौँ । आजबाट काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा सुरु भएको नेपाल पत्रकार महासङ्घको पच्चीसौँ महाधिवेशनमा पहिलो दिन आज महासचिव उजिर मगर, कोषाध्यक्ष सूर्यमणि गौतमले प्रस्तुत गरेको छुट्टाछुट्टै प्रतिवेदनमाथि प्रतिनिधिहरुले छलफल गरी पारित गरेका छन् । बन्दसत्रमा पत्रकारिता क्षेत्रको प्रेस स्वतन्त्रतासम्बन्धी समसामयिक विषयको २१ बुँदे घोषणापत्र पारित भएको छ । त्यस्तै गरी महासङ्घको आगामी दुई वर्षका लागि रणनीतिक दृष्टिकोण पत्र प्रस्तुत भई पारित भएको छ । पत्रकार सुरक्षा नीतिसमेत बन्दसत्रमा प्रस्तुत भई पारित भएको छ । बन्दसत्रको अध्यक्षता पूर्वअध्यक्ष तारानाथ दाहालले गरेका थिए । बन्दसत्रमा निर्वाचन समितिका संयोजक चिरिञ्जीवी खनालले भोलि शनिवार विहान १० बजेदेखि निर्वाचन कार्यतालिका शुरुपूरा पढ्नुहोस्


मन्त्रिमण्डल विस्तार, आठ राज्यमन्त्री थपिए

भदौ ४, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफ्नो मन्त्रिमण्डल विस्तार गरेका छन् ।उनले मन्त्रिमण्डलमा आठ जना राज्यमन्त्री थप गरेका छन् । प्रधानमन्त्री देउवाको नेतृत्वमा गत जेठ २४ गते गठन भएको मन्त्रिमण्डल आज विस्तार भएसँगै ३१ सदस्यीय भएको छ । मन्त्रिमण्डलमा तीन उपप्रधानमन्त्री, १९ मन्त्री र ८ राज्यमन्त्री छन् । । मोहम्मद जाकिर हुसेन (महिला, बालिकालिका तथा समाज कल्याण), रामसिंह यादव (स्वास्थ्य), श्यामकुमार श्रेष्ठ (गृह), शम्भुलाल श्रेष्ठ (ऊर्जा), कर्णबहादुर विक (आपूर्ति), छमबहादुर गुरुङ (सहरी विकास), गोमा कुँवर (पशुपंक्षी विकास) र ओङ्दी शेर्पाले (सामान्य प्रशासन) राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएको छ । उनिहरु सबै नेकपा (माओवादी केन्द्र) को तर्फबाट प्रतिनिधित्व गर्दैछन् । प्रधानमन्त्रीपूरा पढ्नुहोस्


अब नेत्रहीनले नेपालीमै पढ्न र सुन्न सक्ने

congress-leader-aryal-construct-20-houses

भदौ ४, काठमाडौँ । नेत्रहीनले पनि नेपाली अक्षर पढ्न र सुन्न सक्ने सफ्टवेयर प्रविधिको विकास भएको छ । ओसिआर (अप्टिकल क्यारेक्टर रेकग्निशन) नामक सफ्टवेयरको विकासले नेपालमा पहिलो पटक नेत्रहीनले आफ्नै नेपाली भाषाका छापा सजिलै पढ्न र सुन्न सक्ने भएका हुन् । सफ्टवेयरले नेपाली अक्षरलाई स्क्यानिङ गरेर तुरुन्त वर्ड फाइलमा रुपान्तरण गरी यसअघि नै विकसित भएको टेक्स टु स्पिच (टिटिएस)को सहायताले ती स्क्यानिङ टेक्सलाई पढ्न र सुन्न सक्नेमा रुपान्तरण (कन्भर्ट) गर्दछ । नेपाल नेत्रहीन संघका लागि काठमाडौँ विश्वविद्यालयका सूचना प्रविधि विज्ञ प्रा. डा. बालकृष्ण वल र निराजन पन्तले करिब २ वर्षको अथक परिश्रमपछि नेपालमा पहिलो पटक नेत्रहीनका लागि सो सफ्टवेयर विकासपूरा पढ्नुहोस्


भेरी नदी पारीको बस्तीमा बढ्यो भाइरल ज्वरोका बिरामी

congress-leader-aryal-construct-20-houses

भदौ ४, सुर्खेत । सुर्खेतको पश्चिम क्षेत्रमा पर्ने पञ्चपुरी नगरपालिका वडा नं १० को नार्सी र ११ का जामु, गल्फा लगायतका गाउँका नागरिक भाइरल ज्वरोले थलिएका छन् । भेरी नदी पारीको यो बस्तीमा विगत १० दिनदेखि फैलिएको भाइरल ज्वरोले २ गाउँका ५०० बढी घरपरिवारका नागरिक प्रभावित भएका हुन् । दुवै गाउँका अधिकांश बालबालिका, युवायुवती र ज्येष्ठ नागरिक ज्वरोले थलिएपछि प्रभावकारी उपचार नपाएकामा स्थानीयले आक्रोश पोखेका छन् । जिल्ला जनस्वस्थ्य कार्यालय सुर्खेतले केही दिनअघि मात्रै दुवै गाउँमा १/१ दिन स्वास्थ्य शिविर आयोजना गरेको थियो । पुरै गाउँका अधिकांश स्थानीय नागरिक ज्वरोको संक्रमणले थलिँदा स्वास्थ्य कार्यालयको हेपाह प्रवृत्तिका कारण एकदिने शिविरले रोगपूरा पढ्नुहोस्


कुडुले घर लोप हुदैँ

भदौ ४, पाल्पा । प्राचीन समयदेखि प्रयोगमा रहेको कुडुले(घुमाउरो) घर अहिले लोपोन्मुख हुँदैं गएको छ । जाडो याममा तातो र गर्मीमा शीतल हुने सो घर पछिल्ला समय कच्चा पदार्थको अभाव र छानो हाल्न झण्झट हुने भएपछि लोप हुन लागेको हो । पूर्वखोला– २, जल्पास्थित साकेनी, ढोलीमारा, साठ्ठीघरेमा अहिले कुडुले घर देख्न नपाइने स्थानीय बासिन्दा भीमिसारा आलेले बताए । पहिले जल्पामा २५ भन्दा बढी कुडुले घर देखिए पनि अहिले एक दुई वटा मात्र देखिन्छ । ’ जल्पाका भीमबहादुर सारुले आफ्नो कुडुले घर केही समयअघि भत्केपछि निर्माण नगरिएको बताए । उनको कुडुले घरमा ६ जनाको परिवार बस्थ्यो । कुडुले घरमा बस्दा सामूहिकपूरा पढ्नुहोस्


गोसाइँकुण्डमा ५ हजार केजी फोहर व्यवस्थापन

gosainkunda-cleaned

भदौ ४, रसुवा । गोसाइँकुण्ड क्षेत्रको वातावरण स्वच्छ पार्ने उद्देश्यले गत हप्तादेखि शुरु गरिएको सरसफाइ सम्पन्न भएको छ । सरसफाइ अभियानकर्मी चन्दनबारी निवासी सुब्बा लामाका अनुसार धार्मिक मार्गको धुञ्चे नजिक तिवारीबगरदेखि गोसाइँकुण्डसम्मको सातकोश दूरी क्षेत्रमा यात्रुले यत्रतत्र फालेका फोहर संकलन गरी व्यवस्थापन गरिएको हो । धार्मिक मार्गमा जुसका बट्टा तथा बिस्कुट र चाउचाउका खोल बढी मात्रामा भेटिएको तथा कुण्डका आसपासमा मानिसका करिब १५ हजार वस्त्र पाइएको छ । बाह्रै महिना यात्रुको आगमन भए पनि सफाइ अभियान वर्षको एक पटक हुने गरेको बताइएको छ । सरसफाइबाट संकलित करिब पाँच हजार केजी फोहर सुरक्षित ठाउँमा व्यवस्थापन गरिएको लामाले जानकारी दिए ।


कंगोमा भीषण पहिरो, मृत्यु हुनेको संख्या २०० पुग्यो

भदौ ४, बुनिया (कंगो) । कंगोमा भीषण पहिरो गएको छ । त्यस पहिरोमा परी शनिबार सम्ममा कम्तीमा पनि २०० जनाको ज्यान गएको समाचार छ । गत बिहीबार कंगोको इतुरी प्रान्तमा पहिरो गएको थियो । पहिरो शुक्रबारसम्म पनि बगिरहेको थियो । शनिबार उक्त पहिरोस्थलबाट २०० जनाको शव निकालिएको बताइएको छ । कंगोका उप गभर्नरले दिएको जानकारी अनुसार यहाँका तीन वटा गाउँमा बाढी र पहिरो आएको थियो र ती क्षेत्रमा भएको उद्धारको प्रयासपछि यति ठूलो संख्यामा शव भेटिएको थियो । कम्तीमा पनि १०० घरका नागरिकले उक्त पहिरोमा ज्यान गुमाएका छन् । अरु हजारौँ घर परिवार विस्थापित भएका छन् । एउटा पहाडै खसेरपूरा पढ्नुहोस्


फोहोर उठ्न नसक्दा नगर दुर्गन्धित

भदौ ४, उर्लाबारी (मोरङ) । मोरङको दोस्रो ठूलो शहर उर्लाबारीमा एक सातादेखि फोहोर उठ्न नसक्दा दुर्गन्ध फैलिन थालेको छ । गत साउन २७ गते राति आएको बाढीपछि नगरभित्र फोहोर उठ्न सकेको छैन । उर्लाबारीको फोहोर उर्लाबारी –६ स्थित मावा खोलामा अस्थायी रूपमा राखिए पनि स्थानीयवासीको विरोध तथा बाढीका कारण त्यहाँ लैजान सक्ने अवस्था नभएका कारण फोहोर उठ्न नसकेको हो । सो क्षेत्रमा फोहोरको डंगुर थुप्रिएर झिँगा बढेको छ । नगर क्षेत्रको फोहोर व्यवस्थापनको जिम्मा पाएको मेची महाकाली इन्भाइरोमेन्ट केयर प्रालिले फोहोर विसर्जनस्थल नभएका कारण १ सातादेखि फोहोर उठाउन नसकिएको व्यवस्थापक नेत्र घिमिरेले जानकारी दिए । उनका अनुसार उर्लाबारी नगरपालिकाका प्रमुखपूरा पढ्नुहोस्


भारतमा भएको रेल दुर्घटनामा २३ को मृत्यु, ४० घाइते

भदौ ४, नयाँदिल्ली  । भारतको उत्तर प्रदेशमा भएको रेल दुर्घटनामा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ भने अरु ४० जना घाइते भएका छन् । यात्रु उतार्ने क्रममा शनिबार भएको दुर्घटनामा घाइते भएका मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । भारतीय रेलमार्गका प्रवक्ताले १४ डिब्बाको रेल दुर्घटनामा परेको जानकारी दिए । भारतको केन्द्रीय राजधानी नयाँदिल्लीदेखि झन्डै १ सय किलोमिटर टाढा पर्ने मुजफ्फानगर जिल्लामा दुर्घटना भएको हो । “रेलको लिकबाट बाहिर गएपछि रेल दुर्घटना भएको हो,” उत्तर प्रदेशको प्रान्तीय प्रहरीले जारी गरेको वक्तव्यमा भनिएको छ । वक्तव्यमा २३ जनाको मृत्यु, ४० जना घाइते भएको र घाइतेलाई विभिन्न अस्पतालमा उपचारपूरा पढ्नुहोस्


माथिल्लो तामाकोशीको काम वर्षाका कारण ढिलो हुने

भदौ ४, चरिकोट । ४६५ मेगावाट क्षमताको दोलखाको लामाबगरमा निर्माण भइरहेको बहुचर्चित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य वर्षाका कारण ढिलाइ हुने भएको छ । डलरको भाउमा आएको उत्तारचडाव, वर्षा र लामोसाँघु जिरी सडकको स्तरोन्नतिका कारण भएको ढिलाइले आयोजनाको लागत झण्डै ७ अर्ब बढ्ने समेत अनुमान गरिएको छ । गत आव ०७३/७४ को असार मसान्तसम्ममा आयोजनाले ९४ प्रतिशत काम सम्पन्न गरिसक्नुपर्ने लक्ष्य राखे पनि साउन मसान्तसम्म आइपुग्दा ९१ प्रतिशत पनि काम सम्पन्न गर्न सकेको छैन । डलरको मूल्यमा उतारचडाव आउनु लक्ष्यअनुसार निर्माण कार्य अगाडि नबड्नु र भूकम्पका कारण आयोजनाको समयसीमा लम्बिदै जानुका कारण रु ३५ अर्ब २९ करोडमा सम्पन्न गर्नेपूरा पढ्नुहोस्