Main Menu

Friday, August 4th, 2017

 

मानवजातिको लागि प्रेरणाको प्रतिविम्ब – हेलेन केलर

ध्रुवराज कार्की विश्व मानव समाजमा आफ्नो अशक्तताका बावजूद पनि कला र साहित्यको माध्यमबाट प्रसिद्ध बनेका व्यक्तित्व हुन् – हेलेन केलर । जिन्दगीमा केही गर्ने लक्ष्य बोकेर हिँडिरहेकाहरुका लागि सफल मार्गदर्शक हुन्–केलर । असीमित शक्तिको स्रोतका रुपमा संसार प्रसिद्ध हेलेन केलरको सन् १८८० मा अमेरिकाको अलबामाको एक अति सम्पन्न परिवारमा जन्म भएको थियो । उनी डेढ वर्षको उमेरमा गम्भीर विरामीको कारण अन्धी र बहिरी बनिन् । शारीरिक रुपमा अशक्त भएर पनि उनले आफ्नो मस्तिष्कको आश्चर्यजनक रुपमा विकास गर्ने सफलता प्राप्त गरेकी थिइन् । उनी सफलताको त्यो शिखरमा पुगिन्, जहाँ दृष्टिहीन र बहिरो व्यक्ति कोहीपनि अहिलेसम्म पुग्न सकेका छैनन् । ठेलीका ठेलीपूरा पढ्नुहोस्


मानव पुर्खाले खेती गर्न कहिले र कसरी सिके ?

तुल्सीदास महर्जन बिज्ञानको अलिकतिमात्र ज्ञान हुने जसलाई पनि अब के कुरा छिपेन भने मानवजाति पृथ्वीमा अनन्तकालदेखि रहँदै आएको होइन । साना र सरल जीवनबाट क्रमशः एकपछि अर्को गर्दै ठूला र जटिल जीवनमा विकसित हुँदै आउँदा नै पृथ्वीमा मानवजातिको उदय हुनपुग्यो । महान् बैज्ञानिक चार्ल्स डार्बिनको बिकासवादको सिद्धान्त (Theory of Evolution) ले यो कुरालाई पुष्टि गरेको छ । मावनशास्त्रीहरुले के कुरा पत्ता लगाएका छन् भने पुच्छर नभएको बाँदर र मानवको पुर्खा एउटै पुर्खा होमिन्वाइड्सबाट आजभन्दा करिब १ करोड २० लाख वर्ष पहिले नै छुट्टिएका हुन् । होमिन्वाइड्सबाट प्राचीन मानव पुर्खा होमिनिडमा बिकास हुनको लागि पहिलो फड्को चार खट्टाबाट दुई खुट्टाले टेक्ने हुनुपूरा पढ्नुहोस्


काभ्रेमा साझा बसको सेवा बन्द गराउने चेतावनी

साउन २०, बनेपा । काभ्रेपलाञ्चोकको साँगाबाट पनि साझा यातायातको बस सञ्चालनमा आएपछि स्थानीय यातायात व्यवसायीले त्यसलाई बन्द गराउने चेतावनी दिएका छन् । काभ्रे मिनीबस व्यवसायी समितिको बिहीबार नगरकोटमा भएको ३९औँ साधरणसभामा उनीहरुले साझा यातायातको बस सेवा धुलिखेलबाट पनि सञ्चालन हुने सम्भावना भएकाले यातायात व्यवसायीले एकजुट भएर प्रतिकार गर्नुपर्ने बताए । उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य तथा यातायात व्यवसायी सुरकृष्ण वैद्यले साझा यातायातले चिल्ला सडकमा मात्रै बस सञ्चालन गरेर नहुने उल्लेख गर्दै ग्रामीण क्षेत्रबाट पनि बस सञ्चालनको हैसियत राख्नुपर्ने बताए । उनले सरकारको स्पष्ट नीति नहुँदा यातायात व्यवसायी मारमा परेको उल्लेख गर्दै निजी क्षेत्रबाट यातायात क्षेत्रमा रु. ४ खर्बको लगानी भएकोपूरा पढ्नुहोस्


भरतपुर १९ मा ७५ प्रतिशत मतदान

साउन २०,  चितवन । भरतपुर महानगरपालिका–१९ मा आज भएको पुनः मतदानमा ७५.५८ प्रतिशत मत खसेको छ । उक्त वडामा गत वैशाख ३१ गते भएको निर्वाचनमा ७६.२९ प्रतिशत मत खसेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानमा दुई हजार ८ सय ७० मत खसेको हो । सोअनुसार जीवनज्योति राष्ट्रिय प्राथमिक विद्यालय केन्द्रमा एक हजार १४, किरण मावि किरणगञ्ज केन्द्रमा नौ सय ५३ र शारदा मावि शारदानगर केन्द्रमा नौ सय तीन मत खसेको छ । यसअघि सो वडामा दुई हजार ८ सय ९७ मत खसेको थियो । सो वडामा तीन हजार ७ सय ९७ मतदाता छन् । पहिलेभन्दा २७ मत कमपूरा पढ्नुहोस्


‘क्लिन काठमाडौँ अभियान’ सञ्चालन गरिने

साउन २०,  काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले राजधानीमा देखिएका विकृति, विसंगतिलगायत सबैखाले फोहर हटाउन ‘क्लिन काठमाडौँ अभियान’ सञ्चालन गर्ने सोच अघि सारिएको बताएका छन् । गृह मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने “जनताको सुरक्षासँग सम्बन्धित कुरालाई लिएर यहाँ धेरै प्रकारका फोहरमैला जम्मा भएको छ, सबैभन्दा बढी ठगी हुने र धेरै मान्छेले दुःख पाउने भनेकै यहीँ रहेछ, बढी संख्यामा आपराधिक घटना हुने, दलालले ठग्ने र बेचबिखन हुने पनि यहीँ देखियो, सबैभन्दा ठूलो समस्याको गठजोड त केन्द्रमै रहेछ, यस्ता विसंगति अन्त्य गर्ने अभियानको उद्देश्य हुने छ” गृहमन्त्री शर्माले भने । उनले काठमाडौँलाई व्यवस्थित गर्ने, व्यवसायलाई अझ भरपर्दाे बनाउने तथा वातावरणलाईपूरा पढ्नुहोस्


रोबोट प्रतियोगितामा भाग लिन जापान जाँदै

साउन २०, ललितपुर । जापानको राजधानी टोकियोमा हुन लागेको एबिओ रोबोकन–२०१७ मा भाग लिन नेपालको तर्फबाट पुल्चोक इञ्जिनियरिङ क्याम्पसका विद्यार्थीको एक समूह त्यसतर्फ जान लागेको क्याम्पस प्रमुख गोकर्णबहादुर मोत्राले बताएका छन् । क्याम्पद्वारा आज यहाँ आयोजित रोबोट सम्बन्धी अवलोकन कार्यक्रममा उनले आगामी भदौ १२ गते ९अगष्ट २७० मा हुने सो प्रतियोगितामा भाग लिन विद्यार्थी, शिक्षक र कर्मचारी गरेर १८ जनाको समूह भदौं ८ गते त्यसतर्फजान लागेको बताए । उक्त प्रतियोगितामा १९ वटा देशका २० वटा समूहबीच प्रतिस्पर्धा हुने उनको भनाइ छ । जापानमा हुनलागेको सो प्रतियोगितामा जापान, चीन, थाइल्याण्ड, भियतनाम, मलेसिया, हङकङ, इरान, काजिकस्तान, फिजी, इण्डोनेसिया, भारत, नेपाल, बंगलादेश, श्रीलंका,पूरा पढ्नुहोस्


सौर्य ऊर्जाबाट उत्पादित विद्युत्मा नेट मिटरिङ प्रणालीमा जोड्न सुरु

साउन २०,  ललितपुर । नेपालमा पहिलोपटक सौर्य ऊर्जाबाट उत्पादित विद्युत् नेट मिटरिङ प्रणालीमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कार्यको सुरुवात् भएको छ । नेपाल इन्जिनियर्स एशोसिएसनको पुल्चोकमा रहेको कार्यालय भवनमा परीक्षण परियोजनाका रुपमा जडित प्रणालीको आज ऊर्जामन्त्री महेन्द्रबहादुर शाही र जनसंख्या तथा वातावरणमन्त्री श्रीमती मिथिला चौधरीले आज संयुक्तरुपमा उद्घाटन गरे । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल इन्जिनियर्स एशोसिएसनसँगको समन्वयमा कुल रु ४३ लाख ४६ हजार २ सय ३० मा सो प्रणाली जडान भएको हो । प्रणालीमा २ सय ६० वाट पिकको ६० वटा (१५.६ किलोवाट पिक) सौर्य पातासहितको सौर्य ऊर्जा प्रणाली जडान गरी विद्युत् उत्पादन गरिएकोपूरा पढ्नुहोस्


सुत्केरी बिदा छ महिनासम्म पुर्याइने

साउन २०,  काठमाडौँ । स्वास्थ्य मन्त्रालयले सुत्केरी बिदा छ महिनासम्म पुर्याउन तीव्र पहल शुरु गरेको छ । जागिरे सुत्केरी आमा तथा नवजात शिशुको समग्र स्वास्थ्यमा थप सुधारको आवश्यकता महसुस गरेर मन्त्रालयले सुत्केरी बिदा छ महिनासम्म पुर्याउने पहल गरेको हो । हाल निजामती ऐनमा महिलालाई सुत्केरी बिदा ६० दिन र पुरुषलाई सुत्केरी स्याहार बिदा १५ दिन रहेको छ । सार्कअन्तर्गत बंगलादेश र भारतले सुत्केरी बिदा छ महिनाको प्रावधानलाई कार्यान्वयनमा ल्याइसकेको छ । नेपालमा वर्षेनी कति महिला सुत्केरी हुन्छन्, यसमा कति सरकारी तथा गैरसरकारी सेवामा कार्यरत छन् भन्ने आधिकारिक तथ्यांक कुनै निकायसित छैन । व्यवस्थापिका–संसद् सचिवालयमा स्वास्थ्य मन्त्रालयले तयार पारी प्रस्तुत गरेकोपूरा पढ्नुहोस्


नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

चितवन, २० साउन । बुधवार साँझबाट अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड आज दिउँसो २ः१० बजेदेखि दुईतर्फी सञ्चालनमा आएको छ । उक्त सडकखण्डमा १० भन्दा बढी ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार पहिरोले बगाएको भालुढुंगाबाहेक अन्य ठाउँमा दुईतर्फी सडक सञ्चालनमा आएको हो । गएराति बगाएको भालुढुंगामा भने एकतर्फी सञ्चालनमा आएको खनालले बताए । साँझसम्ममा सो ठाउँमा पनि दुईतर्फी सवारी सञ्चालनमा आउने उनले बताए । आयोजनाका इन्जिनियर खनालका अनुसार नारायणगढबाट २७ किमीको दूरीमा रहेको भालुढुंगामा खोल्साले सडकको तीन मिटर क्षेत्र बगाएको थियो । सो ठाउँमा तलबाट ग्याबिन लगाएर बाटोको सतह मिलाउनका लागि काम भइरहेकोपूरा पढ्नुहोस्


अवरुद्ध महाकाली राजमार्ग पुनः सञ्चालनमा

साउन २०,  बैतडी । गएराति परेको पानीले सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध भएको महाकाली राजमार्ग आज दिउँसोदेखि पुनः सञ्चालनमा आएको छ । बैतडीको सतवाझदेखि–गोकुलेश्वर सडकखण्डअन्तर्गत डिलाशैनी–६ बांगाबगरमा पहिरो जाँदा यातायात अवरुद्ध बनेको सडक स्थानीय बासिन्दा, प्रहरी र डोजरको सहायताले पन्छाएपछि सडक पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए । बांगाबगरमा माथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध हुँदा यातायात पूर्णरुपमा बन्द भएको थियो । सडक सञ्चालन भएपछि बैतडीबाट बाहिरिने र भित्रिने लामो तथा छोटो दूरीका यातायातका साधन गन्तव्यतिर लागेका छन् । सडक अवरुद्ध हुँदा काठमाडौँ, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, दार्चुला, बैतडी सदरमुकामका लागि छुटेका तथा जिल्लापूरा पढ्नुहोस्