Main Menu

Sunday, August 27th, 2017

 

मदन पुरस्कार साहित्यकार कँडेललाई र जगदम्बा–श्री वात्स्यायनलाई

  भदौ ११, काठमाडौँ । मदन पुरस्कार गुठीले वि.सं. २०७३ को मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार विजेताको घोषणा गरेको छ । गुठीको आज बसेको साधारणसभा बैठकले वि.सं. २०७३ मा प्रकाशित पुस्तकमध्ये घनश्याम कँडेलले अनुष्टुप् छन्दमा लेखेको पद्य काव्य ‘धृतराष्ट्र’लाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीका सदस्य सचिव दीपक अर्यालले राजानकारी दिए । यसैगरी, बैठकले समसामयिक विषय र विसंगतिलाई कार्टुनमा छोटो र प्रभावकारी भाषिक अभिव्यक्तिको प्रयोग गरी समाजमा सचेतना जगाउँदै निरन्तर नेपाली भाषाको सेवा गरेबापत दुर्गा बराल (वात्स्यायन) लाई २०७३ सालको जगदम्बा–श्री पुरस्कार अर्पण गर्ने निर्णय गरेको छ । “वि.सं. २०७३ मा प्रकाशित भई गुठीलाई प्राप्त ११५ पुस्तकमध्ये ‘गुहा, गुहालेख,पूरा पढ्नुहोस्


एमालेले टीकाटिप्पणी गर्नु राष्ट्रियता शब्दको अपमान हो – नेता पौडेल

uml-insisting-poudel

  भदौ ११, दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई लिएर विपक्षी दल एमालेले विभिन्न टीकाटिप्पणी गर्नु गलत भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपाल तनहुँद्वारा आज दमौलीमा आयोजित साक्षात्कारमा काँग्रेसका वरिष्ठ नेता पौडेलले सो कुरा बताएका हुन् । “विपक्षी दल एमालेले प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर विभिन्न टीकाटिप्प्णी गर्नु गलत कार्य हो”, नेता पौडेलले भने । “यस पटकको प्रधानमन्त्रीको भ्रमण पूर्ण रुपमा सफल भएको छ । विरोधका लागि मात्रै एमालेले विरोध गर्नु राम्रो कुरा भएन ।” एमालेले राष्ट्रियता शब्द र राष्ट्रिय झण्डाको अपमान गर्दै आएको भन्दै काँग्रेसका वरिष्ठ नेता पौडेलले आपत्ति प्रकट गरे ।पूरा पढ्नुहोस्


९५ वटा राजनीतिक दल दर्ताको निवेदन

  भदौ ११, काठमाडौँ । आगामी मंसिरमा १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि विभिन्न ९५ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् । आयोगले तोकेको समयसीमा आज साँझ ६ बजेसम्म ९५ वटा राजनीतिक दलले दल दर्ताका लागि निवेदन दिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । प्रवक्ता शर्माले आयोगमा दल दर्ताका लागि निवेदन दिएका दलले आयोगमा बुझाएका कागजातमाथि छानबिन गरी संविधान र कानूनअनुसार भएमा दल दर्ता गरिने जानकारी दिए । हरेक निर्वाचनमा भाग लिने राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गराउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवलेपूरा पढ्नुहोस्


नेपाल उपविजेतामा सीमित

  भदौ ११, काठमाडौँ । भारतले नेपाललाई पराजित गर्दै साफ यु-१५ च्याम्पियनसिपको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको फाइनल खेलमा भारतले नेपाललाई २-१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । यसअघि समूह चरणमा पनि नेपाललाई भारतले समान २-१ गोल अन्तरले नै पराजित गरेको थियो । खेलमा पहिलो अग्रता नेपालले लिएको थियो । मध्यान्तरसम्म नेपाल १-० ले अगाडि रहेको थियो । खेलको ४१औँ मिनेटमा नेपालका लागि ब्रिजेश चौधरीले पेनाल्टीमार्फत गोल गरेका थिए । भारतीय डिफेण्डरले नेपालका रञ्जन पुनलाई डिबक्सभित्र फल गरेपछि रेफ्रीले नेपाललाई पेनाल्टी दिएको थियो । मध्यान्तरपछि भारतले दुई गोल गर्यो । खेलको ५९औँ मिनेटमा लालरोकिमालेपूरा पढ्नुहोस्


स्वास्थ्यमन्त्री पोखरेल अस्वस्थ

भदौ ११, काठमाडौँ । तराई क्षेत्रमा हालै आएको बाढीको निरिक्षणमा रहेका स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल अस्वस्थ भएपछि आज दिउँसो अस्पताल भर्ना भएका छन् । तराईको बाढीपीडितहरुको उद्दारमा अहोरात्र खटिरहेका मन्त्री पोखरेललाई विरामी भएपछि काठमाडौँ ल्याउनुपरेको उनका स्वकीय सचिव सुदरशन पराजुलीले बताए । विरामी परेको ४ दिनपछि आज दिउँसो ३ बजे मन्त्री पोखरेललाई वीर अस्पतालमा भर्ना गरिएको छ । पराजुलीका अनुसार उनी निरन्तर चिकित्सकको निगरानीमा छन् । उनलाई निमोनिया तथा भाइरल ज्वरोको शंका गरिएको छ । मन्त्री पोखरेल मन्त्रीको पदभार ग्रहण गरेलगत्तै मन्त्रालयको काममा दैनिक १८ घण्टा जसो खटिरहेका छन् । तराईको बाढीपछि उनी बाढीप्रभावित क्षेत्रमा खटिएका थिए । मन्त्री पोखरेलकै निर्देशनमापूरा पढ्नुहोस्


अब नेपालमै हेपाटाइटिस ‘सी’ को औषधि उत्पादन

भदौ ११, काठमाडौँ । हेपाटाइटिस ‘सी’को औषधिको उत्पादन नेपालमै शुरु भएको छ । म्याग्नस फर्माले पहिलो पटक नेपालमै हेपाटाइटिस सीको उपचारमा प्रयोग हुने ‘सोफोसबिभिर’ औषधिको उत्पादन शुरु गरेको हो । म्याग्नस फर्माका बजार निर्देशक सुधीरप्रकाश मास्केले म्याग्नसले हेपाटाइटिस ‘सी’को औषधि १ साताअघिदेखि ‘सोफुभिर’ नामबाट बजारमा पठाउन थालेको जानकारी दिए । नेपालमा हेपाटाइटिस ‘सी’ का धेरै बिरामी रहे पनि औषधि महँगो मूल्यमा विदेशबाट आयात गर्नु परेकाले स्वदेशमै उत्पादन थालिएको निर्देशक मास्केको भनाइ छ । बिरामीले आयातित हेपाटाइटिस ‘सी’का औषधि निकै महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ । नेपाली बजारमा एउटा ट्याब्लेटको मूल्य रु. १ हजारदेखि १ हजार २०० सम्म पर्ने गरेको छपूरा पढ्नुहोस्


पोखरामा जुवा खेल्नेबाट २० लाख बरामद

  भदौ ११, पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले दुई हप्ताको अवधिमा अवैध जुवा खेलिरहेको अवस्थामा विभिन्न ११ स्थानबाट १३ जना महिलासहित ८२ जनालाई पक्राउ गरेको छ । जिप्रकामा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पोखराको रत्नचोक, महेन्द्रपुल, फूलबारी, शिवचोक, चाउथेचोक, विरौटा, शीतलादेवी, घलेचोक, कालीगण्डकीचोक, भद्रकाली र बेगनासबाट जुवाडे पक्राउ गरिएको हो । जिप्रका कास्कीका प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहले पक्राउ परेकाको साथबाट रु. २० लाख ४२ हजार ८१० बरामद गर्नुको साथै उनीहरुविरुद्ध जुवा ऐन अन्तर्गत मुद्दा दायर गरिएको जानकारी दिए । पोखरा लेखनाथ महानगरपालिका–१४ चाउथेबाट शनिबार फेनरागन ७० थान, डाइजापाम ७० थान र बुफ्रिनर्फिन ७० थान लागुऔषधसहित सोही स्थानकापूरा पढ्नुहोस्


दण्ड र पुरस्कारको नीति कार्यान्वयन नहुँदा परियोजनामा ढिलाइ

भदौ ११, पर्सा । शहरी विकासमन्त्री प्रभु साहले दण्ड र पुरस्कारको नीतिलाई कार्यान्वयनमा नल्याएका कारण सरकारी परियोजना समयमा पूरा हुन नसकेको बताएका छन् । शहरी विकास मन्त्रालयले आज वीरगञ्जमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले गुणस्तरीय र समयमा परियोजनाको काम पूरा गर्ने ठेकेदार वा परियोजनासँग जोडिएका सरकारी कर्मचारीलाई पुरस्कृत गर्ने र समयमा काम पूरा नगर्नेलाई छानबिन गरी दण्डित गर्ने परिपाटीको विकासमा मन्त्रालय लागेको जानकारी दिए । उनले ठेक्का सकार गर्ने र वर्षौंसम्म काम पूरा नगरी लट्काइराख्ने परिपाटीको अन्त्यका लागि अब सरकार कठोर कदम चाल्ने तयारीमा रहेको बताउँदै उनले अब रुग्ण परियोजनाको छानबिन गरी ठेकेदार अथवा सरकारी कर्मचारी जोपूरा पढ्नुहोस्


क्रान्तिकारीको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया शुरु

  भदौ ११, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)को नयाँ नेतृत्वका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरु भएको छ । बुधबारदेखि सुरु क्रान्तिकारीको २१औँ राष्ट्रिय सम्मेलनले सहमतिबाट नेतृत्व चयन गर्न नसकेपछि आजदेखि निर्वाचन प्रक्रिया शुरु गरिएको निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिए । उनका अनुसार आज मतदाता नामावली प्रकाशन र अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । आज निर्वाचन मनोनयन भएपछि मंगलबार ३३ पदाधिकारीसहित २३४ केन्द्रीय सदस्यका लागि निर्वाचन हुने छ । आज निर्वाचन गर्ने भनिए तापनि समयाभावका कारणले मंगलबारका लागि सारिएको हो । क्रान्तिकारीमा पहिलोपटक निर्वाचनबाट नेतृत्वपूरा पढ्नुहोस्


नेपाल कला परिषद्मा नवेन्द्र लिम्बूको ‘समाहित’

भदौ ११, काठमाडौँ । रङ र रेखाका माध्यमबाट आफ्ना भावना अमूर्त रुपमा पोखेर कलाकार नवेन्द्र लिम्बूले कला पारखीहरुलाई आफूतिर आकर्षण गरेका छन् । मुहारचित्र र दृश्यचित्र बनाउने आफ्नो सीपलाई उनले चटक्कै छाडिसकेका भने छैनन् । आफ्ना हजुरबाले ताप्लेजुङ, ढुङ्गेसाँघुमा रहेको मदन भण्डारीको घरका झ्याल–ढोकामा बुट्टा भरेको सम्झने लिम्बूमा कलाको सीपको हस्तान्तरण त्यति नै बेलादेखि भएको हुनुपर्छ । २०  वर्षदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा सहभागी लिम्बू आफू पनि परिपक्वतातिर उन्मुख भइरहेका छन् । यसै मेसोमा उनि आजदेखि बबरमहलस्थित नेपाल कला परिषद्मा ‘समाहित’ शीर्षकमा अमूर्त कलाहरुको पोको लिएर आएका छन् । काम गर्दै जाँदा उनि पहिले आफ्ना चिन्तनका सामग्रीहरु तयार गर्छन जुन अक्षरपूरा पढ्नुहोस्