Main Menu

नेपाल कला परिषद्मा नवेन्द्र लिम्बूको ‘समाहित’

भदौ ११, काठमाडौँ । रङ र रेखाका माध्यमबाट आफ्ना भावना अमूर्त रुपमा पोखेर कलाकार नवेन्द्र लिम्बूले कला पारखीहरुलाई आफूतिर आकर्षण गरेका छन् । मुहारचित्र र दृश्यचित्र बनाउने आफ्नो सीपलाई उनले चटक्कै छाडिसकेका भने छैनन् । आफ्ना हजुरबाले ताप्लेजुङ, ढुङ्गेसाँघुमा रहेको मदन भण्डारीको घरका झ्याल–ढोकामा बुट्टा भरेको सम्झने लिम्बूमा कलाको सीपको हस्तान्तरण त्यति नै बेलादेखि भएको हुनुपर्छ ।

२०  वर्षदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा सहभागी लिम्बू आफू पनि परिपक्वतातिर उन्मुख भइरहेका छन् । यसै मेसोमा उनि आजदेखि बबरमहलस्थित नेपाल कला परिषद्मा ‘समाहित’ शीर्षकमा अमूर्त कलाहरुको पोको लिएर आएका छन् ।

काम गर्दै जाँदा उनि पहिले आफ्ना चिन्तनका सामग्रीहरु तयार गर्छन जुन अक्षर र खेस्रा चित्र दुवै हुन्छन् । कुन कुन रङ कहाँ कहाँ राख्ने, कसरी कलात्मक बनाउने जस्ता चिन्तन र मनभित्रका अन्तद्र्वन्द्व जस्ता विषय उनि कागजमा लेख्दै खेस्रा चित्र बनाउँदै जान्छन । तिनै प्राथमिक विचारलाई अक्षर र कलालाई खेस्राका रुपमा कोरिएका सामग्री पनि उनले जम्मा गरेका छन् र ति बस्प्रतु दर्शनी कक्षको ढोकैनिर राखिएको छ ।

सानामा ५ इन्च × ८ इन्चदेखि ठूलामा १० फिट × ६ फिटसम्मका ती चित्रहरु स्वस्तिक चिह्नका रुपमा देखिन्छन् जुन मान्द्रामा एक चोया अर्कामा जेलिएका जस्ता देखिन्छन् । त्यसलाई लिम्बू विचार वा भावना तथा परिवेश एक अर्कामा ‘समाहित’ भएको बताउँछन् ।

“एकले अर्कालाई चिन्न दुई जनाको भावना अर्कामा अन्तरघुलन वा समाहित हुनैपर्छ”, उनी भन्छन, “शिव र पार्वती जब अर्धनारीश्वर हुनुमा यही टु इन वन सिद्धान्तले काम गरेको छ ।”

रङमा काम गर्दै जाँदा विचारहरु आइरहने र विस्तारै अमूर्ततामा जाने गरेको उनि बताउछन् । त्यस्तै एउटा रङ अर्कामा प्रवेश गर्ने, एक परिवेशबाट अर्कामा जाने तथा दृश्यात्मकताबाट आवरणहीनतामा जाने काम स्वाभाविक रुपमा हुन्छ ।

‘सहज स्वीकार’, ‘स्वीकार’ र ‘समाहित’ शीर्षकका ती चित्रको मूल्य रु. २ हजार ५०० देखि रु. ३ लाख २५ हजारसम्म छ । चित्रहरु कागजमा तैल रङमा बनाइएका छन् । हरियो, पहेँलो, कालो, सेतो, रातो, खरानी सबै रङमा काम गरेका लिम्बूले एक विचार वा परिवेश अर्काबाट फरक गराउन विरोधी रङहरुको प्रयोग गरेका छन् । खरानी रङ चाहिँ साधुत्वको प्रतीक भएको उनको धारणा छ । चित्रकारले ठूलो मात्र होइन सानो चित्र पनि बनाउन जान्नुपर्छ भन्ने धारणा उनको छ ।

“चित्रकारले सूक्ष्मतातिर पनि तरङ्गित हुन जान्नुपर्छ” उनले भने ।

सानामा अझ जीवन्तता पाइने लिम्बूको अनुभूति र अनुभव छ । साना चित्रहरु कोसेलीका रुपमा कसैलाई दिन सकिने उनि बताउछन् ।

एउटा चित्र बनाउन उनलाई करिब तीन घण्टा लागेको छ र पूरा रङ सुक्न १५ दिन लाग्छ । हिन्दूधर्म, बौद्धदर्शन र ‘महाभारत’ तथा खप्तड स्वामी, जे कृष्णमूर्ति र ओशोका विचार विशेष अध्ययन गर्न मन पराउने ४२ वर्षीय लिम्बू देवकोटाको ‘कला र जीवन’ भन्ने लेखबाट निकै प्रभावित भएका छन् । डिपी भण्डारीका लेख पनि उनि त्यत्तिकै मन पराउछन । “मलाई कलामा अघि बढ्न दर्शनको अध्ययनबाट निकै मद्दत मिलेको छ”, कलामा स्नातकोत्तर  गरेका लिम्बूले बताए । प्रदर्शनी यही भदौ १८ गतेसम्म चल्नेछ । 

(Visited 155 times, 1 visits today)

टिप्पणी

comments