Main Menu

चित्रकला प्रदर्शनीमा स्थलगत रचना प्रतियोगिता

जेठ २२, काठमाडौँ

विश्व वातावरण दिवसका अवसरमा आयोजित कलाकार हेम पौडेलको ‘चरा र वातावरण’सम्बन्धी एकल चित्रकला प्रदर्शनीमा गरिएको स्थलगत कविता प्रतियोगितामा दुर्गा वनबासी प्रथम हुनुभएको छ ।

पौडेलका चित्रकला हेरेर आफ्ना अनुभूतिलाई कवितामा उतारेका ३५ सहभागी कविमध्ये बनवासी प्रथम हुनुभएको हो ।

प्रतियोगितामा डिल्लीप्रसाद मूलतिउनको द्वितीय, मीलन समीरको तृतीय र रुपक राई तथा स्नेहा दाहालको कविताले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

विद्यालयका विद्यार्थीका लागि गरिएको स्थलगत चित्रकला प्रतियोगितामा जोसेफ स्कुलका कसिपल राई, पायोनियर स्कुलका निशान लिम्बू र प्रिमियस स्कुलका निशा गुरुङ तृतीय हुनुभयो ।

कविता र चित्रकलाका विजयी प्रथम द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः रु पाँच, तीन, दुई र एक\एक हजार पुरस्कार दिइएको थियो । चित्रकलामा ८० विद्यार्थी सहभागी थिए ।

बूढानीलकण्ठ नगरपालिका वडा नं १०, नागार्जुन साहित्यिक प्रतिष्ठान, कपन बानेश्वर साहित्यिक साप्ताहिक र कपन अनलाइनडटकमद्वारा आयोजित कार्यक्रममा साहित्यकार भद्रा घले, प्राज्ञ नर्मदेश्वरी सत्याल, कलाकार पौडेल, साहित्यकार गंगा पौडेल, वडाध्यक्ष नवराज भट्टराईले संयुक्तरुपमा पुरस्कार प्रदान गर्नुभएको थियो ।

कवितातर्फ डा शैलेन्दूप्रकाश नेपाल र रमेश शुभेच्छु तथा चित्रकलामा दीपक कुँवर र ज्योतिप्रसाद बिके निर्णायक हुनुहुन्थ्यो ।

प्राज्ञ सत्यालले प्राकृतिक वातावरण र मानिसको पारिवारिक एवं मानसिक वातावरण स्वच्छ भएमा सिर्जनशील र समृद्धिका काममा प्राथमिकता दिन सकिने बताउनुभयो ।

वडाध्यक्ष भट्टराईले यस्ता प्रकारका कामबाट साहित्यकार र नयाँ पुस्तामा प्रकृति संरक्षण र जनचेतना जगाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

(Visited 205 times, 1 visits today)

टिप्पणी

comments