Main Menu

Thursday, August 10th, 2017

 

निर्वाचनका लागि सकारात्मक वातावरण – राजपा

  साउन २६, काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) ले स्थानीय तहको संख्या बढाउन बाटो खुल्ने गरी सर्वोच्च अदालतले गरेको निर्णयको स्वागत गर्दै निर्वाचनको सकारात्मक वातावरण बनेको जनाएको छ । सर्वोच्चको निर्णय अत्यन्तै सकारात्मक भएको र यसले निर्वाचनमा भाग लिने वातावरणलाई झनै सकारात्मक बनाएको राजपाका महासचिव केशव झाले जानकारी दिए । सर्वोच्च अदालतले सरकारले स्थानीय तहको संख्या बढाउनेविरुद्ध अधिवक्ता धनबहादुर श्रेष्ठ र कृष्णचन्द झाले दायर गरेको रिट निवेदन आज खारेज गरेपछि सरकारलाई प्रदेश नं २ मा संख्या बढाउन बाटो खुला भएको छ । सरकारले संसद्मा पेश गरेको संविधान संशोधनको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरे जस्तोसुकै परिणाम आए पनि निर्वाचनमा जाने राजपाकोपूरा पढ्नुहोस्


स्थानीय तहको संख्या बढाउन बाटो खुला

  साउन २६, काठमाडौँ । सर्वोच्च अदालतले स्थानीय तहको संख्या हेरफेर गर्ने सरकारको निर्णय सदर गरेको छ । स्थानीय तहको संख्या हेरफेर गर्ने सरकारको निर्णय विरुद्ध अधिवक्ता धनबहादुर श्रेष्ठ र कृष्णचन्द झाले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको हो । सर्वोच्च अदालतको यो निर्णयपछि सरकारलाई तराई–मधेशमा स्थानीय तहको संख्या बढाउन बाटो खुला भएको हो । प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज सो रिट निवेदन खारेज हुने निर्णय गरेको हो । यो निर्णयसंगै यसअघि जारी भएको अन्तरिम आदेश समेत स्वतः निस्कृय भएको छ । यसअघि सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सपना मल्ल प्रधानको संयुक्तपूरा पढ्नुहोस्


सप्तकोशी नदीको बहाव उच्च

  साउन २६, इटहरी । बुधबारदेखि पूर्वी पहाडी क्षेत्रमा अविरल वर्षा आएपछि त्यस क्षेत्रका नदी र खोलामा आएको बाढीले सुनसरी र सप्तरी जिल्लामा पनि त्रास बढेको छ । वाग्मतीपूर्वका सबै खोला तथा नदी सप्तकोशी नदीमा आएर मिसिने हुँदा पूर्वी पहाडी क्षेत्रमा पर्ने वर्षा र आउने बाढी त्यस क्षेत्रका सबै खोला हुँदै सप्तकोशी नदीमा जम्मा हुन्छ । आज अपराह्न २ बजेतिर सप्तकोशीमा आएको बाढी कोशी ब्यारेजमा रहेको जलमापन केन्द्रमा भएको मापकअनुसार २ लाख ४० हजार ८९० क्युसेक प्रतिसेकेण्ड वहाव मापन भएको छ । सप्तकोशीमा बिहानभन्दा केही बढी पानीको बहाव मापन भए पनि सुनसरी र सप्तरी क्षेत्रमा बसोबास गर्ने मानिसका लागि भनेपूरा पढ्नुहोस्


नदी किनारमा उच्च सतर्कता अपनाउन मौसम विभागको आग्रह

  साउन २६, काठमाडौँ । मुलुकका मध्य तथा पूर्वी तराईका केही स्थानमा मनसुन थप सक्रिय भएकाले ती क्षेत्रका नदी आसपासका क्षेत्रमा विशेष सतर्कता अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ । विभागले आज एक सूचनामार्फत पूर्वको कन्काई, कोशी, कमला र मध्य भू–भागको वाग्मती, पूर्वराप्ती लगायतका नदी जलाधारमा बहाव सतर्कता तह आसपास पुग्ने अनुमान गरिएकाले ती क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको हो । तराईमा तटीय तथा डुबान भइरहने क्षेत्रमा शुक्रबार बिहानपछि बहावले खतराको तहसमेत पार गर्नसक्ने सम्भावना रहेको भन्दै विभागले विशेषगरी चुरेबाट प्रवाह हुने साना नदी, मेची, निन्दा, विरिङ, त्रियुगा, खाँडो, गागन, लाबकैया र आसपासका सबै ससाना खोलाका तटीयपूरा पढ्नुहोस्


प्युठान जिससमा तीन पार्टीको तालमेल

congress-leader-aryal-construct-20-houses

रमेश गिरी साउन २६, प्युठान । जिल्ला समन्वय समिति प्युठानमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गर्ने सहमती भएको छ। तालमेलअनुसार नेपाली काँग्रेसलाई ४, माओवादी केन्द्रलाई ३ र राजमोलाई २ सदस्य दिने सहमति भएको बुझिएको छ, जसअनुसार जिल्ला समन्वय समितीको सभापतिमा राजमोले रण बहादुर खड्कालाई उम्मेद्बार उठाउने बुझिएको छ । खड्कासँगै राजमोले जिल्ला समन्वय समितिमा एक जना सदस्य लिने बताइएको छ । त्यसैगरी, माओवादीले उपसभापति र २ सदस्य,नेपाली काङ्ग्रेसले ४ सदस्य पाउने ३ दलबीच आज सहमती भएको कुरा वार्तामा सहभागी एक नेताले ईमुल्याङ्कनलाई बताए । दोस्रो चरणमा समपन्न स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)ले ६,नेपाली काँग्रेसले ४,पूरा पढ्नुहोस्


नेपाली फुटबल टोली शुक्रबार जापान जाने

  साउन २६, काठमाडौँ । एएफसी एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली शुक्रबार जापान जाने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे । नेपाली टोलीका जापानी प्रशिक्षक ग्योतोकु कोजी र नेपालका लागि जापानी राजदूतावासको पहलमा टोली जापान जान लागेको हो । २४ सदस्यीय नेपाली टोलीको कप्तानीको भूमिका अनिल गुरुङले गर्नेछन् । टोलीले जापानमा ५ मैत्रीपूर्ण खेल खेल्नेछ । यही साउन २९ देखि आगामी भदौ ३ गतेसम्मपूरा पढ्नुहोस्


अब सर्वोच्च अदालतमा ‘स्मार्ट जस्टिस’

  साउन २६, काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राहीलाई न्यायमा सहज पहुँच पुर्याउने उद्देश्यले आजदेखि ‘सर्वोच्च अदालत मोबाइल एप्स’ शुभारम्भ गरेको छ । अदालतमा आज आयोजित कार्यक्रममा प्रधानन्यायाधीश गोपाल पराजुलीले मोबाइल ‘एप्स’को प्रयोग गरेर शुभारम्भ गर्दै ‘स्मार्ट जस्टिस’को अवधारणान्तर्गत मोबाइल एप्स ल्याइएको बताए । उनले प्रविधिको प्रयोगले अदालत र सेवाग्राही दुवैलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । न्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा, न्यायाधीश अनिल सिन्हाले मोबाइल एप्स तयार गरेका हुन् । न्यायाधीश सिन्हाले सूचना प्रविधिमैत्री अदालत बनाउनाका साथै सुलभ तरिकाले मुद्दाका बारेमा जानकारी दिन एप्स तयार गरिएको जानकारी दिए । मोबाइल एप्समा मुख्य सेवा सूचना तथा मुद्दाको दैनिक, साप्ताहिक र स्थगित पेसी,पूरा पढ्नुहोस्


विषालु च्याउ खाँदा एकै परिवारका पाँचजना बिरामी

  साउन २६, लहान । विषालु च्याउ खाँदा सिरहा गोलबजार नगरपालिकास्थित टुर्कियामा एकै परिवारका पाँचजना सिकिस्त बिरामी परेका छन् । स्थानीय सुरेन्द्र ठाकुरको घरमा बुधबार राति च्याउको तरकारी खाँदा उनका बहिनीहरु ३५ वर्षीया शिवुकुमारी ठाकुर र २८ वर्षीया रुना ठाकुर, भाइ-बुहारी २२ वर्षीया सरस्वती ठाकुर तथा भान्जा ८ वर्षीय नितेश ठाकुर र २ वर्षीया जेसिका ठाकुर सिकिस्त बिरामी परेका हुन् । सिकिस्त भएका पाँचैजनाको लहानस्थित हस्तीका पोलिक्लिनिक एण्ड डाइगनोसटिक सेन्टरमा उपचार भइरहेको उनका परिवारले जनाएको छ । राति घरमा च्याउको तरकारी पकाएर खाएको केहिबेरपछि सबैलाई वाकवाकी लागी बान्ता भएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको भएको हो ।


सिलवालको सुनुवाइ भदौ १५ मा

साउन २६, काठमाडौँ । प्रहरी महानिरीक्षक नियुक्तिका विषयमा नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालले दायर गरेको रिट निवेदनमाथिको अर्को सुनुवाइ आगामी भदौ १५ गतेका लागि तोकिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुली तथा न्यायाधीश ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासमा आज सुनुवाइ नसकिएपछि अर्को सुनुवाइ तोकिएको हो । सरकारका पक्षबाट आज महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले तथा प्रहरी महानिरीक्षक प्रकाश अर्यालका तर्फबाट अधिवक्ता सतीशचन्द्र खरेल, आशिष अधिकारी र सुवास आचार्यले बहस गरेका थिए । यसअघि साउन १९ गते निवेदक सिलवालका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, हरिहर दाहाल र बाबुराम कुँवर तथा अधिवक्ता टीकाराम भट्टराई,पूरा पढ्नुहोस्


फिफा वरियतामा नेपालको एक स्थान सुधार

साउन २६, काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ । अहिले १६९ स्थानमा उक्लिएको नेपाल यसअघि १७० औँ स्थानमा थियो । दक्षिण एसियाली राष्ट्रमा नेपाल भारत, माल्दिभ्स र भुटानभन्दा पछाडि छ । एक स्थान तल झरेको भारत दक्षिण एसियामा शीर्ष स्थानमा छ । भारत ९७ औँ स्थानमा छ । त्यसैगरी माल्दिभ्स १४३ औैँ स्थानमा यथावत् छ भने एक स्थान तल झरेको भुटान १६५औंँ स्थानमा छ । नेपालभन्दा पछाडि रहेको बंगलादेश १८९ औँ स्थान, श्रीलंका १९७ औँ तथा पाकिस्तान २०० औँ स्थानमा यथावत् छन् । ब्राजिल जर्मनीलाई पछि पार्दै विश्व वरियतामापूरा पढ्नुहोस्