Main Menu

Thursday, August 3rd, 2017

 

वर्षातको याममा इन्फ्लुएन्जाबाट जोगिऔं

साउन १९, काठमाडौं । सधैँझैं वर्षातको समयमा रुघाखोकीबाट धेरै मान्छेहरु पीडित हुने गर्छन् । रुघाखोकी भाइरस नामको जीवाणुको कारणले लाग्ने एक किसिमको इन्फ्लुन्जा नामक रोग हो । रुघाखोकी मात्र इन्फ्लुन्जा होइन । स्वाइन फ्लूजस्ता घातक रोग पनि एक किसिमको इन्फ्लुन्जा हो । भर्खरै मात्र यस रोगबाट झापामा दुई महिलाको मृत्यु भएको खबर छ । यो एक किसिमको सरुवा रोग हो । यही सन्दर्भमा आजै स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एक प्रेस विज्ञप्ती निकाल्नुका साथै इन्फ्लुन्जाबारे जानकारी सार्वजनीकरण गर्न पत्रकार सम्मेलनको आयोजना गर्यो । पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा जनाइएको छ, “इन्फ्लुएनजा (फ्लू) एक प्रकारको मौसमी रुघाखोकी ज्वरोपूरा पढ्नुहोस्


भरतपुर–१९ पुनःनिर्वाचन – एउटै वडामा हजार सुरक्षाकर्मी

साउन १९, चितवन । भरतपुर महानगरपालिका–१९ मा शुक्रबार हुने निर्वाचनमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । एउटा वडामा मात्रै १ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने जिल्ला सुरक्षा समितिले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार नेपाल प्रहरीका ४६१ र सशस्त्र प्रहरीका २९५ जना परिचालन गरिँंदैछ । बाहिरी घेरामा नेपाली सेना र भित्री घेरामा राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन गरिँंदैछ । बुधबार साँझदेखि वडामा प्रवेश गर्ने सवारीसाधनलाई जाँच गरी पठाइएको छ । थापाका अनुसार तीन मतदानस्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली परिचालन गरिँंदैछ । प्रहरी निरीक्षककै नेतृत्वमा तीन मोबाइल टोली तथा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा तीनपूरा पढ्नुहोस्


माथिल्लो कर्णाली र अरुण तेस्रो आयोजना – वनको जग्गा प्रयोगमा सहज

रमेश लम्साल साउन १९, काठमाडौँ । माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रमुख अवरोधका रुपमा रहेको वन क्षेत्रको जग्गा प्रयोग गर्न सरकारले प्रवर्द्धकलाई मार्ग प्रशस्त गरिदिएको छ । निजी क्षेत्रको जग्गाको मुआब्जा वितरण कार्य सम्पन्न गरिसकेको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवर्द्धक एसजेभिएनले वन क्षेत्रको जग्गा नपाउँदा निर्माण शुरु गर्न समस्या पर्दै आएको थियो । लगानी बोर्डको बुधबारको बैठकले आयोजना विकास सम्झौताको प्रावधानअनुसार विकासकर्तालाई वन क्षेत्रको जग्गा उपयोगका लागि हस्तान्तरण गर्न तत्काल प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । सो आयोजनाका लागि १२५ हेक्टर जग्गा वन क्षेत्रको प्रयोग गर्नुपर्नेछ । प्रवर्द्धक एसजेभिएनले निजी जग्गाको मुआब्जा वितरण गरेर निर्माणका लागि ठेक्कापूरा पढ्नुहोस्


नारायणगढ–मुग्लिन सडकखण्डमा १० भन्दा बढी ठाउँमा पहिरो

  साउन १९, चितवन । नारायणगढ–मुग्लिन सडकका १० भन्दा बढी ठाउँमा पहिरो खसेपछि सडकको बीचबीचमा १२५ भन्दा बढी सवारीसाधन अलपत्र परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार अलपत्र परेका सवारीसाधनलाई गन्तव्यतर्फ लैजान एकतर्फी सडक खुलाउने प्रयास भइरहेको छ । बुधबार साँझदेखि सडक अवरुद्ध बनेको हो । साँझ ७ः३५ बजे कालीखोला नजिकै तीनकिलो भन्ने ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । सो ठाउँमा काठमाडौँबाट इलाम जान आउँदै गरेको ना६ख ७१२१ नंको यात्रुबाहक बस र बा१५च ९३८१ नंको स्करपियो पहिरोले पुरिएका थिए । बस त्रिशूलीमा खसेर बेपत्ता छ भने स्करपियो पहिरोमा पुरिएको छ । पहिरोपूरा पढ्नुहोस्


पशुपति क्याम्पसमा तालाबन्दी

  साउन १९, काठमाडौँ । चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा शैक्षिक सुधारको माग गदै विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । नेकपा (एमाले) निकट अनेरास्ववियुले क्याम्पस प्रमुख र अनुगमन समितिको कार्यकक्षमा ताला लगाएको हो । क्याम्पस प्रमुखको कोठामा यही साउन १२ र अनुगमन समितिको कार्यकक्षमा आजदेखि ताला लगाइएको अखिलका क्याम्पस इकाई अध्यक्ष उत्तर खड्काले जानकारी दिए । क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएपछि क्याम्पस प्रमुख प्रयागराज भट्टराई अन्यत्र बसेर क्याम्पसको काम गरिरहेका छन् । आफूहरुसँग गरिएको सहमति कार्यान्वयन नगरेपछि ताला लगाइएको खड्काले बताए । क्याम्पसमा प्राथमिक उपचार हुनुपर्ने, आन्तरिक परीक्षालाई व्यवस्थित बनाइनुपर्ने, पुस्तकालयमा पर्याप्त मात्रामा पुस्तक हुनुपर्ने, आर्थिक कारोबार बैंकिङ प्रणालीबाट गरिनुपर्ने, प्रशासनिक कामपूरा पढ्नुहोस्


काठमाडौँ अन्धकारमा, प्रसारण प्रणालीमा समस्या

  साउन १९, काठमाडौँ । रत्नपार्क वितरण केन्द्रअन्तर्गतको प्रसारण प्रणालीमा समस्या देखिएपछि ठमेल लगायतका क्षेत्रमा विद्युत् कटौती भएको छ । प्राधिकरणको भारप्रेषण केन्द्रका अनुसार बुधबार साँझदेखि अवरुद्ध भएको विद्युत् प्रसारण आज साँझ ६ बजेपछि मात्रै सञ्चालनमा आउनेछ । प्राधिकरणले समस्या आएको स्थानको खोजी गर्दै मर्मतसम्भार गरिरहेको जनाएको छ । भक्तपुरका विभिन्न स्थानमा समेत प्रसारण लाइन मर्मत गर्नुपर्ने भएकाले आज दिनभर विद्युत् प्रसारण कटौती गरिएको जनाइएको छ । प्राधिकरणका अनुसार निकोसेरा, राधेराधे, नयाँ ठिमी, गट्ठाघर, कौशलटार, बालकोट, लोकन्थली, दधीकोट, गुन्डु र सानोठिमी क्षेत्रमा विद्युत् कटौती हुनेछ । नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले विद्युत् कटौती गरिएको प्राधिकरणले जनाएको छ ।


हिमाली जिल्लाका बासिन्दालाई चीन सरकारको खाद्यान्न सहयोग

train-road-agreement-proposal-china

साउन १९, मुगु । चीन सरकारले आफ्नो सिमानासँग जोडिएका नेपालका उत्तरी नाकाका हिमाली जिल्लालाई विगत वर्षहरुमा झैँ यस वर्ष पनि खाद्यान्न सहयोग गरेको छ । मुगु जिल्लाको चीनसँगको सिमाना नाक्चे लाग्नाबाट १ घण्टा टाढा चीनको हयाजिमार भन्ने क्षेत्रमा आज चिनियाँ प्रतिनिधिले मुगुम कार्मारोङ गाउँपालिका वडा नं १ देखि ९ सम्मका घरधुरीलाई खाद्यान्न वितरण गरेका हुन् । सो गाउँपालिकामा रहेका सबै वडा, बस्ती चीनको सिमानासँग जोडिएका छन् भने यो क्षेत्रमा सबै कार्मारोङ र मुगाल जनजातिको बसोबास रहेको छ । मुगम कार्मारोङ गाउँपालिकाका प्रमुख छिरिङ क्याप्ने लामाका अनुसार चीन सरकारले ९०० क्विन्टल चामल, ९०० क्विन्टल उवा, ७०० क्विन्टल मैदा, २०० क्विन्टल चिनी,पूरा पढ्नुहोस्


उदयपुरमा निर्वाचित जनप्रतिनिधिलाई काम गर्न अदालतको रोक

congress-leader-aryal-construct-20-houses

साउन १९, गाईघाट (उदयपुर) । उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं. ४ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई अर्को आदेश वा निर्णय नभएसम्म कुनै काम नगर्न उच्च अदालत ओखलढुंगाले अन्तरिम आदेश जारी गरेको छ । बुधबार उच्च उदालत ओखलढुंगाका न्यायाधीशहरु टेकराज नेपाल र दीपेन्द्रबहादुर वमको संयुक्त इजलासले सो अन्तरिम आदेश दिएको उच्च अदालत ओखलढुंगाले जनाएको छ । असार १४ गते सम्पन्न भएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनको समयमा बेलका नगरपालिकाको वडा नं. ४ मा मतगणना गर्दा मत खसेको मतदाताको संख्याभन्दा चार मत बढी देखिएपछि सो विषयमा विवाद भएको थियो । नेपाली काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार बनेका मनोज तामाङसहितका अन्य सदस्यले सो कुरा मान्य नहुनेपूरा पढ्नुहोस्


भोटेकोशीको लार्चामा बेलीब्रिजको काम शुरु

साउन १९, चौतारा  । साउन ८ गते बेलुका झरेको पहिरोले सिन्धुपाल्चोकको तातोपानी नाका जोड्ने अरनिको राजमार्गको लार्चा पुल क्षतिग्रस्त भएपछि बेलिब्रिज जडान गर्ने काम शुरु गरिएको छ । सडक विभागद्वारा जडान गरिने सो पुलको सबै सामान योजना स्थलमा पुगिसकेकाले अबको २०/२५ दिनमा बेलिब्रिज जडान भइसक्ने कामु प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले बताए । साबिकको स्थानभन्दा केही तल राखिने बेलिब्रिज ५० मिटर लामो हुनेछ । त्यसका लागि नेपाली सेना, सशस्त्र सीमा प्रहरी र सीमास्थित नेपाल प्रहरीलाई परिचालन गरिएको र भोटेकोशी गाउँपालिकाले समेत सहयोग पुर्याएको उनले जानकारी दिए । भोटेकोशी नदीको फुल्पिङकट्टी र तातोपानी जोड्ने ७० मिटर लामो पक्की पुल बगाएपछि ५पूरा पढ्नुहोस्


काठमाडौँको फोहर फाल्न गरेको अवरोध तत्कालका लागि हट्यो

साउन १९, नुवाकोट  । काठमाडाैँ उपत्यकाको फोहर फाल्न ओखरपौवावासीले पुर्याएको अवरोध खुलेको छ ।फोहर व्यवस्थापन कमजोर भएको भन्दै बुधबारदेखि स्थानीय बासिन्दाले अवरोध पुर्याएकोमा आगामी आइतबारसम्मका लागि अबरोध नगर्ने सहमति भएको ककनी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष चन्द्रबहादुर बलामीले जानकारी दिए । फोहर फाल्न अवरुद्ध गरिएपछि नुवाकोट र धादिङका अतिप्रभावित क्षेत्रका जनप्रतिनिधि र काठमाडौँ महानगरपालिकाका प्रमुखबीच भएको छलफलमा सहमति भएकाले आजदेखि फोहर व्यवस्थापन गर्न सहज भएको हो । काठमाडाैँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसँग नुवाकोट ककनी गाउँपालिक वडा नं १, २ र ३ तथा धादिङको धुनीबेँसी नगरपालिकाको वडा नं १ र ३ गरी पाँच वडाका वडाध्यक्षले भेटेर फोहर व्यवस्थापनमा गम्भीर बन्नपूरा पढ्नुहोस्