Main Menu

Saturday, August 12th, 2017

 

गौरीफण्टा नाकालाई अन्तर्राष्ट्रियस्तरको बनाइने

gauriphanta-border-international-level

  साउन २८, काठमाडौँ । प्रदेश नं ७ लाई भारतसँग जोड्ने प्रमुख व्यापारिक नाका धनगढी उपमहानगरपालिकास्थित गौरीफण्टालाई अन्तर्राष्ट्रियस्तरको बनाउन पहल शुरु भएको छ । प्रदेश नं ७ का स्थानीय जनप्रतिनिधि तथा उद्योगी व्यवसायीको संयुक्त प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई उनकै निवास बालुवाटारमा भेटेर त्यसका लागि पहल शुरु गरेको हो । प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका बेला सो मुद्दालाई भारतसँगको द्विपक्षीय वार्ताको प्रमुख एजेण्डाका रुपमा राख्नसमेत माग गरेको छ । प्रधानमन्त्री देउवाले आगामी भदौ ७ गतेदेखि भारतको औपचारिक भ्रमण गर्दैछन् । सो नाकालाई अन्तर्राष्ट्रियस्तरको बनाउने सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाले सकारात्मक प्रतिक्रिया दिएको सो भेटपछि आयोजित पत्रकार सम्मेलनमापूरा पढ्नुहोस्


पत्रकार महासङ्घको महाधिवेशनको तयारी पूरा

  साउन २८, काठमाडौँ । पत्रकारको छाता संगठन नेपाल पत्रकार महासङ्घको २५औँ महाधिवेशनको तयारी पूरा भएको छ । आगामी भदौ ४ र ५ गते ‘व्यावसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा हुने महाधिवेशनको तयारी पूरा भएको महासङ्घका महासचिव उजिर मगरले जानकारी गराए । महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष–२, महासचिव, सचिव–६ र कोषाध्यक्षसहित ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । यसपटकदेखि दलित, मधेशी सचिव थपिएको छ । महाधिवेशनले महासङ्घलाई संघीय संरचनामा लैजाने छ । ७ प्रदेशसहित उपत्यका, प्रतिष्ठान र एशोसिएटसहित १० प्रदेशमा नयाँ नेतृत्व चयन गरिने छ । प्रत्येकबाट दुईजना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको महासचिवले बताएपूरा पढ्नुहोस्


भीमफेदीमा पहिरोले घर पुर्दा महिलाको मृत्यु

congress-leader-aryal-construct-20-houses

  साउन २८, हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–८ मा आज बिहान पहिरोले घर पुर्दा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । पहिरोले स्थानीय श्रीकृष्ण दानीको घर पुर्दा उनकी श्रीमती मिठु दानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । उक्त घटनामा छिमेकी रुपा खड्का सामान्य घाइते भई स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । यसैबीच, अविरल वर्षापछि आएको बाढीले त्रिभुवन राजपथ बन्द भएको छ । उक्त राजमार्गको हेटौँडा–बागडोरामा बाढीले सडक बगाउँदा यातायात अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध भएपछि दुवैतर्फ ठूलो संख्यामा यातायातका साधन बीच बाटोमै रोकिएका छन् ।


कोसीमा रेड अलर्ट ! ३७ ढोका खोलिए, थप ढोका खोल्न पहल

  साउन २८, इटहरी । कोशी व्यारेजमा पानीको वहाब आज साँझ २ लाख ८३ हजार क्युसेक प्रतिसेकेन्ड मापन गरिएको छ । अहिले कोशीका ५६ मध्ये ३७ ढोका खोलिएका छन् । तत्काल अरु ढोका खोल्नुपर्ने आवश्यकता देखिएकाले गृह मन्त्रालयलाई पत्राचार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरीले जानकारी दिए । २ लाख ५० हजार क्युसेकमाथि गएपछिखतराको संकेतस्वरुप कोशी व्यारेजमा रातो बत्ती बालिसकिएको र रातो झण्डा फहराइएको छ । बहाब ३ लाखमाथि क्यूसेक प्रतिसेकन्ड भएपछि पूर्ण खतरा मानिन्छ । पहाडी जिल्लाहरुमा वर्षा नरोकिएकाले पानीको बहाब अझै बढ्ने उनले जानकारी दिए । यसैगरी, सुनसरी नदीमा आएको बाढीले दायाँबायाँ तटबन्ध काटेर जलपापुर, चाँदबेला, नर्सिङ,पूरा पढ्नुहोस्


बाढी पहिरोका कारण देशभर २९ जनाको मृत्यु

  साउन २८, काठमाडौँ । शुक्रबारदेखि देशका विभिन्न भागमा परेको अबिरल वर्षका कारण आएको बाढी पहिरोबाट २९ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार सुनसरीमा ७, झापा र सिन्धुलीमा ४-४ जना, मोरङ, बाँके र पाँचथरमा ३-३, बारा, सर्लाही, दाङ, पाल्पा, बर्दियामा १-१ जना गरी २९ जनाको बाढी पहिरोका कारण मृत्यु भएको छ । यसैबीच, गृहमन्त्री जनार्दन शर्माले देशैभरि बाढी पहिरोका कारणले मृत्यु हुनेप्रति समवेदना व्यक्त गर्दै उद्धार कार्य तीव्र पार्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । आज गृह मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै मन्त्री शर्माले बाढी प्रभावित क्षेत्रमा लैजानका लागि विमानस्थलमा खाद्य तथा उद्धार सामग्री तयारी अवस्थामा राखिएको जानकारी दिएपूरा पढ्नुहोस्


झापामा बाढीबाट ४ जनाको मृत्यु

  साउन २८, झापा । झापामा अविरल वर्षाका कारण आज ४ जनाको ज्यान गएको छ । बाढीले बगाउँदा ज्यान जानेमा झापा गाउँपालिका–२ का धनमाया गार्साने, शिवसताक्षी नगरपालिका–१ का विजय पाण्डे, कचनाकवल–३ का राम राजवंशी र झापा गाउँपालिका–३ की कमला दर्लामी छन् । बाढीबाट जिल्लाको दक्षिणी भाग बढी प्रभावित भएको छ । कन्काई, विरिङखोला, निन्दाखोला, मेची नदी र कमल खोलामा आएको बाढीले एक हजार २४९ घर डुवानमा परेका छन् । अहिले पनि अविरल वर्षा भइरहेका कारण बाढीको सतह अझै बढ्न सक्ने स्थानीय प्रशासनले जनाएको छ । नदी आसपासका क्षेत्रका बासिन्दालाई अन्यत्र सार्ने प्रयास भएपनि खराब मौसमका कारण त्यो हुन नसकेको प्रहरीलेपूरा पढ्नुहोस्


प्रमुख माग पूरा भइसकेको भन्दै अनशन तोड्न डा. केसीलाई शिक्षामन्त्रीको अपिल

  साउन २८, काठमाडौँ । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले आमरण अनशनरत डा. गोविन्द केसीले राखेका माग पूरा भइसकेको भन्दै अनशन तोड्न आग्रह गरेका छन् । व्यवस्थापिका–संसद्, महिला, बालिबालिका ज्येष्ठ नागरिक समितिले डा. केसीले उठाएका विषयवस्तुलाई समेटेर तयार गरिएको चिकित्सा शिक्षा विधेयक २०७३ शुक्रबार पारित गरेको छ । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा. डा. केसी चिकित्सा शिक्षा विधेयक पारितलगायत विभिन्न माग राख्दै २० दिनदेखि त्रिवि शिक्षण अस्पतालमा आमरण अनशनमा छन् । शंखादेवी भूपू विद्यार्थी समाजले यहाँ आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले डा. केसीका सम्पूर्ण माग पूरा भइसकेको सन्दर्भमा डा. केसीले जतिसक्दो चाँडो अनशन तोड्ने विश्वास व्यक्तपूरा पढ्नुहोस्


अदालतको फैसलापछि तेस्रो चरणको निर्वाचनको लागि शिघ्र कार्य गर्न आयोगको निर्देशन

  साउन २८, काठमाडौँ । निर्वाचन आयोगले प्रदेश नं २ मा आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनसँग केन्द्रित रहेर मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री र सरोकारवाला मन्त्रालयका उच्चपदस्थ कर्मचारीसँग आज छलफल गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा भएको उक्त छलफलमा सर्वाेच्च अदालतबाट प्रदेश नं २ मा स्थानीय तहको संख्या वृद्धि गर्नेसम्बन्धी मन्त्रिपरिषद्को निर्णयलाई सदर गर्ने गरी भएको फैसला र असोज २ को निर्वाचनको विषयमा मुख्य रुपमा छलफल भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । अदालतको फैसलाको प्रति प्राप्त भएपछि नेपाल सरकारको कुन निकायबाट कुन काम गर्नु पर्ने हो त्यो-त्यो निकायबाट सोसम्बन्धी कार्य तदारुकताका साथ सम्पादनपूरा पढ्नुहोस्


अधिकारसम्पन्न विद्युत् नियमन आयोग गठन हुँदै

parliament-meeting-postponed

रमेश लम्साल साउन २७, काठमाडौँ । मुलुकको जलविद्युत् उत्पादन, प्रसारण, वितरण र व्यापारलाई नियमित र व्यवस्थित गर्न अधिकारसम्पन्न विद्युत् नियमन आयोग स्थापना हुने भएको छ । व्यवस्थापिका–संसद्ले हिजो ‘विद्युत् नियमन आयोग विधेयक, २०७३’ लाई सर्वसम्मतिले पारित गरेपछि त्यस्तो आयोग गठन हुने भएको हो । विद्युत् महसुल निर्धारण गर्न हाल गठन भएको आयोग गठन आदेशको भरमा स्थापना गर्ने गरिएको छ । नयाँ विधेयकले गरेको प्रावधानअनुसार अब गठन हुने आयोगको कार्यक्षेत्रसमेत बृहत् तथा कार्यकारी अधिकारसहितको हुनेछ । आयोग गठन भएपछि विद्युत्को गुणस्तर निर्धारण, विद्युत् महसुल दरको नियमन तथा विद्युत् उपभोक्ताको हक, हितको संरक्षण तथा प्रतिस्पर्धा कायम गरी नियमन गर्न सहज हुनेछ ।पूरा पढ्नुहोस्


ढल्केबर सवस्टेशन – आगामी कात्तिकभित्र सम्पन्न गर्ने कार्यतालिका

रमेश लम्साल साउन २८, काठमाडौँ । मुलुकको विद्युत् प्रसारणको ‘प्रमुख हव’का रुपमा रहेको ढल्केबर सवस्टेशनको निर्माण कार्य आगामी कात्तिकभित्र सम्पन्न गर्ने गरी कार्यतालिका तय गरिएको छ । ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, ठेकेदार सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी), परामर्शदाता पावर ग्रिड इन्डियाले नेपालको आवश्यकता र बाध्यतालाई केन्द्रबिन्दुमा राखेर तोकिएको समयमा निर्माण सम्पन्न गर्ने कार्यतालिका तय गरिएको हो । नेपाल विद्युत् प्राधिकरणले अगाडि सारेका सुधारका कार्ययोजनामा अवरोध उत्पन्न भएको र ढल्केबर सवस्टेशनको कामसमेत सम्पन्न नहुने हो भने आगामी हिउँदमा विद्युत्भार कटौती पुनः हुने हो कि भन्ने आशंका कायम रहेको बेला पछिल्लोपटक तय भएको कार्यतालिकाले नयाँ आशाको सञ्चार गरेको छ । धनुषाकोपूरा पढ्नुहोस्