Main Menu

प्रमुख माग पूरा भइसकेको भन्दै अनशन तोड्न डा. केसीलाई शिक्षामन्त्रीको अपिल

 

health-minister-appeals-dr-kc-end-strikeसाउन २८, काठमाडौँ । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले आमरण अनशनरत डा. गोविन्द केसीले राखेका माग पूरा भइसकेको भन्दै अनशन तोड्न आग्रह गरेका छन् ।

व्यवस्थापिका–संसद्, महिला, बालिबालिका ज्येष्ठ नागरिक समितिले डा. केसीले उठाएका विषयवस्तुलाई समेटेर तयार गरिएको चिकित्सा शिक्षा विधेयक २०७३ शुक्रबार पारित गरेको छ । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा. डा. केसी चिकित्सा शिक्षा विधेयक पारितलगायत विभिन्न माग राख्दै २० दिनदेखि त्रिवि शिक्षण अस्पतालमा आमरण अनशनमा छन् ।

शंखादेवी भूपू विद्यार्थी समाजले यहाँ आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले डा. केसीका सम्पूर्ण माग पूरा भइसकेको सन्दर्भमा डा. केसीले जतिसक्दो चाँडो अनशन तोड्ने विश्वास व्यक्त गरे ।

शुक्रबार चिकित्सा शिक्षा विधेयक पारित भएपछि पनि डा. केसीले अनशनलाई निरन्तरता भएको भन्दै मुख्य माग पूरा भएकाले सामान्य मागमा अडान नलिनसमेत उपप्रधानमन्त्री श्रेष्ठले आग्रह गरे ।

“अस्थायी शिक्षकको मागलाई समेत पूरा गर्नका लागि म प्रतिबद्ध छु”– उपप्रधानमन्त्री श्रेष्ठले भने ।

त्यसैगरी शिक्षा मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी चिकित्सासम्बन्धी विधेयक संसद्मा पेस भई शीघ्र निर्णय हुने अवस्थामा रहेका साथै अन्य माग पनि तत्काल सम्बोधन हुनसक्ने अवस्था रहेको हुँदा तत्काल अनशन तोड्न डा. केसीलाई अपिल गरेको छ ।

(Visited 81 times, 1 visits today)

टिप्पणी

comments