Main Menu

Friday, August 25th, 2017

 

स्थानीय तहमा कर्मचारी नै छैन

भदौ ९, बागलुङ । गठन भएको महिनौँ बित्दा समेत यहाँका स्थानीय तह कर्मचारीविहीन छन् । निर्वाचनले जनप्रतिनिधि चुने पनि कर्मचारी अभावमा स्थानीय तहको प्रभाव कमजोर देखिएको छ । एउटै सचिवले नगरपालिकाका ५/५ वटा वडा हेर्नुपर्ने बाध्यता छ । प्रशासनिक, प्राविधिकदेखि कार्यालय सहयोगीसमेत नहुँदा गाउँ र नगर कार्यापालिका कार्यालय अस्तव्यस्त छन् । दैनिक सेवा प्रवाहदेखि स्थानीय तहले तर्जुमा गरेका नीति, कार्यक्रम, योजना अघि बढाउन समस्या उत्पन्न भएको छ । ढोरपाटन नगरपालिका सबैभन्दा बढी समस्यामा जेलिएको छ । सचिव कमलप्रसाद कँडेललाई वडा नं ५, ६, ७, ८ र ९ को जिम्मा छ । बाँकी १ देखि ४ वडा सचिव विष्णुप्रसाद शर्माले हेर्दैपूरा पढ्नुहोस्


साउदीआवद्ध हवाई कारबाहीमा ४२ सर्वसाधारणको मृत्यु

  भदौ ९, जेनेभा । यमनमा गत हप्ता भएको साउदी अरेबियाआवद्ध हवाई कारबाहीमा ४२ सर्वासाधारण मारिएका छन् । सो कारबाहीमा मारिएका सर्वसाधारणहरुमा बालबालिका पनि रहेका संयुक्त राष्ट्रसंघ मानव अधिकार कार्यालयले शुक्रबार जानकारी दिएको छ । गत अगस्त १७ बाट २४ सम्म भएका यस्ता हवाई कारबाहीका ५८ जना सर्वासाधारण मारिएका सो कार्यालयले बताएको छ । यद्यपी जसमध्ये ४२ जना भने साउदी अरेबियाआवद्ध हवाई कारबाहीमा मारिएका संयुक्त राष्ट्र संघ मानव अधिकार कार्यालयका प्रवक्ता लिज थ्रोस्सेलले बताएका छन् । साउदी अरेबियाले हुथी विद्रोहीहरु लक्षित कारबाही गर्दै आएको छ । साउदी अरेबियाको समर्थन रहेको यमन सरकार र इरानको समर्थन रहेको हुथी विद्रोहीबीच सन् २०१५पूरा पढ्नुहोस्


प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रको स्वाभिमानमा आँच पुग्यो – अध्यक्ष ओली

  भदौ ९, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिले राष्ट्रको स्वाभिमानमा आँच पुगेको आरोप लगाएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि आज बैंकक प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, “प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा नेपालको संविधान संशोधन प्रक्रियालगायतका विषयमा दिएको अभिव्यक्तिले नेपालको स्वाभिमानमा आँच पुर्याएको छ ।” बिहीबार भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले तत्काल संविधान संशोधन हुन नसके पनि संविधानको स्वीकार्यता बढाउन आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गरेको कुरा आपत्तिजनक भएको अध्यक्ष ओलीले बताए । उनले बाढी पहिरो र डुबानपीडितको राहत, उद्धारपूरा पढ्नुहोस्


माओवादी अब हार्दैन – प्रचण्ड

भदौ ९, सुर्खेत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले अब हार्ने ठाउँ नभएको बताएका छन् । संगठन परिचालनमा कमजोरी र नेता गाउँ नपुग्दा हालैको स्थानीय तह निर्वाचनमा हारिएको उनको मूल्याङ्कन थियो । पार्टीको प्रदेश नं. ६ को प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आइपुगेका अध्यक्ष प्रचण्डले पत्रकारसँगको भेटमा माओवादी केन्द्रले हार्नुपर्ने जति हारिसकेको तर, अब नहार्ने दाबी गरे । “माओवादी एकता र ध्रुवीकरणको प्रक्रियामा छ । हेर्दै जानुहोला, अब माओवादीले जित्दै जान्छ ।” उनले भने । उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिले मात्र देशमा राजनीतिक स्थिरता दिनसक्ने दाबी गरे । संविधान संशोधन विधेयक निर्णयार्थ पेश भइसकेकाले तत्कालपूरा पढ्नुहोस्


महासङ्घका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

  भदौ ९, काठमाडौँ । नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज पदभार ग्रहण गरेका छन् । महासङ्घद्वारा यहाँ आज आयोजित पदभार हस्तान्तरण समारोहमा नवनिर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, लेखा समिति संयोजक र सदस्यलाई निवर्तमानले पदभार हस्तान्तरण गरे । यही भदौ ५ गते सम्पन्न महासङ्घको २५औँ महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्य, उपाध्यक्षमा विपुल पोख्रेल र दिलीप थापामगर, महासचिवमा रमेश विष्ट, सचिवमा रामप्रसाद दाहाल, लक्ष्मी पुन, उदय जिएम, शीतलप्रसाद महतो, रेमबहादुर विश्वकर्मा र प्रकाश थापा तथा कोषाध्यक्ष राजेश मिश्र निर्वाचित भएका थिए । महासङ्घमा पदाधिकारीसहित ४७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । यस्तै लेखा समितिको संयोजकमा रोशन पुरी विजयी भएकापूरा पढ्नुहोस्


‘नेपाल र भारत दुवै ठाउँमा तटबन्ध बनाउनुपर्छ’

dam-secures-hundreds-houses

  भदौ ९, काठमाडौँ । नेपाल र भारत दुवै पक्षका जनतालाई डुबानबाट मुक्ति पाउनका लागि दुवै ठाउँमा तटबन्ध बनाउनुपर्नेमा वक्ताहरुले जोड दिएका छन् । बाँधका कारण वर्षेनी दुवै पक्षका जनता डुबानमा पर्ने गरेको बताउँदै दुवै देशको समन्वयमा डुबान प्रभावित क्षेत्रमा तटबन्ध बनाउनु पर्नेमा उनीहरुले जोड दिएका हुन् । आज यहाँ बाँध सरोकार राष्ट्रिय मञ्चद्वारा आयोजित ‘भारतद्वारा निर्मित सीमावर्ती बाँध तथा तटबन्ध संरचनाले पारेको असर र प्रभावसम्बन्धी’ अन्तरक्रिया कार्यक्रममा व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले दुवै पक्षका जनता डुबानबाट सुरक्षित हुने गरी तटबन्ध बनाउनु पर्ने बताएका हुन् । उनले भारत पक्षले बनाएको बाँधका कारण वर्षेनी दुवै देशका जनता डुबानमा पर्ने गरेकोपूरा पढ्नुहोस्


मेची अञ्चल अस्पतालमा निःशुल्क होमोडायलेसिस सेवा सुरु

  भदौ ९, बनियानी (झापा) । मेची अञ्चल अस्पतालमा निःशुल्क होमोडायलेसिस सेवा शुरु भएको छ । नेपाली काँग्रेसका नेता तथा झापा क्षेत्र नम्बर– ३ का सांसद कृष्णप्रसाद सिटौलाले आज यहाँ आयोजित कार्यक्रममा सो सेवा शुभारम्भ गरे । मेची अस्पतालमा शुरु भएको यो सेवाले विपन्न मिर्गौला रोगीका लागि सहज रुपमा सेवा उपलब्ध हुने विश्वास व्यक्त गर्दै सिटौलाले डायलेसिस गर्न नपाएर अकालमै मृत्यु हुनुपर्ने अवस्था यो सेवाले अन्त्य गर्ने बताए । स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको रू. ५० लाखको लागतमा होमोडायलेसिस सेवा सञ्चालन गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट पिताम्बर ठाकुरले जानकारी दिए । ४ वटा मेसिनबाट सेवा सुरु गरिएको र दैनिक कम्तीमा ८ जनालेपूरा पढ्नुहोस्


तस्करद्वारा जंगली हात्तीको एम्बुस थापेर हत्या

congress-leader-aryal-construct-20-houses

  भदौ ९, भीमदत्तनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका– १० नौरगांस्थित नमुना सामुदायिक वनमा गएराति तस्करको समूहले विद्युतीय एम्बुस थापेर एक जंगली हात्तीको हत्या गरेका छन् । जिल्ला वन कार्यालयका निमित्त वन अधिकृत वीरबहादुर ठगुन्नाले सामुदायिक वनभित्र तस्करको समूहले हात्ती मारेको पुष्टी गर्दै भने, ‘‘प्रारम्भिक जानकारीअनुसार तस्करले बँदेल मार्न विद्युतीय एम्बुस थापेको जस्तो देखिन्छ । तर सो एम्बुसमा भाले हात्ती परेको मरेको आज बिहान थाहा भयो ।” हात्ती मारेको खबरपछि भीमदत्तनगरबाट जिल्ला वन कार्यालयको टोली पुनर्वास पुगेर अनुसन्धान गरिरहेको छ । अहिले चिकित्सकको टोलीले हात्तीको परीक्षण गरिरहेको र यसको विशेष अनुसन्धानका साथ वन्यजन्तु तस्कर समूहको पनि खोजीकार्य भइरहेको उनले जानकारी दिएपूरा पढ्नुहोस्


नेपाल–भियतनाम व्यापारबारे छलफल

  भदौ ९, काठमाडौंँ । नेपालका लागि भियतनामका वाणिज्यदूत राजेशकाजी श्रेष्ठ तथा नेपाल– भियतनाम चेम्बर अफ कमर्सका अध्यक्ष दिपक मल्होत्रासहितको व्यापारिक प्रतिनिधि मण्डलले भियतनामका राजदूत टोन सिन्ह थान्हसँग भेट गरी नेपाल–भियतनाम आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारका विषयमा कुराकानी गरेको छ । भारतको राजधानी नयाँदिल्लीमा भएको छलफलका क्रममा वाणिज्यदूत श्रेष्ठले आगामी दिनमा दुई देशबीच आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप सुदृढ गर्न व्यापारिक प्रतिनिधि मण्डलको भ्रमणलाई प्राथमिकता दिनु पर्ने तथा राहदानी प्रक्रिया सरलीकरणका विषयमा छलफल भएको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाल– भियतनाम चेम्बर अफ कमर्सका अध्यक्ष मल्होत्राले नेपालमा कृषि, पर्यटन, सूचना प्रविधि आदिमा लगानी विस्तारका लागि राजदूत थान्हसँग आग्रह गरेपूरा पढ्नुहोस्


बाढीपछि सौराहामा पर्यटकको चहलपहल शुरु

  भदौ ९, चितवन । पर्यटकको आगमन शुरु भएकै बेला बाढीका कारण होटल डुबानमा परेपछि अस्तव्यस्त भएको सौराहामा पर्यटकको चहलपहल शुरु भएको छ । साउन २९ गते राति बाढीले अधिकांश होटल डुबानमा परेपछि त्यहाँ रहेका पर्यटकलाई उद्धार गरिएको थियो । डुबानका कारण होटलमा रु. १५ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक तथ्याङ्क छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार त्यहाँका ११० वटा होटलमध्ये आधाभन्दा बढी पुनः सञ्चालनमा आएका छन् । राप्ति नदी छेउमा नै रहेका १२ वटा रेस्टुरेन्ट पूर्णरुपमा क्षति भएका थिए भने अन्यमा आंशिक प्रभाव परेको थियो । आंशिक प्रभावमा परेका धेरैजसो होटल मर्मत सम्भार गरी पुनःपूरा पढ्नुहोस्