Main Menu

Tuesday, August 1st, 2017

 

महान लेनिनको जीवनी

लेनिन, अक्टोबर क्रान्ति र लेनिनको निधन

(गत साउन ११ गते बुधवार सोभियत समाजवादी क्रान्तिको शतवार्षिकीको सन्दर्भलाई लिई त्यसका नायक महान लेनिनको संक्षिप्त जीवनी प्रकाशन सुरु गरेका थियौं । त्यसपछि साउन १४ गते शनिवार त्यसकै बाँकी दोश्रो खण्ड प्रकाशित गर्यौं । आज हामी तेश्रो वा अन्तिम खण्ड प्रकाशित गर्दैछौं ।  पहिलो र दोश्रो खण्ड हेर्नका लागि पहिलो र दोश्रो मा क्लिक गर्नु होला ।-सम्पादक) १९१७ अप्रिल ३ को राती दशक लामो आफ्नो निर्वासित जीवन त्याग्दै लेनिन रुसको पेट्रोगाड सहर फर्के । उनको स्वागत गर्न लालफन्डा बोकेका हजारौं श्रमिकहरु फिनल्यान्ड स्टेसनमा भेला भए । क्रान्तिकारी फौज र नौसेनाले गार्ड अफ अनर को व्यवस्था गरेको थियो । आफ्नो स्वागतपूरा पढ्नुहोस्


संविधान संशोधन काँग्रेसको मुख्य एजेन्डा – मन्त्री मन्सुर

साउन १७, राजविराज । श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले मधेसी जनताको अधिकार प्रवर्द्धन र विद्यमान राजनीतिक संक्रमणकाल अन्त्यका लागि संविधान संशोधन नेपाली काँग्रेसको मुख्य एजेन्डा भएको बताएका छन् । “हाम्रा सम्पूर्ण शक्ति संविधान संशोधन र निर्वाचनमा केन्द्रीत छ,” नेपाली काँग्रेस सप्तरीले आज राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “संविधान संशोधन भयो भने देशमा राजनीतिक संक्रमणकाल अन्त्य हुन्छ । त्यसैले काँग्रेस संविधान संशोधनको पक्षमा दृढ भएर उभिएको छ ।” मन्त्री मन्सुरले मधेसी, मुस्लिम, दलित, जनजाति, पिछडिएका वर्ग, हिमाल, पहाड र तराई-मधेसमा बसोबास गर्ने सबै नेपालीको हित हुने गरी सविधान संशोधन हुनु अवश्यक रहेको उल्लेख गर्दै प्रमुख प्रतिपक्षीदलका अडानका कारणपूरा पढ्नुहोस्


विपन्न नागरिक औषधि उपचार कार्यक्रमबाट १७ हजार बढीले सेवा लिए

साउन १७, काठमाडौँ । विपन्न नागरिक औषधि उपचार कार्यक्रममार्फत १७ हजार २१८ बिरामीले उपचार सेवा प्राप्त गरेका छन् । आव २०७३/०७४ मा नयाँ र पुराना गरी १७ हजार २१८ बिरामीले उपचार सेवा प्राप्त गरेका छन् । देशभरका विभिन्न ५२ अस्पतालबाट ती बिरामीले रु. १ अरब ५० करोडको आर्थिक सहयोग लिएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उक्त कार्यक्रमका लागि रु. १ अर्ब छुट्ट्याएकाले बाँकी रु. ५० करोड अस्पताललाई बुझाउन बाँकी रहेको छ । चालु आवमा कार्यक्रमका लागि रु. १ अर्ब १८ करोड विनियोजन गरिएको छ । सरकारले विभिन्न ८ प्रकारका रोग मिर्गाैला, मुटु, क्यान्सर, स्पाइनल तथापूरा पढ्नुहोस्


खाना पकाउने एलपिजि ग्यासको मूल्य घट्यो

  साउन १७, काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छ । निगमका प्रवक्ता सीताराम पोखरेलले ग्यासमा प्रतिसिलिण्डर रु. २५ घटाइएको बताए । नयाँ मूल्यअनुसार अब ग्यास प्रतिसिलिण्डर रु. १ हजार ३२५ मा पाइने उनले जानकारी दिए । नयाँ मूल्यसूची आज राति १२ बजेदेखि लागू हुनेछ । अन्य पेट्रोलियम पदार्थको भने मूल्य घटाइएको छैन । “अन्य पेट्रोलियम पदार्थको भने भारतीय आयल निगमले पठाएको मूल्यसूची बढेर आएकाले घटाउन सकिएन, ” प्रवक्ता पोखरेलले भने अन्य पेट्रोलियम पदार्थको पनि मूल्य घटाउने अवस्था रहेपनि निगमले बेवास्था गरेको भन्दै आलोचना हुँदै आएको छ ।


भरतपुर १९ मा साउन २० गते निर्वाचन

  साउन १७, चितवन (रत्ननगर) । भरतपुर महानगरपालिका–१९ मा यही साउन २० गते पुनः मतदान हुने भएको छ । आज बसेको सर्वदलीय बैठकले यस्तो सहमति गरेको मुख्य निर्वाचन कार्यालय चितवनले जनाएको छ । कार्यालयका सहायक मतदान अधिकृत गम्भीर घिमिरेका अनुसार निर्वाचनको भोलिदेखि मौन अवधि सुरु हुनेछ । निर्वाचनका लागि आवश्यक जनशक्ति तयार रहेको उनले जानकारी दिए । गत वैशाख ३१ गते भएको निर्वाचनको मतगणना जारी रहेका बेला जेठ १४ गते राति मतपत्र च्यातिएपछि त्यहाँको मतगणना स्थगित भएको थियो । यही साउन १५ गते सर्वोच्च अदालतले उक्त वडामा पुनः मतदान गर्न आदेश दिएपछि निर्वाचनको बाटो खुलेको हो । यसैबीच उक्त वडाकोपूरा पढ्नुहोस्


राजपा पनि चुनावमा आउने वातावरण बनाउनुपर्छ – अध्यक्ष थापा

  साउन १७, लहान । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तेस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) लाई पनि सहभागी हुने वातावरण बनाउनुपर्ने बताएका छन् । “तेस्रो चरणअन्तर्गत हुने सथानीय तह निर्वाचनको समय डेढ महिना मात्र बाँकी रहँदा पनि राजपा चुनावमा जाने नजानेबारे कुनै टुंगो लाग्न नसक्दा मतदाता अन्यौल रहेकाले सरकारले तत्काल विश्वासिलो वातावरण बनाउनुपर्छ,” राप्रपा सिरहाले आज लहानमा आयोजना गरेको पार्टीका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले भने । अध्यक्ष थापाले सत्तारुढ दलको स्वार्थ र नियतकै कारण राजपा सरकारमा आउने वातावरण बन्न नसकेको आरोप लगाउँदै उनले वर्तमान सरकार मधेसको समस्या समाधान गर्न र संविधान कार्यान्वयन गर्न गम्भीरपूरा पढ्नुहोस्


थालेसिमिया रोगको उपचारप्रति सरकारले चासो देखाएन

साउन १७, काठमाडौँ । थालेसिमिया (अपुष्ट रक्तकोष रोग)को पहिचान, न्यूनीकरण र उपचारबारे सरकारले प्रभावकारी कार्यक्रम ल्याउन सकेको छैन । यो रोगबारे सरकारले खासै चासो नदिएका कारण यसको पहिचान, न्यूनीकरण र उपचारबारे धेरैले जानकारी पाउन नसकेको गुनासो पीडितको छ । नेपालमा थालेसिमियाका बिरामीको यकिन तथ्यांक सरकारी निकायसँग नभएपनि मुलुकभर ६०० भन्दा बढी बिरामी हुनसक्ने अनुमान नेपाल थालेसिमिया सोसाइटीको छ । अहिलेसम्म २०४ बिरामी मात्र सोसाइटीमा दर्ता भएका छन् । तीमध्ये ५ जनाको मृत्यु भइसकेको सोसाइटीले जनाएको छ । सन् १९२५ सालमा विश्वमा पहिलोपटक थालेसिमिया रोग देखा परेको थियो । शरीरमा राम्रोसँग रक्तकोषको विकास हुन नसक्दा यो रोग देखापर्छ । रगत रोगपूरा पढ्नुहोस्


भोजपुरमा ८० प्रतिशत रोपाइँ सम्पन्न

साउन १७, भोजपुर । साउन मध्यसम्ममा भोजपुर जिल्लामा ८० प्रतिशत धान रोपाइँ सकिएको बताइएको छ ।भोजपुरमा समयमा वर्षा नभएको र स्थानीय तहको निर्वाचनले रोपाइँ केही प्रभावित भएको थियो । विशेषगरी असारमा धान रोपाइँं गरिने भए तापनि कतिपय ठाउँमा साउनमा तौलिया धान निकालेपछि रोपाइँ गरिने भएकाले पनि कम रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालय भोजपुरका प्राविधिक सहायक युकमणि भट्टराईले बताए। भोजपुरमा ६२ हजार २९२ हेक्टर खेतीयोग्य जमिनमध्ये १९ हजार १९० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । जिल्लाको देउराली, टक्सार, बोखिम, मूलपानीलगायत क्षेत्रलाई पकेट क्षेत्र मानिएको छ । कृषि विकास कार्यालय भोजपुरले धान उत्पादनमा टेवा पु¥याउनका लागि उन्नत जातका धानको बीउपूरा पढ्नुहोस्


सौर्य प्रणालीको ठेक्का रद्द गर्न प्राधिकरणलाई निर्देशन

रमेश लम्साल साउन १७, काठमाडौँ । संसदीय समितिले २५ मेगावाट क्षमताको सौर्य प्रणालीको ठेक्का खारेज गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिको आजको बैठकले ठेक्का प्रक्रियामा गलत मनसाय देखिएकाले खारेज गर्न निर्देशन दिएको हो । विद्युत्भार कटौतीको अन्त्य गर्न र मुलुकको ऊर्जा प्रणालीलाई मिश्रित बनाउन प्राधिकरणले नुवाकोटको बट्टार र देवीघाटमा सौर्य फार्म बनाउने निर्णय गरेको थियो । विश्व बैंकको लगानीमा निर्माण गर्ने भनिएको सौर्य ऊर्जा प्रणालीको ठेक्का प्रक्रियामा सहभागी गराइएका पाँचवटा बोलपत्रदातामध्ये सबैभन्दा कम मूल्यांकन प्रस्ताव गर्नेलाई नदिई बढी प्रस्ताव गर्नेलाई दिइएको भन्दै समितिमा उजुरी परेको थियो । प्राधिकरणले ‘पिङगाओ एण्ड हेरोन जेभी’ बोलपत्रदातालाई आयोजनापूरा पढ्नुहोस्


मध्यपुर थिमिमा वडा सदस्यलाई समेत पारिश्रमिक, प्रमुख/उपप्रमुखलाई ८५ हजारको मोबाइल

  साउन १७, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाका नवनिर्वाचित वडा सदस्यले समेत मासिक पारिश्रमिक पाउने भएका छन् । स्थानीय विकास मन्त्रालयले तत्काल निर्वाचित जनप्रतिनिधिले तलब सुविधा लिन नपाउने परिपत्र गरे पनि नगरपालिकाको गत असार ३० गते सम्पन्न प्रथम नगरसभाले आन्तरिक स्रोतबाट व्यवस्था गर्ने गरी वडा सदस्यलाई समेत मासिक पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको हो । बैठकमा उपप्रमुख अञ्जनादेवी मधिकर्मीले नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरकार्यपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र कार्यपालिका सदस्यलाई मासिक पारिश्रमिकको प्रस्ताव गरे पनि बैठकले सो प्रस्ताव संशोधन गर्दै वडा सदस्यले समेत मासिक रु. ५ हजार पारिश्रमिक पाउने निर्णय गरेको हो । उपप्रमुख मधिकर्मीले प्रमुखको रु. ३५पूरा पढ्नुहोस्