Main Menu

भरतपुर १९ मा साउन २० गते निर्वाचन

 

bharatpur-19-reelection-20-shrawan

साउन १७, चितवन (रत्ननगर) । भरतपुर महानगरपालिका–१९ मा यही साउन २० गते पुनः मतदान हुने भएको छ ।

आज बसेको सर्वदलीय बैठकले यस्तो सहमति गरेको मुख्य निर्वाचन कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका सहायक मतदान अधिकृत गम्भीर घिमिरेका अनुसार निर्वाचनको भोलिदेखि मौन अवधि सुरु हुनेछ । निर्वाचनका लागि आवश्यक जनशक्ति तयार रहेको उनले जानकारी दिए ।

गत वैशाख ३१ गते भएको निर्वाचनको मतगणना जारी रहेका बेला जेठ १४ गते राति मतपत्र च्यातिएपछि त्यहाँको मतगणना स्थगित भएको थियो ।

यही साउन १५ गते सर्वोच्च अदालतले उक्त वडामा पुनः मतदान गर्न आदेश दिएपछि निर्वाचनको बाटो खुलेको हो ।

यसैबीच उक्त वडाको विवादित मतपत्र आजै जलाएर नष्ट गरिएको छ ।

(Visited 135 times, 1 visits today)

टिप्पणी

comments