Main Menu

खाना पकाउने एलपिजि ग्यासको मूल्य घट्यो

 

lpg-gas-price-decreaseसाउन १७, काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छ ।

निगमका प्रवक्ता सीताराम पोखरेलले ग्यासमा प्रतिसिलिण्डर रु. २५ घटाइएको बताए । नयाँ मूल्यअनुसार अब ग्यास प्रतिसिलिण्डर रु. १ हजार ३२५ मा पाइने उनले जानकारी दिए । नयाँ मूल्यसूची आज राति १२ बजेदेखि लागू हुनेछ ।

अन्य पेट्रोलियम पदार्थको भने मूल्य घटाइएको छैन ।

“अन्य पेट्रोलियम पदार्थको भने भारतीय आयल निगमले पठाएको मूल्यसूची बढेर आएकाले घटाउन सकिएन, ” प्रवक्ता पोखरेलले भने

अन्य पेट्रोलियम पदार्थको पनि मूल्य घटाउने अवस्था रहेपनि निगमले बेवास्था गरेको भन्दै आलोचना हुँदै आएको छ ।

(Visited 239 times, 1 visits today)

टिप्पणी

comments