Main Menu

Tuesday, August 29th, 2017

 

नारायणकाजीबिरुद्ध गम्भीर षडयन्त्र ?

भदौ १३, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाशले आफूबिरुद्ध अनलाइन मिडिया प्रयोग गरी गम्भीर राजनीतिक षडयन्त्र भएको आभास गरेका छन् । उनले हालै मात्र एक अनलाइन मिडियामा प्रसारित एक समाचारमा उनी ‘एमाले पार्टीमा प्रवेश गर्दैछन्’ भन्ने कुराको उल्लेख हुनुलाई आफूबिरुद्धको षडयन्त्रको रुपमा लिएका हुन् । यस सम्बन्धमा उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, “म एमाले पार्टीमा प्रबेश गर्दैछु भनी एउटा अनलाइन मेडियामा प्रसारित समाचार शतप्रतिशत गलत र कपोल्कल्पित भएकाले कुनै भ्रममा नपर्न अनुरोध गर्दछु ।” माओवादी केन्द्रका नेता प्रकाश पार्टीमा दोश्रो वरियताका नेता मात्र होइनन् कि बरु उपप्रधानमन्त्री समेत गरी पटकपटक सरकारमा सामेल भएर पनिपूरा पढ्नुहोस्


वात्स्यायनका कार्टुनको प्रभावः फाँसीको चर्चादेखि जगदम्बाश्री पुरस्कारसम्म

भदौ १३, पोखरा । तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएका अवस्थामा २०६१ साल भदौ ४ गते कान्तिपुर दैनिकमा प्रकाशित कार्टुन निकै चर्चामा रह्यो । नेपालमा संकटकाल र पत्रपत्रिकामा राज्यको निगरानी बढेका अवस्थामा पोखराका वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल(वात्स्यायन)ले तयार गरेको संवैधानिक राजतन्त्र भएको घोडाको लाश बोकेर तत्कालीन नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला हिँडेको कार्टुन राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा नै चासो र चर्चाको विषय बन्यो । तत्कालीन अवस्थासम्म संवैधानिक राजतन्त्रको पक्षमा रहेको नेपाली काँग्रेसलाई व्यंग्य गर्न वात्स्यायनले तयार गरेको त्यो कार्टुनलाई दरबारले पूर्णतः नकारात्मक रुपमा लियो । सो कार्टुनलाई संवैधानिक राजतन्त्रको खुलेआम विरोध हो भन्दै  तत्कालीन अवस्थामा विभिन्न सञ्चार माध्यममा त्यसको शृंङ्खलाबध्द विरोधपूरा पढ्नुहोस्


ट्राफिकलाई ५० थान ह्विल लक प्रदान

भदौ १३, काठमाडौँ  । काठमाडौँ महानगरपालिकाले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ५० थान ह्विल लक प्रदान गरेको छ । महानगरपालिकाले नगर प्रहरीको २५औँ वार्षिकोत्सवका अवसरमा आज सो ह्विल लक प्रदान गरेको हो । जथाभावीरुपमा पार्किङ गरेका सवारी साधनलाई लक गर्नका लागि महानगरपालिकाले महाशाखालाई उक्त सामग्री प्रदान गरेको हो । सो अवसरमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकालाई सफल बनाउन नगर प्रहरीको ठूलो सहयोग रहेको बताउँदै जथाभावीरुपमा गरिने सवारी पार्किङ, फुटपाथ हटाउने र महानगरलाई व्यवस्थित गर्न नगर प्रहरीको महत्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गरे । महाशाखाका प्रमुख सर्वेन्द्र खनालले महानगरपालिकाभित्र गुड्ने सवारी साधनलाई मान्छे टिप्ने र हिँडिहाल्ने वातावरण बनाउन महाशाखाले महानगरपालिकासँग सहकार्य गरेरपूरा पढ्नुहोस्


चक्रपथ विस्तारका लागि राजधानीमा विद्युत् कटौती

  भदौ १३, काठमाडौँ । काठमाडौँ उपत्यकाको सडक विस्तार तथा ट्राफिक व्यवस्थापनलाई सहयोग गर्न सडक किनारमा राखिएका पोल सार्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आज केही स्थानमा विद्युत् कटौती गरेको छ । प्राधिकरणका अनुसार आज दिनभरजसो महाराजगञ्ज वितरण केन्द्र मातहतका सबै स्थानमा विद्युत् कटौती गर्न लागिएको हो । ट्राफिक प्रहरीले अभियानका रुपमा नै अगाडि बढाएको चक्रपथ सुधार तथा विस्तार कार्यमा प्राधिकरणको पोलले अवरोध गरेपछि त्यसलाई हटाउन ट्राफिक प्रहरी प्रमुख सर्वेन्द्र खनालले पोल हटाइदिन प्राधिकरणलाई आग्रह गरेका थिए । सडक विस्तार तथा चक्रपथ सुधार कार्यलाई व्यवस्थित बनाउन सहयोग गर्ने लक्ष्यका साथ आज दिनभर विद्युत् कटौती गर्न लागिएकाले आज दिनभर महाराजगञ्ज क्षेत्र प्रभावितपूरा पढ्नुहोस्


डोकलामबाट सेना फिर्ता गर्ने समझदारीः भारत

भदौ १३, नयाँ दिल्ली (भारत) । भारत चीनबीच रहेकोे हिमालय क्षेत्रको डोकलामबाट आफ्ना फौजहरु फिर्ता गर्न चीनसँग समझदारी गरेको भारत सरकारले जनाएको छ । महिनौँ लामो विवादपछि दूई देशबीचको कुटनैतिक पहलमा विवाद समाधान गरिएको भारतीय पक्षले जनाएको छ । भारतीय विदेशमन्त्रालयले हप्तौंदेखि जारी वार्ताका आधारमा यस्तो समझदारी बनेको सोमबार भारतीय विदेश मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ । भारतले गएको जुन महिनामा भुटानले आफ्नो दाबी गर्ने उक्त क्षेत्रमा सडक निर्माण गर्नबाट चीनलाई रोक्न आफ्ना फौज खटाउने निर्णय गरेको थियो । तर चीनले डोकलाम चिनियाँ भूमी भएको भन्दै भारतीय फौजले सीमा अतिक्रमण गरेको टिप्पणी गरेको थियो । विज्ञप्तिमा भनिएको छ, “हालैकोपूरा पढ्नुहोस्


दुई नम्बर प्रदेशमा पहिलो पार्टी बन्छौँ – अध्यक्ष प्रचण्ड

  भदौ १३, लहान । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेश्रो चरणअन्तर्गत दुई नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गरेका छन् । विराटनगरबाट सर्लाहीतर्फ जाने क्रममा आज बिहान सप्तरीको खडक नगरपालिकास्थित विसनपुरमा आयोजित अगुवा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा उनले अन्य प्रदेशमा आफ्नो पार्टी तेस्रो स्थानमा खुम्चिए पनि दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा पहिलो बन्ने दाबी गरेका हुन्। “अहिले हामी सम्पूर्ण ध्यान असोज २ गते हुने २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा केन्द्रीत गरेका छौँ र यहाँका जनताले पनि असाध्यै माया गर्ने भएकाले यो प्रदेशमा हामी पहिलो पार्टी बन्ने छौं,” अध्यक्ष प्रचण्डले भने ।पूरा पढ्नुहोस्


सेनाले सुनौलो इतिहास रच्ने…

भदौ १३, काठमाडौँ । नेपाली सेनाले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा हेरिएको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) को जिम्मेवारीलाई पूर्वाधार निर्माणमा सुनौलो इतिहास रच्ने अवसर र ठूलो चुनौतीका रुपमा लिएको छ । काठमाडौँ उपत्यकालाई तराई मधेससँग जोड्ने सबैभन्दा छोटो ७६ दशमलव २ किमीको राष्ट्रिय गौरवको यो आयोजना (फाष्ट ट्रयाक) निर्माणलाई सेनाले सबैभन्दा उच्च महत्व दिएर काम अघि बढाएको छ । ४ वर्ष अवधिमा सम्पन्न गर्ने लक्ष्य राखिएको यो ठूलो आयोजनाको निर्माण लागत रु. १ खर्ब १२ अर्ब अनुमान गरिएको छ । सो द्रुतमार्ग २५ मिटर चौडाइको हुने जनाएको छ । चालु आवको बजेटमा सरकारले यो द्रुतमार्ग निर्माणमा रु. १० अर्व १३पूरा पढ्नुहोस्


छोराको लोभले सन्तानको भीड !

congress-leader-aryal-construct-20-houses

भदौ १३, पाल्पा । रम्भा गाउँपालिका–१, हुगीकी सुमित्रा विकलाई आफ्नो विवाहको सम्झना छैन । माइतीले १३ वर्षको उमेरमा २८ वर्षीय नरबहादुर विकसँग सुमित्रा विकको विवाह गरिदिए । विवाहपछि नरबहादुर, श्रीमती, उनका ससुराका साथ भारत गएको मात्र सुमित्रालाई सम्झना छ । सुमित्रा १५ वर्षको उमेरमा आमा बनिन् । अहिलेसम्म एक छोरा, १२ छोरी, ३८ नातिनातिना र ११ पनाति पनातिना छन् । सुन्दा अनौठो लाग्न सक्छ, तर, यो सत्य घटना हो — उनले छोराको लोभमा १३ सन्तानलाई जन्म दिइन् । ६५ वर्षीया सुमित्रा विक र ७० वर्षीय नरबहादुर विक अहिले ६२ सन्तानका अभिभावक हुन् । सुमित्राले १३ सन्तानलाई जन्म त दिइन् ।पूरा पढ्नुहोस्


बैतडीमा तीन हजारले स्वास्थ्य बीमा गरे

भदौ १३, बैतडी । बैतडीमा स्वास्थ्य बीमा गर्नेको संख्या बढ्दै गएको छ । स्वास्थ्य बीमाको फाइदाका बारेमा जानकारी प्राप्त भएपछि स्वास्थ्य बीमामा आकर्षण बढेको स्वास्थ्य बीमा कार्यक्रमका जिल्ला प्रबन्धक जनक साउदले बताए । गतबर्ष पुस ७ गतेदेखि बैतडीमा स्वास्थ्य बीमाको दर्ता प्रक्रिया शुरु भएकोमा २०७३ फागुनबाट सेवा दिने काम शुरु भएको थियो । हालसम्म ३ हजार २७ जनाले स्वास्थ्य बीमा गरेको साउदले जानकारी दिए । ५ जनासम्मको परिवारले रु. २ हजार ५०० तिरेमा रु. ५० हजारसम्मको उपचार निःशुल्क गर्ने गरिएको छ । सूचीकृत अस्पतालमा मात्रै निःशुल्क उपचार हुने उनले बताए । पाँच जनाभन्दा बढी संख्या भएको परिवारका लागि रु. ४२५पूरा पढ्नुहोस्


लोपोन्मुख अवस्थामा गुल्मीको खन्जना

congress-leader-aryal-construct-20-houses

भदौ १३, गुल्मी । गुल्मीमा खन्जना गीत तथा नाच उचित संरक्षणको अभावमा लोपोन्मुख अवस्थामा पुगेको छ । मालिका गाउँपालिका–१ नेटामा प्रचलित खन्जना गीत तथा नाचको उचित संरक्षण हुन नसक्दा लोपोन्मुख अवस्थामा पुगेको समाजसेवी ढालबहादुर बोहोराले जानकारी दिए । तीजका अवसरमा खन्जना मात्र गाउने र नाच्ने तर अघिपछि खन्जनाको खासै वास्ता नहुने र युवापुस्तामा सिको नहुँदा र यसको व्यापक प्रचारप्रसार नहुँदा तथा उचित व्यवस्थापन गर्न नसक्दा खन्जना दिनप्रतिदिन विस्तारै लोप भई ओझेलमा पर्न थालेको युवा समाजसेवी बोहोराको भनाइ छ । साथै, मगर समुदायमा केन्द्रित खन्जना आफ्ना पुराना पुर्खाले गाउँदै आएको खन्जनामा भगवान् तथा देवीदेवताका गीत महिला र पुरुषले सामूहिक रुपमा खन्जनापूरा पढ्नुहोस्