Main Menu

Tuesday, August 15th, 2017

 

भदौ २० गतेभित्र स्थानीय तहमा कर्मचारी खटाइने

  साउन ३१, काठमाडौँ । सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले भदौ २० गतेभित्र स्थानीय तहमा न्यूनतम् कर्मचारी खटाइने बताएका छन् । आज मन्त्रालयमा प्रतिबद्धतापत्र घोषणासभामा आयोजित पत्रकारसम्मेलनमा मन्त्री बस्नेतले स्थानीय तहमा कर्मचारी खटाई संघीयता कार्यान्वयन गराउनका लागि भदौ २० भित्र कर्मचारी खटाइने बताए । “कर्मचारी नहुँदा स्थानीय तहका काम प्रभावित हुन सकेका छैनन् । सिंहदरबारलाई गाउँ पुर्याउनका लागि कर्मचारी गाउँमा खट्नु पर्दछ”, उनले थपे, “त्यसैले सिंहदरबारको अधिकार गाउँ पुर्याउनका लागि कर्मचारीलाई खटाइनेछ ।” उनले राजनीतिक रुपमा संघीयताको संरचना तयार भए पनि प्रशासनिक रुपमा संघीयता कार्यान्वयन नभइसकेको अवस्थामा कर्मचारीलाई स्थानीय तहमा खटाई संघीयता कार्यान्वयन गरिने बताए । मन्त्री बस्नेतले जारी गरेकोपूरा पढ्नुहोस्


जापान सरकारको २८ करोड अनुदान

  साउन ३१, काठमाडौँ । जापान सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन गर्न रु. २८ करोड २० लाख अनुदान उपलब्ध गराउने भएको छ । सहयोग उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थ सचिव शान्तराज सुवेदी र नेपालका लागि जापानका राजदूत मासासी ओगावाले हस्ताक्षर गरे । साथै, उनीहरुले आ–आफ्नो देशको सरकारका तर्फबाट उक्त समझदारी पत्र आदान प्रदान गर्नुभयो । उक्त सहयोगअन्तर्गत प्राप्त हुने अनुदानसम्बन्धी समझदारी पत्रमा भने अर्थ मन्त्रालयका सहसचिव एवम् अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वयमा महाशाखाका प्रमुख बैकुण्ठ अर्याल र जाइकाका प्रतिनिधि जुन साकुमाले हस्ताक्षर गरे । त्यसअवसरमा राजदूत ओगावाले शैक्षिक विकासबाटै राष्ट्रनिर्माणको आधारशिला तयार हुने बताउँदैपूरा पढ्नुहोस्


अहिलेकै अवस्थामा मनमोहन कलेज किन्न सकिँदैन – स्वास्थ्य सचिव

  साउन ३१, काठमाडौँ । शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले सरकारले अहिलेकै अवस्थामा मनमोहन मेडिकल कलेज किन्न नसक्ने बताएका छन् । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उनले नेपालको कानूनले अहिलेकै अवस्थामा निजीस्तरमा सञ्चालन भएका कलेज किन्न सक्ने व्यवस्था नरहेको उल्लेख गर्दै किन्नै परेमा नयाँ कानून बनाएर मात्र किन्नुपर्ने बताए । “अहिलेको मुख्य विषय डा. गोविन्द केसीको जीवन रक्षा हो,” सचिव श्रेष्ठले भने, “सञ्चारमाध्यममा आएको जस्तो उहाँका कुनै माग सम्बोधन नभएका होइन् । केही माग पूरा पनि भएका छन् । जहाँसम्म मनमोहन कलेज किन्ने कुरा छ, वर्तमान कानुनले खरिद गर्न सजिलो छैन ।” सरकारको नजरमा आशयपत्र लिएका पाँचै कलेज बराबरपूरा पढ्नुहोस्


बाढीपीडितका लागि जुम्लामा रु. १ लाख

  साउन ३१, जुम्ला । अविरल वर्षाले धनजनको क्षति भएका पहाडी र तराईका पहिरो तथा बाढीपीडित घरपरिवारका लागि जुम्लामा रु. १ लाख राहत संकलन गरिएको छ । चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालको नेतृत्व र जिल्ला प्रशासन कार्यालय, प्रहरी, कृषि, शिक्षा, पशुसेवा कार्यालयको सहभागितामा रु. ५० हजार २०० रकम सोमबार संकलन गरिएको हो । त्यस्तै, नागरिक समाज, जुम्लाका संयोजक राजबहादुर महतको संयोजकत्व र युवा क्लबहरुको सहभागितामा रु. २९ हजार ८७० राहत संकलन गरिएको छ । अनेरास्ववियु, जुम्लाले रु. १५ हजार ५०० राहत संकलन गरेको छ । प्रमुख जिल्ला अधिकारीले संकलित रु. ५० हजार २०० राहत रकम नगरपालिकाका प्रमुख कान्तिका सेजुवाललाई हस्तान्तरणपूरा पढ्नुहोस्


बाढीपीडितको सहयोगमा राजपाका सांसदहरुको एक महिनाको तलब, हानको ५ लाख

  साउन ३१, काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) ले बाढीपीडितको राहतका लागि सहयोगार्थ पार्टीका सबै सांसदबाट एक महिनाको तलब बराबरको रकम दिइने निर्णय गरेको छ । राजपा अध्यक्ष मण्डल र संसदीय दलको सोमबार बसेको बैठकले उक्त सहयोग गर्ने निर्णय गर्दै पार्टीका नेता कार्यकताका तर्फबाट सबै प्रकारले नगदी र जिन्सी सहयोगका लागि पार्टी सम्बद्ध सबैलाई आग्रह गरेको छ । राजपाले बाढी प्रभावित स्थानलाई बाढीग्रस्त क्षेत्र घोषणा गरी आपत्कालीन विपद् व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ । साथै उक्त कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउन देशभरिका सबै उद्योगपति, व्यवसायी, स्वदेशी तथा विदेशी संघसंस्था, नियोग र दाता एवं दातृ निकायलाई आग्रह गरिएको पार्टीकापूरा पढ्नुहोस्


एउटा सैनिकले अर्को सैनिकको गोली हानी हत्या

congress-leader-aryal-construct-20-houses

  साउन ३१, पोखरा । पोखरा–लेखनाथ महानगरपालिका–६ वैदामस्थित रत्नमन्दिरमा सुरक्षाका लागि खटिएका नेपाली सेनाका एक प्युठले अर्का प्युठलाई गोली हानी हत्या गरेको छ । कास्की जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार प्युठ वसन्त लोहारले आफ्नै साथी गणेशसिंह विष्टलाई आज बिहान ४ः३० बजे गोली प्रहार गरेका थिए । गोली लगेर गम्भीर घाइते भएका विष्टको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो । आपसी रिसिबीका कारण लोहारले आवेगमा आएर गोली हन्दा उक्त घटना भएको नेपाली सेनाका प्रवक्ता झङकरबहादुर कडायतले जानकारी दिए । नेपाली सेनाले अभियुक्त लोहारलाई निगरानी राखेर अनुसन्धान शुरु गरेको जनाएको छ ।


कालीगण्डकीको बहाव बढेपछि माझी समुदायमा त्रास

  साउन ३१, फलेवास (पर्वत) । निरन्तरको वर्षाका कारण कालीगण्डकी नदीको बहाव बढेर बस्तीसम्म आइपुगेपछि यहाँको एक माझी बस्तीका बासिन्दा त्रसित बनेका छन् । कालीगण्डकीको किनारमा रहेको कुश्मा नगरपालिका–१ स्थित मालढुंगाका माझी परिवार रातभर जाग्राम बस्न बाध्य भएका हुन् । गत वर्ष बस्तीमाथिको पहाडबाट पहिरो खसेर घरबार गुमाएका उनीहरु पुनः यसवर्ष कालीगण्डकीको बहाव बढेपछि समस्यामा परेका हुन् । मालढुंगामा ६३ सुकुम्बासी परिवार र अन्य ४८ गरी १११ परिवार बसोबास गर्दै आएका छन् । तीमध्ये झण्डै ३० घरपरिवार कालीगण्डकी किनारको बालुवामा रहेका छन् । केही दिनदेखि लगातार परेको वर्षाका कारण एक्कासि नदीको बहाव उर्लिएपछि घर नै छाडेर छिमेकीकहाँ बस्नुपर्ने अवस्था सिर्जनापूरा पढ्नुहोस्


बाढीपहिरो पीडितलाई चीनद्वारा १० लाख अमेरिकी डलर आपत्कालीन सहयोग

train-road-agreement-proposal-china

  साउन ३१, काठमाडौँ । चीन सरकारले बाढीपहिराका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आपत्कालीन सहायतास्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा गरेको छ । यहाँ आज शुरु भएको नेपाल–चीन उपप्रधानमन्त्रीस्तरीय वार्तामा चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले उक्त घोषणा गरेका हुन् । द्विपक्षीय वार्तामा नेपालको प्रतिनिधित्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले गरेका छन् । वार्तामा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देव र सम्बन्धित मन्त्रालयका सचिव सहभागी छन् । लगानी बोर्ड, राष्ट्रिय योजना आयोग, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव पनि वार्तामा सहभागी छन् ।


चिनियाँ सरकारको सहयोगमा नौतले दरबार पुनःनिर्माण सुरु

  साउन ३१, काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमान ढोका दरबार क्षेत्रमा अवस्थित पुरातात्विक महत्वको नौतले दरबार पुनःनिर्माण शुभारम्भ भएको छ । वि.सं. २०७२ को विनाशकारी भूकम्पले क्षति पुर्याएको सो दरबार २ वर्ष बितेपछि चीन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा बल्ल पुनःनिर्माण अगाडि बढेको हो । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र नेपाल भ्रमणमा रहेका जनगणतन्त्र चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङले वसन्तपुर दरबारमा आयोजित कार्यक्रममा आज संयुक्तरुपमा पुनःनिर्माण शुभारम्भ गरे । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवले भूकम्पले क्षतिग्रस्त बनेको नौतले दरबार र नुवाकोटको साततले दरबार चिनियाँ सरकारले पुनःनिर्माण गर्न लागेको जानकारी दिए । चीनका वाणिज्यपूरा पढ्नुहोस्