Main Menu

Friday, August 18th, 2017

 

आफ्नै पैसाले ग्राभेल गर्दै नगर प्रमुख

congress-leader-aryal-construct-20-houses

  भदौ २, डडेल्धुरा । स्थानीय निकायको निर्वाचन जितेको एक महिनामै परशुराम नगरपालिकाका प्रमुख सडक सुधारमा लगानी गरिरहेका छन् । डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले आफ्नै लगानीमा विभिन्न सडकमा ग्राभेल गर्ने कार्य सुरु गरेका छन् । सडकमा खाल्डाखुल्डी र हिलाम्य भई सर्वसाधारणले कष्टकर जीवन भोग्न थालेपछि जनताको समस्यालाई मध्यनजर गर्दै उनले निजी लगानीमा ग्राभेल गरेका हुन् । नगरपालिकाबाट प्राप्त हुने कुनै पनि सेवा सुविधा नलिने बताउँदै आएका साउदले उक्त रकम जनताको र नगर कमिटीको सहमतिमा नगरको विकासमा खर्च गर्ने समेत बताउँदै आएका छन् । नगर प्रमुखमा निर्वाचित भइसकेपछि परशुराम नगरको हरेक विकासका लागि लागि पर्ने भएकाले सो कुराले परशुरामवासीपूरा पढ्नुहोस्


पर्सामा डेङ्गु प्रकोप, १२ जना प्रभावित

  भदौ २, वीरगञ्ज । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु ज्वरोको कारण पर्सा जिल्लामा हालसम्म ४ महिलासहित १२ जना प्रभावित भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ । रोगबाट प्रभावित हुनेमा बारा प्रसौनीका २५ वर्षीया सलिमा खातुन, वीरगञ्जका २४ वर्षीया सुधा कुमारी, विरुवागुठी पकडियाका ३५ वर्षीया छटिया देवी र २१ वर्षीया पूजा कुमारी रहेका छन् भने पर्सा कटिबलुवाका १८ वर्षीय ज्ञानप्रकाश गुप्ता, सर्लाहीका २७ वर्षीय अर्नुज श्रेष्ठ, वीरगञ्जका ३५ वर्षीय रसिद आलम, ७२ वर्षीय कमल पटेल, २७ वर्षीय असलम, विराटनगरका १८ वर्षीय मन्सा साह, लालबन्दीका १५ वर्षीय अरुणकुमार साह र वीरगञ्ज नगवाका ७ वर्षीय हरिनारायण चौधरी रहेका छन् । सो रोगबाट प्रभावितकोपूरा पढ्नुहोस्


नेपालको मौसम अध्ययन गरी फर्कियो रुसी विमान

सिवी अधिकारी भदौ २, काठमाडौँ । नेपालको उच्च मौसमी अध्ययन गर्न काठमाडौँ आएको रुसी विमान स्वदेश फर्किएको छ । एसियन मौसमी प्रणालीबारे अध्ययन गर्न एक महिनाअघि काठमाडौँ आएको विमान गत मंगलबार दिनअघि स्वदेश फर्किएको हो । रुसी महासंघले पठाएको उक्त विमानसँगै अमेरिका, बेलायत, इटाली, स्वीट्जरल्याण्ड, जर्मनीलगायत देशबाट करिब २५० वैज्ञानिक टोली मौसम अध्ययन गर्न आएका थिए । उक्त वैज्ञानिकको टोलीले नेपाल विज्ञान प्रज्ञा प्रतिष्ठान (नास्ट) को समन्वय तथा नेपालका लागि जर्मन राजदूतावासको सहकार्यमा मौसमी अध्ययन गरेको थियो । युरोपली संघको लगानी रहेको यो आयोजनाको कूल लागत करिब रु. १ अर्ब ४५ करोड २० लाख (१२ मिलियन यूरो) रहेको बताइएको छ ।पूरा पढ्नुहोस्


भारतमा हड्ताल हुँदा नेपाल आउने मालबाहक कन्टेनर र ट्रक रोकिए

  भदौ २, पथरी (मोरङ) । नेपालको सीमावर्ती भारतको जोगबनी क्षेत्रका बाढीपीडितले राहत र पुनःस्थापनाको माग गर्दै हडताल गरेका करण नेपाल आउने मालबाहक कन्टेनर र ट्रक रोकिएका छन् । भारतीय बजार जोगबनीका स्थानीयले हडताल गरेका कारण नेपालतर्फ आउने मालबाहक सवारीसाधन रोकिएका हुन् । हडतालका कारण जोगबनी बजार पूर्णतः बन्द छ । सडकमा प्रदर्शनकारीले टायर बालेर नाराबाजी गरिरहेका छन् । उनीहरूले सडकमा साइकलबाहेक कुनै सवारीसाधन चल्न दिएका छैनन् । स्थानीय नरेश यादवका अनुसार बाढीबाट जोगबनी क्षेत्रमा मात्र १४ जनाको मृत्यु भएको छ र १० हजार घरपरिवार विस्थापित भएका छन् । उनका अनुसार सरकारले कुनै राहत सामग्री उपलब्ध नगराएका कारण स्थानीयवासी स्वतःस्फूर्तपूरा पढ्नुहोस्


प्युठान नगरपालिकाकाे नीति तथा कार्यक्रम पारित

रमेश गिरी भदौ २, प्युठान । प्युठान नगरपालिकाकाे बिहीबार बसेको प्रथम नगर सभाले नगरपालिकाको ३७ बुँदे नीति तथा कार्यक्रम पारित गरेको छ । सभामा नगर प्रमुख अर्जुन कुमार कक्षपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, संचार यातायात, खानेपानी, विद्युत लगायतका विकासका पूर्वाधारहरूकाे अधिकतम उपयाेग गरी नगरवासीलाई सुविधा प्रदान गर्ने कुरामा जाेड दिइएको छ । नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रमका प्रमुख बुँदाहरु यसप्रकार छन् – १. एक गाउँ एक नमुना उद्याेग, एक घर एक राेजगारकाे नीतिलाई अवलम्वन गरिएकाे छ। २. निमार्ण भएका र निमार्ण हुँदै गरेका सडकलाई बाह्र महिना सवारी साधन चल्ने गरी व्यवस्था मिलाइनेछ । ३. एक घरपूरा पढ्नुहोस्


त्रिशुलीको भेलमा सशस्त्रको विपद् व्यवस्थापन अभ्यास

नारायण न्यौपाने भदौ २, कुरिनटार (चितवन) । सशस्त्र प्रहरी बल नेपालले त्रिशूलीको भेलमा विपद् व्यवस्थापनसम्बन्धी अभ्यास गरेको छ । यात्रुबाहक बस दुर्घटना भई त्रिशूली नदीको भेलमा ‘बचाउ–बचाउ’ भनी चिच्याइरहेका यात्रुलाई तत्कालै कसरी उद्धार गर्न सकिन्छ भनी परिकल्पना गरेर विहीबार उक्त अभ्यास सञ्चालन गरिएको हो । सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्र, कुरिनटार चितवनबाट परिचालित जनशक्तिले भदौको भेलमा त्रिशूलीमा बगिरहेका यात्रुको सकुशल उद्धारसँगै उपचार गरेको परिघटना प्रस्तुत गरेका थिए । पृथ्वी राजमार्गको नौबिसे–मुङ्लिन तथा नारायणगढखण्ड धेरै सडक दुर्घटना हुने क्षेत्र मानिन्छ । विगतमा यस क्षेत्रमा पटक–पटक धेरै ठूलाखाले सडक दुर्घटना भएका थिए । बाढीपहिरोका कारण त्रिशूली नदीमा बगिरहेको व्यक्तिलाई सशस्त्रपूरा पढ्नुहोस्