Main Menu

Wednesday, August 30th, 2017

 

अखिल क्रान्तिकारीमा केन्द्रीय नेतृत्वको लागि मतदान जारी

भदौ १४, काठमाडौं । इतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचनद्वारा केन्द्रीय नेतृत्व चयन गर्दै गरेका अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलन प्रतिनिधिहरु अहिले पदाधिकारी तथा सदस्यहरु चयन गर्नका लागि मतदान गर्दैछन् । त्रिभुवन विश्वविद्यालयको प्राङ्गनमा आज दिउँसो २ बजेबाट सुरु भएको केन्द्रीय पदाधिकारीलगायत सदस्यहरु चयनका लागि हुँदै गरेको निर्वाचन सम्भवतः आज बेलुकी १२ बजेसम्म जारी हुन सक्ने सम्भावना रहेको उपाध्यक्षका उम्मेदवार विजय गौतम बताउँछन् । सुरुमा निर्वाचनमा प्यानल खडा गरी उम्मेदवारी नदिने तथा प्रचार प्रसार नगर्ने नीति रहेको भनिए पनि अन्तिम समयमा आउँदा उम्मेदवारहरु प्यानल सहित प्रचार प्रसारमा लागे । अहिले अनिल शर्मा र रन्जित तामाङ गरी दुई अध्यक्ष पदका उम्मेदवारहरुकोपूरा पढ्नुहोस्


अन्तर्राष्ट्रिय बेपत्ता दिवस- आफन्त दुःखेसो अझै बेपत्ता कहिले भेटिने

congress-leader-aryal-construct-20-houses

भदौ १४, काठमाडौँ । ओखलढुङ्गा ज्यामिरेकी केशवकुमारी वाग्लेको १७ वर्षअगाडि बेपत्ता भएको छोरा गोपीकृष्ण वाग्ले अझै अत्तोपत्तो छैन । चितवनस्थित रत्ननगरमा रहेको हरिहर मन्दिरमा संस्कृति विषय पढ्न गएको कक्षा १० मा पढ्दै गर्दा २०५६ साल भदौ २६ गते बेपत्ता भएको छोरा अझै नभेटिएपछि आज अन्तर्राष्ट्रिय बेपत्ता दिवसका अवसरमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले आयोजना गरेको कार्यक्रममा छोराका खोजी गरिदिन सरोकारवाला निकायलाई दुःखेसो पोखिन्। उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, सत्य निरुपण तथा मेलमिलाप आयोग, राष्ट्रिय मानवअधिकार आयोग गरी तीन आयोगलाई यथाशीघ्र छोराको स्थिति के हो भनेर जानकारी पाउन आग्रह गरिन् । उनले तीनै आयोगका पदाधिकारीसमक्ष छोराको लास वा सास चाहियोपूरा पढ्नुहोस्


‘हिंसात्मक राजनीति नगरौँ’ – राजपालाई ओलीको आग्रह

  भदौ १४, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टीलाई तोडफोड, अवरोध र हिंसाको राजनीति त्याग्न आग्रह गरेका छन् । थाइल्याण्डको बैककबाट उपचार गराई स्वदेश फर्कने क्रममा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गदै उनले भने – “राजनीति पार्टीको रुपमा रहेका राजपाले राजनीतिक अभ्यास गर्नुपर्दछ ।” “अवरोध, तोडफोड र हिंसाको राजनीति त्याग्नुहोस् । त्यो सम्य समाजलाई ग्राह्य हुँदैन । समाजलाई अस्वीकृत गर्ने व्यवहार प्रकट नगर्नुहास्,” अध्यक्ष ओलीले भने । उनले राजपाले गरिरहेको व्यवहारबारे सरकार र निर्वाचन आयोग चुप लाग्नु अनौठो भएको बताउँदै ‘‘राजपाले अर्काको पार्टीले गरेको कार्यक्रम बिथोल्ने गरेको छ । यो क्रियाकलाप निर्वाचन आचारसंहिताभित्र पर्दछपूरा पढ्नुहोस्


ठूला पार्टीका नेता विदेशी प्रभावमा पर्दा देश संकटमा : विजुक्छें

भदौ १४, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले ठूला पार्टीका नेता विदेशी प्रभावमा पर्दा देश संकटमा पर्दै गएको आरोप लगाएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणमा दिएको अभिव्यक्ति संसद्को मर्यादा विपरीत रहेको टिप्प्णी गरे । अध्यक्ष विजुक्छेंले संसद्ले नेपाल र भारतको सीमामा बनाएका विभिन्न बाँध भत्काउने निर्णय गरेपनि सरकार चुप लागेर बस्नु गलत भएको बताउँदै बाढीपीडितको राहत वितरण कार्यलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औल्याए । निर्वाचन आयोगले तोकेको समयमै निर्वाचन सम्पन्न हुने बताउँदै उनले निर्वाचन आयोगलाई सरकारले प्रभाव र दबाबमा पारेर मिति परिवर्तन गराउन खोजे देशका लागि हित नहुनेपूरा पढ्नुहोस्


काठमाडौँको पश्चिम पर्ने छिमेकी जिल्ला धादिङ जिल्लाका नव किशोरीहरू

काठमाडौँको पश्चिम पर्ने छिमेकी जिल्ला धादिङ जिल्लाका नव किशोरीहरू : फ्ल्याश मनिटरिङ रिपोर्ट २०१४-१५ का अनुसार नेपालमा बालिकाहरुको कुल संख्यामध्ये ९७.६ प्रतिशत बालिका प्राथमिक विद्यालयमा भर्ना हुन्छन् । तर यो दर निम्न माध्यामिक विद्यालयमा ५९.५ प्रतिशत, माध्यामिक विद्यालयमा ४२.५ प्रतिशत  र उच्च माध्यामिक विद्यालयमा ८.१ प्रतिशतमा झर्छ । गरिबी, अभिभावकमा जागरुकताको कमी, सामाजिक तथा साँस्कृतिक  मूल्य-मान्यता तथआ बालविवाह बालिकाहरुको औपचारिक शिक्षा निरन्तरता नहुनुको मूख्य कारकका रुपमा मानिन्छन् । फोटो – निलेश शाक्य/ईमूल्याङ्कन


जब रमाइलो हेर्न आएका दर्शक नै निर्णायक भए…

भदौ १४, टोकियो (जापान) । सुदुरपश्चिमेली समाजको लोकप्रिय देउडा भाकालाई रमाइलो लागेकै भरमा पिटेको ताली नै निर्णायक भएपछि दर्शक खुशी भए । मन परेको मान्छेलाई गरिएको प्रेम प्रस्ताव सहजै स्वीकारेर पनि परिवार बाधक भएको संस्कारविरुद्ध मञ्चमा गएको जोडीलाई दर्शकले तालीमार्फत न्याय दिलाएका हुन् । देउडा भाषाको गीत हेर्न सयौँको संख्यामा उपस्थित दर्शकले अर्थ बुझेनन् । रमाइलो लागेकै भरमा ताली पिटिरहे । रमाइलो लागेर पिटेको ताली निर्णायक भएपछि प्रेमजोडी पनि खुशीले नाच्यो । गीतमार्फत उनीहरुले नेपालको बदलिँदो राजनीतिक अवस्थाका कारण विदेशिँदाको पीडा र रोदन प्रकट गर्दै दर्शकलाई आकर्षित पारिरहे । जापानका नेपाली समुदायले प्रत्येक वर्ष आयोजना गर्दै आएको नेपाल फेष्टिबलमा कथापूरा पढ्नुहोस्


ढल व्यवस्थापनका लागि निःशुल्क जग्गा

भदौ १४, सोलुखुम्बु । ज्येष्ठ नागरिक संघका जिल्ला अध्यक्ष आङ दामी शेर्पाले सदरमुकामको ढल व्यवस्थापनका लागि निःशुल्क जग्गा प्रदान गरेका छन् । सल्लेरी बजारको तिनकुनेदेखि राष्ट्रिय वाणिज्य बैंकसम्मको बजारमा ढल व्यवस्थापन गर्नका लागि शेर्पाले करिब रु. ५ लाख मूल्य बराबरको जग्गा सल्लेरी फोहोर व्यवस्थापन समितिको नाममा रजिष्ट्रेसन पास गरेका छन् । सो क्षेत्रमा घर भएका धेरैको सेफ्टी ट्यांकी बनाउने जग्गा नभएको र शौचालयको फोहोर बजारभन्दा तलतिरको खोल्सामा फाल्ने गरेका कारण ढल व्यवस्थापन गर्न बजार छेउको जग्गा निःशुल्क उपलब्ध गराएको शेर्पाले बताए । यसअघि सोलु दूधकुण्ड नगरपालिकालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने कार्यमा सोही क्षेत्रको ढल व्यवस्थापन मुख्य चुनौती बन्दै आएकोपूरा पढ्नुहोस्


उपत्यकामा ‘एक निर्वाचन क्षेत्र एक खुला स्थान’ कार्यान्वयनको माग

  भदौ १४, काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र १० स्थानमा सार्वजनिक खुला स्थान र एक निर्वाचन क्षेत्र एक खुला स्थान भन्ने कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन सरोकारवालाहरुले माग गरेका छन् । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले सो कार्यक्रम घोषणा गरेको थियो । तर कार्यक्रम कार्यान्वयनमा नआएको भन्दै सरोकारवाला निकायले विशेषगरी उपत्यकाभित्र रहेका सार्वजनिक स्थललाई नगरपालिकाले फोहर संकलन गर्ने र पार्किङ गर्ने स्थलमा रुपान्तरित गरेकामा चिन्तासमेत व्यक्त गरे । प्राथमिक स्वास्थ्य सेवा केन्द्रद्वारा आज यहाँ आयोजित सार्वजनिक खुला स्थान संरक्षणसम्बन्धी कार्यक्रमका सहभागी वक्ताहरुले विपद् व्यवस्थापनका लागि खुला स्थलको संरक्षण गर्नुपर्ने बताए । कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले विसं २०७२ को विनाशकारीपूरा पढ्नुहोस्


दूध उत्पादनमा वृद्धि

भदौ १४, रत्ननगर (चितवन) । जिल्लामा वर्षेनी दूध उत्पादन बढ्दै गएको छ । जिल्ला पशुसेवा कार्यालयकाअनुसार पछिल्लो ५ वर्षको अन्तरालमा जिल्लामा कूल १० हजार ६९६ मेट्रिक टन दूध उत्पादनमा वृद्धि भएको छ । गत आवमा मात्र चार हजार ४१४ मेट्रिक टन दूध उत्पादनमा वृद्धि भएको कार्यालय प्रमुख डा. डिल्लीराम सेढाईंले जानकारी दिए । दूध उत्पादनका हिसाबले चितवन अब्बल बन्दै गएको छ । आव २०६९/७० मा जिल्लामा ७९ हजार ५१५ मेट्रिक टन दूध उत्पादन भएको थियो । आव २०७३/७४ मा दूध उत्पादन वृद्धि भएर ९० हजार २११ मेट्रिक टन पुगेको सेढाईंले बताए । आव २०७०/७१ मा ८२ हजार ९३० मेट्रिक टन,पूरा पढ्नुहोस्


प्रदेश नं २ का मतदान केन्द्र निर्धारण

  भदौ १४, काठमाडौँ । निर्वाचन आयोगले आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि ३ हजार ५७८ मतदान केन्द्र निर्धारण गरेको छ । प्रदेश नं २ का ८ जिल्लाका १३६ स्थानीय तहमा हुने उक्त निर्वाचनका लागि २ हजार १६६ मतदान स्थलसमेत निर्धारण भएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । प्रदेश नं २ अन्तर्गत सबैभन्दा बढी २० स्थानीय तह सर्लाहीमा कायम गरिएको छ भने सप्तरी, धनुषा र रौतहटमा १८–१८ रहेका छन् । सिरहामा १७, बारा १६, महोत्तरी १५ र पर्सा जिल्लामा १८ वटा स्थानीय तहको सङ्ख्या कायम रहेको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तहको तेस्रो चरणकोपूरा पढ्नुहोस्