Main Menu

September, 2017

 

अमेरिकाले कर्मचारी फिर्ता गर्ने निर्णय हतार हुनसक्छ— क्युबा

असोज १४,  वासिङ्टन   संयुक्त राज्य अमेरिकाले क्युबाको आफ्नो दूताबासबाट कूटनीतिक सेवाका करिब ६० प्रतिशत कर्मचारी फिर्ता गर्न गरेको भनिएको निर्णय निकै हतारमा आएको क्युबाले जनाएको छ । क्युबाली विदेश मन्त्रालयका अमेरिका डेस्कका महानिर्देशक जोसेफिना विदालले भनिन्— यो निर्णय अत्यन्तै हतारमा आएको छ । यसले दुई देशबीचको कूटनीतिक सम्बन्धमा पनि असर पार्नसक्छ । अमेरिका र क्युबा शतीयुद्धकालीन समयदेखि नै सत्रुता भएका देश हुन् । क्युबा र अमेरिकाबीच करिब पाँच दशक लामो समयदेखि कूटनीतिक बैमनस्यता थियो । तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको विशेष पहलमा यी दुई देशबीच सन् २०१५ मा कूटनीतिक सम्बन्धमा पुनः सुधार भएको थियो । सोही बर्ष नै क्युबामापूरा पढ्नुहोस्


अवरुद्ध सिद्धबाबा सडकखण्ड चौध घण्टापछि सञ्चालन

असोज १४,  रामपुर (पाल्पा) । पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबामा पहिरो झरेपछि अवरुद्ध सडक १४ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । शुक्रबार राति सडकमाथिबाट पहिरो खसेपछि अवरुद्ध बनेको सडक आज दिउँसोबाट सञ्चालनमा आएको दोभान प्रहरी चौकीका प्रहरी नायब निरीक्षक शान्तबहादुर बस्नेतले जानकारी दिए । सडक अवरुद्ध हुँदा सयौँ यात्रु र सवारी साधन अलपत्र अवस्थामा रहेका थिए । सडक सञ्चालन भएपछि यात्रु आफ्नो गन्तव्यतर्फ लागिरहेका छन् । अहिले यहाँ गाडीको चाप बढ्दो छ । गएरातिदेखि अविरल वर्षाका कारण सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो । ठूलो प्रयासपछि सडक सञ्चालनमा ल्याउन सकिएको प्रहरीले जनाएको छ । रासस


कथा

सलिम

मलाई एउटा कथा लेख्नु थियो । मैले कथाको शीर्षक पनि सोचिसकेको थिएँ–सलिम । सलिम मेरो बाल्यकालेको साथी–मुसलमान । उसको बाबु एकलैनी बजार जाने गल्लीको मुखैनेर बसेर जुत्ता सिउँथ्यो । पालिस गथ्र्यो । मोची भन्थे सबै उसलाई । असलम नाम थियो क्यार उसको । हाम्रो घरअगाडि नै सडकको पूर्वपट्टि मुसलमानहरुको स–सानो बस्ती थियो । मुसलमान बस्तीमा पक्की घर एउटा पनि थिएन । सबै घर कच्ची । माटाको परखाल र फुसको छानो । सबै एउटा वा दुईटा कोठाका घर । असलम तिनै घरहरुमध्ये कुनैमा बस्थ्यो । ♦ मलाई केटाकेटीमा माछा मार्न असाध्य मन पथ्र्यो । स्कूलबाट फर्किनासाथ आफ्नो घरपछाडि लुकाइराखेको ‘कटिया’ लिन्थेंपूरा पढ्नुहोस्


जीवन–सृष्टि अजैविकबाट भएको पुष्टि गर्ने

प्रयोगशालामा आविष्कार गरिएको सृष्टि कालको जीवकोष !

जीवन–सृष्टि कसरी र केबाट भयो भन्ने सवालबारे हजारौं वर्षपहिले मानव चिन्तनको विकास भएदेखि नै बिभिन्न बिचारहरु निर्माण हुँदै आए । सुरुको मानव ज्ञान र चेतनाले जीवनको सिर्जना बनिबनाउ रुपले भएको भन्नेसम्म सोच्न भ्याए । (अहिले प्राकृतिक विज्ञानले जीवन सुरुमा सोचिएजस्तो बनिबनाउ रुपमा होइन, बरु सुरुमा सूक्ष्म एक कोषीय जीवको रुपमा सृष्टि भई उद्विकासको प्रकृयाबाट लाखौं, करोडौं र अरबौं वर्षको अन्तरालमा सुस्तसुस्त एक कोषीयबाट बहुकोषीय हुँदै सरल जीवहरुबाट क्रमशः जटिल जीवहरु विकसित भई पछिल्लो समयसम्ममा उच्च विकसित मानव जातिको विकास भएको हो भन्ने कुराको पुष्टि गरिसकेको छ ।) बनिबनाउ रुपमा जीवन–सृष्टि हुनका लागि त कुनै ठूलै र अस्वभाविक शक्तिको आवश्यक तपूरा पढ्नुहोस्


सहमतिपछि चिकित्सकको हडताल स्थगित

असोज १४, काठमाडौँ प्रधानमन्त्री शेरबहादुर देउवाको रोहवरमा शुक्रबार नेपाल चिकित्सक सङ्घ र सरकारी पक्षबीच भएको वार्तामा चारबुँदे सहमतिसँगै चिकित्सकले अस्पतालमा जारी राखेको हडताल अन्त्य गरेका छन् । उपचारमा चिकित्सकको लापरबाही भई बिरामीको मृत्यु भएमा चिकिसकबाट क्षतिपूर्ति भराउने सम्बन्धी कानून ल्याउन लागेको भन्दै सङ्घको आह्वानमा यही असोज २ गतेको मन्त्रिपरिषद्को बैठकमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाका सम्बन्धमा बनेको ऐन २०६६ मा परिमार्जनबारे छलफल हुँदा आफूहरुको पेशागत सुरक्षामा खतरा आउने भन्दै देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सेवा बन्द हडताल गरिएको थियो । अब सहमतिमै ऐन र नियमावली संशोधन हुनेछ । सहमतिमा चिकित्सक तथा स्वास्थ्यकर्मीको जिम्मेवारी, कार्यदक्षता र सो अनुरुपको पारिश्रमिक तथा सुविधालाई समयानुकूलपूरा पढ्नुहोस्


महोत्तरीका नगरप्रमुखहरुको एकसय दिनको अठोट

असोज १३,  महोत्तरी । महोत्तरीमा सम्पन्न भएको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका प्रमुखहरुले एकसय दिनको अवधिमा स्थानीय तहमा आफूले चुनावी घोषणापत्रमा उल्लेख भएकामध्येका सामाजिक परिवर्तन गरेर देखाउने अठोट लिएका छन् । बीस वर्षपछि स्थानीयस्तरको विकास गर्नका लागि जनताद्वारा चुनिएका महोत्तरीका नवनिर्वाचित गाउँपालिका तथा नगरपालिकाका प्रमुखहरुले अबको एकसय दिनको अवधिमा जनतालाई उपहार दिन तत्परता देखाएका छन् । जिल्लाको सदरमुकाम एवं सबैभन्दा पुरानो नगरपालिकाको रुपमा परिचित रहेको जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्रले अब नगरभित्रका हरेक गल्लीमा एम्बुलेन्स, शववाहन, प्रहरीको गाडी, वारुणयन्त्रजस्ता सवारीसाधन सुलभरुपमा ओहोरदोहोर गर्नका लागि तत्कालै बाटो मर्मत गर्न लगाएको जानकारी दिए । शहीद परिवारका लागि अक्षय कोष स्थापना गरी स्थानीयस्तरको हरेकपूरा पढ्नुहोस्


मुम्बईको एक रेल स्टेशनमा भागदौड हुदा १५ जनाको ज्यान गयो, अरु दर्जनौँ घाइते

असोज १३,  मुम्बई, भाारत ।  भारतको आर्थिक राजनीति मानिएको सहर मुम्बईमा शुक्रबार बिहान अकस्मात भागदौड मच्चिएपछि त्यसमा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको समाचार छ । उक्त भागदौडमा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् । भीडमा च्यापिएर र भाग्ने क्रममा भूइँमा लड्दा अर्कोले किचेर उनीहरुको ज्यान गएको र अरु केही नराम्ररी घाइते भएका बताइएको छ । ती घाइतेको स्थानीय अस्पतालहरुमा उपचार जारी रहेको छ । भारतीय आर्थिक राजनीति मानिने मुम्बई सहर नजिकैको एक स्थानीय रेल स्टेशनमा रहेका व्यक्तिहरुमा एक्ककासी भागदौड सुरु भएको थियो । मुम्बईको मूल बजार नजिकैको लोवर प्यारेल र एल्फिन स्टोन स्टेशनमा सो भागदौड मच्चिएको होपूरा पढ्नुहोस्


सोभियत क्रान्ति–१९१७ को शतवार्षिकी

अक्टोबर सुरु नहुँदै लेनिनले के गरे ?

सन् १९१७ फेब्रुअरीमा पुँजीवादी लोकतान्त्रिक क्रान्तिपछिको लगतैबाट लेनिनले रुसी मजदुरहरुलाई बोल्सेभिक पार्टीको नेतृत्वमा समाजवादी क्रान्तिका लागि भौतिक र मानसिक दुबै रुपमा तयारी गर्न थाले । यही सिलसिलामा उनले सेप्टेम्बर २५ देखि अक्टोबर १ सम्ममा सत्ता कब्जा गर्न बोल्सेभिक पार्टीका नेताहरुलाई तयारीका लागि आह्वान गरे । सेप्टेम्बर २५ सम्ममा मस्को र पेट्रोग्राद सोभियतहरुमा (सोभियत – मजदुरहरुको कार्यकारी परिषद्) बोल्सेभिकहरुको बहुमत भइसकेको थियो । लेनिनले पार्टीभित्र सम्पूर्ण रुपमा योजनाबद्ध बिद्रोहका लागि प्रशिक्षण दिन अभियानै संचालन गरे । त्यसैबेला अन्तरिम सरकारका प्रमुख केरेन्सिकी र उनका समर्थकहरुले नयाँ युद्धपक्षधर संयुक्त सरकार गठनको प्रयास गरे । सेप्टेम्बर (२६–२९) मा लेनिनले भने – सत्ता कब्जा गर्नेपूरा पढ्नुहोस्


सकियो तेस्रो चरणको मतगणना, कसले कहाँ जित्यो ? (सूचीसहित)

असोज १२, काठमाडौँ तेस्रो चरणको स्थानीय तहको निर्वाचनको सबै मत परिणाम सार्वजनिक भएको छ । प्रदेश नं २ का ८ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा असोज २ गते निर्वाचन भएको थियो । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार स्थानीय तहको प्रमुख, अध्यक्ष पदमा नेपाली काँग्रेस ४०, नेकपा (एमाले) १८, नेकपा (माओवादी केन्द्र) २१, (राजपा) राष्ट्रिय जनता पार्टी २५, संघीय समाजवादी फोरम नेपाल २६, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार १ स्थानमा विजयी भएका छन् । स्थानीय तहको निर्वाचनको परिणाम आएसँगै नेपालको संविधानको कार्यान्वयनको एक चरण पूरा भएको छ । कसले कहाँपूरा पढ्नुहोस्


नैकाप गोल्डकप ढुंगेअड्डा युनेशकोको हातमा

असोज १२, काठमाडौँ नैकाप गोल्डकप २०७४ को बुधबार भएको फाइनल खेलमा च न पा १५ ढुंगेअड्डा युनेश्कोले उपाधि माथि कब्जा जमाउन सफल भएको छ । फाइनल खेलमा ढुंगेअड्डा युनेश्कोले कलंकी युनाइटेड युथ क्लब माथि २-१ को जित निकाल्दै उपाधि हात परेको हो । खेलमा ढुंगेअड्डा युनेश्कोका तर्फ़बाट सबिन विडारीले पहिलो हाफमै गोल गर्दै टोलीलाई अग्रता दिलाए । दोश्रो हाफमा लय समातेको कलंकी युनाइटेडका लागि सुमन लामाले राज पौडेलको सुन्दर क्रसलाइ गोल पोस्टको दिशा दिँदै बराबरी गोल गरे । १-१ गोलको बराबरी पछि खेल रोचक बन्दै जादा ढुंगेअड्डा युनेश्कोका सुजित बुढाठोकिले निर्णायक गोल गर्दै ढुंगेअड्डा युनेश्कोलाई जिततर्फ डोहोर्याए । हारका बाबजुदपूरा पढ्नुहोस्