Main Menu

October, 2017

 

नगरकोट ब्राण्ड आलुको घोषणा

कात्तिक १४, भक्तपुर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत भक्तपुरमा आलु जोनका रुपमा रहेका क्षेत्रबाट उत्पादित आलुको छुट्टै ब्राण्ड बनाई बजार व्यवस्थापन गर्न यहाँका किसान जुटेका छन् । किसान कै सक्रियतामा आलु जोन समिति गठन गरी १ हजार ४७० कृषकको १४२ हेक्टर कृषियोग्य जमिनमा सामूहिक खेती शुरु भएपछि कृषक आफैँ आलुको ब्राण्ड निर्माण गरी बजारको व्यवस्थापनमा जुटेका हुन् । परियोजनाअन्तर्गत सुडाल र ताथलीलाई गत वर्ष आलु जोन घोषणा गरेसँगै कृषक यसतर्फ आकर्षित भएका छन् । १० वर्षे परियोजनाअन्तर्गत नगरकोट नगरपालिकाको सुडाल, ताथली, बागेश्वरीलगायत स्थानमा ५०० हेक्टर क्षेत्रफलमा व्यावसायिक आलुखेती गर्ने लक्ष्य राख्दै आलुखेतीलाई आधुनिकीकरण गरी ब्राण्ड बनाएर बजार व्यवस्थापन गरिने भएको होपूरा पढ्नुहोस्


‘जनयुद्ध’का सहयोद्धा चुनाबमा प्रतिद्वन्द्वी

कात्तिक १४, गोरखा तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे ‘जनयुद्ध’ मा सहयोद्धा बनेका कमला नहर्की र हरिशरण आचार्य गोरखा– २ प्रदेशसभा क्षेत्र (क) मा फरक/फरक पार्टीबाट एक अर्काविरुद्ध चुनावी प्रतिस्पर्धामा उत्रिएपछि यहाँको चुनावी माहोल रोचक बनेको छ ।  माओवादी जनयुद्धकी एकमात्र महिला बिग्रेड कमाण्डर नहर्की र अनेरास्ववियु क्रान्तिकारीका नेता आचार्यबीचको चुनावी प्रतिस्पर्धा मंसिर १० गते हुने भएको छ । अहिले दुवै उम्मेदवार गोरखा २ (क) क्षेत्रमा चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानमा व्यस्त छन् । उनिहरूले आफूले जित्ने दाबी गर्दै आएका छन् ।  नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को वामगठबन्धनबाट नहर्की उम्मेदवार बनेकि हुन् । गोरखाको– २ प्रतिनिधिसभा र ४पूरा पढ्नुहोस्


ढुंगेलको पक्राउ शान्ति सम्झौताविरुद्ध – माओवादी केन्द्र

कात्तिक १४, काठमाडौँ नेकपा(माओवादी केन्द्र)ले पूर्वसांसद बालकृष्ण ढुंगेलको पक्राउ शान्ति सम्झौताविरुद्ध रहेको जनाउँदै तत्काल उनको रिहाइको माग गरेको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले पत्रकारसँग कुराकानी गर्दै भनिन्, “द्वन्द्वकालीन मुद्दा सत्य तथा मेलमिलाप आयोगबाटै समाधान गरिने शान्ति सम्झौताको मर्मविपरीत बालकृष्ण ढुंगेललाई पक्रिनु निन्दनीय छ । उहाँको तत्काल रिहा गरिनुपर्छ ।” ढुंगेलविरुद्ध लगाइएको मुद्दा सत्य तथा मेलमिलाप आयोगले नै हेर्नुपर्ने उनको भनाइ छ । निर्वाचनका समयमा आएर ढुंगेललाई पक्रनु निर्वाचन नगर्ने षड्यन्त्र हुनसक्ने आशंका गर्दै नेत्री भुसालले शान्तिपूर्ण निर्वाचन कुनै पनि बहानामा बिथोलिन नहुने बताइन् । नेपाल प्रहरीको सिआइबीले ढुंगेललाई ललितपुर, सातदोबाटोस्थित उनको डेराबाट आज पक्राउ गरेको थियो । ढुंगेल पहिलोपूरा पढ्नुहोस्


दिनभर खेतमा काम गरेको पारिश्रमिक सय रुपैयाँ

कात्तिक १४, पर्सा सरकारले दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको न्यूनतम पारिश्रमिक तोकिदिए पनि अर्थतन्त्रको मूल आधार मानिएको कृषि कर्ममा खटिने महिला कामदारको चरम श्रम शोषण भइरहेको छ । मुलुककै मुख्य औद्योगिक र व्यापारिक नगर मानिएको वीरगञ्ज र आसपासका क्षेत्रमै यस्तो अवस्था देखिएको हो । अहिले पर्साको ग्रामीण क्षेत्रमा धान काट्न खटिएका महिला ५ किलो धान वा रु. १०० मा दिनभरि काम गर्न बाध्य छन् । सरकारले न्यूनतम ज्यालादर रु. ३९५ निर्धारण गरिदिएको छ । तोकिएको ज्यालादर कार्यान्वयन र अनुगमनको जिम्मेवारी पाएको श्रम कार्यालय यो बेथितिप्रति बेखबर छ । यस क्षेत्रमा उत्पन्न श्रम समस्या समाधानका लागि सरकारले वीरगञ्जमै क्षेत्रीय श्रम कार्यालयपूरा पढ्नुहोस्


पूर्वसांसद ढुंगेल पक्राउ, वाईसीएलको आपत्ति

कात्तिक १४, काठमाडौँ पूर्वसांसद एवं नेकपा (माओवादी केन्द्र)का नेता बालकृष्ण ढुंगेललाई प्रहरीले आज पक्राउ गरेको छ । ढुंगेललाई ललितपुरको सातदोबाटोबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता मनोज न्यौपानेले जानकारी दिए । द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्च अदालतले ढुंगेललाई दोषी ठहर गरेको थियो । फैसलापछि ढुंगेल लामो समय फरार थिए । अदालतको फैसला कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको प्रवक्ता न्यौपानेले बताए । यसैबीच, ढुंगेललाई सरकारले पक्राउ गरेकोमा पार्टीनिकट योङ कम्युनिष्ट लिग (वाईसीएल)ले आपत्ति जनाएको छ ।  आज प्रेस विज्ञप्ति जारी गरी ढुंगेललाई पक्राउ गर्नु ‘द्वन्दकालका गम्भिर घटनामा सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत हेरिने’ भन्ने समझौताको उल्लंघन भएको बताउँदै वाईसीएलले यो निर्वाचनपूरा पढ्नुहोस्


विज्ञान पार्क अध्ययन टोली कोलकातामा

कात्तिक १४, दमक विज्ञान सामग्री र त्यसको उपयोगितासम्बन्धी अध्ययन गर्न झापाको दमक नगरपालिकाको एक टोली भारतको कोलकाता पुगेको छ । दमक–१० स्थित सिंहदेवी माध्यमिक विद्यालयको जग्गामा निर्माणाधीन विज्ञान पार्कलाई पूर्णता दिन एक टोली अध्ययनका लागि भारतको कोलकाता पुगेको हो । अध्ययन टोलीमा दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओली, कार्यकारी अधिकृत युवराज दाहाल, दमक–१० का वडाध्यक्ष बोधराज न्यौपानेसहित विज्ञान शिक्षक तथा प्राविधिकहरु रहेका छन् । नगरपालिकाको सहयोगमा २ वर्षअघिदेखि निर्माण शुरु गरिएको सो विज्ञान पार्कमा शुरुवात् ताका घेरावाराका केही काम सम्पन्न भइसकेका छन् । दमक नगरपालिकाका उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले भारतमा पुगेको टोलीले त्यहाँ रहेका विज्ञानपार्कहरुको स्थलगत अवलोकन तथा अध्ययनपूरा पढ्नुहोस्


एउटै मोटरसाइकलको २ वटा सवारीधनी प्रमाणपत्र, नेपाली र भारतीय

कात्तिक १४, रौतहट प्रहरीले एउटै मोटरसाइकलको नेपाली र भारतीय दुई सवारीधनी प्रमाणपत्र बरामद गरेको छ । बि आर ३० एफ ओ ७०८ नं लेखिएको प्लाटिना मोटरसाइकलका २ सवारीधनी प्रमाणपत्र इलाका प्रहरी कार्यालय कटहरियाले बरामद गरेको हो । उक्त मोटरसाइकल स्थानीय मोटरसाइकल मिस्त्री मेराजुल मियाँसँग रु. ४० हजारमा १ महिनाअघि खरिद गरेको भन्दै भारत पूर्वी चम्पारण ढाका घर भएका महमद हसमुदिन अन्सारीका नामको सवारीधनी प्रमाणपत्र देवाही गोनाही नगरपालिका–५ टिकुलिया टोलका चेतन यादवले प्रहरीसमक्ष बुझाएका छन् । अर्कातर्फ गुजरा नगरपालिका हरिहरपुुर टोलका रामचन्द्र साहले इञ्जिन नं. र चेचीस नंका आधारमा उक्त मोटरसाइकल नेपाली नं. ना ३८ प ५०८६ रहेको र यादवले भारतीयपूरा पढ्नुहोस्


चिसो मौसममा निर्वाचनको तापक्रम बढ्दै

कात्तिक १४, काठमाडौँ केही दिनयता देशका विभिन्न भागमा पानी परेर चिसो बढे पनि मुलुकको चुनावी तामक्रम भने ह्वात्तै बढेकोे छ । मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको टिकट वितरण र चुनावी प्रचारप्रसारले राजनीतिक सरगर्मी निकै तातेको हो । पहिलो चरणको निर्वाचनका लागि कात्तिक ८ गते निर्वाचन चिह्न पाएसँगै दलका नेता तथा उम्मेदवार गाउँ पसेपछि काठमाडौँ केन्द्रित चुनावी चर्चा गाउँगाउँसम्म पुगेको छ । पछिल्ला ३ दिनमा परेको असिना र पानीले वातावरणलाई निकै चिसो बनाएको छ भने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनको प्रचारप्रसारले पनि केही दिनयता तीव्रता पाएको छ । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाकोपूरा पढ्नुहोस्


परीक्षा प्रणालीबारे अन्तरराष्ट्रिय सम्मेलन

कात्तिक १४, भक्तपुर काउन्सिल अफ बोर्डस अफ स्कूल एक्जामिनेशन अफ इण्डिया(कोब्से)को ४६ औँ सम्मेलन नेपालमा बिहीबार हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सानोठिमीस्थित बोर्डको कार्यालयमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा काभ्रेपलाञ्चोकको धुलिखेलमा हुने ७ देशको सहभागिता रहने सम्मेलन नेपालको परीक्षा प्रणालीको वैज्ञानिक रुपमा सुधार गर्नका लागि अवसरका रुपमा आएको बोर्डका अध्यक्ष प्रा डा. चन्द्रमणि पौडेलले बताए । ‘इनोभेशन इन इभ्यालुएशन’ भन्ने मूल नाराका साथ यही कात्तिक १५ देखि १८ गतेसम्म हुने सम्मेलनमा ८ देशमा रहेका परीक्षा बोर्डका पदाधिकारीको सहभागिता रहनेछ । सम्मेलनमा नेपाल, भुटान, मौरिसस, पाकिस्तान, सिंगापुर, बेलायत र भारतका गरी ६० बोर्डका पदाधिकारी र परीक्षा विज्ञको भेला हुनेपूरा पढ्नुहोस्


ललितपुरमा विद्युत् चोरी अझै १७.१३ प्रतिशत

कात्तिक १४, ललितपुर ललितपुर जिल्लामा विद्युत् चोरी नियन्त्रण हुन सकेको छैन । कार्यालयले अनुगमन र कारबाही गरिरहे पनि चुहावट नियन्त्रण नभएको लगनखेल केन्द्रका प्रमुख वीरेन्द्रकुमार सिंहले बताए । संगठितरुपमा चोरी भएकाले नियन्त्रण गर्न गार्हो भएको उनको भनाइ छ । च्यासल, लुखुसी, सुबहाल, सुन्धारालगायतका स्थानमा विद्युत् चोरी भइरहेको छ । नगरको भित्री भाग र चक्रपथ बाहिर विद्युत् चोरी भइरहेको छ । चक्रपथ बाहिर हरिसिद्धि, ठैंब, सानागाउँ, सुनाकोठीलगायतका स्थानमा विद्युत् चुहावट बढी हुने गरेको सिंहले बताए । उनि भन्छन्, “स्थानीयको मानसिकता परिवर्तन नगरी चुहावट नियन्त्रण हुँदैन ।” कार्यालयले नियमित अनुगमन गरिरहेको छ । स्थानीय टोल सुधार समिति र प्रशासनसँग मिलेर विद्युत् चुहावट भए/नभएकोपूरा पढ्नुहोस्