Main Menu

Tuesday, October 3rd, 2017

 

प्रदेश सभा र संसदको चुनावमा ६० र ४० को भागबण्डा

एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी, नेपालबीच पार्टी एकता गर्ने घोषणा

असोज १७, काठमाडौं  नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टी, नेपालबीच हाललाई चुनावी तालमेल गर्दै अन्ततः पार्टी एकता नै गर्ने भएको छ । आज राजधानीमा एक पत्रकार सम्मेलन गर्दै तीनै पार्टीका शिर्ष नेताहरुले ७ बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै सो एकताको घोषणा गरेका हुन् । पार्टी एकताका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपि शर्मा ओली शिर्ष नेताको रुपमा रहने गरी एमालेबाट ४ जना, माओवादी केन्द्रबाट ३ जना र नयाँ शक्ति पार्टी, नेपालबाट एकजना रहने गरी संयोजन समिति बनाइएको घोषणा गरिएको छ । नेकपा एमाले अध्यक्ष केपि शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नयाँपूरा पढ्नुहोस्


मतपत्र छपाइलाई त्रुटिरहित बनाउनुस् : डा यादव

असोज १७,  काठमाडौँ असोज  निर्वाचन आयोगले आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा खटिने जनशक्तिलाई अभिमुखीकरण, तालीम र प्रशिक्षण शुरु गरेको छ । सो क्रममा मतपत्र छपाइ अनुगमनकर्ताका लागि सञ्चालित अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनमा मतपत्र छपाइ र व्यवस्थापन सबै ठूलो जिम्मेवारी भएकाले कुनै त्रुटि हुन नदिन जिम्मेवार भई होशियारीपूर्वक काम गर्न निर्देशन दिए । उनले भने, “हामी सार्वभौमसत्तासम्पन्न संसद्को निर्वाचनको क्रममा छौँ, निर्वाचनमा सबैभन्दा संवेदनशील सामग्री भनेको मतपत्र नै हो, छपाइ गर्ने, क्रम संख्या मिलाउने, गुणस्तर कायम गर्ने र बण्डल बनाउने काम चुस्त र व्यवस्थित रुपमा हुनुपर्छ ।”पूरा पढ्नुहोस्


असहमति जनाउँदै आन्दोलन

असोज १७,  काठमाडौँ स्वास्थ्य मन्त्रालय र नेपाल चिकित्सक संघबीच भएको सहमतिप्रति असहमति जनाउँदै चिकित्सासित आबद्ध विभिन्न संघसस्थाले विरोध जनाउँदै हातमा कालोपट्टी र टाउकामा हेलमेट लगाई सेवा दिएका छन् । ‘जेल विदआउट विल’मा सरकार र संघका बीचमा भएको सहमति स्पष्ट नभएको भन्दै डाक्टर्स सोसाइटी अफ नेपाल, सरकारी चिकित्सक संघ, राष्ट्रिय चिकित्सक संघ, नेपाल डेण्टल एशोशिएसनलगायत ११ संस्थाले विरोध जनाएका हुन् । ती संस्थाले सरकार र संघबीच भएका सहमति कार्यान्वयन गर्ने क्रममा हरेक समितिका सरकारी र गैरसरकारी चिकित्सकबाट (४० वर्षमुनिका) एक एक युवा चिकित्सक समावेश गराइनुपर्ने, विना धरौटी जेलसम्म लिनसक्ने बुँदालाई संशोधन गरी ‘जेल विदआउट बिल’ नै राख्न र यस्तो विधेयक आगामीपूरा पढ्नुहोस्


इस्लामिक स्टेटले जिम्मेवारी लियो

लस भेगसमा मारिने ५९ पुगे, ५ सय २७ घाइते

असोज १७,  लस भेगस, अमेरिका अमेरिकी सहर लस भेगसमा आइतबार राति भएको भिषण आक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या ५९ पुगेको छ । अरु ५ सय २७ जना घाइते छन् । घाइतेहरु अस्पताल भर्ना भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकोले मृत्यु हुने व्यक्तिको संख्या अझै बढ्नसक्ने चिकित्सकहरुले बताएका छन् । उपचाररत चिकित्सकहरुका अनुसार सो आक्रमण एकै व्यक्तिले गर्न असम्भव रहेको, निकै आधुुनिक हतियारले सो हमला गरिएको र घाइतेहरुमा शरीरभरि गोलीका दाग र घाउहरु रहेका छन् । किन भयो आक्रमण ? अमेरिकी प्रहरीले बन्दुकधारीले लस भेगसमा गरेको आक्रमणको उद्देश्य पत्ता लगाउने प्रयास जारी राखेको छ । उसले भनेको छ– केपूरा पढ्नुहोस्


माओवादी केन्द्र र एमालेबीच एकताको घोषणा हुँदै

असोज १७, काठमाडौं नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच कमसेकम चुनावी सँयुक्त मोर्चा हुने भएको छ । आज साँझ ५ बजे एक सँयुक्त कार्यक्रम गरी सो घोषणा हुने पेरिशडाँडा स्रोतले बताएको छ । विशेष सूत्रका अनुसार दुबै पार्टीका नेताहरुले पार्टी नै एकता गर्ने पहल अन्तिम रुपमा गरिरहेका छन् । घोषणा सभाअघि पार्टी एकताको अन्तिम प्रयासस्वरुप दुवै पार्टीका शीर्ष नेताहरु ललितपुरको एक घरमा गोप्य छलफलमा जुटेका छन् । छलफलमा दुवै पक्षका बार्ता समितिका सदस्यहरु सहभागि भएका छन् । जसमा माओवादीका तर्फबाट अध्यक्ष प्रचण्डसहित नेता नरायाकाजी श्रेष्ठ, रामबहादुर थापा, बादल छन भने एमालेका तर्फबाट अध्यक्ष केपी ओली, नेता माधव नेपाल, झलनाथ खनालपूरा पढ्नुहोस्


समाचार विश्लेषण

जुरायो केले माओवादी–एमाले एकताका कुरा ?

असोज १७, काठमाडौं  गत आइतवार मात्रै एमाले स्थायी कमिटीको बैठकले आगामी चुनावमा तालमेल मिलाउनेदेखि लिएर माओवादी केन्द्र पार्टीसँग पार्टी एकता नै गर्न पहल गर्ने नीतिगत निर्णय लिएको भोलिपल्ट नै हिजो सोमवार माओवादी केन्द्रको सचिवालय बैठकले पनि त्यही भाषाको निर्णय गरेपछि अहिले नेपाली राजनीतिक आकाशमा अनौठो तरङ्ग फैलिएको छ । एक दिनअघि र पछि दुई पार्टीका शिर्ष नेतृत्व पङ्तिले एउटै भाषामा निर्णय लिनुले उनीहरु केही समय पहिलेदेखि त्यस निर्णयका लागि गृहकार्यमा थिए भन्ने लख काट्न सकिन्छ । एकताको हल्ला चल्न नपाउँदै माओवादी नेता वर्षमान पुनले त रोल्पामा गएर आफ्नो पार्टीको एमालेसँग पार्टी एकता हुन सक्ने धारणा व्यक्त नै गरिभ्याएका थिए ।पूरा पढ्नुहोस्