Main Menu

Tuesday, October 24th, 2017

 

असन क्षेत्रलाई पनि सवारीमुक्त क्षेत्र बनाइने

कात्तिक ७, काठमाडौँ काठमाडौँको अत्यधिक व्यस्त स्थानका रुपमा रहेका असन क्षेत्रलाई पनि सवारी साधन निषेध क्षेत्र बनाइने भएको छ । महानगरीय ट्राफिक महाशाखा र त्यस क्षेत्रमा रहेका वडाका प्रतिनिधि तथा व्यवसायीको सहभागितामा असन क्षेत्रलाई पनि सवारीसाधन निषेधित क्षेत्र बनाउन लागिएको हो । त्यसका लागि महाशाखाले महानगरपालिकाका प्रतिनिधि तथा व्यवसायीसँग छलफलसमेत शुरु गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौँ महानगरपालिका र ठमेल क्षेत्रमा रहेका विभिन्न व्यवसायी संघ संस्थाको सक्रियतामा यही कात्तिक ५ गतेदेखि ठमेल क्षेत्रलाई सवारी साधनमुक्त क्षेत्र बनाउने अभियान शुरु गरिएको थियो । महाशाखाका प्रमुख सर्वेन्द्र खनालले ठमेल क्षेत्रमा चलाइएको अभियान केही हदसम्म सफल भएपछि असन क्षेत्रलाई पनि ठमेलपूरा पढ्नुहोस्


नेमकिपालाई चुनावी तालमेलमा आउन एमालेको आह्वान

कात्तिक ७, भक्तपुर नेकपा(एमाले)ले वाम गठबन्धनमा नआए पनि आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल गर्न नेपाल मजदुर किसान पार्टीलाई आह्वान गरेको छ । प्रेस चौतारी नेपाल भक्तपुरले यहाँ आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमालेले नेमकिपालाई भक्तपुर जिल्लामा मात्रै भए पनि तालमेल गरेर निर्वाचनमा जान आह्वान गरेको हो । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सोम मिश्र, युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेत र एमाले जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले यस्तो आह्वान गरेका हुन् । एमाले केन्द्रीय सदस्य मिश्रले देशलाई समृद्धितर्फ लैजान वाम गठबन्धन गरिएको बताउँदै नेमकिपा वाम पार्टी भएकाले गठबन्धनमै आउन आग्रह गरे । एमालेका युवा नेता बस्नेतले एमालेसँग चुनावी तालमेल गर्नपूरा पढ्नुहोस्


वर्षात् शुरु हुनुअघि दोस्रो चरणको रकम उपलब्ध गराइने

कात्तिक ७, काठमाडौँ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आगामी ३ महिनामा पुनःनिर्माणमा महत्वपूर्ण उपलब्धि हासिल गरिने बताएका छन् । प्राधिकरणमा पद बहालीपछि आज पत्रकारसँग कुरा गर्दै उनले आगामी माघ २ गते अर्थात् भूकम्प सुरक्षा दिवसका दिनसम्म हामी पीडितका आँशु पुछ्ने गरी महत्वपूर्ण काम गरेर देखाउने छौँ भने । पुनःनिर्माणमा आफूले सम्पूर्ण ध्यान केन्द्रित गर्ने स्पष्ट पार्दै भुसालले वर्षात् शुरु हुनुभन्दा अघि दोस्रो चरणको रकम उपलब्ध गराएर छाडिने प्रतिबद्धता व्यक्त गरे । पुनःनिर्माण सामूहिक कार्य भएकाले सरोकार निकाय एवं अन्तरर्राष्ट्रिय दातृ निकायसँग सहकार्य गरेर अगाडि बढ्ने विश्वास दिलाउँदै उनले भने, “प्राधिकरण सोल एक्जुकेटिभ भूमिकामा छैन, संयोजनकारी भूमिकामापूरा पढ्नुहोस्


स्थानान्तरित रकम फिर्ता प्रयास जारी

कात्तिक ७, काठमाडौँ बैंकको कारोबार प्रणालीमा ह्याक गरी एनआइसी एसियाबाट विदेशी बैंकमा पठाइएको रकम फिर्ता हुने क्रममा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार तिहारमा एनआइसी एसिया बैंकबाट स्थानान्तरण भएको रु. ४० करोडभन्दा बढी रकम फिर्ता हुने क्रममा रहेको हो । ह्याकरले विदेशका विभिन्न ६ मुलुकका ८ बैंकमा रकम सारेक थिए । बैंकले प्रयोग गर्दै आएको स्वीफ्ट प्रणालीमा ह्याक गरी रकम स्थानान्तरण गरिएको थियो । नेपाल राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले भने, “केन्द्रीय बैंकमार्फत तत् देशका बैंकलाई नेपालबाट स्थानान्तरण भएको रकम फिर्ता गर्न पहल गरिएको छ ।” एनआइसी एसिया बैंकले पनि रकम फिर्ता गर्न पहल गरिरहेको छ । यसले बैंकपूरा पढ्नुहोस्


कञ्चनपुरमा ४२ वटा पुल बन्दै

कात्तिक ७, भीमदत्तनगर पछिल्लो समय कञ्चनपुरमा भौतिक पूर्वाधार पुल, सडकलगायतका निर्माणले विगतका वर्षभन्दा तेब्बरले गति लिएको छ । गत आर्थिक वर्षमा कञ्चनपुरमा सबैभन्दा बढी पक्की सडक र पुल निर्माणका लागि ठेक्का प्रक्रिया भई काम शुरु भएका छन् । डिभिजन सडक कार्यालय कञ्चनपुरका अनुसार गत आवमा मात्रै कञ्चनपुरमा ४२ वटा पुल निर्माणको ठेक्का भएको छ । “अघिल्ला वर्षमा यहाँ बढीमा ६ वटा पुल वर्षमा बनेको रेकर्ड छ ।” डिभिजन सडक कार्यालय कञ्चनपुरका इञ्जिनियर खगेन्द्रबहादुर शाहीले भने– “कञ्चनपुरले विभागीय मन्त्री पाएकाले पनि गत वर्ष यहाँ धेरै नदी, खोला नालामा पुलका लागि पैसा परेको हो ।” उनका अनुसार कैलालीमा पनि २१ वटा पुलपूरा पढ्नुहोस्


३५ प्रतिशत जनताबीच ऊर्जा पुर्याइनेछ : उपप्रधानमन्त्री थापा

कात्तिक ७, हेटाैँडा उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापाले मुलुकका ३५ प्रतिशत जनताको पहुँचमा ऊर्जा (विद्युत्) पुर्याउने बताएका छन् । उर्जा पुग्न नसकेका जनताबीच ऊर्जा उपलब्ध गराउन ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको संयुक्त प्रयासबाट युद्धस्तरमा कामको थालनी गर्न सम्बन्धित पदाधिकारीले चिन्तन गर्नुपर्ने उनले बताए । उपप्रधानमन्त्री थापाले नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय हेटाैँडाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्देै ऊर्जामन्त्री थापाले मुलुकमा अहिले ऊर्जा शक्ति थप उत्पादन गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई ऊर्जा मन्त्रालयले आह्वान गरिसकेको बताए । उनले मुलुकमा लोडसेडिङ सधैँका लागि घटाउन अहिले निर्माणधीन कुलेखानी तेस्रो आयोजनालाई यथाशीघ्र निर्माण सम्पन्न गर्न उच्च प्राथमिकताका साथ लाग्नुपर्ने धाराणा राखे । कुलेखानी तेस्रोपूरा पढ्नुहोस्


स्थानीय प्रजातन्त्र बलियो हुँदै जान थालेको छ – प्रम

कात्तिक ७, काठमाडौँ प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन निर्धारित मितिमा हुने र यसले संघीय लोकतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजसँगको शिष्टाचार भेटमा उनले भने, “स्थानीय निकायको निर्वाचनमा जनताको उत्साहजनक सहभागिता रह्यो । निर्वाचित स्थानीय जनप्रतिनिधिले आफ्नो सेवा, सुविधा जनताको घर आँगनमै प्रदान गर्न शुरु गरिसकेका छन् । यसबाट स्थानीय प्रजातन्त्र सुदृढ र बलिलो हुँदै जान थालेको छ ।” प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा पनि जनताको उत्साहजनक सहभागिता हुने विश्वास उनले व्यक्त गरेको उनका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराईले जानकारी दिए । प्रधानमन्त्री देउवाले नेपाल सरकारले संविधानको कार्यान्वयन गर्नपूरा पढ्नुहोस्


क्याटालोनियाले केन्द्रको आदेश नमान्ने

कात्तिक ७, म्याड्रिड स्पेनको केन्द्रीय संसदले क्याटालोनियाको क्षेत्रीय सरकारलाई दिएका केही अधिकारहरु फिर्ता लिनसक्ने जनाएको छ । सो विषयमा केन्द्र सरकारले प्रस्ताव पनि गरेको बताइएको छ । उक्त प्रस्तावलाई स्पेनको संसदको शुक्रबार बस्ने बैठकले अनुमोदन गर्नसक्ने अनुमान पनि गरिएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । क्याटालानलाई दिएका के कति अधिकारहरु फिर्ता लिने भन्ने बारेमा स्पेनको संसदमा छलफल हुनेछ । स्पेनका प्रधानमन्त्री मारिआनो राखोइले क्याटालनको क्षेत्रीय सरकारलाई बर्खास्त गर्ने तयारी स्पेन सरकारले गरेको जानकारी यसअघि नै दिएका थिए । साथै त्यहाँको संसदलाई यसअघि केन्द्रीय सरकारबाट प्राप्त स्वतन्त्रतासम्बन्धी केही अधिकारहरु कटौती गर्ने योजना पनि स्पेन सरकारको रहेको उनले बताएका थिए । उतापूरा पढ्नुहोस्


भोजपुरमा महिलाको उम्मेदवारी शून्य

कात्तिक ७, भोजपुर आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भोजपुरमा महिलाको उम्मेदवारी शून्य भएको छ । भोजपुरमा १२ वटा दलले मनोनयन दर्ता गर्दासमेत महिलाको उम्मेदवारी कुनै दलबाट नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको हो । ३३ प्रतिशत महिला सहभागिताको कुरा उठे पनि मुख्य दलबाट नै महिला उम्मेदवार नपरेको बताइएको छ । नेपाली काँग्रेस र संघीय समाजवादी फोरम नेपालको गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि उमेशजंग रायमाझी, भोजपुर क्षेत्र नं १ बाट संघीय समाजवादी फोरमका तर्फबाट अजम्वर राई काङ्माङ र भोजपुर क्षेत्र नं २ बाट काँग्रेसका तर्फबाट गोविन्दबहादुर कार्कीको उम्मेदवारी परेको थियो । त्यस्तै, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को बामपूरा पढ्नुहोस्


‘साक्षर’ जिल्लाका बालबालिका नै शिक्षाबाट वञ्चित

कात्तिक ७, नवलपरासी तीन वर्ष पहिले नै साक्षर जिल्ला घोषणा भइसकेको नवलपरासीमा अझै पनि सयौँ बालबालिका नियमित शिक्षाबाट वञ्चित छन् । सामाजिक चेतनाको कमी, गरिबी र बढ्दो महँगीले केही बालबालिका विद्यालय जानबाट वञ्चित छन् भने केहीले प्राथमिक तहमै विद्यालय छोड्ने गरेका छन् । जिल्लामा करिब ४२ हजार बालबालिका छन् । जिल्ला शिक्षा कार्याललले जिल्लामा ती बालबालिकामध्ये करिब २ प्रतिशत बालबालिका शिक्षाबाट वञ्चित रहेको जनाइएको छ । तर पहाडी क्षेत्र र सीमावर्ती क्षेत्रमा विद्यालयको पँहुचभन्दा बाहिर रहेका बालबालिकाको संख्या बढी भएको बताइन्छ । जिल्लामा निजी तथा सामुदायिक विद्यालय गरी ८०० भन्दा बढी विद्यालय छन् । जिल्लामा पहाडी क्षेत्र र सीमा क्षेत्रकापूरा पढ्नुहोस्