Main Menu

Thursday, October 19th, 2017

 

पनौती नगरमा सिसिटिभीको निगरानी

कात्तिक २, धुलिखेल ऐतिहासिक पनौती नगरको गतिविधि नियाल्न आजबाट सिसिटिभी क्यामेराबाट निगरानी गर्न थालिएको छ । काभ्रेपलाञ्चोकको पनौतीस्थित प्रहरी चौकी प्राङ्गणमा पनौती उद्योग वाणिज्य संघको आयोजना र पनौती नगरपालिकाको सहयोगमा सिसिटिभी जडान गरिएको हो । प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिमखडा र पनौती नगरपालिका प्रमुख भीम न्यौपानले संयुक्तरूरुपमा सिसिटिभी क्यामेरा उद्घाटन गरेका हुन् । प्रमुख जिल्ला अधिकारी सिमखडाले यस्ता प्रविधिको प्रयोगले अब पनौती क्षेत्रमा हुने आपराधिक गतिविधि कमी हुने बताए । “रक्षा सीमित व्यक्तिको मात्रै हुन्छ, सुरक्षा व्यापक हुन्छ,” उनले भने, “त्यसैले टिभीले गरेको रेकर्ड लालमोहर लगाए जत्तिकै हुने भएकाले सिसिटिभीको निगरानीमा हुनुहुन्छ भन्ने सूचना व्यापक बनाउन सकेमा पनि त्यसबाट आपराधिकपूरा पढ्नुहोस्


पर्वतमा निर्वाचनको तयारी तीव्र, म्यादी छनौट प्रक्रिया पनि सुरु

कात्तिक २, फलेवास (पर्वत) आगामी मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको माहौल पर्वतमा दिन प्रतिदिन बढ्दै गएको छ । निर्वाचनका लागि सबै पक्षले आ-आफ्नो तयारीसमेत तीव्र पारेका छन् । आगामी निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्नका लागि जिल्लामा क्रियाशील दल सक्रिय त बनेका छन् नै, समग्र निर्वाचनको तयारीमा जिल्ला निर्वाचन कार्यालय पनि जुटेको छ । उता प्रहरीले म्यादी प्रहरी छनोट कार्य शुरु गरेको छ । म्यादी प्रहरीमा भर्ना हुनका लागि १ हजार ३०० भन्दा बढीले आवेदन समेत दिएका छन् भने अहिले छनोट कार्य शुरु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय, पर्वतले यतिवेला मतदानस्थलको व्यवस्थापनकापूरा पढ्नुहोस्


बर्दिबासमा डेंगु महामारीको रुप लिँदै, ५ जनाबाट सुरु भएको रोग १५५ मा

कात्तिक २, गौशाला महोत्तरी जिल्लाको बर्दिबास नगरपलिकामा असोजको पहिलो साता देखापरेको डेंगु रोगले महामारीको रुप लिन थालेको छ । जिल्ला अस्पताल जलेश्वरका अनुसार बर्दिबास नगरपालिकामा ५ जनाबाट शुरु भएको डेंगु रोग अहिले फैलिएर १५५ जनाभन्दा बढी संक्रमित भएका छन् । जिल्ला अस्पतालका स्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरका अनुसार असोजको पहिलो साता बर्दिबास अस्पतालमा १२ जनामा परीक्षण गरिएकामा पाँचमा यो रोग फेला परेको थियो । यसैबीच, बर्दिबास अस्पतालमा डेंगु रोग परीक्षणका लागि कीटको समेत अभाव भएको बताइएको छ । यता जिल्ला स्वास्थ्य कार्यालय, बर्दिबास इलाका प्रशासन, बर्दिबास नगरपालिका, नेपाली सेना र नेपाल प्रहरीको पहलमा बर्दिबासमा डेंगु रोगको संक्रमण फैलिन नदिन तथा यसकोपूरा पढ्नुहोस्


संघ र प्रदेश चुनावमा २० प्रतिशत मतदाता घट्ने

कात्तिक २, जुम्ला आसन्न मंसिर १० र २१ गते सम्पन्न हुने संघ र प्रदेशको चुनावका लागि जुम्ला क्षेत्र नं २ सिंजा भेकमा २० प्रतिशत मतदाता घट्ने देखिएको छ । तिहारलगत्तै सिंजा भेकका सबै पुरुष पारिवारिक जीविकोपार्जनका लागि व्यापार व्यवसाय गर्न वर्षेनी भारतीय भूमिमा जाने संस्कार छ । यो संस्कारलाई यसपटकको संघ तथा प्रदेशको चुनावले रोक्न सक्ने अवस्था नरहेको कनकासुन्दरी गाउँपालिका–१ बुम्रमाडीचौर जुम्लाका स्थानीय व्यापारी भीमबहादुर भण्डारीले बताए । “वर्षेनी सिंजावासीलाई भारतीय भूमिमा जानु रहर नभई बाध्यता हो,” भण्डारीले भने, “चुनावका लागि रोकिनेहरु कमाउनबाट वञ्चित हुन्छन् । त्यही समस्याले उनीहरुलाई पिरोल्छ ।” चुनावका लागि पर्खिंदा रोजीरोटीको सुनिश्चितता नहुने भएकाले ५० प्रतिशतपूरा पढ्नुहोस्


भाइटिकाको लागि मात्रै ३ लाख माला भारतबाट आयात

कात्तिक २, काठमाडौँ यस वर्ष तिहारमा झण्डै ३ लाखवटा फूलका माला भारतबाट आयात गरिएको छ । आयातित सो माला भाइटीकाका लागि मात्र हो । नेपालमा फूलखेती व्यावसायिक ढंगले शुरुवात भएको २३ वर्ष पुगिसक्दा पनि परनिर्भरता घटेको छैन । नेपालमा २०११ सालबाट नेपाल प्राइभेट नर्सरीको स्थापनासँगै सामान्यस्तरमा शुरु भएको फूल व्यवसाय आर्थिक वर्ष २०७२/७३ सम्म आइपुग्दा ४० जिल्लामा विस्तार भएको छ । करिब ६७८ फूल व्यवसायी यसमा संलग्न छन् । लगभग २ हजार ९६० रोपनीमा ४१ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा फूलखेतीबाट लाभान्वित भएका छन् । तिहारमा फूलको विशेष महत्व भएकाले भाइटीकामा लगभग राजधानीमा १५ लाखवटा माला खपत हुने फ्लोरीकल्चरपूरा पढ्नुहोस्


थालियो द्रुतमार्गको काम, सैनिक बेस क्याम्पको उद्घाटन

कात्तिक २, काठमाडौँ नेपाली सेनाले निर्माण शुरु गरेको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग (एक्प्रेस वे) सडक आयोजनाका लागि आवश्यक पूर्वाधारसहितको सैनिक बेस क्याम्प उद्घाटन गरिएको छ । नेपाली सेनाका बलाध्यक्ष रथी एवं अधिकार सम्पन्न निर्देशक समितिका अध्यक्ष पूर्णचन्द्र थापाले बुधबार काठमाडौँको मख्खुबेँसीस्थित निर्माण कार्यदलका लागि नवनिर्मित भौतिक पूर्वाधारको उद्घाटन गरेका हुन् । सो अवसरमा बलाध्यक्ष रथी थापाले सो आयोजनालाई नेपाली सेनाले उच्च प्राथमिकतामा राखी निर्माण कार्य अघि बढाएको बताउँदै निर्धारित समयमा नै आयोजना सम्पन्न हुने विश्वास व्यक्त गरे । कूल ७६.२ किमी लम्बाइको द्रुतमार्ग निर्माणका लागि सेनाले सो क्षेत्रअन्तर्गत खोकना, मख्खु, कुलेखानी, महादेव, डेड्री, लानीडाँडा, बुदुने, राजटामार, अन्धेरी र निजगढ गरी १० स्थानमापूरा पढ्नुहोस्


उदयपुरमा २ प्रतिशतमा अझै बाँकी छ हात्तीपाइले

कात्तिक २, गाईघाट, उदयपुर विगत पाँच वर्षदेखि हात्तीपाइले रोगविरुद्धको औषधि वितरण गर्ने र खुवाउने कार्य हुँदै आएपनि अझै उदयपुर जिल्लामा दुई प्रतिशत जनतामा हात्तीपाइले रोगका रोगी रहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय, उदयपुरका अनुसार विगत पाँच वर्षदेखि प्रभावकारी रुपमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने क्रम गरिँदै आएको भए पनि अझै पनि दुई प्रतिशत जनतामा यो रोग रहेको हो । जिल्लाका केही स्थानमा हात्तीपाइले रोगका अझै बिरामी भेटिएपछि जिल्ला जनस्वास्थ्य कार्यालय, उदयपुरले आगामी मंसिरको पहिलो हप्तादेखि जिल्लाका मुख्य नगरपालिका कटारी, बेल्टार तथा त्रियुगा क्षेत्रमा पुनः हात्तीपाइले रोग सम्बन्धि नमूना परीक्षणसमेत गरिन लागेको कुरा जिल्ला जनस्वास्थ्य अधिकृत सागर प्रसाईं बताउँछन् । सम्बन्धित क्षेत्रमापूरा पढ्नुहोस्