Main Menu

Saturday, October 28th, 2017

 

दुर्घटनाको छानबिन गर्न समिति गठन

कात्तिक ११, काठमाडौँ सरकारले धादिङमा आज भएको बस दुर्घटना छानबिनका लागि गृह मन्त्रालयका सहसचिव मानबहादुर विकको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीका अनुसार उक्त छानबिन समितिमा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक र सशस्त्र प्रहरी बलका वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक सम्मिलित समिति गठन गरेको हो । मन्त्रालयले दुःखद् घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । यात्रा गर्दा यात्रु वर्ग र सम्बद्ध सबै निकायले आ–आफ्नोतर्फबाट सावधानी अपनाउन र ट्राफिक व्यवस्थापनमा उचित ध्यान दिनसमेत मन्त्रालयले आग्रह गरेको छ । राजविराजबाट काठमाडौँ आउँदै गरेको ना६ख १४६७ नंको यात्रुवाहक बस आजपूरा पढ्नुहोस्


१६ वर्षदेखि अवरुद्ध साफेबगर विमानस्थल पुनः सञ्चालन

कात्तिक ११, अछाम साफेबगरमा रहेको विमानस्थल सञ्चालनमा ल्याउनका लागि काम शुरु भएको छ । वि.सं. २०५८ देखि अवरुद्ध साफेबगर विमानस्थल सुचारुका लागि कालोपत्र गर्ने काम भइरहेको छ । गत वर्ष सरकारले विमानस्थल सञ्चालनका लागि बजेट विनियोजन गरेको थियो । रु. १२ करोडको लागतमा १८ महिनाभित्र काम सम्पन्न गर्ने अमर कन्ट्रक्सन प्रालिका भद्रबहादुर शाहीले जानकारी दिए । वर्षाका कारण र दशैँ तिहारको बीचमा विमानस्थलको निर्माण केही दिन रोकिएको भए पनि अहिले तीव्रगतिमा काम भइरहेको छ । अछामको मुख्य व्यापारिक केन्द्र मानिने साफेबगर विमानस्थल सञ्चालनका लागि काम शुरु भएसँगै स्थानीयवासी खुशी भएका छन् । स्थानिय व्यापारी पुरन कुँवर लामो समयदेखि बन्द रहेकोपूरा पढ्नुहोस्


‘हेभिवेट’ भन्दै महिला नेत्रीहरु पन्छाउँदै

कात्तिक ११, काठमाडौँ राजनीतिक नेत्रीहरुले मुलुकका प्रमुख राजनीतिक दलले पार्टीभित्र शक्तिशाली पुरुष (हेभिवेट)को नाम देखाएर प्रत्यक्ष निर्वाचन प्रणालीमा आफूहरुलाई उम्मेदवार बन्नबाटै पन्छाउने खेल भएको भनी आपत्ति जनाएका छन् । ‘आगामी निर्वाचनमा महिला सहभागिता’ विषयकमा शुक्रबार भएको अन्तर्क्रियामा सहभागी वक्ताले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा महिलाको प्रतिनिधित्वलाई सच्याउनका लागि दबाब दिन जुलुस र धर्नासम्मका विरोधका कार्यक्रम सञ्चालन गरिने चेतावनी दिए । प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा ८०७ जनाको उम्मेदवारी परेकामा त्यसमा महिला उम्मेदवार ४१ छ । तीमध्ये १८ जना प्रतिनिधिसभामा र २३ जना प्रदेशसभामा उम्मेदवार रहेकामा केही महिला उम्मेदवारको उम्मेदवारी फिर्ता गर्न लगाइएको थियो । नेपालको संविधानले ३३ प्रतिशतपूरा पढ्नुहोस्


‘चालक र सहचालकले पनि अंग्रेजी सिक्नुपर्छ’

कात्तिक ११, नगरकोट नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले भक्तपुर आउने पर्यटकसँग बोल्न चालक तथा सहचालकले अंग्रेजी सिक्नुपर्ने बताएका छन् । भक्तपुर मिनीबस सेवा समितिका नवनिर्वाचित पदाधिकारीको शुक्रबार आयोजित पदस्थापन कार्यक्रममा उनले केही नपढेका र घरमा आमाबुबालाई समेत नटेर्ने युवा चालक सहचालक हुन्छन् भन्ने समाजको बुझाइ रहेकाले सो भ्रम चिर्न चालक सहचालकले यात्रुसँग राम्रो व्यवहार गर्नुपर्ने बताए । कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रमुख सल्लाहकार योगेन्द्रनाथ कर्माचार्यले समितिले भक्तपुर जिल्लाभर आफ्नो सेवा विस्तार गर्दै समाजको मन जित्नुपर्ने बताए । नवनिर्वाचित अध्यक्ष दिनेश प्रधानले समितिअन्तर्गतका गाडी र त्यसका चालक तथा सहचालक सम्बन्धमा आएको गुनासोलाई कम गर्दै सेवा सुविधापूरा पढ्नुहोस्


बस दुर्घटनामा १९ जनाको मृत्यु

कात्तिक ११, धादिङ राजविराजबाट काठमाडौँ आउँदै गरेको ना ६ ख १४६७ नम्बरको रात्री बस गजुरी गाउँपालिकाको घाटबेँशीमा त्रिशुली नदीमा आज बिहान खसेर दुर्घटना हुँदा अहिलेसम्म १९ जनाको शव फेला परेको छ । मृत्यु हुने पुरुषको संख्या १२ र महिलाको संख्या ७ रहेको र तीमध्ये २ जनाको सनाखत भएको छ । मृतक सप्तरी जिल्ला निवासी ६ वर्षीय आदित्य यादव र भारत मधुवनीको ममतादेवी ठाकुर रहेका छन् । गाडीमा ५५ जना यात्रु रहेकोमा १५ जनाको जीवितै उद्धार गरिएको र १९ जनाको शव फेला परेको र अझै २० जना हराइरहेको अनुमान जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले जानकारी दिए । घटनास्थलमापूरा पढ्नुहोस्