Main Menu

Wednesday, October 18th, 2017

 

देजमो वैकल्पिक शक्ति – अध्यक्ष सिपी गजुरेल

कात्तिक १, काठमाडौँ मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) का नेताहरुले चुनावमार्फत आफूहरु वैकल्पिक शक्तिका रुपमा आउने बताएका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा मोर्चाका अध्यक्ष सिपी गजुरेलले अन्य सबै दल संसदीय व्यवस्थाका पक्षधर रहेको र आफ्नो पार्टीमात्रै यो व्यवस्थाको विरोधी पार्टीका रुपमा निर्वाचनमा सहभागी भइरहेको जिकिर गरे । उनले भने, “वैचारिक र राजनीतिकरुपमा अरु सबै पार्टी एकातिर र हामी अर्कोतिर छौँ । जनताले वैकल्पिक शक्तिका रुपमा हामीलाई मतदान गर्नेछन् ।” मूल पार्टी क्रान्तिकारी माओवादी निर्वाचन आयोगमा दर्ता नभए पनि मोर्चा आयोगमा दर्ता भई ‘मुट्ठी’ चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएको हो । विगतकोपूरा पढ्नुहोस्


भक्तपुरमा चारपाङ्ग्रेको पनि निःशुल्क ट्रायल परीक्षा सुरु

कात्तिक १, भक्तपुर यातायात व्यवस्था कार्यालय भक्तपुरले आजदेखि भक्तपुरबाटै चारपाङ्ग्रे सवारीसाधनको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक अर्थात् ट्रायल परीक्षा शुरु गरेको छ । भक्तपुरमा कार्यालय सञ्चालन गरेपछि दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनको लिखित परीक्षा र अन्य सेवा दिँदै आए पनि दुईपाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक अर्थात् ट्रायल परीक्षा गत शनिबारबाट र चारपाङ्ग्रेको आजबाट शुरु भएको हो । भक्तपुर र काभ्रेलगायत पूर्वी जिल्लाका बासिन्दालाई सहज रुपमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक अर्थात् ट्रायल परीक्षा निःशुल्क दिने व्यवस्था गर्न मध्यपुरथिमि नगरपालिका–९ राधे राधेस्थित इजी वे ट्रायल सेन्टर प्रा.लि.सँग सम्झौता गरेको चार महिनापछि कार्यालयले भक्तपुर कार्यालयमा लिखित परीक्षा उत्तीर्ण गरेका नागरिकले भक्तपुरबाटै लाइसेन्सकोपूरा पढ्नुहोस्


यु-१६ एसियन बास्केटबलमा भाग लिन नेपाली टोली भोलि भारत जाँदै

कात्तिक १, काठमाडौँ भारतमा आयोजना हुने फिबा सोह्र वर्षमुनि (यु–१६) वुमन्स एसियन च्याम्पियनसिप बास्केटबल प्रतियोगितामा नेपाली महिला खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । यही कात्तिक ५ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागिता जनाउने १६ सदस्यीय राष्ट्रिय महिला बास्केटबल टोलीलाई नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेण्डी शेर्पाले आज एक कार्यक्रमबीच शुभकामनासहित विदाइ गरे । प्रतियोगितामा आयोजक भारत, नेपाल, श्रीलङ्का, बंगलादेश, चाइना ताइपेइ, हङकङ, चीन, जापान, दक्षिण कोरिया, थाइल्याण्ड, अष्ट्रेलिया र न्युजिल्याण्डलगायत १४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । सहभागी खेलाडीमा प्रतिक्षा मगर (कप्तान), श्रेयषी राणा, निस्ता राजभण्डारी, निलम शेर्पा, ममता गुरुङ, अदिती चौधरी, सुष्मा गौतम, रोशनी श्रेष्ठ, एरिषा श्रेष्ठ, संस्कृति मास्के, छिरिङ चोकीपूरा पढ्नुहोस्


स्वास्थ्यमन्त्री बोहराद्वारा पदबहाली, ढुक्कसित काम गर्न निर्देशन

कात्तिक १, काठमाडौँ नवनियुक्त स्वास्थ्यमन्त्री दीपक बोहराले कर्मचारीले ढुक्कले जनतालाई सुविधा पुग्ने गरी काम गर्न निर्देशन दिएका छन् । आज मन्त्रालयलाई पदबहाली गर्दै मन्त्री बोहराले राजनीतिक पूर्वाग्रह र हस्तक्षेत्रबाट मुक्त भई स्वास्थ्यमा जनताको हित हुने गरी काम गर्न निर्देशन दिएका हुन् । उनले भने, ‘‘मबाट राम्रा योजनाका लागि कुनै हस्तक्षेप हुदैँन । देशलाई अगाडि बढाउने प्रमुख जिम्मेवारी तपाइँ स्थायी कर्मचारीकै काँधमा छ । त्यसै राम्रा योजना ल्याउनुस्, पूर्वमन्त्रीका राम्रा कामलाई निरन्तरता दिनुस् । बिना दबाब ढुक्कसँग काम गनुहोस् ।’’ मन्त्रालयमा उपस्थित कर्मचारीलाई निर्देशन दिने क्रममा स्वास्थ्य मन्त्री बोहराले आफू २०४१ सालमा यातायात मन्त्री हुँदा मन्त्रालयलाई धूमपानरहित मन्त्रालय बनाएको प्रसंग झिक्दैपूरा पढ्नुहोस्


एमाले र माओवादीले आधारभूत तहसम्म संयुक्त कार्यक्रम गर्ने, नयाँ शक्ति बाहिरिने

कात्तिक १, काठमाडौँ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले चुनावी तालमेल र एकीकृत पार्टी निर्माणको पहललाई प्रभावकारी निष्कर्षमा पुर्याउन प्रदेश, जिल्ला र क्षेत्रीय तहमा संयुक्त कार्यक्रम गर्ने भएका छन् । चुनावी तालमेल र एकताको सन्देशलाई आधारभूत तहसम्म विस्तार गर्ने र निर्वाचन क्षेत्र बाँडफाँट तथा निर्वाचन घोषणापत्र निर्माणको काम दुई ठूला बाम दलले सँगसँगै अघि बढाएका छन् । बाँडफाँट तथा निर्वाचन घोषणापत्र निर्माणको काम एक दुई दिनभित्रै टुङ्ग्याउने तयारी पनि ती दलले गरेका छन् । उम्मेदवारी र घोषणापत्र बाँडफाँडका लागि गठित संयुक्त कार्यदलले काम गरिरहेको छ भने एमाले स्थायी कमिटीको ८७ औं बैठक पनि जारी छ । ती दलबीच गतपूरा पढ्नुहोस्


कृषि विकास कार्यालयद्वारा निःशुल्क औषधि वितरण

कात्तिक १, गुलरिया, बर्दिया बर्दियाका किसानलाई फौजी किराको प्रकोप नियन्त्रण गर्न जिल्ला कृषि विकास कार्यालयद्वारा निःशुल्क औषधि वितरण कार्य शुरु गरिएको छ । जिल्ला कृषि विकास कार्यालय, बर्दियाका वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले असोज महिनाको तेस्रो सातादेखि गुलरिया नगरपालिका–१० को थारु पर्सिया, मधुवन नगरपालिका र बढैयाताल गाउँपालिकाको कण्ठपुर शीतलाबजारलगायतका स्थानमा फैलिएको फौजी किराको प्रकोप नियन्त्रणका लागि किसानमा उच्च सतर्कता अपनाउनुपर्ने बताएका छन् । बर्दियाका विभिन्न स्थानका एक हजार बिगाहा क्षेत्रफलमा लगाइएको धानबालीमा देखापरेको फौजी किराको प्रकोप नियन्त्रण गर्न जिल्ला कृषि विकास कार्यालय, गुलरियाले निःशुल्करुपमा विषादी वितरण गर्दै आइरहेको बताउँदै उनले प्रकोप देखापरेका किसानलाई कार्यालयमा आई निःशुल्क रुपमा विषादी लिएरपूरा पढ्नुहोस्


नेमकिपालाई राष्ट्रिय पार्टी हुनबाट कसैले रोक्न सक्दैन – बिजुक्छे

कात्तिक १, भक्तपुर नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेमकिपालाई राष्ट्रिय पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । मंगलबार नेमकिपा, भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुरको टौमढीमा आयोजित जनसभामा बोल्दै उनले ठूला पार्टीले साना पार्टीलाई रोक्न थ्रेसहोल्ड लगाएको आरोप लगाए । “थ्रेसहोल्डको आतंकले नेमकिपालाई निर्वाचनमा जान कसैले रोक्न सक्दैन, पञ्चायतकालमा समेत जनताको बीच गएको हाम्रो पार्टी जनताको मतबाटै राष्ट्रिय पार्टी हुनेछ,” उनले भने । बिजुक्छेले जनताबीच सरकारमा रहने ठूला दलको गलत कामको भण्डाफोर गर्ने बताउँदै देशलाई जोगाउन पनि नेमकिपा संसद्मा पुग्नु जरुरी रहेको जिकिर गरे । सरकारले ख्वप विश्वविद्यालयको विधेयक सदनमा पेश नगरेकोप्रति चर्को आलोचना गर्दै बिजुक्छेले सरकारलाई घुसपूरा पढ्नुहोस्


चुनाव नगर्ने षडयन्त्र बन्द नगरे सशक्त प्रतिकार गरिने–नारायणकाजी

कार्तिक १, काठमाडौं देउवा सरकारले हिजो मात्र माओवादी केन्द्रका मन्त्रीहरुलाई विभागीय जिम्मेवारीबाट मुक्त गरेर आसन्न प्रदेश र संसदको चुनाव सार्ने तयारी गरिरहेको चर्चा चलेको छ । यसलाई माओवादी केन्द्रले षडयन्त्रको रुपमा लिएको छ । र, यसबिरुद्ध सो पार्टी सशक्त रुपमा उभिने संकेत मिलेको छ । यसै सन्दर्भलाई लिई माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डपछि दोश्रा नेता नारायणकाजी श्रेष्ठ प्रकाशले चुनाव सार्ने सरकारको षडयन्त्रबिरुद्ध सशक्त प्रतिकार गर्ने चेतावनी दिएका छन् । उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, “कुनै बहानामा चुनाव सार्ने र अन्ततः अनिश्चित कालसम्म चुनाव नगर्ने षडयन्त्रको चर्चा सुनिंदैछ । त्यस्तो कार्य बन्द नगरे सशक्त प्रतिकार गरिनेछ” । माओवादी केन्द्र र एमालेबीचपूरा पढ्नुहोस्