Main Menu

Thursday, October 5th, 2017

 

कञ्चनपुरमा धमाधम खेलकुद संरचना बन्दै

असोज १९, भीमदत्तनगर कञ्चनपुरको भीमदत्तनगरस्थित जिल्ला खेलकुद विकास समितिको खेलमैदान परिसरमा विगत केही वर्षयता धमाधम खेलकुद संरचना निर्माण हुँदै गएका छन् । जिल्ला खेलकुद विकास समितिको नेतृत्वभन्दा पनि सम्बन्धित खेल प्रशिक्षक र विभिन्न खेल संघ/संगठनको सक्रियतामा खेलकुद संरचना निर्माण हुन थालेका हुन् । दलीय नेतृत्वमा बन्ने खेलकुद विकास समितिले खेलकुदको विकासमा खासै पहल गर्न नसके पनि प्रशिक्षकको सक्रियताले लाखौँका खेलकुद संरचना निर्माण भएपछि खेल प्रशिक्षणमा समेत सहजता थपिएको छ । कुनै समय एउटा साँघुरो कोठामा प्रशिक्षण लिनुपर्ने बक्सिङका खेलाडी हाल आधुनिक प्याराफिटसहितको सुविधासम्पन्न हलमा बक्सिङ प्रशिक्षण लिइरहेका छन् । अढाई वर्षअघि जिल्ला बक्सिङ संघ र बक्सिङ ओलम्पियन डम्बरदत्त भट्टको सक्रियतापूरा पढ्नुहोस्


एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्देश्यसहित अगाडि बढेका छौँ : गृहमन्त्री

असोज १९, रुकुम गृहमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का नेता जनार्दन शर्माले ‘नेपालको विकास र प्रगतिका लागि देशमा धेरै पार्टिको आवश्यकता नरहेकाले’ वाम एकताको शुरुआत भएको बताएका छन् । रुकुम (पूर्व) जिल्लाको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता शर्माले वाम एकताले गर्दा लोकतान्त्रिक एकताको पनि शुरुआत हुनाले देश विकास र प्रगतिको बाटामा अगाडि बढेको उनको भनाइ थियो । “एमाले र माओवादी हामी दुवैले सशस्त्र क्रान्ति गरेका हौँ । सशस्त्र विद्रोह भनेर झापा आन्दोलन अहिलेका एमाले नेताहरुले गरेका हुन्, हामीले जनयुद्ध गर्यौँ”, नेता शर्माले भने, “जनयुद्ध, जनआन्दोलन हुँदै नयाँ संविधान बनाएर यहाँसम्म आइपुग्दा दुवै पार्टीका सैद्धान्तिक र वैचारिक आधार एउटै हुन पुगेको छपूरा पढ्नुहोस्


बाघको आनीबानी पत्ता लगाउन सिसी क्यामेरा जडान

असोज १९, रत्ननगर, चितवन पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा मान्छे खाने बाघको आनीबानी पत्ता लगाउन २ वटा उच्चप्रविधिको सिसी क्यामेरा जडान गरिएको छ । बाघको आक्रमणबाट यही असोज १६ गते यहाँ निउरो टिप्न गएकी कुमरोजकी एलिना चौधरीको मृत्यु भएको थियो । मान्छेलाई आक्रमण गर्ने बाघ घाइते, रोगी हो या बच्चासँगै छ भन्नेबारेमा जानकारी लिन यहाँ क्यामेरा ट्र्यापिङ विधिको प्रयोग गरेर सिसी क्यामेरा जडान गरिएको चितवन निकुञ्जका पूर्वी सेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए । अवस्था पत्ता लगाएपछि नियन्त्रणमा लिनुपर्ने देखिएमा बाघलाई डाट गरेर नियन्त्रणमा लिइने पाठकको भनाइ छ । स्थानीय समुदायको सहभागितामा चितवन निकुञ्ज रपूरा पढ्नुहोस्


नेशनल ट्रेडिङलाई पुनः सञ्चालन गर्ने तयारी

असोज १९, धनगढी सरकारी बेवास्ता र व्यवस्थापन पक्षको लापर्बाहीका कारण लामो समयदेखि बन्द रहेको नेशनल ट्रेडिङ लिमिटेड धनगढीलगायतका कार्यालय पुनः सञ्चालनका लागि पहल थालिएको छ । प्रदेश नं ७ को धनगढीसहित मुलुकका ११ स्थानमा व्यापार व्यवसायमा टेवा पुर्याउने उद्देश्यका साथ शाखा कार्यालय स्थापना गर्ने तयारी भइरहेको नेशनल ट्रेडिङ केन्द्रीय कार्यालयका महाप्रबन्धक लवराज जोशीले बताए । व्यापारिक मालसामानको बिक्रीमा स्थानीय बजारसँग प्रतिस्पर्धा गर्न नसकेपछि यी कार्यालय बन्द भएका थिए । अहिले केन्द्रीय कार्यालयले शाखा कार्यालयलाई आगामी रणनीतिका बारेमा योजना पेश गर्न निर्देशन दिएपछि सबै कार्यालयले योजना पेश गरिसकेको महाप्रबन्धक जोशीले बताए । तत्कालीन समयमा सुदूरपश्चिमको व्यापारलाई टेवा पुर्याउने उद्देश्यले २०१८ सालमापूरा पढ्नुहोस्


तिलिचो ताल जाने छोटो पदमार्गको निर्माण

असोज १९, जोमसोम, मुस्ताङ विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको भनी चिनिएको तिलिचो ताल समुद्री सतहदेखि ४,९१९ मिटर अग्लो स्थानमा रहेको छ । सो तालमा जान अब हिमालपारिको जिल्ला मुस्ताङबाट जोमसोमको ठिनी हुँदै ५,१२० मिटर अग्लो मेसोकोन्दो पास( भञ्ज्याङ) भई पुग्न सकिने छोटो पदमार्गको निर्माण भएको छ । उक्त पदमार्ग निर्माण तथा साइन पोस्टिङको कार्य अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय, जोमसोमद्वारा गरिएको हो । गत साल र अहिले गरी उक्त निर्माण तथा साइन पोस्टिङको कार्य सफल पारिएको हो । तिलिचो ताल जाने बाटो निर्माण तथा मर्मत कार्यका लागि यस वर्ष अन्नपूर्ण संरक्षण आयोजना इलाका संरक्षण कार्यालय जोमसोमद्वारा रु. १०पूरा पढ्नुहोस्


१ सय घरधुरी अन्धकारमा बस्न बाध्य

असोज १९, बैतडी सुर्नया गाउँपालिका–६ मा रहेको तेस्रो सुर्नयागाड लघुजलविद्युत् आयोजना बन्द भएको छ । आयोजनाको उपकरणमा खराबी आएपछि विद्युत् सेवा अवरुद्ध भएको आयोजना सञ्चालक समितिले जनाएको छ । १२ किलोवाट क्षमताको उक्त लघुजलविद्युत् आयोजना गएको १ सातादेखि बन्द रहेको सञ्चालक समितिका अध्यक्ष डम्मरदत्त अवस्थीले बताए । आयोजनाको उपकरण बिग्रिएको र बनाउन रु. ५ लाखभन्दा बढी खर्च लाग्ने तर सञ्चालक समितिसँग मर्मतका लागि आवश्यक रकम नहुँदा मर्मत गर्न नसकिएको उनले बताए । लघुजलविद्युत् आयोजना बन्द भएसँगै सुर्नया गाउँपालिका–६ का करिब सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत् सेवा अवरुद्ध हुँदा मोबाइल चार्ज गर्नदेखि लिएर अन्य काममा समेत समस्यापूरा पढ्नुहोस्


शौचालय नबनाए सुविधा नपाउने

असोज १९, कपिलवस्तु कपिलवस्तुको शिवराज नगरपालिका भित्रका बासिन्दाले घरमा शौचालय नबनाए नगरपालिकाबाट पाउने सेवा सुविधाबाट वञ्चित हुने भएका छन् । आगामी कात्तिक १ गतेदेखि नगरपालिका र वडा कार्यालयबाट त्यस्ता घरधनीलाई कुनै पनि सेवा सुविधा नदिने बताइएको छ । उक्त नगरपालिकालाई आगामी मंसिर २५ गतेभित्र खुल्ला दिसा मुक्त क्षेत्र बनाउने उद्देश्यले नगरपालिकाका जनप्रतिनिधिलाई नगरस्तरीय खुल्ला दिसा मुक्त तथा पूर्ण सरसफाइसम्बन्धी अभिमुखीकरण कार्यक्रममा यस्तो निर्देशन दिइएकोे नगर प्रमुख नेत्रराज अधिकारीले जानकारी दिए । नगरपालिकाभित्र रहेका ११ वटामध्ये तीन वटा वडा पहिले नै खुल्ला दिसा मुक्त घोषणा भइसकेको हुँदा ती वडामा अनुगमन गरिने उनले बताए । सो नगरपालिकाले मंसिर १ गते वडा नंपूरा पढ्नुहोस्


३३ दलीय मोर्चा पनि वाम एकतामा, माओवादीकै चिन्हमा चुनाव लड्ने

  असोज १९, काठमाडौँ साना पार्टीको ३३ दलीय मोर्चाले नेकपा (माओवादी केन्द्र)को निर्वाचन चिह्न हँसिया हथौडामा आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन लड्ने भएका छन् । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच निर्वाचनमा तालमेल र पार्टी एकताको निर्णय गरेपछि मोर्चाका तर्फबाट आज सो निर्णय आएको हो । मोर्चाका तर्फबाट संयोजक युवराज सफलले अग्रगामी शक्तिका रुपमा वाम मोर्चा गठन गर्ने दुई ठूला पार्टीको निर्णयको स्वागत गर्दै माओवादी केन्द्रको निर्वाचन चिह्नमा निर्वाचनमा सहभागी हुने र चुनावी तालमेल गर्ने निर्णय भएको जानकारी दिए । उनले सम्पूर्ण देशभक्त र वामपन्थी शक्तिलाई बृहद् वाम एकताको पक्षमा उभिनसमेत आह्वान गरेका छन् । यस्तै संसद्मा क्रियाशील समाजवादी जनतापूरा पढ्नुहोस्


यसरी बढिरहेका छन् अमेरिकामा गोलीकाण्डका घटनाहरु

असोज १९ सन् १९८० को दशकमा अमेरिकामा ८ वटा गोलीकाण्डहरु भए थिए । ती गोलीकाण्डहरुमा प्रत्येक घटनामा औसतमा ३ जनाको मृत्यु भएको थियो । सबैभन्दा ठूलो गोलीकाण्ड क्यालिफोर्नियाको म्याकडोनल्ड्समा भएको थियो, जसमा २२ जनाको ज्यान गएको थियो । ९० को दशकमा गोलीकाण्डका घटनाहरु बढे । सन् १९९४ मा अर्ध–स्वचालित हतियारको कानूनमा केही कडाइ गरिए पनि उक्त दशकमा २३ गोलीकाण्डहरु घटे, जसमा १६९ जनाले ज्यान गुमाएका थिए । सन् १९९९ मा कोलम्बाइनको एक हाई स्कुलमा भएको गोलीकाण्डपछि तात्कालीन राष्ट्रपति बिल क्लिन्टनले भनेका थिए, ‘यदि लिटल्टन जस्तो ठाउँमा यस्तो हुनसक्छ भने यो चुनौतीका आयामहरुप्रति सायद अब अमेरिका जाग्नेछ र हामी यस्ता घटनाहरुपूरा पढ्नुहोस्


‘ओलीले प्रचण्ड र बाबुरामलाई फसाए’ – डा. महत

  असोज १९, भक्तपुर नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले नेकपा (एमाले) अध्यक्ष केपी ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईलाई फसाएको आरोप लगाएका छन् । नेपाली काँग्रेस सूर्यविनायक नगर कमिटीले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले भने, “राजनीतिमा एमाले सबैतिरबाट एक्लिँदै गयो । अनि बाध्य भएर एमाले अध्यक्ष ओलीले गठबन्धन र एकताको नाममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नयाँ शक्तिका संयोजक बाबुरामलाई फसाए ।” उनले एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीचको एकता सत्ता प्राप्तिका लागि मात्र भएको बताए । वाम एकताले आत्तिनु पर्ने अवस्थापूरा पढ्नुहोस्