Main Menu

Friday, October 6th, 2017

 

प्रदेश सरकारलाई तोकिएका चालु आवका कार्यक्रम जिससले गर्ने

असोज २०,  काठमाडौँ  संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रदेश सरकार गठन नभएसम्मका लागि प्रदेश सरकारले सञ्चालन गर्ने भनी तोकिएका चालु आवका कार्यक्रम जिल्ला समन्वय समितिलाई गर्न निर्देश गरेको छ । अर्थ मन्त्रालयले असोज ६ गते गरेको पत्राचारका आधारमा जिल्ला समन्वय समितिलाई यस्तो निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले राससलाई जानकारी दिए । “प्रदेश सरकारलाई तोकिएका, एकभन्दा बढी स्थानीय तहमा गएका बजेट र निर्वाचन क्षेत्र विकास कार्यक्रमको कार्यान्वयन जिल्ला समन्वय समितिमार्फत जिल्ला प्राविधिक कार्यालयले गर्ने गरी आज सबै स्थानीय तहका नाममा पत्राचार गरिएको छ”– उनले भने । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले असोज ४ गते मन्त्रिस्तरीय निर्णय गर्नुहुँदै प्रदेश सरकार स्थापना भएपछिपूरा पढ्नुहोस्


मोरङ-सुनसरीमा जुट उद्योग बन्द हुँदा

पाँच हजार मजदुर बेरोजगार

असोज २०,  पथरी, मोरङ मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रमा सञ्चालित जुट उद्योगहरू धरासायी बन्दै गएका छन् । भएकामध्ये चार जुट उद्योग बन्द भइसकेका छन् भने अरु केही बन्द हुने अवस्थामा पुगेको जुट उद्योगीले बताएका छन् । विराटनगर जुट मिल्स, नरेश राठीको गुह्येश्वरी जुट मिल्स, त्रिभुवनमानसिंह श्रेष्ठको निक्की जुट, नन्दकिशोर राठीको सिएम जुट उद्योग बन्द भएको नेपाल जुट मिल्स एशोसिएशनका अध्यक्ष राजकुमार गोल्छाले जानकारी दिनुभयो । सरकारले उद्योग प्रवर्धनमा प्रोत्साहन नगर्दा सुनसरी–मोरङमा सञ्चालित जुट उद्योग धरासायी बन्दै गएको जुट उद्योगीले गुनासो गरेका छन् । भारतबाट कच्चा पदार्थ आयात गरेर नेपाल आइपुग्दा झण्डै दोब्बर लागत खर्च पर्न जान्छ । त्यसकारण जुट उद्योग धरासायीपूरा पढ्नुहोस्


नेका केन्द्रीय समिति बैठकको निष्कर्ष

हतोत्साहित र विचलित भएका छैनौं-कांग्रेस नेताहरु

 असोज २०,  काठमाडौँ नेपाली काँग्रेस केन्द्रीय समितिको आजको बैठकमा आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचनमा पार्टीका उम्मेदवारको छनोट प्रक्रिया र मापदण्डका विषयमा छलफल शुरु भएको छ । पार्टीले उम्मेदवार छनोट र मापदण्ड तय गर्दा स्थानीय निर्वाचनमा उम्मेदवार भएका, सो निर्वाचनमा आफ्ना उम्मेदवारविरुद्ध उठेका, उनीहरुलाई सहयोग नगरेका र यस अगाडि समानुपातिक सांसद रहेकालाई आगामी निर्वाचनमा टिकट नदिने विषयमा केन्द्रीय समितिको पहिलो चरणको बैठकमा मोटामोटी सहमति जुटेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समितिको बैठकमा धारणा राख्ने अधिकांश केसले प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचनमा पार्टीको उम्मेदवार छिटोभन्दा छिटो छनोट गर्न जोड दिएका थिएपूरा पढ्नुहोस्


मेलम्चीको पानी वितरण गर्न ५५ किमी पाइप बिच्छ्याउन बाँकी

असोज २०,  काठमाडौँ मेलम्चीको पानी उपत्यकामा वितरण गर्न ६ सय ७० किमी पाइप बिच्छ्याउनुपर्नेमा ५५ किमीको काम बाँकी छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले उपत्यकामा पानी वितरणका लागि पाइप बिच्छ्याउने जिम्मेवारी पाएको छ । असोजमै पानी ल्याइसक्ने सरकारको लक्ष्य थियो । सुरुङको काम नसकिएकाले र वर्षा याममा सडक हिलाम्मे हुने भएपछि निर्देशनालयले उपत्यकाका मुख्य सडकमा पाइप बिच्छ्याउने काम केही समयलाई रोकेको थियो । वर्षा याममा सडक खनेर पाइप बिच्छ्याउँदा धुलो र हिलोका कारण आवतजावतमा समस्या भएपछि वर्षा नसकिएसम्मका लागि रोकिएको काम पुनः शुरु गरिएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले बताए । “पानी वितरणका लागि ६० किमी थोक वितरणपूरा पढ्नुहोस्


निर्वाचनमा संघीय फोरम र राजपाबीच सहकार्य हुने

असोज २०,  काठमाडौँ दलहरुबीच गठबन्धन गर्ने प्रक्रिया जोडतोडले अगाडि बढिरहेका बेला संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच पनि नयाँ गठबन्धन बनेको छ । ती पार्टीले आज एक विज्ञप्तिमार्फत आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेको जानकारी दिएका छन् । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले विज्ञप्तिमार्फत गठबन्धनको प्रक्रिया शुरु भएको जानकारी दिएका हुन् । आज दुई पार्टीबीच भएको सहमतिअनुसार आगामी चुनावमा तालमेल र सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ । कुनै पनि गठबन्धनको नाम नलिई दुई पार्टीले गठबन्धनमा जानु परे दुवै पार्टी साझा अवधारणाका साथपूरा पढ्नुहोस्


प्रथम विश्व कास्की सम्मेलन हुने

असोज २०, पोखरा “खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो अभियान” भन्ने मूलनाराका साथ यही असोज २३ गते पोखरामा प्रथम विश्व कास्की सम्मेलन हुने भएको छ । कास्की आदर्श सेवा समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपालको आयोजनामा विश्वका विभिन्न ७७ मुलुकमा छरिएर रहेका गैर आवासीय कस्केलीको साझा मञ्च निर्माण गर्ने उद्देश्यका साथ सम्मेलन गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा परिषद्का संयोजक पूर्णप्रसाद तिम्सिनाले जानकारी दिए । “विश्वमा छरिएका कस्केलीको साझा मञ्च निर्माण गरी यस क्षेत्रको समग्र विकास, प्रविधि, सीप एवं विदेशमा हासिल गरेको ज्ञानलाई जिल्लामा भित्र्याउने हाम्रो सोच हो,” उनले भने, “जन्म थलोसँग सम्पूर्ण कस्केलीलाई जोड्दै यहाँको समृद्धि र विकासमा योगदान पुर्याउनकापूरा पढ्नुहोस्


चैनपुरमा सुर्मादेवी मेला शुरु

असोज २०, बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा लाग्ने ऐतिहासिक सुर्मादेवी मेला बिहीबारबाट शुरु भएको छ । वर्षेनी बडादशैँपछि कोजाग्रत पूर्णिमाका दिनमा लाग्ने सुर्मादेवी मेलामा सुर्मा मन्दिरमा पूजाआजा गर्नुका साथै महिला पुरुषका डेउडा खेल भलिबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रमको आयोजना गरी धुमधामका साथ ३ दिनसम्म मनाइने गरिन्छ । यस पटकको मेलामा अन्तर जिल्लास्तरीय भलिबल प्रतियोगिता र महिला पुरुष डेउडा खेल र स्थानीय लोगसंस्कृति झल्कने गरी कलाकारले नृत्य प्रदर्शन गरिने कार्यक्रम रहेको सुर्मादेवी मेला व्यवस्थापन समितिका संयोजक तथा जयपृथ्वी नगरपालिका वडा नं १० का वडाध्यक्ष दलबहादुर विष्टले जानकारी दिए । दशैँपछि सदरमुकाम चैनपुरमा मेला लाग्ने भएकाले जिल्लाका अधिकांश मानिस आफन्तसँग भेटघाट गर्नुका साथैपूरा पढ्नुहोस्


नोबेल साहित्य पुरस्कार इसिगुरोलाई

असोज २०, स्टकहोम, स्वीडेन जापानी मुलका बेलायती साहित्यकार काजुओ इसिगुरोलाई सन् २०१७ को साहित्यतर्फको नोबेल पुरस्कार दिइने भएको नोबेल पुरस्कार छनौट गर्ने स्वीडिस एकेडेमीले बिहीबार जनाएको छ । पुरस्कार घोषणा गर्ने स्वीडीस एकेडेमीले ती उपन्यासकारको प्रशंसा गर्दै उनले ‘आफ्ना बेजोड भावनात्मक शक्ति भएका उपन्यासमा संसारसँगको सम्बन्धबारे हाम्रो भ्रमपूर्ण भावको गहिराइ पत्ता लगाएको’ उल्लेख गरेको छ । सन् १९८२ मा ‘अ पेल भ्यू अफ हिल्स’ नामक पुस्तकबाट पूर्णकालिन लेखन शुरु गरेका साहित्यकार इसिगुरोका कृतिमा स्मृति, समय र स्वैरकल्पनासम्बन्धित बिषयवस्तु रहने गरेको पाइन्छ । पुरस्कार छनौट समितिले इसिगुरोका लेखनमा शान्त अभिव्यक्ति तथा सांगितिक प्रभाव रहेको पाइन्छ । सन् १९५४ को नोभेम्बर ८पूरा पढ्नुहोस्


१६ वर्षदेखि पुनः स्थापनको पर्खाइमा निकुञ्ज विस्थापित परिवार

congress-leader-aryal-construct-20-houses

असोज २०, कञ्चनपुर कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्रबाट १६ वर्ष अघि विस्थापनमा परेका २ हजार ४७३ परिवारको अझै पुनः स्थापन हुन सकेको छैन । समस्या समाधानका लागि २९ वटा आयोग बने पनि समस्या समाधान नभएपछि विस्थापनमा परेका परिवार १५ वटा शिविरमा कष्टकर जीवन बिताउन बाध्य भएका छन् । “स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिले समस्या समाधानका लागि कार्य योजनामा राखेपनि चासो नदिँदा झनै पीडित बनेका छौँ” शुक्लाफाँटा निकुञ्ज संघर्ष समितिका अध्यक्ष हीरासिंह भण्डारीले बताए । स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधिले चासो दिई समस्या समाधान गर्नेमा आशावादी भए पनि कार्य अगाडि नबढ्दा चिन्तित हुनुपरेको उनले बताए । सुक्खायाममा गर्मीको सास्ती, वर्षात्मा झोपडीमा पानीपूरा पढ्नुहोस्


अन्तुमा पर्यटकको चहलपहल बढ्यो

असोज २०, इलाम सूर्योदय दृष्यावलोकनका लागि नेपालकै उत्कृष्ट स्थान मानिएको पूर्वी इलामको अन्तुमा मौसम खुलेसँगै पर्यटक आवागमन शुरु भएको छ । मौसममा सुधार आएपछि आन्तरिक र बाह्य पर्यटक आउने क्रम शुरु भएको हो । सूर्योदय, सूर्यास्त, हिमशृङ्खला तथा नेपाल र भारतका थुप्रै स्थानलाई आँखै अघिनै नियाल्न सकिने अन्तु क्षेत्र प्राचीन लेप्चा जातिको लोपोन्मुख संस्कृति, कृषिबाट सुधारिएको जीवनशैली, व्यावसायिक फूलखेती, थुम्काथुम्कामा मौलाएको हरियाली चियाबारीको ‘ग्रीन कार्पेट’ लगायतले पर्यटकको आकर्षणको केन्द्र बनेको छ । अन्तु पोखरीमा डुंगा सयर गर्दै मनोरम दृश्य नियाल्न पाउँदा पर्यटक हर्षित हुने गरेका छन् । “चियाबारी र सल्लाघारीबीचको पोखरीमा डुंगा सयर आनन्द लाग्छ,” डुंगा यात्रापछि इलामबाट अन्तु आएकिपूरा पढ्नुहोस्