Main Menu

Wednesday, October 11th, 2017

 

एसियाली शिक्षक सम्मेलन : शिक्षामा निजीकरणको विरोध

असोज २५, काठमाडौँ एसिया प्रशान्त क्षेत्रका शिक्षक संगठनका प्रतिनिधिहरुले शिक्षामा निजीकरण र व्यापारीकरण कायम रहेमा दिगो विकासका शिक्षासम्बन्धी लक्ष्यहरुलाई पूरा हुन कठिन हुने जनाएका छन् । संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यका शिक्षासम्बन्धी कार्यसूचीको कार्यान्वयनमा शैक्षिक ट्रेड युनियनकर्मीको भूमिकाबारे छलफल गर्न एजुकेशन इन्टरनेशनल (इआई) को आयोजनामा भएको ३ दिने एसिया प्रशान्त क्षेत्रीय आठौँ सम्मेलनमा उनीहरुले निजीकरणलाई प्रश्रय नदिई सम्बन्धित सरकारले सार्वजनिक शिक्षाको प्रवद्र्धनका लागि वित्तीय र नीतिगत प्रबन्ध गर्न माग गरेका हुन् । सन् २०३० सम्मका लागि तय भएको दिगो विकासको लक्ष्यमा गुणस्तरीय, समतामूलक र जीवनपर्यन्त शिक्षा हुनुपर्ने उल्लेख छ । सम्मेलनले करार र विविध दरबन्दीमा नियुक्त शिक्षकलाई अन्तर्राष्ट्रिय श्रमपूरा पढ्नुहोस्


शिशु अन्नपूर्ण गुरुङ्गलाई आजीवन निःशुल्क उपचार सेवा

असोज २५, पोखरा पोखरा–लेखनाथ महानगरपालिका–१० शिवचोकमा सञ्चालित अन्नपूर्ण बाल तथा महिला अस्पतालले शल्यक्रियाबाट जन्मेको पहिलो नवजात शिशुलाई आजीवन निःशुल्क उपचार सेवा दिने भएको छ । तनहुँको व्यास नगरपालिका–१४ छाब्दीवाराहीकी एलिना गुरुङले यही असोज १९ गते सुत्केरी व्यथा लागेपछि शुरुमा दमौली अस्पताल, त्यहाँ पनि उपचार नभएपछि पोखराका अन्य अस्पतालमा लगिएकामा त्यहाँ भर्ना लिन नमानेपछि घर फर्काइन लाग्दा सो अस्पताल सेवा दिएको थियो । अस्पतालका स्त्री रोग विशेषज्ञ डा. कमर जहा, डा. चुममाया पुन, डा. विवेक रञ्जितकार र डा. विधान घिमिरे सम्मिलित टोलीले असोज २० गते बिहान जटिल शल्यक्रिया गरी शिशुलाई पेटबाट निकालेको थियो । अस्पतालका प्रबन्ध निर्देशक डा. सुशील ढुंगेलले नवजातपूरा पढ्नुहोस्


सिटिइभिटीका प्रमुखलाई कालोमोसो

असोज २५, भक्तपुर प्राविधिक तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) को सम्बन्धन महाशाखाका प्रमुख जीवनारायण काफ्लेलाई आज उनकै कार्यकक्षमा विद्यार्थीले कालोमोसो दलेका छन् । प्रहरीका अनुसार नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्पकुमार शाही, अर्जुन बमसहितको विद्यार्थी टोलीले काफ्लेको कार्यकक्षमै पुगेर कालोमोसो दलेका थिए । केही दिनअघि सिटिइभिटीले नर्सिङ्गलगायत स्वास्थ्यका विभिन्न विषयमा प्रमाणपत्र तहमा अर्को शैक्षिकसत्रका लागि विद्यार्थी भर्ना गर्ने गरी सम्बन्धन दिएको विरोधमा विद्यार्थीले कालोमोसो दलेका हुन् । कालोमोसो दलेलगत्तै प्रहरी पुगेपछि विद्यार्थीहरू पछाडिको ढोकाबाट भागेको प्रहरीले बताएको छ । शिक्षामन्त्रीको अध्यक्षतामा बसेको बोर्ड बैठकले सम्बन्धन दिएको भएपनि कालोमोसो कर्मचारीलाई दलिएको भन्दै सिटिइभिटीका कर्मचारीले भने विरोध गरेका थिए ।


निर्वाचनका बारेमा अब आशंका नगर्नुस् – प्रमुख आयुक्त डा यादव

असोज २५, धुलिखेल, काभ्रे प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनको सम्पूर्ण वातावरण बनिसकेकाले उच्चस्तरको सहमति कायम गरेर अघि बढ्न सरकार र राजनीतिक दलसँग आग्रह गरेका छन् । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत सम्मिलित निर्वाचन सञ्चालन र व्यवस्थापन तालीम समापन समारोहमा उनले निर्वाचन हुनुपर्छ भन्ने सन्दर्भमा कतैबाट पनि विचलनको अवस्था नदेखिएकाले निर्वाचनका बारेमा आशंका नगर्न सबैसँग अनुरोध गरे । स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि आचारसंहिताको पूर्ण पालना गर्न/गराउन राजनीतिक दल र सरकारलाई सुझाव दिँदै प्रमुख निर्वाचन आयुक्त डा. यादवले आचारसंहिता उल्लंघन गर्ने जो कोहीलाई पनि निर्वाचन आयोगले कारबाहीको दायरामा ल्याउनेपूरा पढ्नुहोस्


कोदोबालीमा फौजी कीरा

असोज २५, चौतारा सिन्धुपाल्चोकमा कोदोबालीमा फौजी कीराको प्रकोप देखा परेको छ । फौजी कीराले क्षति पुर्याएपछि किसान चिन्तित बनेका छन् । यस वर्ष मनसुन ढिला शुरु भएका कारण समयमै रोपाईं हुन नसकी धानबालीलाई असर पुर्याएकै अवस्थामा बाला लाग्ने समयमा कोदोबालीलाई फौजी कीराले क्षति पुर्याएको हो । जिल्लाको पश्चिम र मध्य क्षेत्रमा लगाइएको कोदोबालीलाई असर पुर्याएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । बाला लागेको र बाला लाग्ने अवस्थामा पुगेको कोदोको पात तथा डाँठसमेत नष्ट गरी उत्पादन नहुने अवस्थामा पुगेको चौतारा साँगाचोकगढी नगरपालिकाका किसान सुदर्शन धिताल बताउछन् । फौजी कीरा रोकथामका लागि किसानलाई इमिडाकोलोरोपिट, साइपरमेट्रिक र कोलोरोसाइरिफस नामक विषाधि सिफारिस गरेकोपूरा पढ्नुहोस्


आँखाको नानी प्रत्यारोपण र संकलन कार्य शुरु

असोज २५, चितवन मेडिकल सिटीका रुपमा विकास हुँदै गएको चितवन जिल्लामा आँखाको नानी संकलन र प्रत्यारोपणको कार्य शुरु गरिएको छ । यहाँको भरतपुर आँखा अस्पतालले आँखाको नानी प्रत्यारोपण कार्य शुरु गरिसकेको छ भने संकलन कार्य यसै साताबाट शुरु गर्नका लागि आवश्यक तयारी गरिरहेको छ । अस्पताल सञ्चालन गर्दै आएको नेपाल नेत्रज्योति संघ चितवनका कार्यवाहक अध्यक्ष कृष्णराज धरेलका अनुसार तिलगंगा आँखा अस्पताल काठमाडौँमा रहेको नेपाल आँखा बैंकसँग यहाँ संकलित आँखाको नानी राख्नका लागि सम्झौता भइसकेको छ । यहाँ संकलन गरिएका नानीलाई तत्काल काठमाडौँ पठाइनेछ भने प्रत्यारोपण गर्दा त्यहीबाट झिकाइने उनले बताए । नानी प्रत्यारोपणका लागि अस्पतालले १ जना चिकित्सकलाई अरबिन्द आँखापूरा पढ्नुहोस्


निब्र्याजी ऋण बिना झन्झट प्रदान गर्न प्राधिकरणको निर्देशन

असोज २५, काठमाडौँ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई दिने निब्र्याजी रु. ३ लाख ऋण सहजरुपमा प्रदान गर्ने व्यवस्था मिलाउन सरोकार भएका निकायलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भूकम्पपीडितको घर निर्माणका लागि सामूहिक जमानीमा ऋण उपलब्ध गराउने कार्यविधि २०७४ लाई संशोधन गर्दै बन्दै गरेको घर धितो राखेर पनि निब्र्याजी ऋण पाइने व्यवस्था गरेको हो । प्राधिकरणले सरोकार भएका निकायलाई कर्जा प्रवाह सहजरुपमा गर्ने व्यवस्था मिलाउन पनि आह्वान गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा. गोविन्दराज पोखरेलले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, शहरी विकास मन्त्रालय, बैंकर्स एशोसियशन र महालेखा नियन्त्रकको कार्यालयका प्रतिनिधिलाई मन्त्रिपरिषद्बाट सोमबार स्वीकृत कार्यविधिअनुसार निजीपूरा पढ्नुहोस्


अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा नियोगलाई अनुमोदन गर्ने नेपाल १५३ औँ राष्ट्र

असोज २५, काठमाडौँ व्यवस्थापिका–संसदबाट अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा नियोग (आइरेना) को विधानलाई सर्वसम्मतिले अनुमोदन गरेपछि नवीकरणीय ऊर्जाको क्षेत्रमा नेपालले अन्तर्राष्ट्रिय जगतमा पहिचान पाएको छ । आइरेनालाई अनुमोदन गर्ने नेपाल १५३औँ सदस्य राष्ट्र बनेको छ । संसदबाट विधान अनुमोदन गरी त्यसको जानकारी आइरेनामा पठाएपछि नेपाल विविधवत रुपमा सदस्य बन्नेछ । अन्य २७ वटा देशले पनि सदस्यताका लागि प्रक्रिया शुरु गरेका छन् । व्यवस्थापिका–संसदको आजको बैठकमा जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरीले प्रस्ताव गरेको आइरेनाको विधानलाई अनुमोदन गरियोस भन्ने प्रस्तावलाई अनुमोदन गरेको छ । मन्त्री चौधरीले मंगलबार साँझ बसेको व्यवस्थापिका–संसदको बैठकमा ‘अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा नियोगको विधान’ प्रस्तुत गरेका थिए । नवीकरणीय ऊर्जाको विश्वव्यापीपूरा पढ्नुहोस्


बर्दिबासमा ९८ जनामा डेंगु

  असोज २५, गौशाला महोत्तरी जिल्लाको बर्दिबासमा पाँचजनाबाट शुरु भएको डेंगु रोग अहिले ९८ जनामा पुगेको छ । उक्त कुरा जिल्ला स्वास्थ्य कार्यालय, महोत्तरीका स्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले जानकारी दिएका छन् । अघिल्लो सोमबार बर्दिबास अस्पतालमा १२ जनालाई परीक्षण गरिएकोमा पाँचजनामा फेला परेको डेंगु रोग अहिले बर्दिबासका ९८ जनामा देखापरिसकेको अस्पतालले जनाएको छ । तीमध्ये ८० जना महोत्तरीका र अन्य १८ जना सिन्धुली, सर्लाही र धनुषाका रहेका छन् । यसरी दुई साताअघि ५ जनाबाट शुरु भएको डेंगु रोग १०० जना करिब पुग्न लागेको र महामारीकै रुप लिन लागेको देखेर स्थानीय ज्यादै भयभित एवं त्रसित भएका छन् । यसैबीच, बर्दिबास अस्पतालमापूरा पढ्नुहोस्


मृत्युपछि शव ‘चल्दा’ चिकित्सकमाथि दुर्व्यवहार

  असोज २५, चितवन मृत्युपछि शवको प्रक्रियाबारे आवश्यक ज्ञान नहुँदा वेलावखतमा चिकित्सकमाथि दुव्र्यवहार हुने र अस्पतालमा तोडफोड हुने गरेका छन् । चिकित्सकले मृत घोषणा गरिसकेपछि पनि मृतकका विभिन्न अंग चलेको भन्दै ठाउँठाउँमा चिकित्सकमाथि दुव्र्यवहार र अस्पताल तोडफोड हुने गरेका छन् । मृत्यु भइसकेपछि पनि शरीरका अंग तन्किने र खुम्चिने हुँदा चलेको जस्तो भ्रम हुने गरेको चिकित्सक बताउँछन् । यसको ज्ञान सर्वसाधारणलाई नहुँदा समय समयमा मानिसको मृत्यु भइसकेपछि पनि यसले थप अप्रिय घटना सृजना गर्ने गर्छन् । भरतपुर अस्पतालका चिकित्सक डा. वीरेन्द्र मण्डलकाअनुसार मृत्यु भएको केही समयपछि मांसपेशी कसिलो बन्दै जान्छ, जसका कारण कतिपयको दिसापिसाब निस्कने, शरीरका अंग तन्किने र खुम्चनेपूरा पढ्नुहोस्