Main Menu

Saturday, October 7th, 2017

 

सन्दर्भ : माओवादी केन्द्र र एमाले पार्टी एकता

बिचारधाराकै कुरा भएकोले यो हतार गर्नु हुन्न – नेता मणि थापा

(भर्खरै एमाले र नयाँशक्ति पार्टीसँग चुनावी तालमेल गर्दै निर्वाचनपछाडि पार्टी नै एकता गर्ने भनी पार्टी शिर्षस्थ नेताहरुबाट सार्वजनिक घोषणा भएपछि नेकपा (माओवादी केन्द्र) भित्र दोश्रा, तेश्रा गरी बिभिन्न तहका नेता कार्यकर्ताहरुमा उक्त कदम ‘ठीक भयो, ठीक भएन’ भन्नेजस्ता टिकाटिप्पणीहरु आइरहेका छन् । एकजना केन्द्रीय नेता एवं जनजाति तथा पूर्वका इमान्दार, जुझारु र साहसिक युवा नेताका रुपमा परिचित गोपाल किरातीले त ‘नेताहरुले धोका दिए’ भनेर पार्टीलाई छुट्टै रुपले पुनर्गठन गर्ने भनेर मान्छे भेला गर्नेतिर लागेको समाचार बाहिर आएको छ । यसै परिवेशमा पश्चिमका युवा माओवादी नेता मणि थापाले आफ्नो एक खालको अलग्गै बिचार भएको सार्वजनिक गरेका छन् । यसै सन्दर्भमा इमूल्याङ्कनसँगपूरा पढ्नुहोस्


आफैसँग प्रश्न

लामो यात्रामा हिँड्दाहिँड्दै टाढा आकाशमा चंगाझैँ कावा खाँदाखाँदै अकस्मात् उभिएको छु कुन चौबाटोमा ?  अकस्मात् म कुन आकाशमा हराएछु मसँग कुनै जवाफ छैन नसोध मलाई कसैले हिँड्ने बेलामा तिमी कहाँ जान लागेको ? म अहिले जीवनको चौबाटोमा उभिएको छु अरु छैन मसँग यात्रा गर्नेहरु कहाँ पुगे होलान् ? कति अगाडि गइसके होलान् ?  कत्तिले बिर्सिसके होलान् मलाई त्यो लामो यात्रामा  मन कुडिँदो रहेछ एउटै यात्रामा अरुले छाडेपछि अत्यासलाग्दो रहेछ हिँड्दा हिँड्दै नमिठोसँग थाकिँदो रहेछ यात्रामा । बाटो भुलेर हिँडेपछि हराइँदो रहेछ थाहा छैन हिँड्दा हिँड्दै कहाँ पुगिने हो ?  कहाँ पुगेर टुँगिने हो यात्रा ?  मलाई छाडेर जानेहरु पनि तपूरा पढ्नुहोस्


पत्रकार महासंघ प्युठानको १६ औँ स्थापना दिवस सम्पन्न

असोज २१, प्युठान नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानकाे १६ अाैँ स्थापना दिवस तथा सूचना केन्द्रकाे समुदघाटन समाराेह, पत्रकार कल्याणकारी काेष शुभारम्भ कार्यक्रम हिजो विजुवार प्युठानमा सम्पन्न भयो । समारोहमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानकाे विकासमा महत्वपूर्ण याेगदान पुर्याएकाेमा समन्वय समिति प्युठानका अध्यक्ष केशवराज अाचार्य र प्युठान नगरपालिकका प्रमुख अर्जुन कुमार कक्षपतिलाई सम्मानित गरिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष विपुल पाेख्रेल, सचिव उदय जिएम, ५ नं. प्रदेशका प्रतिनिधि वसन्त गिरी, रूपन्देही शाखाका अध्यक्ष यानेन्द्र जिसी, राेल्पा शाषा अध्यक्ष मानसिंह विक, प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेलगायत विभिन्न सरकारी कार्यालयका प्रमुख, विभिन्न राजनीतिक दलका प्रमुखहरूकाे उपस्थिति रह्योपूरा पढ्नुहोस्


उत्तर कोरियाको तयारी

अमेरिकाको पश्चिमी किनारा पुग्ने क्षेप्यास्त्र परीक्षण

असोज २१, मस्को एकजना रुसी विधायकले उत्तर कोरियाले अमेरिकाको पश्चिम किनारा पुग्ने क्षेप्यास्त्र परीक्षण गर्ने तयारी गरिरहेको खुलासा गरेका छन् । उनी भर्खरै उत्तर कोरियाली राजधानी प्योङयाङ पुगेर फर्केका हुन् ।रुसी समाचार संस्था आरआइएले जनाए अनुसार रुसी तल्लो सदनको अन्तर्राष्ट्रिय मामिलाका एक सदस्य एन्टोन मोरोजोभ र अन्य दुईजना रुसी विधायकहरुले यही अक्टोबर २ देखि ६ सम्म प्योङयाङको भ्रमण गरी फेर्केका हुन् । आरआइएका अनुसार हिजो शुक्रवार विधायक मोरोजोभले भने, “उनीहरुले (उत्तर कोरियालीहरुले) लामो दूरीको क्षेप्यास्त्रका नयाँ परीक्षणहरु गर्न तयारी गरिरहेछन् । उनीहरुले हामीलाई ती क्षेप्यास्त्रहरुले अमेरिकी पश्चिमी किनारासम्म मार हान्न सक्ने क्षमता राख्ने गणितीय प्रमाण देखाएका छन् ।” “हामीले बुझ्दासम्मपूरा पढ्नुहोस्


वाम एकताबारे काँग्रेस – धोका भयो

  असोज २१, काठमाडौँ नेपाली काँग्रेसले वाम एकता र ध्रुवीकरणले लोकतन्त्र र संविधानमाथि प्रहार भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको केन्द्रीय समिति बैठकले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को निर्वाचन तालमेलले संविधान कार्यान्वयनका क्रममा स्थानीय तहको निर्वाचन सम्पन्न भएको अवस्थामा विगतको समझदारीविपरीत मुलुकलाई वैचारिक ध्रुवीकरणतर्फ लगेको ठहर गरेको छ । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै बैठकले दलीय सहमतिअनुरुप प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सबै जुट्नुपर्ने बेला मुलुकलाई आवश्यक नै नभएको वाम एकताले लोकतन्त्रमाथि नै संकटका रुपमा लिएको जनाएको छ । संविधान कार्यान्वयन गर्ने मूल कार्यभारका साथ काँग्रेस र (माओवादी केन्द्र) लगायतका राजनीतिक दलबीचको सहकार्यलाई अगाडिपूरा पढ्नुहोस्