Main Menu

पत्रकार महासंघ प्युठानको १६ औँ स्थापना दिवस सम्पन्न

असोज २१, प्युठान

nepal-journalist-federation-pyuthan-anniversaryनेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानकाे १६ अाैँ स्थापना दिवस तथा सूचना केन्द्रकाे समुदघाटन समाराेह, पत्रकार कल्याणकारी काेष शुभारम्भ कार्यक्रम हिजो विजुवार प्युठानमा सम्पन्न भयो ।

समारोहमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानकाे विकासमा महत्वपूर्ण याेगदान पुर्याएकाेमा समन्वय समिति प्युठानका अध्यक्ष केशवराज अाचार्य र प्युठान नगरपालिकका प्रमुख अर्जुन कुमार कक्षपतिलाई सम्मानित गरिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष विपुल पाेख्रेल, सचिव उदय जिएम, ५ नं. प्रदेशका प्रतिनिधि वसन्त गिरी, रूपन्देही शाखाका अध्यक्ष यानेन्द्र जिसी, राेल्पा शाषा अध्यक्ष मानसिंह विक, प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेलगायत विभिन्न सरकारी कार्यालयका प्रमुख, विभिन्न राजनीतिक दलका प्रमुखहरूकाे उपस्थिति रह्यो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानमा याेगदान पुर्याउने पूर्व अध्यक्ष ईमानसिहं भारती, सुशील पाेख्रेल, गिरुप्रसाद भण्डारीलाई पनि उक्त कार्यक्रममा सम्मानित गरिएकाे थियाे । कार्यक्रममा जिल्लाका क्रियाशील पत्रकारहरूकाे बाक्लो उपस्थिति रहेको थियाे ।

(Visited 168 times, 1 visits today)

टिप्पणी

comments