Main Menu

प्रेस युनियनको सभापतिमा शर्मा

असोज ७, पाल्पा

प्रेस युनियन पाल्पाको आठौँ अधिवेशनबाट सभापतिमा भरत शर्मा निर्वाचित हुनुभएको छ ।

यसअघि पनि शर्माले युनियनको सभापति रही जिम्मेवारी बहन गर्नुभएको थियो । युनियनको उपसभापतिमा खुलातर्फ पुष्करराज रेग्मी, उपसभापतिमा महिलातर्फ मन गैरे, सचिवमा रामचन्द्र रायमाझी, कोषाध्यक्षमा बिष्णुप्रसाद खनाल र सहसचिवमा सरस्वती दङ्गाल रहनुभएको छ ।

त्यसैगरी सदस्यमा सुमन कार्की, भविश्वर पौडेल, बिष्णुप्रसाद पाण्डे, सङ्गीता थापा, सरिता रेग्मी, दानबहादुर हिस्की, जीवन तिवारी र इमानसिं राना रहनुभएको छ ।

यसैबीच, युनियनको अधिवेशनका क्रममा नौ पत्रकार सम्मानित हुनुभएको छ । पत्रकारिता एवं आम सञ्चारको विकासको क्षेत्रमा योगदान गरेको भन्दै स्व लक्ष्मण घिमिरे स्मृति पत्रकारिता पुरस्कारबाट मूर्ति न्यौपाने पुरस्कृत हुनुभएको छ ।

भवगवतीध्वज राजवलट स्मृति पुरस्कारबाट सीता पाण्डेय, सुशीला रेग्मी, मन गैरे, राजेन्द्र पन्थी स्मृति पुरस्कारबाट माधव अर्याल सम्मानित हुनुभएको छ । त्यसैगरी झपेन्द्र गैरे, जगदीश भट्टराई, प्रकाश नेपाल, अनिल लिगल, साहित्यकार वनमाली निराकार सम्मानित हुनुभएको छ ।

(Visited 223 times, 1 visits today)

टिप्पणी

comments