Main Menu

Sunday, September 23rd, 2018

 

प्लास्टिक घरभित्र तरकारी खेती

असोज ७, बलेवा कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना गरिएको पुनःस्थापना केन्द्र बागलुङले प्लास्टिक घरभित्र तरकारी खेती गर्न शुरु गरेको छ । कुलतबाट छुटाउन युवालाई कृषि कर्ममा लगाउने उद्देश्यले सो प्लास्टिक घर निर्माण गरिएको हो । कृषि उत्पादनमा अब्बल मानिएका मुलुकमा प्रयोग गरिँदै आएको अत्याधुनिक पलास्टिक घर प्रविधि पुनःस्थापना केन्द्रले भित्र्याएको हो । जापानमा कार्यरत बागलुङका राजन भारी र सिन्धुपाल्चोकका मिङमार शेर्पाले रु सात लाखको लागतमा प्लास्टिक घर निर्माण गरेका हुन् । युवालाई कुलतमा फस्न नदिई सुधारको काममा सक्रिय गराउन पुनःस्थापना केन्द्रमा दुई प्लाष्टिक घर निर्माण गरिएको छ । यस प्रविधिबाट बेमौसमी बन्दागोभी, काउली, गाजर, साग तथा गोलभेँडापूरा पढ्नुहोस्


दाङमा २,६८४ हेक्टर वन क्षेत्र अतिक्रमित

असोज ७, घोराही भग्गु बुढा घोराही नगरपालिका वडा नं १८ स्थित कालिका सामुदायिक वनको अध्यक्षमा भर्खरै निर्वाचित हुनुभएको छ । अध्यक्ष हुनु अगाडि नै वन क्षेत्र अतिक्रमण गरेर सयौं घर बनेको देख्नुभएका उहाँमा त्यस्ता घर र अतिक्रमणमा परेका जग्गा कसरी फिर्ता गर्ने चिन्ता थपिएको छ । वनको जग्गामा लामो समयदेखि बस्दैआएकालाई हटाउन मश्किल हुने भएकाले सरकारी पक्षबाटै केही पहल भइदिए हुन्थ्यो भन्ने उहाँ ठान्नुहुन्छ । दाङ जिल्लाका अधिकाँश वन क्षेत्र अतिक्रमणको चपेटामा परेका छन् । जिल्लाको अधिकाँश भूभाग समथर छ । त्यही समथर भूभागमा रहेका वनहरु अतिक्रमणमा परेका हुन् । बीसौं वर्ष अगाडिदेखि जिल्लामा रहेका वनहरु अतिक्रमण हुँदैआएका छन् ।पूरा पढ्नुहोस्


इन्द्रावतीद्वारा नदीजन्य पदार्थ उत्खननमा रोक

असोज ७, मेलम्ची सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले अर्को व्यवस्था नभएसम्म आफ्नो नदी क्षेत्रभित्र कुनै प्रकारको यान्त्रिक औजार प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन र निकासी गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । गाउँकार्यपालिकाको निर्णयलाई कसैले बेवास्ता गरी नियम उल्लङ्घन गरेको पाइएमा कानूनबमोजिम कारवाही गरिने इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले जानकारी दिनुभयो । यही असोज १ गते बसेको जिल्ला समन्वय समिति एवं नदीजन्य पदार्थको अनुगमन समितिले असोज ५ गतेदेखि नदीजन्य पदार्थ निकाल्न दिने निर्णय गरेको थियो । बैठकले प्रारम्भिक वातावरणीय परीक्षण (आइई) भइसकेका र ठेक्का प्रक्रिया पूरा भएका नगर र गाउँपालिकाका हकमा ठेकेदारमार्फत नदीजन्य पदार्थ निकाल्न दिने निर्णय गरेको थियो । प्रारम्भिक वातावरणीयपूरा पढ्नुहोस्


मुलुकी संहितासम्बन्धी विधेयक राष्ट्रियसभामा पारित

असोज ७, काठमाडौँ राष्ट्रियसभाले “मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५ लाई पारित गरियोस्” भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ माथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले पेश गर्नुभएको थियो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्णायार्थ प्रस्तुत गर्नुभएको सो विधेयक सर्वसम्मतिले पारित भएको हो । प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद रामनारायण बिँडारी, जीतेन्द्रनारायण देव र विमला राईले समितिको प्रतिवेदन बैठकअघि नै सांसदलाई वितरण गर्ने व्यवस्था मिलाउन माग गर्नुभयो । त्यसैगरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुतपूरा पढ्नुहोस्


शैक्षिक अवस्था सुधारका लागि अनुदान

असोज ७, जाजरकोट कुशे गाउँपालिकाले दरबन्दीविहीन विद्यालयमा अनुदानमा शिक्षक राख्न पहल शुरु गरेको छ । शिक्षण सिकाइ अनुदान शीर्षकमा रु एक करोड १८ लाख विनियोजन गरिएपछि सो गाउँपालिकाका नौ वटै वडामा शिक्षक राख्ने प्रक्रिया थालिएको छ । दरबन्दी नभएका विद्यालयमा शैक्षिक अवस्था खस्केपछि शैक्षिक जनशक्तिका लागि अनुदान उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष हरिचन्द्र बस्नेतले बतथाउनुभयो । गाउँपालिका क्षेत्र भित्रका मावि, निमावि र प्राविमा दरबन्दीका शिक्षक नहुँदा पढाइ प्रभावित भएको छ । यहाँका अभिभावकले चन्दा उठाएर शिक्षकलाई तलबको व्यवस्था गर्दै आएका छन् । अनुदान उपलब्ध गराएपछि शिक्षकको तलबका लागि स्थानीयवासीमा परेको भार कम भएको छ । “अनुदान रकमबाट ८० शैक्षिक जनशक्तिपूरा पढ्नुहोस्


जापानबाट भिडियो एक्स–रे सहयोग

असोज ७, बलेवा जापानमा बसेका युवाको सक्रियतामा बागलुङको एक स्वास्थ्य चौकीलाई भिडियो एक्स–रे मसिन सहयोग गरिएको छ । गलकोटस्थित हटिया स्वास्थ्य चौकीलाई घुम्टे युवा परिवार जापान र शिवज्योति युवा क्लब जापानमार्फत उक्त सहयोग जुटेको हो । जापानमा तीज विशेष मेला आयोजना गरेर सङ्कलित रु सात लाख ५० हजारबाट मसिन खरीद गरिएको घुम्टे युवा परिवार जापानका अध्यक्ष दिलबहादुर थापाले बताउनुभयो । भिडियो एक्स–रे नहुँदा यहाँका धेरै गर्भवतीले सास्ती खेपेका थिए । बर्सातको समयमा जीर्ण र हिलाम्मे सडकको यात्रा गर्दै सदरमुकाम पुग्न बाध्य थिए । “वर्षभरिमा धेरै सुत्केरी गराउने स्वास्थ्य चौकी भएकाले सामान्य परीक्षण गर्न सदरमुकाम धाउने समस्या हटाउन सकियोस् भनेर सहयोगपूरा पढ्नुहोस्


नेपाल–भारत जोड्ने पुल निर्माण तीन महिनादेखि अलपत्र

असोज ७, दार्चुला लेकम गाउँपालिका–३ लालीमा निर्माणाधीन नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको निर्माण कार्य विगत तीन महिनादेखि रोकिएको छ । पुल निर्माण असार महिनादेखि शुरु हुनसकेको छैन । बर्खाको समयमा पानीको सतह बढेको भन्दै रोकिएको निर्माण अझै शुरु भएको छैन । ०७३ असोज ४ गते पुल निर्माणका लागि मनोमालिका कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो । कूल रु एक करोड ३२ लाख लागतमा ठेक्का सम्झौता भएको दुई वर्ष पूरा हुँदा पनि निर्माणको काम जस्ताको त्यस्तै छ । पुलको दुई पटक म्याद थप गरिएको छ । पछिल्लो समय आगामी मङ्सिर महिनासम्मको लागि म्याद थप गरिएको भए पनि काम भने सञ्चालन भएको छैन ।पूरा पढ्नुहोस्


लघुवित्त परियोजनामा चिनियाँ सहयोग

असोज ७, काठमाडौँ नेपालस्थित चाइना फाउण्डेशन फर पोभर्टी एलिभेशनले (सिएफपिए)नवलपुर जिल्लाको देवचुली नगरपालिकामा लघुवित्त कार्यक्रमका लागि सहयोग गरेको छ । स्थानीय सक्रिय साना किसान कृषि सहकारीमार्फत लघुवित्त कार्यक्रमका लागि रु ३७ लाख प्रदान गरेको उक्त संस्थाले जनाएको छ । सफा, सुनौलो नेपाल र सक्रिय साना किसान कृषि सहकारी संस्थासँगको सहकार्यमा महिला उद्यमशिलता सहयोग परियोजनाका लागि उक्त संस्थाको सहयोगमा कार्यक्रम शुरु गरिएको हो । सिएफपिए नेपालमा काम गर्ने पहिलो चिनियाँ गैरसरकारी संस्था हो । देवचुली नगरपालिका सिएफपिए नेपालको देशीय निर्देशक जाउ, सफा सुनौलो नेपाल संस्थाका सचिव राकेश हमाल र सहकारीका अध्यक्ष मीना सुवेदीबीच सम्झौतापत्रमा हस्ताक्षर भइ सो रकम हस्तान्तरण गरिएको होपूरा पढ्नुहोस्


घारखोला जलविद्युत् आयोजनाको निर्माणकार्य ठप्प

असोज ७, म्याग्दी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको निर्माणकार्य विगत एक हप्तादेखि ठप्प बनेको छ । अन्नपूर्ण गाउँपालिका–५ शिखका बासिन्दाले विभिन्न माग राख्दै म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको बाँध र सुरुङ निर्माणकार्यमा अवरोध गरेका हुन् । भदौ ३१ गते शिखका बासिन्दा आयोजनाको बाँध र सुरुङ निर्माणस्थल कुरीलाबगरमा पुगेर काममा अवरोध गरेपछि निर्माण ठप्प भएको हो । प्रस्तावित अपर घारखोला जलविद्युत् आयोजनालाई प्रभावित बनाउन नहुने, सामाजिक सहयोग कार्यक्रमको बजेट सार्वजनिक गरी प्रभावित क्षेत्रका योजनालाई समान प्राथमिकता दिनुपर्ने, पाउद्धार जोड्ने सडकअन्तर्गत घारखोलामा मोटरेबल पुल निर्माण गर्नुपर्ने, स्थानीयवासीलाई लगानी र रोजगारीको अवसर, वातावरणीय क्षति न्यूनीकरण, सञ्चालक समितिमापूरा पढ्नुहोस्


तीन सय वर्ष पुरानो पोखरी संरक्षणमा जुटे स्थानीय

असोज ७, दमौली तनहुँको व्यास नगरपालिका–१४ रुम्सीका स्थानीयवासीले करीब तीन सय वर्ष पुरानो पानी पोखरीको संरक्षण थालेका छन् । वन्यजन्तु र चरिचरण गर्ने घरपालुवा चौपायालाई पानीको अभाव हुन थालेको र परापूर्वकालमा निर्माण गरिएको पोखरी संरक्षणको अभावमा जीर्ण हुँदै गएपछि पुराना पोखरीको संरक्षण अभियान शुरु गरिएको हो ।   पुराना पोखरी संरक्षणको लागि रुम्सीवासीलाई हरियो वन कार्यक्रमअन्तर्गत गैरसरकारी संस्था समन्वय समिति तनहँुले केही आर्थिक सहयोग गरेको छ । गैसस समन्वय समितिले रुम्सीको चार पुराना पोखरीको सरसफाइ कार्यक्रमका लागि रु ४० हजार बजेट उपलब्ध गराएको छ । उक्त रकमबाट पुराना पोखरीको सफाइ साथै एउटा नयाँ पोखरी पनि निर्माण गर्ने रुम्सी सामुदायिक वनपूरा पढ्नुहोस्