Main Menu

Saturday, September 22nd, 2018

 

श्रीमान्को कुटाइबाट श्रीमतीको मृत्यु

असोज ६, बागलुङ् सामान्य विवादको क्रममा श्रीमान्ले लठ्ठी प्रहार गर्दा बागलुङको ताराखोला गाउँपालिका–२ मा ७० वर्षीया श्रीमतीकोे मृत्यु भएको छ । शुक्रबार साँझ मादकपदार्थ सेवन गरेर घर आएका ६६ वर्षीय देउप्रसाद छन्त्यालले लठ्ठी प्रहार गर्दा उनकी ७० वर्षीया श्रीमती तुलमाया छन्त्यालको उपचारको क्रममा मृत्यु भएको हो । श्रीमान् श्रीमतीबीचमा सामान्य भनाभन हुँदा देउप्रसादले तुलमायाको टाउकोमा लठ्ठीले हानेका थिए । श्रीमान्को कुटाइबाट गम्भीर घाइते भएकी तुलमायाको गलकोट प्राथामिक स्वास्थ्य केन्द्र हरिचौरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक गोपिन्द्रबहादुर खड्काले बताउनुभयो । शुक्रबार नै देउप्रसादलाई प्रहरीले स्वास्थ्यचौकीबाट नियन्त्रणमा लिएको छ ।


व्यावसायिक कफी खेती शुरु

असोज ६, दमौली तनहुँको देवघाट गाउँपालिका–३ छिपछिपेका कृषकले व्यावसायिक रूपमा कफीखेती शुरु गरेका छन् । जिल्लाको अतिविकट कछार क्षेत्र मानिने छिपछिपेका कृषकले ५० रोपनी क्षेत्रफलमा कफीखेती शुरु गरेका हुन् । यस ठाउँका कृषकले सुन्तलाखेती समेत गर्दै आएका छन् । अन्य खेती नहुने भएपछि यहाँका कृषकले सुन्तलासँगै व्यावसायिक रूपमा कफीखेती शुरु गरेको स्थानीय कृषक मिनबहादुर रानाले जानकारी दिनुभयो । “विसं २०५२\५३ मा स्थानीय कृषक लिलबहादुर गुरुङले कफीको परीक्षण उत्पादन गर्दा हावापानी उपयुक्त पाएपछि अहिले आएर उहाँको सिको यहाँका कृषकले गरेका हुन्”, रानाले भन्नुभयो । त्यसयता उत्पादन गरेको कफीले बजार नपाएका कारण कफीखेतीमा कमी आए पनि विसं २०७१\७२ देखि भने कफीको राम्रोपूरा पढ्नुहोस्


आँखा शिविर सञ्चालन

असोज ६, मेलम्ची मेलम्चीमा अस्ति, हिजो र आज सञ्चालित आँखा शिविरमा १४७ जनाको मोतिया विन्दुको शल्यक्रिया गरिएको छ । शिविरमा एक हजार ४०० जनाले आँखाजाँच गराएका छन् । तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीको आयोजनामा आँखा शिविर सञ्चालन गरिएको हो । मेलम्ची नगरपालिकाका ज्योतिषगाउँ, धुसिचौर, ज्यामिरे, क्यौरानी र मेलम्ची, हेलम्बु गाउँपालिकाको चनौटे र तिम्बू, पाँचपोखरी थाङपाल गाउँपालिकाको तिपेनीमा सञ्चालित आँखा शिविरमा आएकाको शल्यक्रिया गर्नुपर्नेलाई मेलम्चीमा बोलाएर शल्यक्रिया गरिएको हो । वरिष्ठ आँखा विशेषज्ञ सन्दुक रुइतको निगरानीमा शल्यक्रिया गरिएको मेलम्ची सामुदायिक आँखा केन्द्रका अध्यक्ष रुद्रप्रसाद दुलालले जानकारी दिनुभयो । आफ्नै घर आँगनमा सेवा पाउँदा स्थानीयवासी धेरै खुशी भएका छन् । ‘शल्यक्रियाका लागिपूरा पढ्नुहोस्


महिला हिंसाको विरोधमा आन्दोलन गर्ने

असोज ६, काठमाडौँ नेपाल महिला सङ्घले देशभर बढ्दै गएको महिला हिंसाको विरोधमा ७७ वटै जिल्लामा प्रदर्शन गर्ने भएको छ । सङ्घले आज पत्रकार सम्मेलन गरी निर्मला पन्तको दोषीलाई पत्ता लगाई कारवाही गर्नुपर्ने र देशमा दिनानुदिन बढ्दै गएको महिला हिंसाको विरोधमा असोज ७ गते (भोलि) देशभर विरोध गर्न लागेको जानकारी दिएको हो । सम्मेलनमा सङ्घका अध्यक्ष उमा रेग्मीले भोलि देशभर महिला हिंसा र बढ्दो महँगीको विरोधमा प्रदर्शन गर्न लागेको जानकारी दिदै काठमाडौँ, भक्तपुर र ललितपुरको संयुक्त विरोध र्याली निकालेर जिल्ला प्रशासन कार्यालयमा ज्ञापन बुझाउन लागेको बताउनुभयो । अध्यक्ष रेग्मीले महिला हिंसाका दोषीलाई कारवाही गरेर पीडितलाई न्याय नदिएसम्म र महँगी नघटेसम्म महिलापूरा पढ्नुहोस्


जथाभावी फोहर फाल्नेलाई बढी कर लगाऊँ–मन्त्री पण्डित

असोज ६, भक्तपुर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जथाभावी फोहर फाल्ने नागरिकको पहिचान गरेर जरिवानास्वरुप बढी कर लगाउनुपर्ने बताउनु भएको छ । आज भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको ३० औँ हप्ता तथा मनोहरा खोला सफाइ अभियानको ८० औँ हप्ताको अवसरमा आयोजित बुलेटिन विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । स्थानीय सरकारले करको दायरा घटाउनुपर्ने बताउँदै उहाँले नेपाललाई सफा र सुन्दर बनाउने कार्यमा अवरोध पु¥याउँदै प्रदूषण तथा फोहर गर्नेलाई जतिसक्दो बढी कर लगाउनुपर्ने विचार व्यक्त गर्नुभयो । नेपाल सुन्दर, स्वस्थ र हराभरा बनाउनुपर्छ, भन्ने सन्देश विश्वमा फैलाउनुपर्ने औल्याउँदै उहाँले हरेक दृष्टिकोणबाट नेपाल बस्नका लागि उपयुक्तपूरा पढ्नुहोस्


अब त आश मरिसक्योः बेपत्ता परिवार

असोज ६, बाँके खिनुमाया पाठक १९ वर्षदेखि राज्यद्वारा बेपत्ता पारिएका पतिको सत्यतथ्य थाहा पाउन भौतारिरहनुभएको छ । तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका क्रममा जिल्लाको राप्तीपारि बैजापुरमा शिक्षण पेशामा कार्यरत उहाँका पति ढाकाराम पाठकलाई सुरक्षाकर्मीले २०५६ मा बर्दियाबाट बलपूर्वक बेपत्ता पारेका थिए । माओवादी भएकै आरोपमा बेपत्ता पारिएका ढाकारामको अवस्था अहिलेसम्म अज्ञात छ । घरमूलीलाई बेपत्ता पारिएपछि पाठक परिवार कोहलपुर नगरपालिका–११ मा बस्दै आएको छ । पति नहुँदा दुई नाबालक छोरालाई हुर्काउन आफूले ठूलो सङ्घर्ष गर्नुपरेको उहाँ भन्नुुहुन्छ, “नाबालक छोराहरुको आफ्नै लालनपालन गर्दै श्रीमान्को न्यायका लागि लड्न थालेको १९ वर्ष पुगिसक्यो तर पनि न्यायको अनुभूति गर्न पाएका छैनौँ, बरु पीडामाथि पीडा थपिएकोपूरा पढ्नुहोस्


औषधिजन्य जडीबुटीको उत्पादन वर्षेनी घट्दै

असोज ६, इलाम जिल्लामा वर्षेनी औषधिजन्य जडीबुटीको उत्पादन घट्दै गएको छ । चिराइतोलगायत जडीबुटीमा मिसावट भेटिनु र तिनको भाउ घट्नुजस्ता कारणले किसानले जडीबुटी खेती घटाउँदै लगेका हुन् । जिल्लामा चिराइतो, अर्गेली, लौठ सल्ला, पाखनबेदलगायत जडीबुटी खेती हुँदै आएकामा उचित मूल्य नपाएकै कारण जडीबुटीको खेती छाडेर अन्य खेती गर्न थालिएको चिराइतो किसान दिनेश सुवेदी बताउनुहुन्छ । कुनै बेला पाँच मन (एक मनको ४० केजी) सम्म चिराइतो उत्पादन गर्नुभएका सुवेदी अहिले किबी खेतीमा लागेको छु भन्नुहुन्छ । “मैले तीन वर्ष अघि मात्र रु २९ हजार प्रति मनमा चिराइतो बेचेको थिएँ तर त्यसकोे मूल्य घटेर अहिले प्रतिमन चारदेखि पाँच हजार मात्र मूल्य छपूरा पढ्नुहोस्


विश्व पर्यटन दिवसका अवसरमा विविध कार्यक्रम

असोज ६, काठमाडौँ नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल (नाट्टा)ले ३९ औँ विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागेको छ । सो क्रममा नाट्टाले आज बिहान प्रमुख धार्मिक तथा पर्यटकीयस्थल स्वयम्भूमा सरसफाइ गरेको छ । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, पर्यटन व्यवसायी, स्वदेशी तथा विदेशी पर्यटकको सहभागिता थियो । आजै धनन्तरी फुटसल क्लब भत्केपुलमा आयोजना गरिने फुटसल प्रतियोगितामा पुरुष १४ र महिला तीन टोलीको सहभागिता रहने नाट्टाका सहकोषाध्यक्ष सुरेन्द्र भट्टराईले जानकारी दिनुभयो । नाट्टा अध्यक्ष सिएन पाण्डेले उक्त दिवसलाई उत्साहपूर्ण ढङ्गले सम्पन्न गर्न विभिन्न सङ्घ संस्थासँग मिलेर सामूहिक कार्यक्रम गरिएको बताउनुभयो । “सरकारले सन् २०२०पूरा पढ्नुहोस्


अमेरिकामा एक नेपालीसहित तीनको हत्या

असोज ६, वाशिङ्टन, डिसी अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा एक नेपाली चेलीको हत्या भएको छ भने अर्का एक नेपाली घाइते भएका छन् । एक कम्पनीमा नै अल्पत्कालीन काम गर्ने २६ वर्षीया स्नोयिआ मोस्ले नाम गरेकी महिलाले आफैँ काम गर्ने कंपनीमा बिहीबार स्थानीय समयअनुसार बिहान ९ बजे अन्धाधुन्धा गोली प्रहार गर्दा नेपाली महिला ४१ वर्षीया वृन्दा गिरीसहित अन्य दुईको निधन भएको शुक्रबार स्थानीय अधिकारीले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएका थिए । हाडफोर्ड काउन्टीका सेरिफ जेफ्री आर ग्यालरले पत्रकार सम्मेलनमा अभियुक्तले नौ मिलिमिटरको हाते बन्दुक प्रयोगमा ल्याएको जानकारी दिनुभयो । अमेरिकामा स्वास्थ्य सामग्रीको विक्रेता राइट एडको गोदाममा काम गर्ने नौपूरा पढ्नुहोस्


लाखौँको जडीबुटी बरामद

असोज ६, बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका–४ कुरुका विभिन्न सामुदायिक वनबाट गैरकानूनीरुपमा जटीबुटी चोरी निकासी भइरहेको खुलासा भएको छ । राष्ट्रिय तथा सामुदायिक वनमा वन डिभिजन कार्यालयबाट निरन्तर अनुगमन नहुँदा ठेकेदार मार्फत मनोमानी गरेकाले जडीबुटीको तस्करी बढेको हो । तस्करी बढेको भन्दै स्थानीयवासीले उजुरी गरेपछि कुरुका माने रोकायाले सङ्कलन गरेको करीब रु १६ लाख बराबरको एक हजार १२ किलो ‘सेतक चिनी’ नामको जडीबुटी जङ्गलको बीचमा ढुङ्गाको ओडारमा लुकाएर राखेको अवस्थामा बरामद गरिएको उक्त कार्यालयका प्रमुख दानबहादुर श्रेष्ठले बताउनुभयो । बाजुरालगायत नेपालका नौ वटा जिल्लामा मात्र पाइने यो जडीबुटी ठेकेदार जङ्गवीर बोहराले रातारात लुकाएको र केही जडीबुटी खोलामा बगाएकोे अवस्थामा फेला परेकोपूरा पढ्नुहोस्