Main Menu

Sunday, September 2nd, 2018

 

नेपाल चार विकेटले विजयी

भदाै १७, काठमाडौँ एशिया कप छनोटअन्तर्गत आज भएको चौथो खेलमा नेपालले सिङ्गापुरलाई चार विकेटले पराजित गरेको छ । जितका लागि पाएको १५२ रनको लक्ष्य नेपालले २८ दशमलव १ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि अनिलकुमार साहले ४३, दीपेन्द्रसिंह ऐरीले ३३, ज्ञानेन्द्र मल्लले २९, सुवाश खकुरेल र सागर पुनले १४\१४ तथा कप्तान पारस खड्काले ११ रन बनाए । मलेशियाको राजधानी क्वालालम्पुरमा टस जितेर ब्याटिङ गर्दै सिङ्गापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनाएको थियो । सिङ्गापुरका लागि चेतन रामचन्द्र सूर्यबंशीले ६० रन, अनिश पारामले ३१ तथा कार्तिकेयन सुब्रमन्नियमले २० रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने रपूरा पढ्नुहोस्


जोमसोम कटानको जोखिममा

भदाै १७, मुस्ताङ कालीगण्डकी नदीको कटानका कारण मुस्ताङको सदरमुकाम जोमसोम बजार जोखिममा परेको छ । अधिक वर्षाका कारण उक्त नदीमा पानीको सतह बढेर बस्तीतर्फ कटान गर्न थालेकाले जोखिम बढेको घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङले बताउनुभयो । उहाँका अनुसार घरपझोङ गाउँपालिकाको जोमसोम, पुथाङ एयरपोर्ट, स्याङ र मार्फाको बस्ती नदीले कटान गर्दा छेउछाउमा रहेका करीब एकसय घरका साथै सरकारी कार्यालय भवनसमेत जोखिममा परेका छन् । कटान नियन्त्रण गरी जोमसोम बजार संरक्षणका लागि सर्वेक्षण गरी दीर्घकालीन योजनाका लागि प्रदेश र सङ्घीय सरकारका सम्बन्धित मन्त्रालयमा प्रस्ताव गरिएको उपाध्यक्ष गुरुङले जानकारी दिनुभयो । प्रारम्भिक प्राविधिक अध्ययनअनुसार जोमसोम बजार संरक्षणका लागि रु ३२ करोड लाग्ने अनुमानपूरा पढ्नुहोस्


एक घरले पाँच बिरुवा रोप्नुपर्ने

भदाै १७, विराटनगर प्रदेश नं १ मा एक घरले कम्तीमा पाँच थान बिरुवा रोप्नुपर्ने भएको छ । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले शनिबार लेटाङ नगरपालिकामा ‘एक घर पाँच वृक्षरोपण अभियान’ शुभारम्भ गर्दै वातावरण स्वच्छ राख्न र आम्दानी बढाउनका लागि आ–आफ्नो घर जग्गामा बिरुवा रोप्नुपर्नेमा जोड दिनुभयो । अहिले पनि हामी वन पैदावरमा आत्मनिर्भर हुननसकेका कारण विदेशबाट अर्बौ रकम बराबरको काठ आयात भइरहको जानकारी दिँदै उहाँले स्वदेशको रकम विदेश जान नदिन रुखका बिरुवा रोप्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सभासद् उपेन्द्र घिमिरे र उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्रालयका सचिव बद्रिराज ढङ्गानालेपूरा पढ्नुहोस्


सार्कलाई गतिशील तुल्याउन श्रीलङ्का प्रतिबद्ध

भदाै १७, काठमाडौँ श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सार्क प्रक्रियालाई गतिशील तुल्याउन सक्दो सहयोग गरिने दृढता व्यक्त गर्नुभएको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयको आज निरीक्षण गरेपछि महासचिवसहित आठ वटै देशका निर्देशकसँगको अन्तक्र्रियामा उहाँले सदस्य मुलुकबीच भ्रातृत्वको भावना प्रवद्र्धन गर्दै सार्कका लक्ष्य र उद्देश्य हासिल गर्नका लागि लाग्न आग्रह गर्नुभयो । राष्ट्रपति सिरिसेनाले क्षेत्रीय सहयोगलाई प्रभावकारी बनाउन सबै सदस्य एकजुट हुनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा सचिवालय परिसरमा उहाँले बोधिचित्तको बिरुवा रोप्नुभयो । सचिवालय भ्रमणका क्रममा सार्कका राष्ट्राध्यक्ष÷सरकार प्रमुखले रोपेर झाङ्गिएका बिरुवा,सचिवालयमा रहेका सगरमाथा, लुम्बिनी नामक विभिन्न प्रेक्षालय र त्यहाँ राखिएका आठ वटै देशका कलासंस्कृति झल्कने चित्र एवम्पूरा पढ्नुहोस्


दमास्कस नजिकको सैनिक विमानस्थलमा बिस्फोटन

भदाै १७, बेरुत सिरियाको राजधानी दमास्कस नजिकको सिरियाली सैनिक विमानस्थलमा शनिबार राति ठूलो विस्फोटन भएको छ । दमास्कसस्थित एक गैससले “इजरायली आक्रमणको सम्भावना” औंल्याए पनि सरकारी सञ्चार माध्यमले प्राविधिक त्रुटीका कारण हतियार भण्डारमा आगलागी भएको जनाएको छ । दमास्कसको पश्चिमी इलाकामा रहेको माज सैनिक विमानस्थललाई लक्षित गरी “इजरायलले प्रहार गरेको क्षेप्यास्त्रबाट हतियार भण्डारमा क्षति पुगेको” सिरियाली अब्जर्भेटरी फर ह्यूमन राइट्सका प्रमुख रामी आब्देल रहमानले बताउनुभयो । यो विमानस्थलमा सिरियाली हवाई सैन्यको जासुसी संयन्त्र रहेको छ । सन् २०१७ को प्रारम्भमा पनि यस्तै आक्रमण हुँदा सिरिया सरकारले छिमेकी मुलुक इजरायलमाथि आरोप लगाएको थियो । सिरियाली सैनिक स्रोतहरुले माज हवाई अखडा इजरायलीहरुकोपूरा पढ्नुहोस्


सिङ्गापुरद्वारा १५२ रनको लक्ष्य प्रस्तुत

भदाै १७, काठमाडौँ एशिया कप छनोटअन्तर्गत चौथो खेलमा नेपालले जितका लागि १५२ रनको लक्ष्य पाएको छ । मलेशियाको राजधानी क्वालालम्पुरमा आज टस जितेर ब्याटिङ गर्दै सिङ्गापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनायो । सिङ्गापुरका लागि चेतन रामचन्द्र सूर्यबंशीले ६० रन, अनिश पारामले ३१ तथा कार्तिकेयन सुब्रमन्नियमले २० रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र ललित नारायण राजवंशीले तीन\तीन, सोमपाल कामीले दुई तथा वसन्त रेग्मीले एक विकेट लिए । अहिले नेपालले ब्याटिङ गरिरहेको छ । नेपालले २५ ओभरमा चार विकेट गुमाउँदै एक सय २४ रन बनाएको छ । नेपालले शनिबार मलेसियालाई १९ रनले पराजित गरेको थियो ।


सवारी साधनमा राज्यको ढुकुटी रु ६ अर्ब खर्च

भदाै १७, काठमाडौँ विलासितामा खर्च गरिँदै आएको विप्रेषणको ठूलो हिस्सालाई कसरी घटाउन सकिन्छ भनेर छलफल भइरहेको बेला सरकारी ढुकुटीबाटै ठूलो रकम विलासिताकै सामान खरिदमा खर्च भएको तथ्य खुलासा भएको छ । महालेखा परीक्षकको कार्यालयले प्रतिनिधिसभा सार्वजनिक लेखासमितिमा प्रस्तुत गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७३\७४ मा राज्यको ढुकुटीबाट सवारीसाधनतर्फ रु ६ अर्ब ७१ करोड खर्च भएको उल्लेख छ । विप्रेषणबाट प्राप्त हुने रकमको ठूलो अंश मोबाइल, टेलिभिजन, कपडालगायत विलासिता तथा दैनिक उपभोग्य वस्तुमा खर्च हुँदै आएकाले त्यसलाई कसरी उत्पादनतर्फ जोड्ने भन्नेबारे सरकार र अर्थतन्त्रका जानकारबीच छलफल हुँदै आएको छ । वैदेशिक रोजगारमा रहेका नेपालीबाट आर्थिक वर्ष २०७४\७५ मा रु सात खर्ब ५५पूरा पढ्नुहोस्


जलेश्वर–बर्दिबास सडक सञ्चालनमा

भदाै १७, गौशाला जलेश्वर–बर्दिबास सडकखण्ड चार दिनपछि सञ्चालनमा आएको छ । आठ महिने शिशुको अपहरणपछि हत्या गरिएको भन्दै विरोधस्वरुप यहाँ यातायात सेवा बन्द गरिएको थियो । स्थानीय प्रशासनले शिशुको अपहरण र हत्यामा संलग्न व्यक्तिलाई पक्राऊ गर्ने प्रतिबद्धता जनाएपछि यातायात सञ्चालनमा आएको हो । शनिबार प्रदेश नं २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, जिल्ला समन्वय समितिका प्रमुख सुरेश सिंह, नेपाली काँग्रेसका जिल्ला सभापति महेन्द्रकुमार रायसहितको उपस्थितिमा स्थानीय प्रशासन र प्रहरीले भदौ २० गतेसमम अभियुक्तलाई पक्राऊ गरी कारबाही गर्ने प्रतिबद्धता जाहेर गरेको थियो । सहमतिपछि आज बिहानैदेखि जलेश्वर–बर्दिबास सडकखण्डमा सवारीसाधन चल्न थालेका छन् । औरही नगरपालिका–१ का सन्तोष चौधरीकी आठ महिनाकीपूरा पढ्नुहोस्


अस्पतालमा स्तनपान कक्ष स्थापना

भदाै १७, रोल्पा जिल्ला अस्पताल रोल्पाले स्तनपान कक्ष स्थापना गरेको छ । शिशु तथा आमाको स्वास्थ्य सुधारमा थप टेवा पुर्याउने उद्देश्यका साथ सो कक्ष स्थापना गरिएको बताइएको छ । जिल्ला अस्पताल हाताभित्र निर्मित उक्त कक्षमा आमाले शिशुलाई स्तनपान गराउनुका साथै आराम गर्ने व्यवस्थासमेत गरिएको जिल्ला अस्पताल रोल्पाका वरिष्ठ स्वास्थ्यकर्मी कुलबहादुर डाँगीले बताउनुभयो । सुरक्षित मातृत्व सेवाअन्तर्गत अस्पतालले सो कार्यको थालनी गरेको हो । यसअघि अस्पतालका कर्मचारी तथा सेवाग्राहीले स्तनपान कक्ष नहुँदा सास्ती भोग्दै आएका थिए । स्तनपानका लागि निश्चित ठाउँको अभावमा पहिलो बच्चा जन्माएका आमा लज्जित हुने गरेका थिए । सबै स्वास्थ्य केन्द्रमा स्तनपान कक्ष स्थापना गर्नुपर्ने प्रावधान रहे पनिपूरा पढ्नुहोस्


गाउँपालिकामा पहिलो पटक विद्युतीकरण

भदाै १७, म्याग्दी म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा गाउँपालिकामै पहिलो पटक केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको छ । गाउँपालिका, नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्र, सामुदायिक वन उपभोक्ता समिति र उपभोक्ताको पहलमा गरिएको विद्युतीकरण योजनाबाट २०० घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका सचिव किरन थापाले जानकारी दिनुभयो । गाउँपालिकाले गत आर्थिक वर्ष २०७४\७५ मा रु २८ लाख उपलब्ध गराएको विद्युतीकरण योजनाका लागि विद्युत् प्राधिकरणले ट्रान्सफर्मर उपलब्ध गराएको थियो । उपभोक्ता समितिको रु ९५ हजार लगानी भएको छ । २०० घरधुरी उपभोक्ताले पोल, तार ढुवानी र पोल गाड्ने खाडल खन्नका लागि तीन दिनका दरले रु तीन लाख ५० हजार बराबरको श्रमदान गरेकापूरा पढ्नुहोस्