Main Menu

Tuesday, September 11th, 2018

 

उडान थप्दै अन्तर्राष्ट्रिय विमान कम्पनी

भदाै २६, काठमाडौँ सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेपछि पछिल्लो समयमा अन्तर्राष्ट्रिय विमान कम्पनीले नेपालमा एकपछि अर्को उडान थप्दै लगेका छन् । थाइल्याण्डको थाइलाइन एयरले नेपालमा उडान शुरु गरेको दुई साता नबित्दै ओमनको सलाम एयरले आजदेखि काठमाडौँमा उडान शुरु गरेको छ । हाल विभिन्न ३२ अन्तर्राष्ट्रिय विमान सेवा प्रदायकले काठमाडौँमा उडान गर्दै आएका छन् । नेपालको व्यावसायिक समूह आइएमइले प्रवद्र्धन गरेको आइएमइ इन्टरनेशनल ट्राभल्सको संयोजनमा ओमनको सलाम एयरले काठमाडौँ उडान शुरु गरेको हो । कूल १७४ सिट क्षमता रहेको सो विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । सस्तो भाडामा नै सेवा दिनेपूरा पढ्नुहोस्


रोजाइमा जुम्लाको स्याउ

भदाै २६, नेपालगञ्ज स्वादिलो र अर्गानिक भएकाले खुबै नाम कमाएको जुम्लाको स्याउले अहिले नेपालगञ्जमा राम्रै बजार लिएको छ । अन्य समयमा चीन र भारतको स्याउ भेटिने यहाँको बजारमा फलफूल व्यापारी अहिले भने जुम्लाको स्याउ बिक्रीमा बढी व्यस्त छन् । उपभोक्ता पनि जुम्ला, डोल्पालगायत कर्णालीका क्षेत्रबाट आएको बाहेक अन्यत्रको स्याउमा आँखा लगाउँदैनन् । जुम्लामा मोटरबाटो पुगेकाले सडकबाटै स्याउ आउँदा सस्तो भएको छ । दैनिक करीब दुई ट्रक स्याउ नेपालगञ्जस्थित गुरुद्वारा रोडमा रहेको नेपाल फलफूल सागसब्जी मण्डीमा बिक्रीका लागि आइरहेको छ । त्यहाँबाट फुटकर बिक्रेताले किनेर बजारमा बिक्री गर्दछन् । भदौको दोस्रो साताबाट बजारमा आएसँगै भारत र चीनका स्याउ यहाँको बजारबाट विस्थापितपूरा पढ्नुहोस्


राष्ट्रको आवश्यकता विकास र समृद्धिः-गृहमन्त्री

भदाै २६, बनेपा गृहमन्त्री रामबहादुर थापाले राष्ट्रको आवश्यकता विकास र समृद्धि रहेको बताउनुभएको छ । काभ्रेको बनेपामा जिल्ला सहकारी सङ्घले आज आयोजना गरेको ५१औँ स्थापना दिवस तथा ३७ औँ वार्षिक साधारणसभा कार्यक्रममा बोल्नुहुँदै उहाँले देशको विकास र समृद्धिको अभियानमा सहकारी संस्थाले गरेको क्रियाकलापले महत्वपूर्ण भूमिका पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “विकास र सृमद्धि भनेको नै सामाजवाद हो यसले मात्रै मुलुकमा आर्थिक परिर्वतन ल्याउन सक्छ ।” उहाँले अब सहकारी संस्थाले उत्पादन र आर्थिक क्षेत्रमा साना–साना पूँजीलाई सङ्कलन गरेर ठूलो पूँजीमा परिणत गर्ने र त्यहीबाट ठूलो व्यवसाय गर्ने बाटोतर्फ उन्मुख हुनुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला सहकारी सङ्घको स्थापनाकालदेखि महत्वपूर्ण योगदानपूरा पढ्नुहोस्


सन्दीपले अफगानिस्तान प्रिमियर लिग खेल्ने

भदाै २६, काठमाडौँ नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग (एपिएल) खेल्ने भएका छन् । आइतबार भएको खेलाडी छनोटमा उनलाई नङराहार टोलीले छनोट गरेको हो । लिगमा पाँच टोली सहभागी हुनेछन् । सन्दीप रहेको टोलीमा आन्द्रे रसल, तामिम इकबाल, मुजिब रहमान, बेन कटिङ, नाजिबुल्लाह तरकाइ, मिसेल मक्लीनघन, मोहमद हफिज, मुस्फिकुर रहिम, रहमत साह, नवीन उल हक र जाहिर खान छन् । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र तीव्र गतिका बलर सोमपाल कामी भने छनोट हुन सकेनन् । प्रतियोगिताको नियम अनुसार कम्तीमा एउटा एशोसियट खेलाडीलाई प्रत्येक टोलीले राख्नुपर्ने प्रावधान थियो । प्रतियोगिता आगामी असोज १९ देखिपूरा पढ्नुहोस्


कैलालीको बीउ देशभर

भदाै २६, कैलाली, लम्की जानकी गाउँपालिका–४ मुनुवास्थित एक सहकारीले उत्पादन गरेको बीउ मुलुकका विभिन्न जिल्लामा बिक्री वितरण हुन थालेको छ । बीज वृद्धि कृषक सहकारी संस्था मुनुवाले गत आवमा झण्डै दुई हजार क्विन्टल धानको बीउ मुलुकका अन्य जिल्लामा बिक्रीका लागि पठाएको हो । सहकारीले सो परिमाणको बीउ बिक्री गर्न कञ्चनपुर, बर्दिया, बाँके, चितवन, बुटवल, दाङ, सुर्खेत, दैलेख, डोटी र डोल्पा पठाउँदै आएको छ । सो सहकारीले गहुँ, मसुरो, तोरी र केराउको बीउसमेत उत्पादन गर्दै आएको छ । सहकारीका अध्यक्ष रामफल बडायकका अनुसार ८० हेक्टर जमीनमा धान, ९० हेक्टरमा गहुँ, चार हेक्टरमा मसुरो, १० बिघामा तोरीको बीउ तथा एक हजार ८००पूरा पढ्नुहोस्


चाडपर्वले छोएन मालढुङ्गाका माझीलाई

भदाै २६, पर्वत शहर बजार जताततै तीजको रौनकले छपक्कै छोपेको छ । दैनिकजसो दर खुवाउने, खाने, मेला महोत्सव गर्ने, शुभकामना आदानप्रदान गर्नेलगायत कार्यक्रमले भ्याइनभ्याइ छ । कुश्मा नगरपालिका–१ पाङको माझी बस्तीका चन्द्रकुमारी माझीलाई भने तीजको कुनै वास्ता छैन । उहाँ लगायत माझी बस्तीका महिला तथा पुरुष कालीगण्डकी किनारमा बालुवा छान्नमै व्यस्त छन् । “दिनभर बालुवा नछाने भोकै बस्नु पर्छ,” चन्द्रकुमारीले भन्नुभयो, “हाम्रा लागि वर्षभरिका सबै दिन उस्तै हुन् । फुर्सद र धन भए पो चाडपर्व ।” पोखरा–बागलुङ राजमार्गअन्तर्गतको कालीगण्डकी किनारमा करीब १५० माझी परिवारको बसोबास छ । पोखरा–बागलुङ सडक निर्माणका क्रममा २०४८ सालमा धादिङ, गोरखा र तनहुँलगायतबाट आएका उनीहरु यहीपूरा पढ्नुहोस्


कृषिको आधुनिकीकरणमार्फत समृद्धि खोज्दै युवा

भदाै २६, पोखरा कृषि क्षेत्र ओझेलमा परेको बेला कास्कीको अन्नपूर्ण गाउँपालिका–१ ढिकुरपोखरीका युवा कृषिको आधुनिकीकरणमार्फत समृद्धिको खोजीमा लागेका छन् । बाँझिएका जग्गाको उपयोग गर्दै पशुपालन, तरकारी तथा फलफूलको व्यावसायिक खेती गरी रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ उनीहरु सक्रिय बनेका छन् । सिमसिम्ले नेपाने बहुउद्देश्यीय कृषि फार्ममार्फत युवाले उक्त योजना अघि सारेका हुन् । बाँझा जग्गामा व्यावसायिक खेती गरी बढ्दो बेरोजगारीको अन्त्य गर्ने अभियान थालिएको सो कृषि फार्मका अध्यक्ष हरिप्रसाद भुगाईंले बताउनुभयो । “सिमसिम्ले नेपाने क्षेत्रको तीन हजार २०० रोपनी जग्गा भाडामा लिई बहुउद्देश्यीय व्यावसायिक कृषि अभियान बढाउने सोचमा छौँ”, उहाँले भन्नुभयो, “हाल २०० रोपनी जग्गा वार्षिक प्रतिरोपनी रु एक हजारपूरा पढ्नुहोस्


स्थानीयवासीको सहयोगमा खेलमैदान

भदाै २६, बेँसीशहर बेँसीशहर नगरपालिका–१० खासुरगाउमा स्थानीयवासीको सहयोगमा खेलमैदान निर्माण गरिएको छ । स्थानीय खासुररोधी युवा क्लबको अगुवाइमा चन्दा सङ्कलन गरी रु सात ३० लाखमा गाउँमा खैलमैदान निर्माण गरिएको हो । क्लबले विभिन्न चाडपर्वमा नाचगान गरी करीब रु सात लाख सङ्कलन गरेको थियो । सो रकमबाट खेलमैदान निर्माण शुरु गरिएको निर्माण संयोजक एवं क्लबका अध्यक्ष नन्दबहादुर घलेले जानकारी दिनुभयो । क्लबको अगुवाइमा वैदेशिक रोजगारीमा गएकाहरुबाट रु १८ लाख सङ्कलन भएको थियो । एक सय १२५ मिटर लम्बाइ तथा ७९ मिटर चैडाइ भएको उक्त खेलमैदान १० रोपनी क्षेत्रफलमा फैलिएको छ । खेलमैदान वरिपरि जाली राख्ने योजना रहेको घलेले बताउनुभयो । बेलायत,पूरा पढ्नुहोस्


प्यालेस्टिनी कार्यालय बन्द गर्ने ट्रम्प प्रशासनको तयारी

भदाै २६, वासिङ्टन संयुक्तराज्य अमेरिकाले वासिङ्टनमा रहेको प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनको कार्यालय बन्द गर्ने तयारी गरेको अमेरिकी अधिकारीहरुले जनाएका छन् । राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले सोमबार अपराह्न यससम्बन्धी घोषणा गर्नुहुने बताइएको छ । “प्यालेस्टिनीहरुले इजरायलसँग प्रत्यक्ष र अर्थपूर्ण सम्झौता गर्न अस्वीकार गरिरहेको अवस्थामा” राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले त्यस्तो कार्यालय अमेरिकामा खोल्दैन, बोल्टनको भाषणको अंश उद्धृत गर्दै ती अधिकारीले बताएका छन् । ट्रम्प प्रशासनले इजरायलसँग गम्भीर शान्ति वार्ता हुन नसकेको अवस्थामा वासिङ्टनमा कार्यालय बन्द गर्ने भन्दै गत वर्ष नै सूचित गरेको थियो । प्यालेस्टिनी अधिकारी साएब एरेकातले ट्रम्प प्रशासनको कार्यालय बन्द गर्ने नीति हो भने त्यसले प्यालेस्टिनी जनतामाथि आमरुपमा सजाय दिनपूरा पढ्नुहोस्


गरिब र श्रमिक वर्गको राष्ट्रपति मदुरोप्रतिको समर्थन जारी

नाकाबन्दीले ल्याएको भेनेजुएलाको संकट

भाद्र २६, काराकास, भेनेजुएला भेनुजुएलामा अहिले चरम आर्थिक संकट भएको र यसको सम्पूर्ण जिम्मेवार त्यहाँको समाजवादी सरकार रहेको अहिले पश्चिमा मिडियाहरुले प्रचार गरिरहेका छन् । अनलाइन मिडिया र टेलिभिजनहरुमा हजारौं भेनेजुएलिनहरु देश छाडी छिमेकी देशहरुमा आश्रयका लागि भागिरहेको समाचार र दृश्यहरु आइरहेका छन् । तर, गैर पश्चिमा मिडियाहरुले पश्चिमाहरुको प्रचार भन्दा फरक तथ्यहरु अहिले बाहिर ल्याएका छन् । अरबी टेलिभिजन अलजजिराकी रिपोर्टर एन्डी ग्यालाचरले राजधानी काराकासबाट केही समयपहिले प्रसारित गरेको समाचार अनुसार चरम आर्थिक संकटको बावजुद पनि भेनेजुएलिन गरिब तथा श्रमिक जनताले समाजवादी राष्ट्रपति निकोलस मदुरो र उहाँको सरकारलाई समर्थन गर्दछन् । उनी भन्छन्, ‘कठिनाइ महसुस गर्नेहरु धेरै जसो मध्यमपूरा पढ्नुहोस्