Main Menu

Wednesday, September 12th, 2018

 

दुई दशकपछि सडक कालोपत्रे हुँदै

भदाै २७, कास्की कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकालाई पोखरासँग जोड्ने मुख्य सडक दुई दशकपछि कालोपत्रे गरिने भएको छ । गाउँपालिकाको दैनिकीसँग जोडिएको बाटो रु २६ करोड एक लाख लागतमा हिमदुङ एण्ड थोकर र ड्रागन जेभीले १८ महिनाभित्रमा काम सम्पन्न गर्ने गरी जिम्मा लिएको छ । पोखरा महानगरको वडा नं २५ मेलबोटबाट माछापुच्छ्रे–९ सिदिङसम्मको सडक कालोपत्रे गर्न ठेक्का सम्झौता भएको छ । विसं २०५४ मा नै गाडी हिँड्न सक्ने कच्ची बाटो खोली यातायातका साधन आवतजावत गरेका थिए ।राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाइ कार्यालय कास्कीले सो सडक कालोपत्रे गर्न निर्माण कम्पनीसँग सम्झौता गरेको हो । मेलबोटबाट पोखरापूरा पढ्नुहोस्


प्रधानमन्त्रीको निर्देशनपछि सुशासनमा सुधारको सङ्केत

भदाै २७, काठमाडौँ “प्रत्येक कर्मचारीले कार्यालय छिरेपछि म भ्रष्टाचार गर्ने छैन, भ्रष्टाचार हुन दिने छैन, देश र जनताको सेवाको निम्ति इमान्दार भएर काम गर्ने छु, भन्ने शपथ वाचा गर्नुपर्छ ।” भ्रष्टाचारमा शून्य सहनशीलता अपनाई सुशासन र समृद्धि कायमको अठोट व्यक्त गर्दै आउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीका उच्च अधिकारीलाई प्रायः यसरी नै निर्देशन दिने गर्नुभएको छ । प्रधानमन्त्रीदेखि सबै कर्मचारीसम्मले हरेक दिन कार्यालय पुगेपछि भ्रष्टाचार नगर्ने शपथ लिने व्यवस्था गर्न प्रधानमन्त्री ओलीले मङ्गलबार राष्ट्रिय योजना आयोगको हलमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा दिनुभएको निर्देशनले राज्यको माथिल्लो तह र निजामती कर्मचारीका क्षेत्रमा नयाँ तरङ्ग पैदा गराएको छ ।पूरा पढ्नुहोस्


चीन भ्रमण फलदायीः-सभामुख महरा

भदाै २७, काठमाडौँ सभामुख कृष्णबहादुर महराले आफ्नो पाँच दिने चीन भ्रमण उपलब्धिमूलक र फलदायी भएको बताउनुभएको छ । स्वदेश फर्किनुभएपछि उहाँले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमणले नेपाल र चीनबीचको आपसी हित एवं मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाएको उल्लेख गर्नुभयो । तिब्बत भ्रमणका अवसरमा सभामुख महराले चीनको तिब्बत स्वशासित क्षेत्रका पार्टी प्रमुख वु यिङै एवं उच्चपदस्थ पदाधिकारीसँग शिष्टाचार भेटघाट भएको जानकारी गराउँदै भन्नुभयो, “सो अवसरमा उहाँहरु बीच नेपाल, तिब्बत र चीनबीचको ऐतिहासिक एवं कूटनीतिक सम्बन्ध, व्यापार, लगानी एवं पर्यटनलगायत विषयमा छलफल भयो ।” उहाँ छिमेकी राष्ट्र जनवादी गणतन्त्र चीन र यसको स्वशासित क्षेत्र तिब्बत सरकारको निमन्त्रणामा तिब्बतको ल्हासामापूरा पढ्नुहोस्


शे–फोक्सुन्डोका हिउँचितुवा गणना

भदाै २७, जाजरकोट डोल्पामा रहेको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा लोपोन्मुख वन्यजन्तु हिउँचितुवाको गणना सम्पन्न भएको छ । विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा निकुञ्जमा हिउँचितुवाको गणना गरिएको हो । विश्व वन्यजन्तु कोष, शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र हिउँचितुवा संरक्षण समितिका ३३ जनाको अध्ययन टोलीले गत वैशाख १३ गतेदेखि गणना शुरु गरेको हो । निकुन्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार सो अध्ययन टोलीले तीन महिना लगाएर हिउँचितुवाको गणना गरेको हो । क्यामरा ट्र्यापिङ तथा दोहोरो गणना विधिद्वारा हिउँचितुवासँगै आहारा प्रजातिको रूपमा रहेको निल भेडा (नावर)को समेत गणना गरिएको हो । शेरेन श्रेष्ठ, समुन्द्र लिम्बू र छिरिङ लामा रहेको प्राविधिक अध्ययन टोलीले हिउँचितुवा रपूरा पढ्नुहोस्


तीजलाई सिर्जनात्मक बनाउन उपराष्ट्रपतिको आग्रह

भदाै २७, काठमाडौँ उपराष्ट्रपति नन्दबहादुर पुनले हरितालिका तीज पर्वले नेपाली महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न सकोस् भन्ने कामना गर्नुभएको छ । हरितालिका तीजको अवसरमा उपराष्ट्रपति पुनले शुभकामना सन्देश दिनुहुँदै तीज सिर्जनशील र उल्लासमय बनोस् भन्ने उल्लेख गर्नुभएको छ । नेपाल राष्ट्रको निर्माण र नेपाललाई विश्वसामु परिचित गराउन नेपाली महिलाको योगदान अत्यन्त ठूलो रहेको स्पष्ट पार्दै उहाँले विभिन्न कालखण्डका क्रान्ति तथा सङ्घर्षमा पुर्याउनुभएको योगदानको उच्च सम्मान गर्दै यस अवसरमा आन्दोलनबाट प्राप्त उपलब्धिप्रति गौरव गर्न सम्पूर्ण दिदीबहिनीलाई आग्रह गर्नुभएको छ । उपराष्ट्रपतिले भन्नुभएको छ, “पछिल्ला दिनमा बढेका बलात्कारजस्तो जघन्य अपराधलगायतका महिला हिंसाका घटना ज्यादै गम्भीर र चिन्ताको विषय होपूरा पढ्नुहोस्


चितुवा प्रभावित क्षेत्रमा प्रहरी चौकी

भदाै २७, बैतडी चितुवा प्रभावित क्षेत्र तल्लो स्वराडमा प्रहरी चौकी स्थापना गरिने भएको छ । शिवनाथ गाउँपालिकाको केन्द्र सुल्लेखानमा प्रहरी चौकी स्थापना गर्न लागिएको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो । स्थानीयवासीको आग्रहपछि त्यहाँ प्रहरी चौकी थप्न लागिएको हो । सुल्लेखानमा चौकी स्थापना गर्ने विषय जिल्ला सुरक्षा समितिमा पारित भइसकेको छ । “प्रहरी चौकी स्थापना गर्न सिफारिश गरेर प्रदेश नं ७ को प्रदेश प्रहरी कार्यालयमा पठाएका छौँ, अबको १५ दिनभित्रै प्रहरी चौकी स्थापना भइसक्छ,” गिरीले भन्नुभयो । हाल शिवनाथ गाउँपालिकाको शर्माली बजारमा प्रहरी चौकी रहेको छ । सो चौकीबाट सुल्लेखान पुग्न पैदल चार घण्टा लाग्छ । गाउँपालिका केन्द्रमा प्रहरीपूरा पढ्नुहोस्


एपीएफ र न्यू डायमण्ड फाइनलमा भिड्ने

भदाै २७, पोखरा गत वर्षको विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब र उपविजेता न्यू डायमण्ड एकेडेमी यस वर्षको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आज भिड्ने भएका छन् । तीज पर्वको उपलक्ष्यमा नवआदर्श विकास समाजद्वारा लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माविको खेलमैदानमा आयोजित उक्त प्रतियोगिताको सेमिफाइनलमा एपीएफले विभागीय टोली त्रिभुवन आर्मीलाई तथा न्यू डायमण्डले चितवन टाइगर्सलाई सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । न्यू डायमण्डले चितवन टाइगर्सलाई २५–१७, २५–२३ र २५–१८ को सोझो सेटमा तथा एपीएफले आर्मीलाई २५–२२, २५–२० र २५–२१ को सेटमा हराएको हो । प्रतियोगिताको विजेताले रु एक लाख तथा उपविजेताले रु ६५ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदानपूरा पढ्नुहोस्


एउटै घरका पाँच बालबालिका बिचल्लीमा

भदाै २७, बाजुरा बडिमालिका नगरपालिका–५ मना गाउँका बिचल्लीमा परेका पाँच अनाथ बालबालिकालाई सहयोग जुटेको छ । बेलायतमा बस्दै आउनुभएका इशा गुरुङले सङ्कलन गरेर रु एक लाख ८० हजार सहयोग गर्नुभएको हो । यस्तै बडीमालिका नगरपालिकाका उपप्रमुख कविता विष्टले तीजको दर खानका लागि छुट्याएको रु १० हजार सहयोग गर्नुभएको छ । बुवा ४३ वर्षीय रामबहादुर साउदको क्यान्सरका कारण मृत्यु भएको थियो । बुबाको मृत्यु भएको १० महिनापछि आमा बिर्मा साउदले अर्को विवाह गरेपछि १३ वर्षीया पार्वती, ११ वर्षीया सोबिना, नौ वर्षीया अस्मिता, ७ वर्षीय सुवास र चार वर्षीय रोशन बिच्चलीमा परेका हुन् । बिचल्लीमा परेका पाँच भाइबहिनीले अहिले गाउँमा मागेर गुजरापूरा पढ्नुहोस्


बेनी अस्पतालमा चिकित्सक अभाव

भदाै २७, म्याग्दी सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र व्यवस्थापकीय रुपमा नेतृत्वबिहीन अवस्थामा छ । यसबाट अस्पतालको गतिविधि र सेवा प्रवाह प्रभावित बनेको छ । प्रदेश सरकार र अस्पताल विकास समितिले नेतृत्व चयनमा ध्यान नदिँदा अवस्था भद्रगोल बन्न पुगेको हो । बेनी अस्पतालका प्रमुख डाक्टर रोशन न्यौपानेको दुई महिना अघि स्वास्थ्य मन्त्रालयमा सरुवा भएको छ । उहाँको सरुवा पछि मन्त्रालयले अर्को कर्मचारी पठाएको छैन् । बेनी अस्पताल विकास समितिका पूर्व अध्यक्ष माधवप्रसाद रेग्मी अस्पतालको समस्या बढ्दै गएको बताउनुहुन्छ । हाल मेडिकल अधिकृत भुषण सुवेदीलाई अस्पतालको निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ । कार्यालय प्रमुख नहुँदा आर्थिक गतिविधि ठप्प छ । कर्मचारीपूरा पढ्नुहोस्


बाह्र करोडको सामाग्री बरामद

भदाै २७, काठमाडौँ नेपाल प्रहरीले भन्सार छलेर नेपाल ल्याउँदै गरेको रु ११ करोड ९५ लाख ५२ हजार बराबरको सामग्री बरामद गरेको छ । प्रहरीले वैशाखदेखि साउनसम्मको अवधिमा विभिन्न भन्सार नाकाबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको उक्त सामग्री बरामद गरेको हो । प्रहरीले विभिन्न शीर्षकमा रु ३८ करोड ९७ लाख ११ हजार राजश्व सङ्कलन गरेको छ । गत वर्ष वैशाखदेखि साउनसम्मको अवधिमा रु ३१ करोड ८९ लाख सात हजार राजश्व सङ्कलन भएको प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो । सो अवधिमा ६ लाख ११ हजार ३०६ सवारीसाधनका धनी र चालकलाई कारबाही गरिएको छ । गत वर्षकोपूरा पढ्नुहोस्