Main Menu

Tuesday, September 4th, 2018

 

रकमसहित एक पक्राउ

भदाै १९, बनियानी, झापा मेचीनगरबाट चोरीको रकमसहित प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–६ का २५ वर्षीय मिलन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । श्रेष्ठले मेचीनगर–६ स्थित एसेस लाउण्डा मिनी क्यासिनोबाट गत भदौ ९ गते दराज फुटाएर रु ११ लाख ९३ हजार चोरी गरेका थिए । क्यासिनोमै काम गर्ने कर्मचारीको टिप्स राख्ने दराज फुटाएर उनले चोरी गरेका थिए । श्रेष्ठ सोही क्यासिनोका कर्मचारी हुन् । उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको छ । उपचार केन्द्रको माग कचनकवल गाउँपालिकामा विद्यार्थीले सर्पदंश उपचार केन्द्रको माग गरेका छन् ।पूरा पढ्नुहोस्


श्रमदानबाट पदमार्ग

भदाै १९, म्याग्दी   अन्नपूर्ण गाउँपालिका– ८ काफलडाँडाका बासिन्दाले श्रमदान गरेर पदमार्ग निर्माण गरेका छन् । करबाकेली पर्यावरणीय पदमार्गअन्तर्गत करबाकेलीदेखि फुलबारीसम्म पदमार्ग निर्माण गरिएको हो । करबाकेली संरक्षण समितिको पहलमा काफलडाँडाका बासिन्दाले श्रमदान गरी तीन किलोमिटर लामो पदमार्ग निर्माण गरेको समितिका रवी गर्बुजा पुनले जानकारी दिनुभयो । सत्तरी परिवारको बसोबास रहेको काफडाँडाका बासिन्दाले एक\एक दिन श्रमदान गरेर नयाँ पदमार्ग निर्माण गरेका हुन् । उनीहरुले पुरानो पदमार्गको स्तरोन्नतिसमेत गरेका छन् । पदमार्ग निर्माणपछि यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ । गत वैशाखमा करबाकेली पदमार्गको पहिचान गरी नक्साङ्कन गरिएको थियो । सडक जीर्ण जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाईपूरा पढ्नुहोस्