Main Menu

Thursday, September 6th, 2018

 

सडक मानवको सहारा सेवाआश्रम

भदाै २१, बेंशीशहर सहारा गुमाएर सडकमा पुगेका ३३ जना सडक मानवलाई मानव सेवा आश्रम लमजुङ शाखाले उद्धार गरेको छ । बेंशीशहरको हाई स्कूल चोकमा रहेको कार्यालयबाट उद्धार गरेकामध्ये आठ जनालाई पारिवारिक पुनः मिलन गराई सकिएको आश्रमकी लमजुङ संयोजक अनिता अधिकारीले जानकारी दिनुभयो । छैटौँ शाखाका रुपमा २०७३ साल चैत १२ गतेबाट लमजुङमा शाखा विस्तार गरेको आश्रमले हालसम्म यी सडक मानवको उद्धार गरेको हो । बेंशीशहरमै सडक पेटीमा मागेर जीवन निर्वाह गर्दै आएका ४० वर्षीय मिथुन मानवको उद्धार गरी विधिवत्रुपमा सडक मानवको उद्धार थालिएको थियो । शाखा विस्तार हुनुअगाडि सडक मानव भोकै नमरून् भन्ने मानसिकताका साथ सडकमै खाना र न्यायो कपडापूरा पढ्नुहोस्


साफ च्याम्पियनसिप – नेपाललाई आज जित्नै पर्ने दबाब

भदाै २१, काठमाडौँ बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज भुटानविरुद्ध मैदानमा उत्रदैछ । बङ्गबन्धु रङ्गशालामा नेपाल र भुटानबीचको खेल नेपाली समयानुसार अपराह्न ३ः४५ बजे शुरु हुनेछ । पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भएको नेपाललाई सेमिफाइनल पुग्न पनि आजको खेल जित्नै पर्ने दबाब छ । साफमा नेपाल र भुटान दुई पटक खेलेका छन् । जसमा दुवै पटक नेपालले जितेको छ । नेपालले सेमिफाइनलको सम्भावना जीवितै राख्न भुटानलाई हराउनुको विकल्प छैन । पराजित भए नेपाल पुनः समूह चरणबाट घर फर्कने छ । नेपालसहित पाकिस्तान, भुटान र आयोजक बङ्गलादेश रहेको समूह ‘ए’ मा पाकिस्तान र बङ्गलादेशले आ–आफ्नोपूरा पढ्नुहोस्


एक लाख ७१ हजारको आँखाको उपचार

भदाै २१, चितवन भरतपुर आँखा अस्पतालले गत आर्थिक वर्षमा आठ जिल्लाका एक लाख ७१ हजार ४०० को आँखाको उपचार गरेको छ । अस्पतालले विभिन्न जिल्लामा शिविर सञ्चालन र अस्पताल एवं आँखा उपचार केन्द्रमार्फत बिरामीको उपचार गरेको हो । अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार भरतपुरमा रहेको मुख्य अस्पताल र भरतपुर हाइटमा रहेको बहिरङ्ग विभागमार्फत एक लाख १८ हजार ४५५ जना बिरामीको आँखाको उपचार गरिएको हो । विभिन्न जिल्लामा गरिएका शिविरमार्फत २२ हजार ९८५ को आँखाको उपचार गरिएको छ । अस्पतालले चितवनसहित नवलपरासी, मकवानपुर, पर्सा, बारा, धादिङ, गोर्खा र तनहुँमा आँखा शिविर गरिएको घिमिरेले बताउनुभयो । ती जिल्लामा अस्पतालले वर्षभरमा ७६पूरा पढ्नुहोस्


विभिन्न भाषामा २७ कृतिको अनुवाद

भदाै २१, काठमाडौँ नेपाल प्रज्ञा प्रतिष्ठान अनुवाद विभागले २७ कृतिको विभिन्न भाषामा अनुवाद गरेको छ । विसं २०७१ भदौ २० गते गठन भएको यस पटकको प्राज्ञ परिषद्ले आफ्नो चार वर्षको अवधिमा विभिन्न भाषामा कृति अनुवाद गरेको हो । प्रतिष्ठानले ‘अनुवादक परिचय कोष’, ‘रनमाया उपन्यास’ अङ्ग्रेजी भाषामा अनुवाद, ‘संस्कृतिका पौराणिक आख्यानहरु’ नेपाली अनुवाद, ‘देवदास उपन्यास’ नेपाली अनुवाद, ‘रवीन्द्रनाथ टैगोर की प्रतिनिधि कहाँनिया’ नेपाली अनुवाद, ‘सार्क मुलुकका महिला कथाकारका कथा’ नेपालीमा अनुवाद गरेको छ । ‘विश्वका प्रसिद्ध कथाकारहरुका कथा’ नेपाली अनुवाद, ‘विश्वका प्रसिद्ध महिला कथाकारका कथाहरु’ नेपाली अनुवाद, ‘द रिभल मर्निङ’ अङ्ग्रेजी अनुवाद, ‘भोजपुरी उपन्यास’ नेपाली अनुवाद, ‘बाबु आमा र छोरा उपन्यास’पूरा पढ्नुहोस्


आन्दोलनमा खुट्टा गुमाएका झालाई राहत

भदाै २१, राजविराज प्रदेश सरकारले तेस्रो मधेश आन्दोलनमा खुट्टा गुमाएका सप्तरीका एक व्यक्तिलाई राहत रकम उपलब्ध गराएको छ । प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–३ भारदहका श्रवणकुमार झालाई रु तीन लाख राहत रकम उपलब्ध गराउनुभएको हो । मन्त्री साहले आन्दोलनका क्रममा शहीद भएकाको परिवार र घाइतेको जीवनयापन सहज गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । विसं २०७२ मङ्सिर ५ गते तेस्रो मधेस आन्दोलनका क्रममा प्रहरीको गोली लागेर झाको दायाँ खुट्टामा चोट लागेको थियो । त्यतिबेला उपचारकै क्रममा उनको खुट्टा काट्नुपरेको थियो । नेपाल पत्रकार महासङ्घ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, सङ्घीय समाजवादीपूरा पढ्नुहोस्


जङ्गली हात्ती मृत भेटियो

भदाै २१, भद्रपुर मेचीनगर नगरपालिका–९ स्थित एक किसानको धानखेतमा आज बिहान जङ्गली हात्ती मृत फेला परेको छ । स्थानीय किसान रोहितकुमार ढुङ्गानाको खेतमा दुवै दाह्रा हिलोमा जोतिएको अवस्थामा हात्ती मृत फेला परेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । एक महिनाअघि मेचीनगर–३ कै पाँचपोखरी सामुदायिक वनमा अर्को हात्ती मरेको भेटिएको थियो ।


ट्राफिक व्यवस्थापनमा कठिनाइ

भदाै २१, बाँके जनसङ्ख्याको बढ्दो चाँपसँगै बाँके जिल्लामा ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मेहम्मे परेको छ । जनसङ्ख्याको अनुपातमा ट्राफिक प्रहरीको सङ्ख्या न्यून हुँदा व्यवस्थापनमा कठिनाइ भइरहेको छ । शहरी क्षेत्रको विस्तारका साथै सवारी साधनको चाप बढेकाले पनि सो कठिनाई सिर्जना भएको हो । जनसङ्ख्याको अनुपातमा ट्राफिक प्रहरीको दरबन्दी अभाव छ । दरबन्दी अभावकै कारण अहिले जिल्लाको ट्राफिक व्यवस्थापन काजमा आएका ट्राफिकको भरमा चलेको छ । चौबिस जनाको दरबन्दी रहेको जिल्लामा काजमा आएकासहित ३१ जनाको भरमा चलिरहेको छ । “काजमा आएका ट्राफिक प्रहरी कतिबेला काज फिर्ता लिएर जान्छन् भन्ने टुङ्गो छैन ।”, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्रपूरा पढ्नुहोस्


साउदीमा म्याग्दीका दुईसहित पाँच अलपत्र

भदाै २१, बेनी रोजगारीको सिलसिलामा साउदी अरब पुगेका म्याग्दीका दुईसहित पाँच युवा अलपत्र परेका छन् । दुई वर्षअघि साउदी पुग्नुभएका बेनी नगरपालिका–३ भकिम्लीका नारायण छन्त्याल र धौलागिरि गाउँपालिका–५ मल्कबाङका उदवीर घर्तीसहित सिन्धुपाल्चोकका दुई र बर्दियाका एक युवा कम्पनीको दुव्र्यवहारका कारण अलपत्र पर्नुभएको हो । अजीब अल हाजिरी कम्पनीमा सवारी चालकको काम गर्दै आए पनि आफूसँगै कार्यरत साथीलाई कुटपिट गरेको र त्यसो नगर्न आग्रह गर्दा आफूमाथि समेत दुव्र्यवहार गरिएको अलपत्र पर्नुभएका भकिम्लीका छन्त्यालले टेलिफोनमा बताउनुभयो । कान्तिपुर मेनपावर कम्पनीमार्फत दुई वर्षका लागि त्यहाँ पुग्नुभएका उहाँलाई कम्पनीले तीन वर्ष पूरा नभएसम्म घर फिर्ता हुन नदिने धम्की दिँदै आएकामा अहिले आफूहरूलाई कुटपिट गरीपूरा पढ्नुहोस्


शववाहन खरिद गर्न फुटसल

भदाै २१, दमक शववाहन खरिदका लागि सहयोग जुटाउने उद्देश्यले झापाको दमकमा शुक्रबार एकदिवसीय लायन्स प्रथम फुटसल प्रतियोगिता हुने भएको छ । लायन्स क्लब अफ दमक इष्टर्न लाइनले यस क्षेत्रका लायन्स क्लबबीच फुटसल प्रतियोगिता गराउने भएको हो । उक्त संस्थाका अध्यक्ष बिमल शर्माले यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबाट शववहान ल्याउन सहज हुने र झापा तथा मोरङका विभिन्न आठ लायन्स क्लबको सहभागिताले भाइचारा र सद्भाव पनि वृद्धि हुने बताउनुभयो । दमक–९ स्थित रणभूमि फुटसलको खेल मैदानमा हुने सो प्रतियोगिताका विजेताले नगद रु ५० हजार, उपविजेताले रु २५ हजारसहित ट्रफी प्राप्त गर्ने प्रतियोगिताका संयोजक उज्जवल श्रेष्ठले बताउनुभयो । सो प्रतियोगितामा दमकका आयोजक संस्थासहितपूरा पढ्नुहोस्


यौनजन्य हिंसाविरुद्ध एक महिने अभियान

भदाै २१, इलाम सरोकारवाला निकाय र सङ्घ संस्थाको अगुवाइमा इलाममा बुधबारबाट एक महिने जबर्जस्ती करणी र यौनजन्य हिंसाविरुद्ध अभियान शुरु भएको छ । मानव बेचविखनविरुद्धको १२औँ राष्ट्रिय दिवसका अवसरमा सो अभियान शुरु गरिएको हो । पछिल्लो समय देशभर जबर्जस्ती करणी र यौनजन्य हिंसाका घटना बढ्दै गएपछि शुरु गरिएको सो अभियानमा करणी र यौनजन्य हिंसाका घटना अन्त्यका लागि जिल्ला प्रहरी कार्यालयका पदाधिकारी, स्थानीय महिला, नेपाल पत्रकार महासङ्घ, महिला सञ्जाल, आमा समूह, चेतना ना्यय समूह, भरोसा नेपाल, प्याग नेपाल, जिल्ला युवा समितिको कार्यालयका प्रतिनिधिको सहभागिता थियो जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालले बुधबार अभियान शुभारम्भ गर्दै पछिल्लो समय व्याप्त जबर्जस्ती करणी रपूरा पढ्नुहोस्