Main Menu

Tuesday, September 18th, 2018

 

नौमूले बन्यो पर्यटकीय केन्द्र

असोज २, दैलेख नौमूले गाउँपालिकाका अध्यक्ष भदे बूढा आफँै अचम्ममा हुनुहुन्छ । सशस्त्र द्वन्द्वको समयमा दुई महिनासम्म विस्थापित भएर दैलेख सदरमुकाम बस्नुभएका सन्तबहादुर चन्द भन्नुहुन्छ, “नौमूले यस्तो होला भनेर कल्पना पनि गरेको थिएनँ । दाम्लोमा बाँधिएका गाईभैँसी दाम्लोमै छोडेर सुरक्षित स्थान खोजी गर्दै हजारौँ नौमूलेका बासिन्दा विस्थापित भएका थियौँ ।’’ मुलुक शान्ति प्रक्रियामा गएपछि नौमूलेलगायत द्वन्द्वबाट बढी प्रभावित बन्न पुगेका वस्तीमा विगतमा विस्थापित भएकाहरु घर फर्किएसँगै बाहिरबाट पनि मानिस आएर वसोवास गर्न थालेपछि नयाँ रौनक थपिएको छ । द्वन्द्वलाई नजिकबाट निहालेका गणेश सलामी भन्नुहुन्छ, ‘‘नौमूले यसरी परिवर्तन होला भनेर सोचेको पनि थिइन् । तत्कालीन द्वन्द्वका कारण मसानघाटझैँ बनेको नौमूले अहिलेपूरा पढ्नुहोस्


दुई देशका सशस्त्र बलद्वारा सीमास्तम्भ निरीक्षण

असोज २, पशुपतिनगर, इलाम इलामको नेपाल–भारत सीमा क्षेत्रका सीमास्तम्भ र सीमा सुरक्षा अवस्थाको बारेमा अध्ययनको काम सम्पन्न भएको छ । सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर नम्बर १ इलामले नेपाल–भारत सीमा छुट्टयाउने सीमास्तम्भको अध्ययन सकेको हो । इलामको सन्दकपुर गाउँपालिका–४ स्थित सन्दकपुरदेखि रोङ गाउँपालिका–६ स्थित जर्मलेसम्म भारतसँग सीमा जोडिएको छ । सशस्त्र प्रहरीका निरीक्षक हरि रिमालको नेतृत्वमा खटिएको ३१ प्रहरी टोलीले पहिलो चरणमा सूर्योदय नगरपालिका–१ स्थित मानेभञ्ज्याङदेखि रोङ गाउँपालिका– ६ स्थित जिर्मलेसम्मको सीमा क्षेत्रको निरीक्षण र अध्ययन सम्पन्न गरको हो । इलामको सदरमुकामबाट भदौ २७ गतेबाट खटिएको सशस्त्र प्रहरीको टोलीले सीमा क्षेत्रको सुरक्षा र सीमा स्तम्भकोपूरा पढ्नुहोस्


पोखरालाई शैक्षिक केन्द्र बनाइने

असोज २, पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरालाई अन्तर्राष्ट्रियस्तरको शैक्षिक केन्द्र बनाइने बताउनुभएको छ । संविधान दिवसमा सरकारबाट पुरस्कृत कास्कीका चार विद्यालयको सम्मानार्थ जिल्ला समन्वय समिति कास्कीद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भौगोलिक अवस्थितिसमेतका आधारमा पोखरा सबैकिसिमका सम्भावनाको स्थल भएको बताउनुभयो । पोखरामा समयसापेक्ष गुणस्तरीय शिक्षा दिने शैक्षिक संस्थाको विकास गरिने उल्लेख गर्दै मुख्यमन्त्री गुरुङ्गले आगामी २० वर्षभित्रमा पोखरालाई दक्षिण एशियाकै उत्कृष्ट पाँचौँ शैक्षिकस्थल बनाउने लक्ष्य राखिएको बताउनुभयो । सामुदायिक विद्यलायमा पढाउने तर आफ्ना बालबच्चा निजी विद्यालयमा पठाउने प्रवृत्ति निरुत्साहन गरिनुपर्नेमा जोड दिँदै उहाँले सबैको सामूहिक प्रयासमा मात्र शिक्षाको गुणस्तरीयता सम्भव हुने उल्लेख गर्नुभयो । गण्डकी प्रदेश विश्वपूरा पढ्नुहोस्


संविधान दिवस सन्दर्भः मौलिक हकका कानूनबाट नागरिकको अधिकार संरक्षण

असोज २, काठमाडौँ नेपालको संविधान जारी भएको तीन वर्षभित्र मौलिक हकप्रदत्त कानून निर्माण गरिसक्नुपर्ने व्यवस्थाअनुरुप कानून बनेपछि कार्यान्वयनको खुड्किलो पार भएको छ । संविधानले व्यवस्था गरेअनुसार मौलिक हकका कानून निर्माण गर्ने काम पूरा भएको हुँदा कार्यान्वयनको चरणमा प्रवेश गरेको हो । नागरिकले प्राप्त गर्ने संविधानप्रदत्त हक अब सहजरुपमा प्राप्त गर्नेछन् । नेपालको संविधानले व्यवस्था गरेको मौलिक हकको कानून बनाएर कार्यान्वयन गर्ने विश्वको इतिहासमा नेपालको नयाँ अभ्यास हो । “मौलिक हक कार्यान्वयन गर्नका लागि कानून बनेर बाटो खुलेको छ”, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद योगेश भट्टराइले भन्नुभयो, “कानून बनाएर मौलिक हक कार्यान्वयन गर्ने विश्वको इतिहासमा नेपालको नौलो अभ्यास हो, जुन व्यवस्थितपूरा पढ्नुहोस्


क्रान्तिकारीको अध्यक्षमा पुनः रायमाझी

असोज २, काठमाडौँ गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र) को भ्रातृ सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)को नयाँ नेतृत्वमा पुनः आलोक रायमाझी चयन हुनुभएको छ । काठमाडौँ सोमबारदेखि शुरु भएको क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनबाट रायमाझीको नेतृत्वमा १५१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । क्रान्तिकारीको महासचिवमा सुन्दर रायमाझी, सचिवमा मनोज यादव, सहसचिवद्वयमा सुस्मिता कुलुङ र कमल बोहरा तथा कोषाध्यक्षमा विनोद सुदाम रहनुभएको छ । सातवटा प्रदेशमा समेत सात उपाध्यक्षपछि चयन गरिने अध्यक्ष रायमाझीले बताउनुभयो । ‘वैज्ञानिक समाजवाद र राष्ट्रियताका लागि २२ सम्मेलन’ भन्ने मूल नाराका साथ दुई दिनसम्म नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको थियो । सम्मेलनले सामुदायिक शिक्षाको रक्षा र स्तरपूरा पढ्नुहोस्


हास्य कलाकार श्रेष्ठको स्वास्थ्यमा सुधार

असोज २, काठमाडौँ वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सस रोगको सफल शल्यक्रियापछि उहाँको स्वास्थ्यमा सुधार आएको छ । अन्नपूर्ण न्यूरो अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा श्रेष्ठको बिहीबार सो रोगको शल्यक्रिया गरिएको उल्लेख छ । शल्यक्रिया डा रेशा श्रेष्ठ र डा वसन्त पन्तले गर्नुभएको थियो । कलाकार श्रेष्ठमा नौ वर्षदेखि सो रोगको लक्षण देखा परेपछि चार वर्षदेखि दिमागको दाहिनेतर्फको भागमा बढी समस्या भएकोले देब्रेपट्टीको भागमा शल्यक्रिया गरिएको हो । दिमागको दाहिने भागमा समस्या देखिएमा देव्रेपट्टी शल्यक्रिया गर्नुपर्ने हुन्छ । उक्त शल्यक्रिया सो अस्पतालमा पहिलो पटक गरिएको हो । कलाकार श्रेष्ठको शल्यक्रियापछि सो सेवालाई नियमित रुपमा सञ्चालन गर्ने अस्पतालले जनाएको छ ।पूरा पढ्नुहोस्


संविधानःपिछडिएका वर्ग, समुदाय र क्षेत्रका लागि वरदान

असोज २, काठमाडौँ नेपालको संविधानले पिछडिएका वर्ग, समुदाय र क्षेत्रका लागि गरेको विशेष व्यवस्था व्यवहारमा कार्यान्वयन भए संविधान त्यस्ता वर्ग र समुदायका लागि वरदान नै सावित हुनेछ । संविधानको भाग ३ मा धारा १६ देखि ४८ सम्म मौलिक हक र कर्तव्यको व्यवस्था छ । अधिकांश मौलिक हकमा संविधानले ती वर्ग, समुदाय र क्षेत्रका लागि विशेष व्यवस्था गरेको हो । धारा ४६ ले मौलिक हक कार्यान्वयनका लागि संवैधानिक उपचारको व्यवस्था गरेको छ, भने धारा ४७ मा संविधान प्रारम्भ भएको तीन वर्षभित्र ती हक कार्यान्वयन गर्न कानून निर्माण गर्नुपर्ने उल्लेख छ । संवैधानिक प्रावधानअनुसार सङ्घीय संसद्ले मौलिक हकसम्बन्धी सबै विधेयक गत भदौपूरा पढ्नुहोस्


वन्यजन्तुको क्षति न्यूनीकरणका लागि पर्खाल

असोज २, कावासोती राष्ट्रिय निकुञ्जबाट आउने वन्यजन्तुको क्षति रोक्नका लागि पक्की पर्खालसहितको जाली लगाउन थालिएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने मध्यवर्ती क्षेत्रमा वन्यजन्तुले धनजनको क्षति पुर्याएको भन्दै नवलपरासीको विभिन्न स्थानमा पर्खालसहितको जाली लगाउन थालिएको हो । निकुञ्जबाट बस्तीमा आउने बँदेल, मृग, गैँडा, बाघले वर्षेनी ठूलो मात्रमा अन्नबालीमा क्षति पुर्याउनुका साथै घरमा रहेका चौपायालाई समेत आक्रमण गर्न थालेपछि यसलाई रोक्नका लागि पर्खाल निर्माण थालिएको हो । वन्यजन्तुको आक्रमणबाट मानवीय क्षतिसमेत हुने गरेको कावासोती नगरपालिका–७ का बालकृष्ण रिजालले बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएका गाउँमा वन्यजन्तु प्रवेश गरी धान, मकै, गहुँ, विभिन्न कोशेबाली नष्ट गर्ने गरेका छन् । वन्यजन्तुलेपूरा पढ्नुहोस्


प्रसूति केन्द्र नहुँदा घरमै सुत्केरी

असोज २, अछाम कमलबजार नगरपालिका–३ बयालाकी ३० वर्षीया जमुना बिष्टले तीन सन्तानलाई घरमै जन्म दिनुभयो । उहाँको एक छोरी भारतमा जन्मिइन् भने पाँचौ सन्तानलाई उहाँले मङ्गलसेनस्थित जिल्ला अस्पताल पुगेर जन्माउनुपर्यो । गाउँको स्वास्थ्य संस्थामा प्रसूति केन्द्र नहुँदा उहाँजस्तै बयालाका अधिकांश महिलालाई बच्चा जन्माउन कि त तीन-चार घण्टा हिँडेर छिमेकी गाउँको स्वास्थ्यचौकी जानुपर्छ नभए रु पाँचदेखि सात हजारमा जीप भाडामा लिएर मङ्गलसेन पुग्नुपर्ने बाध्यता छ । यहाँका महिला प्रसूति हुन स्वास्थ्य संस्थामा जानुपर्छ भन्ने कुरामा जानकार छन्, तर नजिकै प्रसूतिगृह नहुँदा उनीहरूलाई घरमै सुत्केरी हुनुपर्ने बाध्यता छ । बिष्टले भन्नुभयो, “नजिकै स्वास्थ्य संस्थामा प्रसूति सेवा भए त कति सजिलो हुन्थ्यो, सुत्केरीपूरा पढ्नुहोस्


संविधान दिवस सन्दर्भःशिक्षा अधिकार कार्यान्वयनका लागि नयाँ आधार तय

असोज २, काठमाडौँ संविधान जारी पछिका तीन वर्षको अवधिमा शिक्षा क्षेत्रमा नयाँ कानूनी, नीतिगत र संरचनात्मक परिवर्तनको आधार तय हुन थालेको छ । सङ्घीय संसद्बाट ‘अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक, २०७५’ पारितसँगै शिक्षाको मौलिक हक कार्यान्वयन गर्ने कानूनी आधार तय भएको छ भने केन्द्र, प्रदेश र स्थानीय तहबीच शिक्षाको अधिकार बाँडफाँट शुरु भएको छ । शिक्षामा युगानुकूल रुपान्तरणको खाका कोर्न सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा उच्चस्तरीय शिक्षा आयोग गठन भई प्रतिवेदन बुझाउने तयारी भएको छ । संविधानको धारा ३१ मा रहेको मौलिक हकमा भनिएको ‘प्रत्येक निरक्षर नागरिकलाई तोकिएबमोजिम साक्षर हुने, दृष्टिविहीन नागरिकलाई ब्रेललिपि, बहिरा र स्वरपूरा पढ्नुहोस्