Main Menu

Saturday, September 15th, 2018

 

धमाधम मर्मत हुँदै ग्रामीण सडक

भदाै ३०, जाजरकोट वर्षायाम सकिन लाग्दा यहाँका ग्रामीण तथा मुख्य सडक सञ्चालनमा आउन थालेका छन् । नजिकिँदो चाडपर्वलाई ध्यानमा राखी स्थानीय सरकारले जनतालाई सेवा, सुविधा दिने उद्देश्यले वर्षाले भत्काएका सडकको मर्मत गर्न शुरु गरेसँगै ती सडकहरु सञ्चालनमा आउन थालेका हुन् । सरोकारवाला निकायको लामो प्रयासपछि जिल्लाको विभिन्न ठाउँका सडक सञ्चालनको तयारी भएको जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलले बताउनुभयो । सदरमुकामभित्र रहेका शान्ति चौतारा तल्लो थाप्ले सडक, पासागाड कालेगाउँ सडक, खलङ्गा पाँचकाटिया सडक, खलङगा रिम्ना सडक, रिम्ना आठबिसकोट सडक, दल्ली तल्लु सडक सञ्चालनमा आउन थालेका छन् । गाउँगाउँमा स्थानीय सरकार र स्थानीयको सहकार्यमा घोडेटो बाटोदेखि विद्युत् नहरसम्म मर्मत कार्य शुरुपूरा पढ्नुहोस्


पार्टी एकतालाई सुदृढ गराउनेःप्रधानमन्त्री

भदाै ३०, काठमाडौँ प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतालाई सृदृढ ढङ्गले सम्पन्न गराएर छाड्ने बताउनुभएको छ । पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले आज पार्टी मुख्यालय धुम्बाराहीमा बोगटीको चौथाँै स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले अहिले पार्टीमा अन्तरविरोध खडा गर्ने, भाँजो हाल्ने प्रयास भइरहेको भन्दै त्यसलाई परास्त गरी पार्टी एकतालाई सुदृढ गराएर छाड्ने बताउनुभएको हो । उहाँले बोगटीजस्ता महान् योद्धाको सपना साकार पार्न पनि पार्टी एकतालाई निष्कर्षमा पु¥याउनु आवश्यक रहेको उल्लेख गर्नुभयो । “सानातिना कुरा, आफ्ना हित र अहंकारमा अल्झियो भने शहीदको सपना पूरा गर्न सकिँदैन” उहाँले भन्नुभयो, “शहीदका सपना पूरा गर्न पनि पार्टी एकतालाई सुदृढीकरणपूरा पढ्नुहोस्


अवरुद्ध मध्यमोदीको निर्माणकार्य सञ्चालन

भदाै ३०, पर्वत स्थानीयको अवरोधका कारण निर्माणकार्य अवरुद्ध भएको चौधरी ग्रुपले निर्माण गरिरहेको १५ दशमलव १ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको काम छ दिनपछि सञ्चालन भएको छ । प्रभावित क्षेत्रका स्थानीयवासीले विभिन्न माग राख्दै गत आइतबारदेखि निर्माणकार्य ठप्प बनाएका थिए । आयोजनाको कार्यालयमा तालाबन्दी गर्नुका साथै काममा समेत अवरोध गरेका स्थानीय र वार्ता टोलीबीच शुक्रबार भएको छलफलपछि निर्माणकार्य सञ्चालन गर्ने निर्णय भएको हो । आयोजनाको सुरुङ निर्माणका क्रममा बम विस्फोट गर्दा घर चर्किएको भन्दै स्थानीयवासी आन्दोलित भएका थिए । वार्तामा विभिन्न चार बुँदे सहमति भएको छ । चर्किएका घर आयोजनाका कारण हो या होइन भन्ने बारेमा भूगर्भविद् ल्याएर चेकजाँच गर्ने,पूरा पढ्नुहोस्


थुनिएको बडिगाड खोला बग्न थाल्यो

भदाै ३०, गुल्मी पहिरोका कारण ६ घण्टादेखि थुनिएको बाग्लुङको बडिगाड खोला ओभरफ्लो भएर बग्न थालेपछि खोला किनारका बस्तीमा जोखिम कम भएको छ । खोला थुनिँदा हजारौँ घर जोखिममा परेका थिए । बागलुङको भिमगिठ्ठे नजिकै पहिरो जाँदा गुल्मीका हजारौँ घर जोखिममा परेका हुन् । ढोरपाटन नगरपालिका र बडिघाट गाउँपालिकाको सिमानामा पर्ने तुरतरे देउरालीमा पहिरो खसेको छ । खोला थुनिँदा तीन किलोमिटरसम्म पानीको ताल बनेको स्थानीय रविलाल पौडेलले बताउनुभयो । अहिले पानी ओभरफ्लो भएर बग्न थालेकाले फुट्ने सम्भावना कम रहेको पौडेलले बताउनुभयो । खोला थुनिएपछि बागलुङका खार र खर्बाङ बजार तथा गुल्मीको मुसिकोट नगरपालिकाका वामी, भुवाचिदी, इन्दे्रगौँडा, बडागाउँको ग्वादीकाचौर, चन्द्रकोट गाउँपालिकाको मजुवापूरा पढ्नुहोस्


स्वाइन फ्लु र हङकङ फ्लुग्रस्त कञ्चनरुपलाई विपद् क्षेत्र घोषणा

भदाै ३०, राजविराज प्रकोप नियन्त्रण नहुन्जेलसम्मका लागि सप्तरीको कञ्चनरुप नगरपालिका क्षेत्रलाई विपद् क्षेत्र घोषणा गरिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति सप्तरीको आकस्मिक बैठकले स्वास्थ्य सेवा विभागको इपिडीमियोलोजी तथा महामारी रोग नियन्त्रण शाखाको टोलीले बिरामीको र्याल परीक्षण गरी उनीहरूमा स्वाइन फ्लु र हङकङ फ्लु भएको पुष्टि गरेपछि कञ्चनरुप नगरपालिकालाई विपद् क्षेत्र घोषणा गरिएको नगरपालिका प्रमुख वसन्त मिश्रले जानकारी दिनुभयो । सो क्षेत्रमा केही दिनदेखि रुघाखोकी र ज्वरोका बिरामीमा ‘एचवानएनवान’ (स्वाइन फ्लु) र ‘एचथ्रिएनटु’ (हङकङ फ्लु) को भाइरस फेला परेको छ । उक्त रोगका कारण कञ्चनरुप नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाका पाँचको मृत्यु भएको प्रमुख मिश्रले बताउनुभयो । सो रोगबाटपूरा पढ्नुहोस्


संविधान दिवस मनाउन समिति गठन

भदाै ३०, धनगढी प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टको संयोजकत्वमा यहाँ संविधान दिवस विविध कार्यक्रमका साथ मनाउन मूल समारोह समिति गठन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बसेको बैठकले असोज २, ३ र ४ गते विविध कार्यक्रमका साथ संविधान दिवस मनाउने निर्णय गरेको मन्त्रिपरिषद् कार्यालयका सचिव प्रदीपराज कँडेलले जानकारी दिनुभयो । असोज २, ३ र ४ गते साँझ दीपावली, २ गते सामाजिक विकास मन्त्रालयको संयोजनमा रक्तदान, आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयोजनमा संविधान दिवसबारे रेडियो संवाद कार्यक्रम, २ र ४ गते सरसफाइ र ३ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ब्याण्डबाजा र झाँकीसहितको र्यालीको आयोजना गरी कवर्डहल पुगेरपूरा पढ्नुहोस्


पाँच करोडको कपास गोदाममै

भदाै ३०, बाँके व्यावसायिक रूपमा हुँदै आएको कपासखेती पछिल्लो समय उजाड अवस्थामा पुगेको छ । कपासको व्यावसायिक उत्पादन घट्न थालेसँगै कपासखेती उजाडजस्तै अवस्थामा रहेको हो । कपास विकास समिति खजुराले प्रशोधन गरी बिक्रीका लागि तयार पारेको २१३ मेट्रिकटन कपास अहिले पनि गोदाममै थन्किएको छ । प्रशोधन गरिएको उक्त कपास उचित बजार अभावका कारण यसरी गोदाममै थन्किन पुगेको कपास विकास समिति खजुराका निमित्त प्रमुख विजयकुमार जोशीले बताउनुभयो । विगत चार वर्षदेखि कपास बिक्री नभएपछि समितिको गोदाममा अहिले रु पाँच करोड मूल्यको कपास थन्किएको उहाँले जानकारी दिनुभयो । एक मेट्रिकटन बराबर रु दुई लाख १८ हजार मूल्य रहेको रेशा कपास गोदाममै थन्किँदापूरा पढ्नुहोस्


फोहरमैला केन्द्र निर्माण

भदाै ३०, दमौली तनहुँको शुक्लागण्डकी नगरपालिकामा फोहरमैला व्यवस्थापनका लागि व्यवस्थापन केन्द्र निर्माण सम्पन्न भएको छ । नगरको फोहर व्यवस्थापन समग्र नगरपालिकाको चिन्ता र चासोको विषय भएकाले नगरलाई सफा राख्न फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको हो । नगरपालिकाले चालु आर्थिक वर्षमा नै फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरी सञ्चालनमा ल्याउने नगरसभाबाटै निर्णय गरेको थियो । सोहीअनुसार हालै मात्रै शुक्लागण्डकी नगरपालिका–५ स्थित गल्छिनाभन्दा तल व्यवस्थित फोहरमैला व्यवस्थापन केन्द्र निर्माण सम्पन्न भएको नगरपालिकाका प्रवक्ता खिम कुमालले जानकारी दिनुभयो । उहाँका अनुसार फोहरमैला व्यवस्थापन केन्द्र केही दिनभित्रै सञ्चालनमा आउनेछ । फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि रु २४ लाख खर्च भएको छ । नगरपालिकाले आगामी चारपूरा पढ्नुहोस्


नगरभित्रका सबै बालबालिका विद्यालय भर्ना भएको दाबी

भदाै ३०, महेन्द्रनगर, धनुषा धनुषाको मिथिला नगरपालिकाले आफ्नो नगरभित्र विद्यालय जाने उमेर समूहका बालबालिका विद्यालय बाहिर नरहेको घोषणा गरेको छ । ३९ औँ अन्तर्राष्ट्रिय साक्षरता एवं बाल दिवसको अवसरमा शुक्रबार ढल्केवरमा घोषणासभा आयोजना गरेर नगरपालिकाका प्रमुख हरिनारायण महतोले उक्त घोषणा गर्नुभएको हो । प्रमुख महतोले सरकारले शुरु गरेको बालबालिका विद्यालय भर्ना अभियानलाई मिथिला नगरपालिकाले प्रदेश नं २ मै पहिलो पटक सम्पन्न गरेको दाबीसमेत गर्नुभयो । उक्त सभामा मिथिला नगरपालिकालाई केही वर्षभित्रै पूर्णरूपले साक्षर बनाउने घोषणा गर्दै नगर प्रमुख महतोले नगरपालिकाभित्र निरक्षर उन्मूलन गर्नकै लागि शिक्षालाई नगरपालिकाले दोस्रो प्राथमिकतामा राखेको बताउनुभयो । उक्त कार्यक्रममा उपस्थित नगरप्रमुख, उपप्रमुख, एघारै वडाका वडाध्यक्ष, नगरपालिकाभित्रपूरा पढ्नुहोस्


बहुप्राविधिक शिक्षालय खुल्यो

भदाै ३०, रत्ननगर दक्षिण चितवनको माडीमा पहिलो बहुप्राविधिक शिक्षालय खुलेको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटीइभिटी) ले माडीको हरिनगरमा ‘दिवाकर स्मृति बहु¬प्राविधिक शिक्षालय’ सञ्चालन गरेको हो । प्रवेश परीक्षाको फारम वितरणको काम थालिएको भन्दै शिक्षालयका प्रमुख पुष्पराज पौडलले आगामी महिनादेखि कक्षा सञ्चालन हुने जानकारी दिनुभयो । जसका लागि असोजको ३ गते प्रवेश परीक्षा सञ्चालन हुनेछन् । भदौ २७ गते प्रमुखको कार्यभार सम्हालेलगत्तै कक्षा सञ्चालनको आवश्यक प्रक्रिया थालिएको पौडेलको भनाइ छ । माडी नगरपालिका–६ स्थित हरिनगरमा खुलेको बहुप्राविधिक शिक्षालयमा सिभिल ओभरसियर र बाली विज्ञानअन्तर्गत कृषिको प्रमाणपत्र तहको पढाइ चल्ने छ । ओभरसियरतर्फ ४८ र कृषितर्फ ४० विद्यार्थी भर्नापूरा पढ्नुहोस्