Main Menu

Friday, September 14th, 2018

 

चौध देशका कम्युनिष्ट नेपालमा

भदाै २९, भक्तपुर भक्तपुरको खरिपाटीस्थित नेपालको पहिलो कम्युनिष्ट विद्यालयका रुपमा स्थापना भएको मदन भण्डारी एशियाली विद्यालयमा विश्व कम्युनिष्टको इतिहासदेखि वर्तमान अवस्थासम्मका बारेमा विभिन्न देशका नागरिकले प्रशिक्षण लिएका छन् । विद्यालयमा पुष्पलाल व्याच नाम दिइएको उक्त कक्षामा विगत २१ दिनदेखि आवासीयरुपमा प्रशिक्षण लिँदै आएका १४ वटा देशका ४२ जनाले विश्व कम्युनिष्टको उदय, सङ्घर्ष र वर्तमान अवस्थाका बारेमा प्रशिक्षणमार्फत जानकारी लिएका हुन् । विश्वमा कम्युनिष्ट कमजोर हुँदै गएका बेला नेपालमा भने कम्युनिष्ट किन र कसरी माथि आउँदैछ भन्ने अध्ययन गर्न २१ दिनको प्रशिक्षणले टेवा पुर्याएको सहभागीले बताएका छन् । प्रशिक्षणमा सहभागी अल इण्डिया युथ लाइभका राष्ट्रिय सदस्य धर्मेन्द्र कुमारले २१ दिनको बसाइँलेपूरा पढ्नुहोस्


धामीझाँक्रीको भरपर्दा दुवै आँखा बन्द

भदाै २९, तुलसीपुर अन्धविश्वासका कारण जुम्ला जिल्लाको तिला गाउँपालिकाका–८ की ३१ वर्षीय सुकमाया रोकाय डेढ वर्षदेखि आँखा देख्न छोड्नुभएको छ । आँखा कमजोर भएपछि गाउँघरमै धामीझाँक्री गरेको र धामीझाँक्री गर्दा पनि सञ्चो नभएपछि अन्तिम अवस्थामा उपचारका लागि बिहीबार लमही आँखा अस्पताल उपचार गराउन आउनुभयो । आँखामा समस्या भएपछि गाउँघरमा अझै पनि देवी देउता लागेको र आँखा बन्द तथा कमजोर भएको भन्ने अन्धविश्वास कायमै रहेको छ । आँखामा समस्या आएपछि धामीझाँक्रीबाट झारफुक गर्ने प्रचलन र हेल्चेक्रयायीले गर्दा धेरैले दृष्टिविहीनताको समस्या भोग्नुपरेको छ । एक वर्ष पहिले आँखा कमजोर भएकी रोकायले गाउँघरमा धामीझाँक्रीलाई देखाएको र एक वर्षसम्म विभिन्न झारफुक गरेर पनि सञ्चोपूरा पढ्नुहोस्


वाह ! नेचुरली नेपालः लाङकाबीमा नेपाल प्रवद्र्धन

भदाै २९, लाङकावी, मलेसिया ‘वाह नेचुरली नेपाल सच अ बिउटी अफ पाराडाइज एण्ड डाइभसिर्टी’ नेपालका सामुदायिक ‘होमस्टे’ घरबास कार्यक्रमबारे उत्सुकतापूर्वक जानकारी लिँदै थिए । संयुक्त अरब इमिरेट्सका कुमार सुबरमनिअम दक्षिण कोरियाका ब्रायन किमलाई चाँही नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको नयाँ वाइडबडी विमान चढेर नेपाल घम्न जाने रहर रहेछ । आफ्नो देशबाट छिट्टै नेपाल सिधा उडान हुने भएकाले निकै उत्साही भएका रहेछन् । ! चिनियाँ टुरिजम डेभलपमेन्टका प्रतिनिधि जेन्नी चेङलाई पनि निगमको विमान चढेर नेपालको सुन्दरता हेर्न जाने धोको छ । त्यसैले उनी सोध्दै थिए “नेपालले कहिलेदेखि चीनबाट सिधा उडान गर्ने, म लगायत धेरै जना नेपाल घुम्न जाने योजनामापूरा पढ्नुहोस्


निजगढ विमानस्थलःदुई लाख रुख काटिने

भदाै २९, काठमाडौँ सरकारले वातावरणीय रुपमा कम क्षति गरेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा निर्माण गर्न लागिएको सो विमानस्थलको प्रक्रिया अगाडि बढेपछि वातावरण विनाश हुने भन्दै हल्ला चलाइएपछि सरकारले वातावरणीय रुपमा कम क्षति हुने गरी मात्रै आयोजना शुरु गर्नेे जनाएको हो । सो विमानस्थलको कूल क्षेत्रफल आठ हजार हेक्टर भएपनि विमानस्थलका लागि दुई हजार हेक्टर मात्रै प्रयोग गरिनेछ । विमानस्थलको पेरीफेरीमा अत्याधुनिक शहरसहितका संरचना निर्माण गर्न उक्त परिमाणको जमिन आवश्यक पर्दछ । सरकारले अन्तर्राष्ट्रिय स्तरमै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल जस्तै निजगढलाई ‘हब’ बनाउन खोजेको छ । छिमेकका २२ मुलुकको ट्रान्जिट बनाउने गरीपूरा पढ्नुहोस्


‘भूमिसम्बन्धी (सातौँ संशोधन) विधेयक, २०७५’ पारित

भदाै २९, काठमाडौँ प्रतिनिधिसभामा ‘भूमिसम्बन्धी (सातौँ संशोधन) विधेयक, २०७५’ सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । यसअघि मन्त्री ढकालले ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको भूमि सम्बन्धी (सातौँ संशोधन) विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । छलफलमा सांसद प्रेम सुवालले हरुवा, चरुवा र कमैयालाई जमीनको व्यवस्था गरिनुपर्ने र उपभोग गर्नेलाई नै जमीन दिइनुपर्ने बताउनुभयो । सांसदले उठाएका विषयको जवाफ दिँदै मन्त्री ढकालले सातौँ पटक संशोधन भएको विधेयकले भूमिसम्बन्धी धेरै समस्या समाधान गर्ने विश्वासपूरा पढ्नुहोस्


कानूनमन्त्री भण्डारीद्वारा कारागार अवलोकन

भदाै २९, सुर्खेत कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सुर्खेत कारागार अवलोकन गर्नुभएको छ । बिहीबार अपरान्ह् ४ः०० बजे कारागार पुगेर उहाँले भौतिक संरचना, कैदीबन्दीको निरीक्षण, सीपमूलक तालीम अवलोकन गर्नुका साथै त्यहाँ रहेका कैदीबन्दीको गुनासासमेत सुन्नुभएको थियो । मन्त्री भण्डारीले भन्नुभयो, कारागारलाई सुधारगृहका रूपमा विकास गरिने, कैदी बन्दीलाई सीपमूलक तालीम दिइने र कारागारबाट रुपान्तरित जीवन जिउने कला सिकाइने छ । मन्त्री भण्डारीलाई कैदीबन्दीले भौतिक संरचनाको जीर्णोद्वार हुन नसकेको, खानेपानीको समस्या भएको, शौचालय थोरै भएको, कानूनी उपचार गर्ने वकिलको अभाव भएकोजस्ता गुनासो गरेका थिए । करीब २०० कैदीबन्दी रहेको उक्त कारागारको मर्मत र अन्य व्यवस्थापनका लागि रु २२पूरा पढ्नुहोस्


एकदिन [कविता]

अनामिका गौतम मुटुमा बस्छौ,आत्मामा हास्छौ, भरोसा तिमी नै रंगीन आशा ,सम्झना गर्दै बढ्नु है एकदिन भोलिका तिमी भविष्य हाम्रो,आजका कोपिला बगैचाभरि, सुबास मीठो छर्नु है एकदिन सुनौलो स्वप्न बोकेर हिड्ने, तिम्रा ती नयन ले सुनौलो बिहान, यो सृष्टिमाझ ल्याउनु है एकदिन मुस्काउनु सधै, नलागोस तिमीलाई,शत्रुको नजर कलिला हातले, इतिहास नौलो रच्नु है एकदिन