Main Menu

Saturday, September 1st, 2018

 

बालिका हत्याको छानबिनका लागि उच्चस्तरीय समिति गठन

भदाै १६, महेन्द्रनगर धनुषा महोत्तरी औरहीमा भएको आठ महिने बालिका हत्याको छानबिन गर्न प्रदेश सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ । आज प्रदेश नं २ प्रदेशसभा बैठकमा उठेको प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बालिका हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन हुने बताउनुभएको हो । घटनाको निष्पक्ष छानबिन गरी हत्यामा संलग्न व्यक्तिलाई कडा कारवाही गरिने छ, उहाँले भन्नुभयो, “हत्यारा जहाँ भए पनि खोजर कानुनी कारवाही गर्न सरकार प्रतिवद्ध छ ।” आठ महिने बालिका सोनाली चौधरीको बलात्कार गरी हत्या गरिएको आङ्शका गरिएको छ । मन्त्री यादवले बलात्कार विरुद्ध प्रदेश सरकारले कडा कानून बनाउने प्रतिबद्धता व्यक्त गर्दैपूरा पढ्नुहोस्


खेलाडीलाई जनही रु पाँच लाख

भदाै १६, काठमाडौँ इण्डोनेसियामा जारी १८ आैँ एशियाली खेलकूदमा रजत पदक जित्न सफल प्याराग्लाइडिङका खेलाडीले जनही रु पाँच\पाँच लाख पाउने भएका छन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को २०६८ साल चैत २१ गतेको सञ्चालक समिति बैठकले एशियाडमा व्यक्तिगत स्पर्धातर्फ स्वर्ण जिते रु २५ लाख, रजत जिते १५ लाख र कास्य जिते रु १० लाख तथा समूहगत स्पर्धातर्फ स्वर्ण जिते प्रतिखेलाडी रु १०, रजत जिते रु पाँच र कास्य जिते रु दुई लाख दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार नेपाली प्याराग्लाइडिङ टोलीले अब जनही रु पाँच लाख पाउने नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घका महासचिव शैलेन्द्र रावतले जानकारी दिनुभयो । विमल अधिकारी,पूरा पढ्नुहोस्


कृषि उत्पादनमा बिम्स्टेक राष्ट्रको जोड

भदाै १६, काठमाडौँ बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चाैँथो सम्मेलनले कृषि उत्पादनमा विशेष जोड दिएको छ । सम्मेलनको उद्घाटनसत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको आधुनिकीकरणमा जोड दिनुभएको थियो भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिम्स्टेकमा आवद्ध सबै राष्ट्र कृषि प्रधान मुलुक भएकाले कृषि उत्पादनमा जोड दिनुपर्ने धारणा औँल्याउनुभएको थियो । भारतीय प्रधानमन्त्री मोदीले बिम्स्टेकका जनताको प्रमुख आधार कृषि पेशा भएकाले कृषिको निर्यातलाई केन्द्रबिन्दुमा राखेर सबै राष्ट्रले उत्पादनलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको थियो । हिमालबाट शुरु भई बङ्गालको खाडीवरिपरी फैलिएका सात राष्ट्रको मुख्य खाना भात, रोटी र माछा हो । बिम्स्टेकका केही राष्ट्रलाई समुन्द्रले घेरेकोपूरा पढ्नुहोस्


मन्त्री पुनका आँशु थामिएनन्

भदाै १६, भीमदत्तनगर आज बिहान खानेपानी मन्त्री बिना मगर बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको घर पुग्दा केहीबेर सन्नाटा छाउनुका साथै केहीबेर आगन्तुक सबै स्तब्ध हुनुभयो । मन्त्री मगर निर्मलाको घर पुग्दा निर्मलाका आमा र आफन्तले आँशु थाम्न सकेनन् । छोरी निर्मलाको हत्यारा पत्ता लगाउन आग्रसहित स्तब्ध बनेकी आमा दुर्गा पन्तसँगै रोइरहेकी आफन्त महिलाको आँशु पुस्छन् मन्त्री मगर अघि सर्नुभयो । सो क्रममा भावुक बन्नुभएका मन्त्री मगरले पनि आँशु थाम्न सक्नुभएन । उहाँसँगै निर्मलाका परिवार भेट्न पुग्नुभएका प्रतिनिधिसभा सदस्य नीरु पालका पनि आँखा रसाइरहेका थिए । प्रतिनिधिसभा सदस्य पालले निर्मलाका आमालाई सहानुभूति व्यक्त गर्दै सबैपूरा पढ्नुहोस्


फैसला तयार छिटो

भदाै १६, दाङ मुलुकी देवानी कार्यविधि (संहिता) ऐन २०७४ लागू भएपछि तुलसीपुर उच्च अदालतमा फैसला तयार छिटो छरितो हँुदै गएको छ । यसअघि एउटा फैसला तयार गर्न कम्तीमा सात दिनदेखि १५ दिनसम्म लाग्ने गरेकामा सो संहिता लागू भएपछि अहिले उक्त अदातलले फैसला भएको भोलिपल्ट नै फैसला तयार गर्ने गरेको अदालतका सूचना अधिकृत रुद्रमणि गिरीले जानकारी दिनुभयो । उक्त संहिताको दफा १९८ मा अदालतले निर्णय वा फैसला गरेको मितिले दुई दिनभित्र फैसला तयार गरी सक्नुपर्ने र यसरी भएका फैसला प्रत्येक हप्ता कार्यालयको वेबसाइड तथा सूचना पार्टीमा टाँस गर्नुपर्ने प्रावधान छ । उक्त अदालतको वेबसाइड निर्माण नभइसकेकाले वेबसाइडमा राख्न नसकिएको तर फैसलापूरा पढ्नुहोस्


किवानिज शैक्षिक सम्मेलन शुरु

भदाै १६, पोखरा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको किवानिज इन्टरनेशनल नेपालको तीन दिने शैक्षिक सम्मेलन पोखरामा शुरु भएको छ । किवानिज इन्टरनेशनल नेपालका अध्यक्ष सुजनकुमार श्रेष्ठ र किवानिज इन्टरनेशनल एशिया प्यासिफिकका अध्यक्ष पिटर जेन्डरले शैक्षिक सम्मेलनको एक समारोहबीच उद्घाटन गर्नुभयो । अध्यक्ष श्रेष्ठले किवानिज इन्टरनेशनलले वार्षिकरूपमा क्लबका पदाधिकारीलाई प्रविधियुक्त बनाउन शैक्षिक सम्मेलन आयोजना गरिएको बताउनुभयो । हाल नेपालभित्र २५ किविनिज क्लबमा सात सयभन्दा बढी सदस्य आवद्ध रहेको उल्लेख गर्दै उहाँले संस्थाका तर्फबाट जिल्लामा बालबालिकालाई स्टेशनरी, खाजा, खेलकूद सामग्रीलगायतका सामान प्रदान गर्दै आएको जानकारी दिनुभयो । किवानिज इन्टरनेशनल एशिया प्यासिफिकका अध्यक्ष पिटर जेन्डरले एक सय बढी सहभागीलाई क्लब निर्माण, अन्तर्राष्ट्रिय पोर्टलपूरा पढ्नुहोस्


भत्ता र रोजगारी दिलाउने विधेयक !

भदाै १६, काठमाडौँ रोजगारीका लागि ४० लाख युवा कतारलगायतका खाडी मुलुकमा कठिन श्रम गरिरहेको अवस्थामा सरकारले बेरोजगार भत्ता उपलब्ध गराउने विधेयक सदनमा पेश गरेको छ । प्रत्येक नागरिकलाई रोजगारीको हक सुनिश्चित गर्न, आफ्नो क्षमताअनुसारको रोजगारी छनोट गर्ने अवसर प्रदान गर्न तथा रोजगारीको शर्त, अवस्था तथा बेरोजगार सहायता सम्बन्धमा आवश्यक व्यवस्था गर्न विधेयक ल्याइएको प्रस्तावनामा उल्लेख छ । विधेयकमा प्रत्येक बेरोजगार व्यक्तिलाई बेरोजगार सहायता पाउने अधिकार हुनेछ भन्ने प्रावधान राख्न प्रस्ताव गरिएको छ । त्यसो त, नेपालको संविधानको मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३३ मा प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ भन्ने व्यवस्था रहेको छ । उक्त विधेयक हाल सांसदहरूलाई अध्ययनको लागिपूरा पढ्नुहोस्


नेपाल र मलेशियाबीचको खेल शुरु

भदाै १६, काठमाडौँ एशिया कप छनोट क्रिकेटअन्तर्गत नेपाल र मलेशियाबीचको खेल केहीबेरअघि शुरु भएको छ । मलेशियाको राजधानी क्वालालम्पुरस्थित ओभल क्रिकेट मैदानमा टस हारेर नेपालले पहिले ब्याटिङ शुरु गरेको छ । खेल शुरु हुनुअघि बिहान पानी परेपछि खेल भर्खरै शुरु भएको त्यहाँ रहनुभएका नेपाली टोलीका टोली व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिनुभयो । वर्षाका कारण खेल शुरु हुन ढिला भएपछि खेल ३० ओभरमा झारिएको छ । यही भदौ १३ गते भएको छनोटको पहिलो खेलमा ओमन र १४ गते भएको दोस्रो खेलमा नेपाल पराजित भइसकेको छ । एशिया कप छनोटको शीर्ष दुईमा पुग्न नेपाललाई मलेसियाविरुद्ध जित्नै पर्ने दबाब छ । पराजय व्यहोरेकोपूरा पढ्नुहोस्


‘सुखी परिवारको लागि आधुनिक चुलो’ अभियानको थालनी

भदाै १६, पाँचखाल परम्परागत चुलोको प्रयोगको कारण स्वास्थ्य र वातावरणमा नकारात्मक असर पर्ने भएकाले पाँचखाल नगरपालिकामा आधुनिक चुलोको प्रवद्र्धन गर्न जनचेतनामूलक अभियान शुरु गरिएको छ । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र तथा ग्लोबर एलाइन्स फर क्लिन कुकस्टोभ्स् (जिएसिसी) को सहकार्यमा कार्भेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा ‘सुखी परिवारको लागि आधुनिक चुलो’ नाराका साथ तीन महिने अभियान सञ्चालन गरिएको हो । अभियानको शुभारम्भ गर्दै पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले परम्परागत चुलोभन्दा एलपी ग्यास राम्रो भएतापनि नेपालको अर्बौं रुपैया विदेश गइरहेकाले त्यसलाई नियन्त्रण गर्न विद्युतीय चुलोलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले नगरपालिकाका विपन्न परिवारका लागि खाली ग्यासको सिलिन्डरको सट्टा नयाँ इन्डक्सन चुलो दिने कार्यक्रमपूरा पढ्नुहोस्


शान्ति स्तम्भसहितका पूर्वाधार

भदाै १६, पोखरा विस्तृत शान्ति सम्झौताका हस्ताक्षरकर्तामध्येका पुष्पकमल दहाल ‘प्रचण्ड’ पहिलोपटक सार्वजनिक भएको स्थल कास्कीको सिक्लेसमा शान्ति स्तम्भलगायतका पूर्वाधार बन्ने भएका छन् । तत्कालीन सशस्त्र आन्दोलनरत माओवादी पार्टीका अध्यक्ष प्रचण्डलाई तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले २०६२ जेठमा यही मादी गाउँपालिका–१ सिक्लेसबाट हेलिकप्टरमा राखेर काठमाडौँ ल्याउनुभएको थियो । त्यसयता विकसित शान्ति प्रक्रियाले गति लिँदै देश अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनेको छ । प्रचण्ड पहिलोपटक सार्वजनिक भएको स्थल सिक्लेसको ऐतिहासिक एवं राजनीतिक महत्वलाई दृष्टिगत गरी शान्ति स्तम्भसहितका पूर्वाधार निर्माण गर्न लागिएको मादी गाउँपालिका प्रमुख बेदबहादुर गुरुङले जानकारी दिनुभयो । “सिक्लेस नेपालको शान्ति प्रक्रियाको प्रारम्भ बिन्दु हो,” उहाँले भन्नुभयोे, “नेपालको अक्षांश देशान्तरअनुसार देशकैपूरा पढ्नुहोस्