Main Menu

फैसला तयार छिटो

भदाै १६, दाङ

मुलुकी देवानी कार्यविधि (संहिता) ऐन २०७४ लागू भएपछि तुलसीपुर उच्च अदालतमा फैसला तयार छिटो छरितो हँुदै गएको छ ।

यसअघि एउटा फैसला तयार गर्न कम्तीमा सात दिनदेखि १५ दिनसम्म लाग्ने गरेकामा सो संहिता लागू भएपछि अहिले उक्त अदातलले फैसला भएको भोलिपल्ट नै फैसला तयार गर्ने गरेको अदालतका सूचना अधिकृत रुद्रमणि गिरीले जानकारी दिनुभयो ।

उक्त संहिताको दफा १९८ मा अदालतले निर्णय वा फैसला गरेको मितिले दुई दिनभित्र फैसला तयार गरी सक्नुपर्ने र यसरी भएका फैसला प्रत्येक हप्ता कार्यालयको वेबसाइड तथा सूचना पार्टीमा टाँस गर्नुपर्ने प्रावधान छ ।

उक्त अदालतको वेबसाइड निर्माण नभइसकेकाले वेबसाइडमा राख्न नसकिएको तर फैसला नियमितरुपमा कार्यालयको सूचनापाटीमा टाँस गरिएको पनि सूचना अधिकृत गिरीले बताउनुभयो ।

उक्त अदालतमा भदौ महिनाको हालसम्म नौ थान मुद्दा फछ्र्योट भएकामा ती सबै मुद्दाको फैसला तयार गरी सूचना पाटीमा टाँसिएको मुख्य न्यायाधीश नहकुल सुवेदीले बताउनुभयो ।

उहाँले छिट्टै नै अदालतको वेबसाइट निर्माण गर्ने जानकारी दिँदै यसरी छिटो छरितो फैसला तयार हुँदा फैसला कार्यान्वनमा सहज हुने र नागरिकले पनि समयमै न्याय पाउने उल्लेख गर्नुभयो ।

(Visited 72 times, 1 visits today)

टिप्पणी

comments