Main Menu

जिल्ला प्रशासनमा विशेष सेवा

भदाै २५, भक्तपुर

जिल्ला प्रशासन कार्यालय भक्तपुरले सेवाग्राहीका लागि थप सेवा सञ्चालनमा ल्याएको छ ।

जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले आइतबार राहदानी बनाउन आउनुभएकी पहिलो सेवाग्राही सविना केसीलाई खादा ओढाएर स्वागत गर्दै सेवाको शुभारम्भ गर्नुभएको हो । उहाँले अब सेवाग्राही विचौलियाको भरपर्नु नपर्ने बताउँदै सेवाग्राहीलाई यसले धेरै सहजता ल्याउने बताउनुभयो ।

प्रशासनका विभिन्न सेवा लिन आउने सेवाग्राही विचौलियाबाट ठगिने र अनावश्यक झण्झट व्यहोर्नु परेको गुनासो आएपछि प्रशासनले दुई जना कर्मचारीसहितको सेवा सहायता डेक्स नै स्थापना गरेर सेवा सञ्चालनमा ल्याएको हो ।

प्रमुख जिल्ला अधिकारी नारायण भट्टले प्रशासनबाट वितरण हुने नागरिकता, राहदानी, कुनै पनि उजुरी, गुनासो लगायतका सेवा लिन सेवाग्राहीले अब विचौलियाको भरपर्नु नपर्ने बताउनुभयो । यहाँ खटिएका कर्मचारीले नै फाराम भरिदिने, निवेदन, उजुरी लेखिदिने, परामर्श दिने र अन्य आवश्यक सहयोग गर्नेछन् ।

कार्यालयले यसका लागि दुईजना कर्मचारी खटाएर सेवा दिन शुरु गरेको बताउँदै उहाँले अपाङ्ग र ज्येष्ठ नागरिकका थप अतिरिक्त सेवा प्रदान गर्ने बताउनुभयो ।

कार्यक्रममा सेवाग्राही केसीले प्रशासनमा हुने काम लिन आउने सेवाग्राही यता र उता भौतारिनुपर्ने, एउटा निवेदन लेखिदिएको पनि रु ५०० देखि हजार तिर्नुपर्ने समस्या अब अन्त्य भएको आफूलाई लागेको बताउनुभयो । यो सेवा सबै कार्यालयमा सञ्चालन भएर निरन्तरता पाउनुपर्ने उहाँले बताउनुभयो ।

(Visited 95 times, 1 visits today)

टिप्पणी

comments