Main Menu

Monday, September 10th, 2018

 

थाहै नदिइ सम्बन्ध विच्छेद गरेपछि …

भदाै २५, स्याङ्जा श्रीमान् श्रीमतीको सहमतिमा सम्बन्ध विच्छेद स्वभाविक हो तर यहाँ श्रीमतीलाई थाहा नै नदिइ सम्बन्ध विच्छेद गरेको घटना सार्वजनिक भएको छ । आफूलाई थाहा नै नदिइ श्रीमान्ले सम्बन्ध विच्छेद गरेको भन्दै आज स्याङ्जा जिल्ला अदालतमा ५० वर्षीया मीनाकुमारी क्षेत्रीले उजुरी दिनुभएको हो । उहाँले रुँदै भन्नुभयो, “मलाई थाहा नै नदिइ कसरी सम्बन्ध विच्छेद भयो, मलाई न्याय चाहियो ।” भिरकोट नगरपालिका– ३ निवासी श्रीमान् मोहनकुमार क्षेत्रीले जालसाजी गरेर सम्बन्ध विच्छेद गराएको भन्दै मीनाकुमारीले उक्त अदालतमा तीन वटा मुद्दा दर्ता गराउनुभएको छ । उहाँले हक कायम गराउन, जालसाजी र गाली बेइज्जतीको मुद्दा दर्ता गराउनुभएको स्रेस्तेदार नन्दप्रसाद आचार्यले बताउनुभयो । आफूलाईपूरा पढ्नुहोस्


माछापालनमा किसान आत्मनिर्भर

भदाै २५, वीरगञ्ज दुई वर्षअघि प्रदेश नं २ को बारामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत माछा सुपरजोन कार्यक्रम लागू भएपछि यहाँका किसान माछापालनमा आत्मनिर्भर बन्दै गएका छन् । भारतबाट आयात भई आउने माछामाथि बढ्दै गएको परनिर्भरता घटाइ किसानलाई आत्मनिर्भर गराउने उद्देश्यले आव २०७३\७४ देखि जिल्लामा सरकारले सो कार्यक्रम लागू गरेको हो । परियोजना कार्यान्वयन एकाइ (माछा सुपरजोन) कार्यालयका अनुसार आव २०७३\७४ देखि शुरु भएको सो कार्यक्रम आव २०७४\७५ सम्म आइपुग्दा एक हजार हेक्टर क्षेत्रफल विस्तार गरी माछापालन कार्यक्रम सञ्चालन गरिएको वरिष्ठ कृषि विकास अधिकृत गणेश मिश्रले बताउनुभयो । जिल्लामा १० हजार ३५ मेट्रिक टन माछा उत्पादन हुन्छ । तीन हजार १८५पूरा पढ्नुहोस्


हात्ती भगाउन ‘इलेक्ट्रिक फेन्सिङ’

भदाै २५, कञ्चनपुर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको झुण्डले पुर्याउने क्षति न्यूनीकरणका लागि यहाँको बेदकोट नगरपालिकाले पहल गर्ने भएको छ । हात्ती बस्ती छिर्ने सम्भावित क्षेत्रको पहिचान गरी विद्युतीय तारबार ( इलेक्ट्रिक फेन्सिङ) गर्ने योजना नगरपालिकाले बनाएको हो । नगरपालिकाले नयाँ गाउँ, चथरी, चम्फापुर, रडहा, हात्तीथला लगायत क्षेत्रमा विद्युतीय तारबार गर्ने जनाएको छ । तारवारका लागि नगरपालिकाले रु ४५ लाख विनियोजन गरेको छ । “मानवीय, भौतिक र कृषिजन्य वस्तुमा हात्तीले पु¥याउने क्षति कम गर्न विद्युतीय तारबार गर्ने तयारी गरेका छौंँ” नगरपालिकाका प्रमुख अशोककुमार चन्दले भन्नुभयो । नगरपालिकाको रकमले मात्रै पूरै क्षेत्रमा विद्युतीय तारबार गर्न सम्भव नभएकाले प्रदेशसभा सदस्य लालबहादुर खड्कासँगपूरा पढ्नुहोस्


नेपाल चीन ऊर्जा संयन्त्र बैठक असोजमा

भदाै २५, काठमाडौँ नेपाल र चीनबीचको ऊर्जा क्षेत्रमा सहयोग आदानप्रदानका लागि गठित उर्जा संयन्त्रको पहिलो बैठक आगामी असोज ११ र १२ गते काठमाडौँमा हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बैठकको मिति तय गरेको जनाएको छ । मन्त्रालयका अनुसार आगामी सेप्टेम्बर २७ र २८ गते संयन्त्रको पहिलो द्विपक्षीय बैठक काठमाडौँमा टुङ्गो लागेको छ । नेपालले गरेको बैठकको प्रस्तावमा चीनले सहमति जनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको गत असार ५ देखि १० गतेसम्म भएको चीन भ्रमणका क्रममा दुई देशबीच ऊर्जा सम्झौतामा हस्ताक्षर भएको थियो । नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र चीनका ऊर्जामन्त्री नुर बेक्रीले उक्तपूरा पढ्नुहोस्


नमूना बन्दै महोत्तरीको सामुदायिक विद्यालय

भदाै २५, बर्दिवास “हेलो…हजुर ! को बोल्नु भएको ?” मोबाइलमा लगातार घण्टी बजिरहेपछि फोन रिसिभ गर्दै ललिता जयसवालले भन्नुभयो, “म बर्दिवासबाट ललिता हजुर !” ललितालाई उहाँकी छोरी मधु जयसवाल पढिरहेकी महोत्तरी जिल्लाको बर्दिवास–३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक नेत्र रम्तेलले फोन गर्नुभएको रहेछ । “ललिताजी, आज मधु विद्यालय आइनन् नि ! किन होला ?,” प्रधानाध्यापक रम्तेलले छोरी मधु विद्यालय नपुगेकीमा सोधखोज गर्नुभएको रहेछ । रम्तेलको प्रश्नबारे प्रष्ट्याउँदै ललिताले अगाडि भन्नुभयो – “नानीहरु विद्यालय पुग्न एकछिन ढिलो हुनासाथै विद्यालयबाट फोन आइहाल्छ ।” कक्षा–९ मा पढिरहेकी आफ्नी छोरी विद्यालय पुग्न ढिलो हुँदा त्यसैबीच प्रधानाध्यापकको फोन आएको ललिताले बताउनुभयो । सामुदायिक विद्यालयको पठनपाठनपूरा पढ्नुहोस्


बाँदर आतङ्कः- समस्या बढ्दै

भदाै २६, काठमाडौँ अष्ट ज अभियान नेपालले बाँदर आतङ्कलाई राष्ट्रिय समस्याका रुपमा लिएर यसको समाधानमा लाग्न सरकारको ध्यानाकर्षण गराएको छ । अभियानका अध्यक्ष लोककृष्ण भट्टराईद्वारा आज जारी गरिएको विज्ञप्तिमा बाँदरका कारण देशका विभिन्न क्षेत्रमा किसान आतङ्कित बनेको र उनीहरु विस्तारै उत्पादनबाट विस्थापित हुन थालेको दुःखद स्थिति पैदा भएको जनाइएको छ । “जल, जमीन, जङ्गल, जडीबुटी, जलवायु, जनशक्ति र जनावरको पहिचान, संरक्षण, सम्वद्र्धन, उत्पादन तथा व्यावसायिक प्रयोगको पक्षमा सक्रिय रहँदै आएको अभियानले यो समस्यालाई राष्ट्रिय समस्याका रुपमा लिन सरकार समक्ष आग्रह गरेको छ”– विज्ञप्तिमा भनिएको छ । “देशका विभिन्न भागबाट प्राप्त यथार्थ सूचनाका आधारमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छाैँ,” विज्ञप्तिमा भनिएको छ,पूरा पढ्नुहोस्


जापान भूकम्पमा मर्नेको संख्या ४४ पुग्यो

भदाै २५, टोक्यो उत्तरी जापानमा गत साताको भूकम्पका कारण सिर्जित पहिरोमा परी मृत्यु हुनेको संख्या ४४ जना पुगेको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन् । भूकम्प पीडितको उद्धार र राहतका लागि अझै पनि दशौं हजार सेना र प्रहरी परिचालन गरिएको छ । मन्त्रिपरिषद्का मुख्य सचिव योसिहिडे सुगाले हराइरहेका व्यक्तिको खोजी कार्य सकिएको बताउनुभयो ।    हराएका व्यक्तिको सूची अधिकारीहरुसँग छैन, सबै भेटिएका छन्, योसिहिडेले भन्नुभयो । करिब ४० हजार प्रहरी, सेना र अन्य उद्धारकर्मीहरुले अस्थायी शिविरमा आश्रय लिइरहेका दुई हजार ७०० भन्दाबढी व्यक्तिलाई सहयोग गरिरहेका छन् । गत साता उत्तरी जापानको होक्काइडो द्वीप आसपास केन्द्रविन्दु भएको शक्तिशाली भूकम्प गएको थियो ।पूरा पढ्नुहोस्


२,२६५ प्रहरी कारवाहीमा

भदाै २५, काठमाडौँ प्रहरी प्रधान कार्यालयले सङ्गठनको उद्देश्य र लक्ष्यविपरीत काम गर्ने दुई हजार २६५ प्रहरीलाई कारवाही गरेको छ । प्रहरी प्रधान कार्यालयले आर्थिक वर्ष २०७४\७५ मा सङ्गठनको हितविपरीत काम गर्ने प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षकसम्मलाई कारवाही गरेको हो । कारवाही परेकामध्ये २७२ नोकरीबाट हटाइएको, आठ जनालाई बर्खास्त गरेको, एक हजार २२७ लाई नसिहत दिइएको, १८९ को ग्रेड रोक्कास गरिएको छ । त्यस्तै १५ लाई प्रतिकूल राय लिएको, ३४ को ग्रेड घटुवा, ९१ को पदोन्नति रोक्का, १० को पद घटुवा, २१७ तल्लो टाइमस्केलमा घटुवा र २०२ जनालाई निलम्बन गरेको छ । कारवाही परेकामा प्रहरी कार्यालय सहयोगी २९, प्रहरी जवान एकपूरा पढ्नुहोस्


साफ च्याम्पियनसीपः-नेपालको भेट माल्दिभ्ससँग

भदाै २५, काठमाडौँ बङ्गलादेशको राजधानी ढाकामा जारी साफ च्याम्पियनसीपको सेमिफाइनलमा बुधबार नेपालले माल्दिभ्ससँग खेल्ने भएको छ । गोलाप्रथाद्वारा माल्दिभ्स समूह ‘बी’को उपविजेता बनेपछि नेपालको भिडन्त माल्दिभ्ससँग हुने भएको हो । समूह ‘ए’बाट नेपाल समूह विजेता बन्दै सेमिफाइलन प्रवेश गरेको हो । त्यसैगरी भारत समूह ‘बि’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । भारतले समूह ‘ए’को उपविजेता पाकिस्तानसँग खेल्नेछ । समूह ‘बी’ मा रहेका माल्दिभ्स र श्रीलङ्काले एक खेलमा पराजय र एकमा बराबरी खेलेपछि गोलाप्रथाद्वारा समूह उपविजेता छानिएको थियो । अब नेपालले फाइनल प्रवेशका लागि माल्दिभ्ससँग आगामी बुधबार ३ः४५ बजे ढाकास्थित बङ्गबन्धु रङ्गशालामा प्रतिपर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा सोही दिनपूरा पढ्नुहोस्


फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी

भदाै २५, तुलसीपुर घोराही उपमहानगरपालिकाले गल्ने फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी गरेको छ । उपमहानगरपालिकाले फोहरबाट ऊर्जा उत्पादन गर्नेका लागि इच्छुक लगानी गर्ने चाहने कम्पनीलाई छनोट गर्नका लागि गएको आर्थिक वर्षमा बोलपत्र माग गरेर कम्पनीसमेत छनोट गरेको छ । माग गरेको बोलपत्रमा नेपाल इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिको मात्र निवेदन परेको थियो । एउटा मात्र निवेदन परेपछि उक्त प्रालिलाई नै फोहरबाट ऊर्जा उत्पादन गर्ने दिने सम्झौता गरेको उपमहानगरपालिकाले जनाएको छ । घोराही उपमहानगरपालिकाका इञ्जिनीयर रामधन श्रेष्ठले कम्पनीसँग उपमहानगरपालिकाले २० वर्षका लागि सम्झौता गरेको बताउनुभयो । कम्पनीसँग सम्झौता भइसकेको र ऊर्जा उत्पादन गर्नका लागि अब संरचना निर्माण कार्य अघि बढ्ने छ ।पूरा पढ्नुहोस्