Main Menu

Monday, September 10th, 2018

 

दर खाँदा नौ बिरामी

भदाै २५, सुर्खेत तीजको दर खाँदा आइतबार बेलुका सुर्खेतमा नौ जना बिरामी परेका छन् । वीरेन्द्रनगर नगरपालिका–२ दौलतपुर सुर्खेत निवासी डिलमाया सुनारको घरमा दर खान बोलाइएका नौ जना आफन्त बिरामी परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिनुभयो । प्रवक्ता चौधरीका अनुसार बिरामी पर्नेमा ३० वर्षीय प्रदीप सुनार, ११ वर्षीय मिलन सुनार, नौ वर्षीय आशीष सुनार, २७ वर्षीय पदम सुनार, ३० वर्षीया चन्दा सुनार, ४५ वर्षीया चन्द्रकला सुनार, ४९ वर्षीय नरबहादुर सुनार, २० वर्षीया रीता सुनार र नौ वर्षीय अमित सुनार रहेका छन् । बिरामी सबैको उपचारको लागि मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा लगिएको उहाँले जनाउनुभयो । टाउको दुख्ने,पूरा पढ्नुहोस्


तीन वर्षदेखि न्यायको खोजीमा ८० वर्षीया वृद्धा

भदाै २५, दमौली तनहुँको म्याग्दे गाउँपालिका–१ की ८० वर्षीया एक वृद्धा तीन वर्षदेखि न्यायको पर्खाइमा हुनुहुन्छ । २०७२ साल कात्तिक २३ गते बिहान घरमै बस्दा छिमेकी ५२ वर्षीय मोहनबहादुर विकबाट बलात्कारमा पर्नुभएकी उहाँले हालसम्म पनि न्याय पाउनुभएको छैन । आफूलाई बलात्कार गर्ने विकलाई कानूनी कारवाहीको माग गर्दै उहाँले प्रहरीमा जाहेरी दिएपनि प्रहरीले भने अहिलेसम्म अभियुक्तलाई पक्राउ गर्न सकेको छैन । अब त आफू बाँच्दा नै अपराधीलाई कारवाही भएको देख्न पाउने आशा मरिसकेको उहाँले बताउनुभयो । घरमा कोही नभएको मौका पारी रक्सीले मातेर आएका विकले ती वृद्धालाई बलात्कार गरेर भागेको स्थानीयवासी बताउँछन् । जबर्जस्ती बलात्कार गर्दागर्दै वृद्धाले हारगुहार गर्न थालेपछि विकपूरा पढ्नुहोस्


विद्यार्थीमाथि हातपात गर्ने दुई शिक्षक निलम्बनमा

भदाै २५, नवलपरासी विद्यार्थीमाथि दुर्व्यवहार र हातपात गरेको आरोपमा पश्चिम नवलपरासीको सुनबलस्थित महाकवि देवकोटा माविका प्रधानाध्यापक बाबुराम पाण्डे र शिक्षक कौशलराज तिवारी निलम्बनमा परेका छन् । विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक पाण्डे र शिक्षक तिवारीलाई १० दिनका लागि निलम्बन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्यालले जानकारी दिनुभयो । प्रधानाध्यापक पाण्डे र शिक्षक तिवारीले केही दिनअघि सोही विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थी प्रदीप कोंहार, धीरज पाण्डे र अर्जुन गुप्तालाई अपशब्द प्रयोगका साथै हातपात गरेको आरोप शिक्षकद्वयमाथि लागेको छ । विद्यार्थीले दोषी शिक्षकद्वयलाई कारवाहीको माग राख्दै सुनबल नगरपालिका र शिक्षा विकास तथा समन्वय एकाइ पश्चिम नवलपरासीको परासीस्थित कार्यालयमा निवेदन दर्ता गराइसकेकापूरा पढ्नुहोस्


साँखुका सम्पदा पुनःनिर्माणले गति लिएन

भदाै २५, काठमाडौँ, साँखु २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको ऐतिहासिक शहर साँखुका सम्पदाको पुनःनिर्माणको कामले चार वर्ष पुग्नै लाग्दासमेत गति लिन सकेको छैन । लिच्छविकालीन ऐतिहासिक ती सम्पदाको पुनःनिर्माणको कार्य पुरातत्व विभागले शुरु गरेको भए पनि गति लिन नसकेको हो । भूकम्पले साँखुका १० वटा सम्पदा पूर्णरुपमा क्षतिग्रस्त बनाएको थियो । पुरातत्व विभागका सूचना अधिकारी दामोदर गौतमका अनुसार क्षतिग्रस्त भएका सम्पदामा बज्रयोगिनी मन्दिर, खड्गयोगिनी मन्दिर, माधवनारायण द्यौंछें, न्ह्यायंक सत्तल (माइको घर), सुन्टोलको माइघर मन्दिर, पद्मगिरी धर्मधातु चैत्य महाविहार, बज्रयोगिनी वसुन्धरा माई, नारायण मन्दिर, कृष्ण मन्दिर र योगेश्वर ज्योतिलिङ्ग मन्दिर छन् । क्षति भएका १० वटा सम्पदामध्ये, नारायण मन्दिर, कृष्ण मन्दिरपूरा पढ्नुहोस्


शिक्षा पुरस्कारका लागि अक्षयकोष

भदाै २५, दाङ तुलसीपुर उपमहानगरपालिका–६ रजौरा निवासी भण्डारी परिवारले आफ्ना स्व बुबा तेजप्रसाद र आमा लीलादेवी भण्डारीको स्मृतिमा महेन्द्र मावि तुलसीपुरमा ‘तेजलीला’ स्मृति पुरस्कार स्थापना गर्नुभएको छ । उपमहानगरपालिका–६ रजौरा स्थायी घर भई हाल काठमाडौँ निवासी पुरुषोत्तम भण्डारी र उहाँका भाइ निरणप्रसाद, अच्युतप्रसाद, भोजप्रसाद र रोहितप्रसादले महेन्द्र मावि तुलसीपुरमा ‘तेजलीला’ स्मृति पुरस्कारका लागि आइतबार रु पाँच लाखको अक्षयकोष स्थापना गर्नुभएको हो । सो कोषको रकम ब्याजबाट प्रत्येक वर्ष कक्षा ११ र १२ को वार्षिक परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने तीन\तीन छात्रछात्रालाई पुरस्कृत गरिने सर्तमा प्रदान गरिएको अक्षयकोष संस्थापक निरणप्रसाद भण्डारीले जानकारी दिनुभयो । उक्त रकम महेन्द्र मावि विद्यालयका प्रधानाध्यापक जीतबहादुर थापालाईपूरा पढ्नुहोस्


जिल्ला प्रशासनमा विशेष सेवा

भदाै २५, भक्तपुर जिल्ला प्रशासन कार्यालय भक्तपुरले सेवाग्राहीका लागि थप सेवा सञ्चालनमा ल्याएको छ । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले आइतबार राहदानी बनाउन आउनुभएकी पहिलो सेवाग्राही सविना केसीलाई खादा ओढाएर स्वागत गर्दै सेवाको शुभारम्भ गर्नुभएको हो । उहाँले अब सेवाग्राही विचौलियाको भरपर्नु नपर्ने बताउँदै सेवाग्राहीलाई यसले धेरै सहजता ल्याउने बताउनुभयो । प्रशासनका विभिन्न सेवा लिन आउने सेवाग्राही विचौलियाबाट ठगिने र अनावश्यक झण्झट व्यहोर्नु परेको गुनासो आएपछि प्रशासनले दुई जना कर्मचारीसहितको सेवा सहायता डेक्स नै स्थापना गरेर सेवा सञ्चालनमा ल्याएको हो । प्रमुख जिल्ला अधिकारी नारायण भट्टले प्रशासनबाट वितरण हुने नागरिकता, राहदानी, कुनै पनि उजुरी, गुनासो लगायतका सेवा लिनपूरा पढ्नुहोस्